Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इजरायली डेरीबाट नेपालले के सिक्ने?

Posted on December 9, 2012December 9, 2012 by mysansar

-प्रभात खनाल/ डेनमार्क-

आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको मध्यपुर्बी देश इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण अन्तरराष्ट्रिय मिडियाहरुमा नियमितजसो छाउने गर्छ। तर उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो र लगातार युद्दको बाब्जुद पनि यो देशले छोटो समयमा नै निक्कै प्रगती गरेको छ। बिशेष गरी इजरायलको कृषि प्रनाली संसारभर प्रशिद्द छ। कृषिका सबै जसो क्षेत्रहरु बिशेष गरी बागबानी तथा सिन्चाइ प्रणाली, डेरी उध्योग आदीमा इजरायलले धेरै फड्को मारिसकेको छ। प्रस्तुत लेखमा इजरायली डेरी उध्योगका आधारभुत बिशेषताहरुलाई केलाउदै त्यसबाट नेपालले सिक्ने सक्ने पाठहरुको बारेमा प्रकाश पार्न खोजिएको छ।


इजरायलमा कुल जनसंख्याको करिब ५% जनताहरु कृषि क्षेत्रमा आबद्द छन र कृषि क्षेत्रले राष्ट्रिय आम्दानीको करिब छ ६% हिस्सा ओगट्छ। इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी जमिन मरुभुमी छ। अर्को तर्फ कृषि क्षेत्रको लागि आबस्यक पर्ने महत्त्वपूर्ण स्रोत पानीको पनि निक्कै अभाब छ। तरपनी सिमित साधन र स्रोतको अधिकतम फाईदा लिन्दै उच्छ कृषि उत्पादन लिन सक्ने त्यहाको कृषि प्रबिधी सच्चिकै आस्चर्यजनक र चमत्कारीक छ। हाम्रो नेपाल जहाँ हामी प्राकृतिक स्रोत र साधनमा धनी देश भनेर गर्ब गर्छौ तर पनि ति स्रोत र साधनको उचित प्रयोग तथा ब्यबस्थापन हुन नसक्दा कृषि क्षेत्रले आज धेरै समस्या भोगीरहेको छ। त्यसैले इजरायल र नेपाललाई मात्र तुलना गर्यौ भने पनि प्राकृतिक स्रोत साधनको मात्रा भन्दा पनि कुनै पनि देशको मानब स्रोत कती सक्षम, सबल र प्रभाबकारी छ त्यसले नै कृषि क्षेत्रको बिकासको लागि मुख्य भूमिका खेल्छ भन्ने निस्कर्श निकाल्न गार्हो पर्दैन।

इजरायलमा मुख्य रुपमा गाईको दुध उत्पादन गरिन्छ। इजरायलले वार्षिक रुपमा करिब १२१७ मिलिअन लिटर दुध उत्पादन गर्छ र दुघ्द उत्पादनले कुल कृषि उत्पादनको बजार मुल्यको ९% हिस्सा ओगट्छ। इजरायलले आफ्नो हावापानी सुहाउदो इजरायली-होलिस्टिन गाईको नश्ल बिकास गरेको छ जसले उच्च मात्रामा दुध उत्पादन गर्न सक्छ।

नेपालमा पनि जलबायु बिबिधतालाई ध्यान राख्दै बिभिन्न भौगोलिक क्षेत्रको पहिचान गरी त्यहीको हावापानी सुहाउदो गाई, भैंसी आदीको नश्ल बिकास गर्न जरुरी छ जसले कमजोर उत्पादकत्व लाई धेरै हद सम्म माथि उठाउनसक्छ।

डेरी उध्योगको अर्को महत्वपूर्ण पाटो भनेको बर्ष भरी नै कसरी दुध उत्पादन कायम गर्न सकिन्छ भन्ने हो। इजरायलमा जस्तै नेपालमा पनि बिशेस गरी जाडो तथा गर्मी महिना हरुमा उचित दानपानी तथा घाँसको अभाबमा दुग्द उत्पादन कम हुन्छ। अर्को तर्फ बर्षायाममा आवश्यकता भन्दा पनि घास उत्पादन हुन्छ। यस्तो अवस्थामा बर्षायाममा बढी भएको घासलाई उचित प्रबिधीद्वारा हे वा साइलेज बनाइ प्रयोग गर्न सकिन्छ जसले गर्दा राम्रो उत्पादन गर्न सकिन्छ।

