-डा. लेखनाथ काफ्ले-
म र कपिल अधिकारी प्रसिद्ध साहित्यकार सुश्री झमककुमारी घिमिरे बसेको त्यो पागोडा शैलीको बिशाल होटल परिसरमा छिरेका थियौ। पहिलो तल्लाको एउटा भागमा कुर्चीमा बसेकी रातो सारीमा एक महिला र ढाका टोपी लगाएका एक पुरुषलाई हामीले देखिहाल्यौं। हामीलाई अनुमान लगाउन अप्ठ्यारो परेन। छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवान र लानसीड सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवानको निमन्त्रणामा झमकको ताइवान भ्रमण तय भएको थियो। लानसीड सांस्कृतिक तथा शैक्षिक फाउण्डेशनले नेपालमा स्वास्थ क्षेत्रमा समुदाय तहमा बिबिध सहयोग गर्दै आइरहेको छ।
झमकलाई आयोजकले ताइवानको अति बिशिष्ट होटेल, जहाँ बिदेशी राष्ट्रपति वा बरिष्ठ व्यक्तिहरु आउँदा बस्ने र बार्ता गर्ने होटेलमा स-सम्मान राखेको देखेर हामीलाई सारै खुशी लाग्यो। हामी पुग्दा झमक बाहेक भ्रमणमा दलका सदस्यहरु, झमककी आमा, बुवा र टिचिङ अस्पतालकी नर्स उमा चित्रकार र आयोजक सस्थाका प्रनिनिधिहरु खाना खाइरहेका थिए। उक्त टोली संग तत्कालै भेट भैहाल्यो। आयोजक सस्थाका प्रमुख, उनकी श्रीमती र छोरा समेत त्यही रहेछन्, हामी संग भेटेर उनीहरुले पनि धेरै राहत महशुस गरेर भने “अब हामीलाई ढुक्क भयो।”
छैठौ तल्ला कोठा न. ६१५, झमक आराम गरिरहेकी रहिछिन्। बिसन्चो भएर अस्पतालबाट डिस्चार्ज भएको केही दिनमै लामो हवाई यात्रा र ट्रान्जिटले उनी थकित थिइन, तैपनि हामी उनलाई भेटन आतुर थियौं।
“नमस्कार”, हामी उनको बेड नजिकै गएर यसो भन्दा उनले मुस्कुराएर दुवै खुट्टाले नमस्कार फर्काइन्। “फरमोसाका गीतहरु” कपिल अधिकारीले आफ्नो प्रकाशित कृति उनलाई प्रदान गरे। हामीले प्राध्यापक डा. गोविन्दराज भट्टराई मार्फत पठाइएका “जीवन काँडा कि फूल” र त्यसको अंग्रेजी अनुबाद “A Flower in the Midst of Thorns” का केही प्रति पायौं। केही समयपश्चात् भोलि भेट्ने बाचाका साथ हामी निस्कियौं। मलाई थाहा थियो, उनी असाधारण प्रतिभाशाली एक साधारण मानिस हुन्। त्यसैले भेट्नु अगाडि मन अलि कौतुहलताले भरिएको थियो, के भन्ने होला, के कुरा गर्ने होला, त्यति ठुलो व्यक्तित्वको लागि हाम्रो संदेश के हुने होला आदि आदि। मैले कपिलको अनुहारमा नियाले। उनी पनि म जस्तै मनोदशामा थिए।
दोश्रो दिन “जीवन काँडा की फूल” को चाइनिजमा अनुवादित कृति बिमोचन भब्यताका साथ च्यांगकाइसेक मेमोरियल हलमा आयोजना गरिएको थियो। त्यहाँ उनी र उनी जस्तै अशक्तताका बाबजुद समाजमा उदाहरणीय जीवन बाँचेका अन्य २ जनाको पनि उनीहरुको जीवन र भोगाईका बारेमा लेखिएको किताब बिमोचन राखिएको रहेछ। एकजना ताइवान की स्रष्टा पनि झमक जस्तै “सेलेब्ररल पाल्सी” बाटै पिडित रहिछन, अर्की भने एउटा दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने भएकी।