इजरायलको डेरी उध्योगको अर्को प्रमुख बिशेसता भनेको ब्यबस्थापनमा प्रयोग भएको उच्च प्रबिधी हो। इजरायलको सबै डेरी फार्महरुमा दुध दुहुँदा मेशिनको प्रयोग गरिन्छ जस्ले छोटो समयमै धेरै गाईहरु एकैचोटी दुहुनसकिन्छ। दुध दुहुँदादुहुँदै त्यो पाईप मार्फत चिस्यान केन्द्रमा सन्कलित हुन्छ, त्यहाबाट दुध बिभिन्न दुग्ध उघ्योगहरुमा पठाइन्छ। इजरायलमा इजरायली क्याटल ब्रिडर एशोशियसन (ICBA) ले एउटा यस्तो सफ्टवेर को निर्माण गरेको छ जस्को माध्यमबाट देशको बिभिन्न डेरी फार्महरुको उत्पादनको सुपरिबेक्षण (तथा रेकर्ड राखिन्छ र आब्स्यकता अनुसार फार्म म्यानेजरलाई ब्यबस्थापन तथा उत्पादनको बारेमा सुझाब तथा सल्लाह दिइन्छ। कुनै पनि एउटा फार्म भित्रै त्यस्तो सफ्टवेरको निर्माण गरिएको छ जसले फार्म भित्रको हरेक गाईको उत्पादन, रोग ब्याधी तथा अन्य कृयाकलापहरुको बारेमा रेकर्ड राख्छ जस्ले गर्दा फार्मको उचित ब्यबस्थापनमा सहयोग पुग्छ।

अन्त्यमा, हाम्रो जस्तो कृषिप्रधान देशमा पनि परिस्थिती सुहाउदो उपयुक्त नश्लहरुको बिकास, बर्षभरी नै उचित घासपात तथा दानापानी ब्यबस्था तथा बिभिन्न ठाउँमा ब्यबसायिक डेरी फार्महरुको स्थापना तथा उच्च प्रबिधीद्वारा तीनको उचित ब्यबस्थापन गरी डेरी उध्योगको बिकास गर्नसकिन्छ। डेरी क्षेत्रको बिकासलागी यस क्षेत्रसँग सम्बन्धीत दक्ष जनशक्तीहरु तथा किसानहरु एउटै टेबलमा आई प्रयाप्त अन्तर्कृयामार्फत उचित डेरी निती बनाउन आबस्यक छ। यसैगरी डेरी क्षेत्रको बिकासलागी एउटा छुट्टै अध्ययन केन्द्रको स्थापना गर्न सकिन्छ जहाँ बिभिन्न विद्यार्थी अनुसन्धानकर्ता तथा प्रोफेसरहरु डेरी क्षेत्रको बिकासको लागि संयुक्तरुपमा ठोस योगदान गर्नसक्छन।

32 thoughts on “इजरायली डेरीबाट नेपालले के सिक्ने?”

  1. G B BASNET says:
    December 12, 2012 at 9:12 pm

    मलाई इजरायली डेरी बाट नेपालले सिक्नु पर्ने लेख राम्रो लाग्यो | नेपालमा पनि डेरी उद्धोग संचालन भएको झन्डै ६ दसक भै सक्दा पनि डेरीको राम्रोसंग बिकाश हुन सकेको छैन किनकि हाम्रा नेताहरु बिदेशमा गएर बिदेसी टेक्नोलोजी देखेर आउछन आनी नेपाल फर्की आएर भासनमा नै सारा काम सिमित राखी दिन्छन |
    दुध को क्वालिटी, पशु आहार, सम्बन्धित बिसेसघ्य, उचित व्यवस्थापनआदि को ग्यान नहुदा नेपालमा हाल सम्म पनि डेरीले सोचे अनुरुप गति लिन सकेको छैन | न सरकार लाई चासो छ न आम मानिससंग ग्यान नै छ |

    Reply
  2. ramesh says:
    December 12, 2012 at 2:13 am

    नेपालमा गाइ भैसी भन्दा अर्कै जनावर धेरै छ: पढेको लिखेको भन्ने नेपाली, दुध पनि दिदैन, शान्ति पनि दिदैन

    Reply
  3. Chhavi says:
    December 10, 2012 at 9:33 pm

    यस्तो गाई दुने प्रभिधि नेपालमा नहोस किन भने गाई नेपालको जनाबार र हिन्दु धर्म को प्रतिक हो. मेसिनबाट गाई दुदा गाई लै निकै दुख हुन्छा भन्ने इजराइलका मान्छेले बुझेर पनि बुझ पचाएका छन्. सचि भन्ने हो भने मलाई त नेपाल को घरेलु पाराले गाई को सेवा गरेकै राम्रो लाग्छा. पस्छिमे देशरु ले त केवल जनाबार लै दिन दुक्ख देको छ. तर अरु कृषिमा त पक्कै फड्को मर्न पर्छा.

    Reply
    1. Dipendra maharjan( new Zealand) says:
      December 11, 2012 at 9:26 am

      छिवी जी

      मलाइ लाग्छ वेस्टर्न मुलुकमा जनावर लाई कसरि हेअर विचार गर्छ भन्ने कुराको तपाइलाई था नभएको जस्तो लाग्छ/ हाम्रा नेपाली हरु ले तेती राम्रो सुबिधा र हेरचा पाएको छैन / जति येहा जनावर ले पाए क छन् /येक चोटी राम्रो संग घुमी हेर्नुस western कौन्त्र्य र galf country तिर ?

      Reply
  4. Dipendra maharjan( new Zealand) says:
    December 10, 2012 at 9:20 am

    हाम्रा नेताहरुको दिमाग कहाँ छ र /एक वर्ष अगादी गगन थापा भन्ने सभासद न्यु जिलान्द घुम्न आएको थियो/ डेरी फर्म को वरिपरी सिटी मा घुमेर फर्म मा एक पैला हालेंन( जुन ठाउँ ५ मिनेत मात्र फरक छ town भन्दा ) / जहाँ वरी परि डेरी फर्म मा नेपाली ३०/४० जना साथीहरु डेरी फर्म को management गर्नु हुन्छ /new Zealand संसार को सब भन्दा कम खर्च मा दुध ऊद्पादन गर्ने देस मा पर्छ/यंह को मौसम भन्दा पनि नेपालको मौसम धेरै राम्रो छ/घास उत्पादन को लागि तर एस्तो तरिका आप्नाएको ठाउँमा पनि नपुगिकन Auckland मा मीतिंग गरेर फर्के / येस्ता त नेपाल का नेताहरु हमिले पाल्नु परेको छ

    Reply
  5. बिश्वाश says:
    December 10, 2012 at 3:43 am

    प्रभात खनाल/ डेनमार्क जी,
    यस्तो बुद्धि सायद धेरै संग छ नेपालमा , कमि छ भने पौरखी हातहरुको | यथार्थ धरातलमा बन्ने र लागुहुने प्रोजेक्ट हरुको |
    त्यसैले सक्नु हुन्छ भने कलम चलाए झैँ हात पनि चलाउनुस….
    पोखरीको डिलमा बसेर माछा मरे पनि त्यस बाट शौक मात्र पूरा हुन्छ … ब्यबसायिक माछा खेति गर्नेहरुलाई त पानीमै झरेर माछा मार्नु पर्छ हैन र ??

    Reply
  6. Udaya Raj Gautam says:
    December 10, 2012 at 2:02 am

    प्रभात जी ,
    इजराएलको कृषि प्रविधि र बिषेश गरेर गाइपालन सम्बन्धी तपाईंले प्रस्तुत गरेको छोटो द्रिस्टान्त समसामयिक लाग्यो । यस सम्बन्धी अली बिस्त्रित र प्रविधिजन्य पाटोको बारेमा भने पाठकहरूलाई त्यति खुराक पुगेन भन्ने मेरो राय छ । नेपालको परिवेशमा हिमाल ,पहाड र तराइमा कुन कुन जातका गाईहरू पाल्न उपयुक्त छ, अनि यस्को ब्यबस्थापनमा निजी वा सरकारी क्षेत्रले के कस्तो भूमिका खेल्न सक्छन् ,क्रीषकको लगानी सुरछित गराउन सरकारले खेल्न सक्ने भूमिका,बजार ब्यबस्थापन आदिबरे पनि तपाईंहरू जस्ता बिज्ञ बाट अली ब्यापक र बिष्लेशणात्मक लेख लेखियोस भन्ने मेरो बुझाई हो ।

    Reply
  7. Anuraag says:
    December 10, 2012 at 1:49 am

    वेरी नेअर्ली कापी एंड पस्ते from this site but may be his creativity
    ?

    For few mysansatrreaders it may be million dollars idea but for people who knows ABC of agricuture it is just waste of letters, time and space.

    http://www.israeldairy.com/cgi-webaxy/sal/sal.pl?lang=en&ID=344655_israeldairy&act=show&dbid=pages&dataid=info_dairy-farming_dairy-industry.htm

    INTRODUCTION
    Since its early days, the Dairy Industry in Israel has been an important aspect in the development of the agricultural sector in the country. Dairy farming has been transformed into an industrialized system, creating optimal integration between the production unit (the cow), technologies and equipment (engineering), the operator (the farmer) and the production environment (the dairy farm). Producing more milk with less dairy cows improves the economic performance of the farm unit and also drastically reduces the ecological imbalance in the country. Israel is not bound by agricultural traditions, and Israeli farmers integrate many new ideas into their farming systems. Integration of co-operative ideas has provided even the small farmer in Israel with technological access to modern and to up-to-date know-how, through extension services. For many years much attention has been given to minimize the “heat stress” on the dairy cow. Even in Israel’s extreme climate (temp. & relative humidity), the israeli Holstein Friesien Cows are among the world’s best performing dairy cows.