कार्यक्रममा ताइवानी लेखिकाले खुट्टाले पियानो बजाइन्। उनले खुट्टाले कम्प्युटर चलाउने रहिछन् र खुट्टाले लेखेरै स्नातकोत्तरसम्म अध्ययन गरेकी रहिछिन्। उनलाई सरकार, परिवार र समाजको भरपुर मद्दत गरेको रहेछ। झमकको डायरीको केही अंश कार्यक्रममा पढेर सुनाइयो। मैले र भिक्षु मंगलले भाषा अनुबादमा सहयोग गर्यौं। दुवै खुट्टा गुमाएका एक जोडीले ह्वीलचेयरमा बसेरै एउटा सुन्दर नाच प्रदर्शन गरे। इच्छाशक्ति बलियो भयो भने नसकिने र नहुने केही पनि रहेनछ। म आफुलाई हेरे, शारीरिक रुपमा ठिक छु तर म कहाँ छु म?, के छ मेरो समाज प्रति आशा जगाउने काम? खोइ मेरो अस्तित्व? मसँग चित्तबुझ्दो उत्तर छैन। उनीहरुले प्रकृतिलाई र यमराजलाई भनेका छन् “हेर हामी बिना कारण बाँचेका छैनौ” तर म भने बाँच्न कारण खोजेर हिडिरहेको छु, भौँतारिरहेको छु। कतै मेरो जीवन यो धर्तिमा थप बोझ त बनेको छैन? “छैन” भन्ने उत्तर अझै भेट्न सकेको छैन। कति छौं हामीहरु जो आफ्नो जीवन धन्य बनाउन सकिराखेका छैनौ, मैले झमकलाई भेटेपछि त्यही कुरा बारम्बार आफैलाई सोधिरहे। कतै म ढोँग र पाखण्डमा त बाँचेको छैन? म आफु र आफ्ना वरिपरिका मान्छेहरुलाई समेत हेर्ने गर्दछु आजकाल। धन्यवाद छउता क्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवान, जसले मलाई यस्तो बिरलै गर्न मिल्ने अनुभवमा प्रत्यक्ष सहभागी हुने मौका दियो। कार्यक्रमकै क्रममा ताइवानका टेलिभिजनले झमकको अन्तर्वार्ता लिए, उनले देब्रे खुट्टाले लेखेरै सबै प्रश्नको जवाफ फर्काइन्।
त्यसको भोलिपल्ट, सेप्टेम्बर १६, आइतबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फर्मोसा च्याप्टर, ताइपेई, ताइवानले झमकको जीवन भोगाइका वास्तविक दृष्टान्तहरुका साथै मानवताका संकल्पहरु प्रति नेपाली साहित्यमा गरेको रचनात्मक योगदानकोलागि ताइवानबासी नेपालीहरुको तर्फबाट सम्मान पत्र र ६०० अमेरिकी डलर सहित “फर्मोसा नेपाली साहित्य पुरस्कार” ले सम्मान गर्यो। उक्त कार्यक्रम झमक ताइवान आउने भने पछि तय गरिएको थियो। छोटै तयारीमा पनि धेरै नेपाली साथीहरु जम्मा भए। ताइवानमा आउँदा पनि नेपालीहरुको माया र स्नेहले घेरिन पाउँदा झमक र उनका माता पिता सारै खुशी भए। झमकले खुट्टाले लेखेरै छोटो मन्त्यव्य दिइन्। भविष्यमा धेरै भन्दा पनि राम्रा कृतिको लिएर आउने कुरा गरिन्। उक्त सम्मान र पुरस्कार वितरण कार्यक्रम एक सफल नेपाली ब्यबसायी र साहित्य अनुरागी बिरेन्द्र ताम्राकार, हिमालयन फुटबल क्लबको विशेष सहयोग र केही जागरुक नेपालीहरुको मद्दतले नै सम्भव भएको हो। परदेशमा पनि कोही छन्, जो अझै पनि नेपाल र नेपालीलाई, नेपाली साहित्य र कलालाई प्रेम गर्दछन, सक्दो सहयोग गर्दछन् त्यो पनि बिना कुनै प्राप्तिको आशामा।