    THE DAIRY INDUSTRY IN ISRAEL – SOME FACTS & FIGURES
    Population of Israel: ~ 7.000.000
    Dairy Cows in 2010: 120.000
    Production averages per cow (2010):
    milk-production: 11,667 Kg
    fat content: 3.62% – 373 Kg
    protein content: 3.20% – 423 Kg
    Total milk production in 2010:
    1,252 million liters

    REPRODUCTION AND BREEDING
    Most of the Dairy cows (90%) are registered in the Israeli Holstein Friesien Herdbook of the I.C.B.A. (Israel Cattle Breeders Association). Insemination is provided, irrespectable of the cost & quality of the semen and is based on the guided by the database compiled over the years. The Holstein Friesien black & white cow is recognized as the most efficient milk producer in respect of total yearly milk-production in liters, fat and protein per kg.

    FEEDING
    Because of the lack in natural resources, difficult climate and intensive farming, much attention is given to correct feeding of the cow. It is essential to provide the animal a constant & well-balanced feed ration, which provides all her requirements throughout the year. Based on reliable on-line feed ingredient analysis, computer cost/benefit calculated feed rations are provided in such a way that the animal can efficiently produce milk.

    EQUIPMENT AND FARM MANAGEMENT
    The Israeli dairy farmer incorporates all modern equipment, improving the overall performance of the systems. International Equipment manufacturers use Israeli test farms as beta-site for the development of their equipment in close collaboration with local farmers. Israeli companies have developed manufactured “high-tech” computer based management systems and dairy equipment, which are sold worldwide. Close control of the many production variables enables the farmer to follow the “performance” pf each individual cow.

    PLANNING AND ENGINEERING
    Much attention is given to the design and establishment of the production environment adapted to the needs of cows and farmers. Reducing the “heat stress” on the cow, with active evaporative cooling systems and well designed animal housing structures, have an enormous positive impact on the production level (milk yield).

    FUTURE DEVELOPMENTS
    The larger production units operate al lower costs and can implement more advanced technologies / systems, which are out of the reach of small farmers. Buying services for private small farms from more cost effective units is economically feasible. However in Israel some groups of farmers have organized themselves into farmer’s co-operatives supplying many basic and professional services to member farmers. This has developed into “Integrated Dairy Production Developments” and leas to the establishment of “Centralized Multi-Farm Developments”.

    ISRAEL AND DAIRY FARMING IN HOT CLIMATES
    The Israeli Dairy industry can provide first class, proven know-how & design, technology, equipment, genetic material. etc., as the basis for the establishment / upgrading of the dairy industry in other countries especially with similar climatic conditions. On farms in Asia where Israeli ideas/systems have been implemented, cows achieved far higher production levels than before. Milk quality also improved, thus increasing shelf life of the dairy product. More attention should be given to “heat stress” reduction, to correct feeding and feeding practices, to the animal housing/production environment and to the implementation of a modern dairy management package.

    Reply
  8. बेखालाल नेपाल says:
    December 10, 2012 at 12:14 am

    हामी खालि फलाना देशबाट यो यो सिक्ने.. ढिस्काना देशबाट त्यो त्यो सिक्ने….अब हुदा हुदा इजराइलबाट पनि फलाना फलाना कुरा सिक्ने रे…. मजाक नगर्नुस न! इजराइलका वासिन्दा यानी कि यहुदी! अहिले सम्म भौतिकशास्त्रको नोबेल पुरस्कार १०० मा ३३ जना बिजेता यहि यहुदी पर्छन! यिनीहरुको बिज्ञान र प्रबिधि बुज्न पनि नोबेल पुरस्कार बिजेताको भन्दा कमको भेजाले बुझ्न सक्ने स्तिथि छैन! के यतिका भेजा हामी मध्धे कसैमा छ? तपाई हामीले गर्ने पर्ने सक्ने पर्ने साना मसिना कुरा त neat and clean गर्न सक्नु हुन्न! अब यी तेजिला दिमाग भएकोले गरेको जस्तो किन नगरेको भन्ने?

    Reply
  9. सार्थक says:
    December 9, 2012 at 7:47 pm

    हाम्रो लागि अनुकरण गर्न लायक छ | झुक्किएर कुनै अन्नको दाना भुइमा झर्यो भने पनि आफै उम्रेर हलक्क बढ्ने हाम्रो जस्तो उर्बर भूमिमा कृषि र पशुपालन सम्बन्धि धेरै कामहरु गर्न सकिन्छ | हाम्रो पनि नेपाल बाहिरै काम गर्नेहरुको एउटा टिम छ जो नेपाल मै कृषि-पशुपालनको क्षेत्रमा केहि गर्ने सोचले केहि कामहरु शुरुवात गर्दैछौं | आउनुहोस् सबै जना मिलेर देशमै केहि गरौँ |

    Reply
  10. chet gurung says:
    December 9, 2012 at 7:00 pm

    नेपालको नेता हरुलाई येस्तोकुरा एकादेशको कथा हुन्छ न सुनाउँ

    Reply
  11. diwakar says:
    December 9, 2012 at 5:09 pm

    मलाई सारै राम्रो लाग्यो ! हामी पछाडी पर्नु को कारण एउटा कृषि लाइ व्यवसायिक नबनाउनु पनि हो ! जो जानेका छन् तिनीहरुले नेपालमा गरेर देखाउनु जरुरि छ !

    Reply
  12. उपासक उदास says:
    December 9, 2012 at 4:13 pm

    मानिसको सुस्वास्थ्यको लागि मासु खतरनाक र दूध – दही जीवनदायक /
    यस्तो विज्ञानसम्मत सोचको व्यापक प्रचार प्रसार हुनु अत्यन्त सुखदायक /
    गोमाताको संस्कृति भएको मुलुकमा बलिको नाममा मांस भक्षण दुखदायक /
    बेरोजगार युवा र गरीब नेपाललाइ माथि उठाउने उद्देश्यको यो लेख स्वागतलायक /

    Reply
  13. ramesh bista says:
    December 9, 2012 at 4:01 pm

    के गर्नु, आफनै देसमा काम गर्नी मन थियो तर देसमा तेस्तो कामगर्ने वाताबरण नै ६इन् | मरुभूमिमा यस्तो विकास भैरहेको छ तर हाम्रो देस जसलाई पर्कृतिले यत्रो साथ दिदा पनि कृषिको विकास गर्न सकेनौ समझदा पनि दुख लाग्छ ,बिदेसमा अर्काको देसमा काम गरि रहनु परेको छ |

    Reply
  14. Yogen says:
    December 9, 2012 at 2:47 pm

    मेरो बिचारमा जब सम्म देशमा बिधुतको आपूर्तिमा कमि रहन्छ औधोगिग क्रान्तिमा सबै ठुलो तगारोको रुपमा रहिरहन्छ हैन र साथी हो ?

    Reply
  15. Rajendra says:
    December 9, 2012 at 2:25 pm

    सबै भन्दा पहिले त हामी हरु को सोच सकारात्मक हुनु जरुरि छ . नेपाल मा पनि तेस्ता सकारात्मक काम सुरु गर्नी को कमि छैन .
    हालसालै मात्र पनि नेपाल मा एउटा इसेरिअली प्रबिधि को गाई को दाना उत्पादन सुरु भैसेकको रहेछ .त्यो खुवाए पछी दाना चोकर घास पराल केहि पनि खुवाउनु नपर्ने अनि दुध पनि बढनी.
    मैले पनि यो प्रबिधि प्रयोग गरिरछु.9855065308

    Reply
    1. saroj says:
      December 11, 2012 at 7:46 pm

      यो प्रबिधि मैले पनि प्रयोग गरिरहेको छु ,पोखरा मा . मेरो गाइ को दुध बढेर झन्डै झन्डै दोब्बर भयो .

      Reply
    2. dinesh says:
      December 25, 2012 at 12:19 am

      म पनि एक युवा डेरी किसान हुँ/ नेपाल म दुध को उत्पादन लागत कम गर्ने र उत्पादित दुध को राम्रो मूल्य मा बिक्रि गर्न सके मात्र यो पेसा बाट नाफा छ / यो प्रबिधि को ब्लक बाट मेरो दुध को उत्पादन लागत त कम भयो तर पनि मैले त्यो दुध सोझै उपभोक्ता कहाँ बिक्रि गर्न नसक्दा सोचे जति फाइदा गर्न सकिरेहको छैन /तेसैले , कोहि साथी हरु यो पेसा मा प्रवेश गर्न खोज्दै हुनुहुन्छ भने केहि मेरा सल्लाह हरु 🙁 तर