आयोजकले उनीहरुलाई ताइवानका विभिन्न ठाउँहरुमा घुमाउने क्रममा ताइवानको अति तिब्र गतिमा चल्ने रेलमा सेप्टेम्बर १८ मा ताइवानको दक्षिणी शहर काओशिओंङ अबस्थित फू कोंग बुद्ध मेमोरियल केन्द्रको भ्रमण गरायो। हामीहरुको सल्लाह अनुसार नै त्यहाँ बिरेन्द्र ताम्राकार र उक्त क्षेत्रमा बसोबास गर्ने अन्य नेपालीहरु सहित झमकलाई भेट्न गएका थिए र सम्मान स्वरुप उपहारहरु समेत प्रदान गरेका थिए। झमकले काओशिओंङमा एउटा घडी र क्यामेरा किन्न मन लागेको इच्छा बिरेन्द्र ताम्राकार सामु व्यक्त गरेकोमा झमकको इच्छा बिरेन्द्रले उपहारहरु स्वरुप प्रदान गरेर नै पुर्ण भएको थियो।
सेप्टेम्बर १९, बुधबार आयोजकले याङ मिङ सान सिनियर विद्यालयमा अत्यन्तै भब्यताका साथ सयौंजनाको उपस्थितिमा झमकलाई उनको जीवन र कार्यले बिश्व मानवजातिलाई पुर्याएको सकारात्मक प्रभाव र अति बिशिष्ठ योगदानकोलागि पन्ध्रौं ग्लोबल लव अफ लाइफ पुरस्कार २०१२ तथा प्रमाणपत्र प्रदान गर्यो। कार्यक्रमकै बेलामा झमक संग अटोग्राफ लिने र झमकको किताब किनेर त्यसमा झमकको हस्ताक्षर गराउनेहरुको भिड नै लागेको थियो, खास गरेर युवा-युवतीहरुको। एउटी नेपाली नारी जो आफै जीवन र जगत संगको संघर्षमा निरन्तर लडिरहेकी छन्, उन प्रति ताइवानमा मान्छेहरुको आशक्ति देखेर आज मलाई पनि नेपाली हुनुमा गर्व लाग्यो। “उनी नेपालकी मात्र न भएर संसारकी छोरी हुन्” कार्यक्रममा आयोजक संस्थाका प्रमुखले सबका सामु घोषणा गरे, मेरो मुटु गर्वले फुल्यो। उनले थपे “उनी अन्तरराष्ट्रिय ब्यक्तिव हुन, उनलाई नेपालमा मात्र सिमित पार्नु हुदैन”।
सेप्टेम्बर १९, शुक्रबार, झमकको लागि बिशेष रह्यो। ताइवानका राष्ट्रपति मा इन जीउ संग झमकको भेट भयो। झमकले राष्ट्रपतिलाई एउटा कार्डमा आफ्नो संदेश लेखेर दिइन र राष्ट्रपति मा ले झमक संग उनको र नेपालको बारेमा जिज्ञाशा राखे। भेटमा झमकले “जीवन काँडा की फूल” को चाइनिजमा अनुवादित कृति खुट्टाले राष्ट्रपतिलाई प्रदान गर्दा राष्ट्रपति पनि भुइँमा बसेर उक्त किताब आफैले हातले लिए। हावर्ड बिश्वबिद्यालयबाट पीएचडी गरेका राष्ट्रपति मा सरल जीवन र अरुको आदर गर्ने कार्यका लागि देशै भरि नै चर्तित छन। संचार मध्यम र अनलाइन समाचारहरुभरि नै मा ले घुडाँले टेकेर झमकबाट किताब लिदै गरेको फोटो छापिएको थियो। झमकले यसअघि ताइवानका शिक्षा मन्त्रीलाई भेट गर्दा आफू सगरमाथा र बुद्ध जन्मेको देश नेपालबाट आएको संदेश लेखेर दिएकी थिइन् र एउटा आफैले कोरेको चित्र र अनुवादित कृति समेत उपहार स्वरुप दिएकी थिइन्।