      उपदेश होइन है साथीहरु ):
      थोरै (८-१०) गाई बाट सुरु गर्नुहोश
      राम्रो उत्पादक गाई छान्नुहोस्
      कम्तिमा पनि ३-५ वर्ष को योजना बनाउनुहोस
      गाई फर्म को सम्पूर्ण रकोर्ड राख्नुहोस
      येही ब्लोक दाना खुवानुहोस
      बाछी उत्पादन गरि आफ्नो गोठ मा आबस्यक जति गाई आफ्नै गोठ मा उत्पादित बाछी बाट तयार गर्नुहोस
      दुध बेच्न को लागि कुन बजार मा आफनी डेरी खोल्नुहोस /

      Reply
  16. Sudan Shrestha says:
    December 9, 2012 at 2:06 pm

    बन्दुके हरुको देश बाटै सिक्नु पर्छ भन्ने छैन, छिमेकी देशहरु बाटै केहि सिके पनि हुन्छ.

    Reply
  17. sunil says:
    December 9, 2012 at 1:47 pm

    देसले सिक्ने कुराहरु धेरै छ /जनताहरुमा उद्योग खोले इछाया पनि छ/ तर देसको कानुनै राम्रो छैन /१० जान कर्मचारी मिलेर संगठन १० वोटा पार्टी को संगठन खोलेर हुने नसक्ने माग राखेर हर्ताल गरछ /

    Reply
  18. mahesh says:
    December 9, 2012 at 12:23 pm

    ऐले नै उद्पादन भएको दुध प्रयोग हुन नसकेर समय समयमा मिल्क होलिडे हो समस्या बेहर्नु परिरहेको छ किशान ले.. पैले बजार को बेबस्था हुनु पर्यो नि.

    Reply
  19. Nikhil sharma says:
    December 9, 2012 at 12:13 pm

    धेरै राम्रो कुरा उठाउनुभयो ,नेपाल सरकार ले देश लाई साच्चिकै कृसी मुलक देश भनाउने हो भने निम्न कुरा मा ध्यान दिनु पर्ने हुन्छ |

    १) विदेश बाट आउने (खास गरि भारत )खाद्य पदार्थ को आयात मा भारि कर लगाउनु पर्दछ , जस ले गर्दा देश को उत्पादन सुरक्चित हुन सकोस | जस्तै पाल्पा को टमाटर उत्पादन हुदा भारत बाट २ रुपिया किलो टमाटर पर्सस्त नेपाल आयात हुन्छ जसले मरी मेटी काम गर्ने किसान को आत्मा विश्वास कम हुन्छ|

    २) Collectivise कृसी गर्ने प्रकिर्या सुरु गर्ने , जस्तो कि ४० बिगाहा भन्दा काम नहुने कम्पनि या मानिस ले कृसी गर्न नपाउने र अनिबार्य रुप मा दर्ता गरिएको र सरकार बाट मन्येता पाएको कम्पनि या निजि ब्येक्ति लाई lease मा आफ्नो जमिन दिनु पर्ने| येस्ता कृसी मा काम गरेका निकाए लाई सरकार बाट सुबिदा या fund उपलब्द गराउनु पर्ने|

    ३)कृसी सामग्री को brand Management प्रोग्राम लिएर आउने जस्तै ओर्गनिक खेति गर्ने आनी चिन या भारत का धनाड्य लाई टार्गेट गरि नेपाल को ओर्गनिक सामग्री को निर्यात गर्ने|

    ४) खाद्य संस्थान लाई more activate गरेर गरिब लाई एस मार्फत खाद्य सामग्री वितरण गर्ने , माथि उल्लेखित कृसी कम्पनी बाट उत्पादित सम्पूर्ण सामग्री खाद्य संस्थान ले खरिद गर्ने अनि बल्ल बेपारी हरु को येश संस्थान को मार्फत बाट खरिद्ने|

    ५) सरकार ले approve गरेको बिउ बिजन मात्रै रोप्ने आनी एदी कुनै किसान लाई घाटा लागेमा तेश को Insurance government ले गरिदिने|

    ५) कृसी मा आत्मा निर्बर हुने कर्येकर्म चलाउने|आदि

    नेपाल मा खाली गफ मात्रै गर्छन strategy केहि पनि छैन , कहिले कै त यी मुला नेता हरु लाई सत्ता चियुत गरेर म नै सरकार चलाम कि जस्तो झोक चलेर आउछ बा |

    निखिल शर्मा
    Goldman Sachs

    Reply
  20. Shankar says:
    December 9, 2012 at 12:06 pm

    हाम्रा त् अधिकांस गाइ हरु पनि धेरै खाने थोरै दुध दिने , बर्स मा कहिले कहिँ बेला न कुबेला साढे खोज्ने , बाटोमा जथाभाबी गोबरिंग गर्दिने आदि क्रियाकलाप गर्दिन्छान|
    हिन्दु धेरै बस्ने देश मा हाम्लाई कसले छुने भन्ने खालको सोचाइ देखिन्छ |
    त्यहा पनि पुरानै विचारधारा ले काम गरेको देखिन्छ |
    सार्की र भोटे सग डराए पनि अरुलाई उस्तै परे कुना काप्चा पारेर पुक्क्क लात्ती हान्न पनि बेर मान्दैनन |
    तेसैले अलि अलि इजराइल को गाइ ल्याएर अनुसासन सिकाउनु पर्यो |

    Reply
    1. Shailendra sharma says:
      December 10, 2012 at 4:49 am

      हाम्रा त् अधिकांस गाइहरु पनि धेरै खाने थोरै दुध दिने , बर्समा कहिले कहिँ बेला न कुबेला साढे खोज्ने , बाटोमा जथाभाबी गोबरिंग गर्दिने आदि क्रियाकलाप गर्दिन्छान| हाहाहा सारै मजाको कमेन्ट लेख्नु भो.

      Reply
  21. sandeep Rimal says:
    December 9, 2012 at 11:44 am

    मैले त कृषि उत्पादन भन्दा पनि बढी जनावर माथि को अत्याचार मात्रै देखे, दुख लाग्यो.

    Reply
  22. Pukar says:
    December 9, 2012 at 10:25 am

    प्रभात जी शायद तपाई कृषि सम्बन्धि जानकार वा विज्ञ हुनुहुन्छा होला / त्यस्तै यस mysansar मा अरु विज्ञ, इन्जिनियर, कुशल प्रशासक तथा प्रबन्धक पाठकहरुको कमि पनि नहोला / देशप्रेम भावनाले ओतप्रोत् अनि नेतालाई गालि गरेर नथाक्नेहरुको त कमि छदै छैन / हामी साचै इच्छुक छौं भने, ब्यबसायिक खेति तथा पशुपालनको सम्भाव्यता अध्ययन गरौँ न त / तपाइले भने जस्तो एकै पटक त सम्भव नहोला तर पनि यौटा राम्रो शुरुवात हुन सक्छ कि ? कुनै यौटा उपयुक्त ठाउँको खोजि गरौँ, स्थानीय मानिसहरुलाई reasonable share प्रस्ताब गरी, व्यक्तिगत भन्दा सामुहिक रुपमा Industrial scale मा ब्यबसायिक खेति अथवा पशुपालनको काम अगाडी बढाउँ न त ………मन परे like हान्नुहोस, इच्छुक भए छलफल गर्नुहोस…:)

    Reply
    1. Shishir says:
      December 12, 2012 at 2:02 pm

      तपाइको कुरामा म सहमत छु ! धेरै भो नेपाल मा कृषि/औधोगिक क्रान्तिको बारेमा सुन्न थालेको र दिनहु जस्तो पत्र पत्रिका मा विभिन्न पेशा अंगालेर नेपाल मै केहि गरिरहको बारेमा ! कृषि क्रान्तिको लागि नेपालको माटो कति उत्तम छ भन्ने कुराको जानकारी त यहाँ माइसंसारको पाठक हरु सबैलाई थाहा भएको नै हो ! तपाईहरु धेरैले पनि दैनिक रुपमा नेपालको माटो को बारेमा र विभिन्न व्यक्तिहरुको सफलताको कथाहरु बारेमा पदने गर्नु भएको छ ! कृषिक्रान्ति को बारेमा धेरै कलमहरु चलेका छन् र धेरै कम व्यक्तिहरुले मात्रै आफ्नो व्यवहार मा लागु गरेर सफल बनेका छन् ! विदेश जान्न येही केहि गर्छु अथवा विदेशमा भाको अब नेपाल गएर केहि गर्छु भन्ने हरुको लागि मैले एउटा समस्या देखेको छु त्यो हो सुचनाको कमि ! अनार बाजे १० वर्ष भित्रमा नेपाललाइ अनारमा आत्मा निर्भर बनाउछु भन्दै अभियान चलाउनु भएको छ ! तर तेस्को लागि कहिँ कतै केहि कुराको जानकारी छैन !
      येदि मलाइ अनारखेति बुज्न मन लागेको छ अब म उहालाई खोज्दै कता जाने ! खोइ त यहाँ जानकारी !

      हामी माइसंसारको पाठक हरु जो कृषिक्रान्ति मा केहि गर्न सकिन्छ भन्ने सोच राख्छौ ! ल आउनु होस् , http://organicfoodofnepal.blogspot.com/ मा ani sabai milera केहि garau !