भ्रमणकै क्रममा लानसीड अस्पातल, चोङ्लीमा झमकको सम्पूर्ण स्वास्थ्य परिक्षण गरिएको थियो। उक्त परिक्षणमा उनको मुत्र नलीमा ब्याक्टेरियाको इन्फेक्सन देखिएको र ढाडको खुम्च्याई अहिलेसम्म सामान्य रहे पनि त्यो बढ्दै जादा कतिपय बिरामीमा जटिलता भेटिएकोले प्रत्येक वर्ष एक पटक त्यसको परिक्षण गर्नु पर्ने र समस्या देखिएमा समस्याको गहनता अनुसार उपयुक्त उपायहरु मध्ये शल्यक्रिया समेत गर्नु पर्ने अवस्था आउन सक्ने रिपोर्ट मलाई डा. होई यु वाङले मलाई इमेलमा पठाएका थिए। मैले झमकको सल्लाह अनुसार नै प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई पठाईदिए।
भ्रमणको अन्तिम दिन २३ सेप्टेम्बर, आइतबार नेपाल फर्किनु अगाडी थाउयन ताइपेई अन्तरर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा पत्रकारहरुलाई जवाफ दिदै झमकले ताइवानको बसाई अत्यन्त राम्रो रहेको, नेपालका राष्ट्रिय नेताहरु संग आजसम्म भेट हुन नसकेको तर ताइवानका राष्ट्रपतिले महत्वका साथ समय प्रदान गरी भेट गरी सम्मान प्रकट गरेकोमा खुशीका साथै भ्रमण आयोजक “छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताईवान”, स्वस्थ परिक्षणमा संलग्न स्वस्थकर्मी, ताइवानबासी नेपाली समुदाय र सम्पूर्ण ताइवानी जनताप्रति धन्यवाद प्रकट गरिन। झमकका पिताले झमकको एउटा छोटो कबिता पाठ गरे र झमककी आमाले ताइवान बसाइका बारेमा आफ्ना अनुभव सुनाइन। आयोजक संस्थाका प्रमुखले संचारकर्मीका अगाडी नै झमकलाई फेरी ताइवान बोलाउने बाचा गरे। डा. होई यु वाङले अझ अगाडी सर्दै भने “ताइवानका युवाहरु उद्धेश्य बिहिन र लक्ष बिहिन भैराखेको अबस्थामा झमकले उनीहरुलाई एउटा बाटो देखाइन र आशा जगाइन। हाम्रा युवाहरुले झमकबाट धेरै कुरा सिक्ने छन”। एउटा नेपालीलाई यो भन्दा खुशीको कुरा के हुन सक्छ र? नेपाल फर्किनु अगाडी पनि थाउयन ताइपेई अन्तरर्राष्ट्रिय विमानस्थलमा झमकको पुनः सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो।
मैले नेपालमा झमकको भ्रमणको नेपालमा संयोजन गरेका दिनेश नेउपानेलाई फोन गरेर झमकहरु आउदै गरेको खबर सुनाए, उनले पनि विमानस्थलमा मोटर लिएर लिन जानको लागि तयारी गरेको कुरा गरे। झमक र भ्रमण दलका अन्य सदस्यहरु यहि सेप्टेबेर २२ तारिख नेपाल फर्की सकेका छन्। झमकले SMS र झमककी आमाले फोन गरेर आफुहरु सकुशल नेपाल आइपुगेको र केही दिन काठमाण्डौंमा आराम गरेर घर धनकुटा फर्कने कुरा गरिन्।
झमकको भ्रमणलाइ स्थानीय पत्रिका र टेलिभिजनले महत्वका साथ प्रचार प्रसार गरेको देखेर मेरा धेरै