      Reply
  23. दीप says:
    December 9, 2012 at 9:11 am

    प्रभात जी ,

    हामि ३० बर्से पंचायेत भत्कायो अनि ल्यायो बहुदल / भत्कायो अनि केहि नबनाउने गर्यो भने झन् झन् मेश थुप्रिने मात्र हो /
    ८०% जनता कृषि मा आधारित छन् तेसैले तपाइले भने जस्ता मेसिन ल्याएर दुध साछिकै उत्पादन भयो भने ति ८० प्रतिसत किसान ले के काम गर्ने ? दशैँ मा लुगाफाटा १ किलो खसी खान दशैँ कुर्नु पर्दछ तिन लाइ तिनीहरु ले १-२ लिटरे दुध , घिउ बजार मा बेची नून , तेल , लुगा फाटा , बच्चा लाइ कापी कलम किनी दिन्चन तेसैले ५% किसान भएको इजरायेल को को नकल गर्नु भन्दा हाम्रा विद्वान , डाक्टर बाबुराम, नेता ले देश को भ्रस्टाचार रोक्ने, देशको हाइड्रो बिजुली हजारौ मेगावाट निकाली भारत र चिन लाइ बेच्ने, पर्यटन बात सगरमाथा हेर्न आउने करौदो बिदेशी हुन्छन तेस्को लागि सडक, एअरपोर्ट बनाउने, सान्ति सुराच्या विदेश मा जस्तो ३ मिनेट मै पुलिस पुग्ने जहा घटना हुन्छ तेहा , जस्तो अस्ति प्लेन काठमाडौँ मा दुर्घटना हुदा १ घण्टा मा दमकल पुग्यो , /
    भ्रस्टाचार नै मुख्य सत्रु नेपाल को / सम्भिधान २०४७ कै राम्रो थियो तर भ्रस्ताचारी हरु ले सधै कुर्ची को खेल लाइ अगाडी ल्यौचन तेसैले …तेहाको प्रबिधि येहा ल्याउन केहि गारो छैन ल्याय्पाची दुध को बजार पनि हुनु पर्यो नि अनि लगानी पनि उठ्नो पर्यो नित् ?

    Reply
  24. Pramod says:
    December 9, 2012 at 9:00 am

    यहाँ केहि हुन्न , सबै उल्टो मात्रै सोच्ने हरु बढी छन् .

    Reply
    1. vijay says:
      December 9, 2012 at 4:05 pm

      त्यहि त, गालि गलौज गरेर दिन बिताउने, दिनभर फेसबुक रिफ्रेश गरेर बस्ने तर, काम को नाम मा ढलेको सिन्को नउठाउने जमात बढी भयो देश मा !

      Reply
    2. दीप says:
      December 10, 2012 at 1:09 am

      प्रमोद jee ,

      यहाँ केहि हुन्न , सबै उल्टो मात्रै सोच्ने हरु बढी छन् /

      उत्तर :

      – भएको milk लाइ खपत हुने ठाउ नभएर होलिडे गर्नु पर्या छ भने कुनै माडबारी ब्यापारी, अरु धनाड्य ब्यापारी ले एस्तो इज्रयाली प्रबिधि ल्याउन नसक्ने होइन किन भने ठुला ठुला hydro , बिमान कम्पनि , म़ल (ब्यापारिक ) खुलेका छन् तर येस्मा किन हात हालेका छैनन् भन्दा येस्मा बिक्रि को जोखिम छ / अर्को कुरो सबै ठुलो ठुलो मेसिन, बात दुध दुहिने ठुला ठुला २००-४०० फर्म खोल्यो भने ८०% किसान को रोजगारी त जादैन र भन्ने मात्र आसय हो मेरो उहाको लेख प्रति मेरो कुनै negative मनसाय छैन /

      Reply
    3. KIran says:
      December 10, 2012 at 5:43 am

      हो, तपाई बाटै देखियो |
      नया त कुरा मात्र हुन्छ , न राम्रा काम सिकाउनै पर्दैन | रातारात पैसा कमाउने काम मा प्रतेक नेपाली लागेको छ ( तपाई यसमा न पर्न सक्नु हुन्छ) लाइसेन्स देखि सेवा गर्ने संस्था सम्म जहाँ तहीं ठुलो रकम को परिचालन न गरी काम हुन्न | अनि तपाई को देश प्रेम लाई खोक्रो साबित गर्ने को जमात मा आएर तपाई हास्य को पात्र मात्र भएर उधाहरण बन्नु हुनेछ | तपाई लाई स्वागत छ, आउनोश देश मा केहि गरौ भनि |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme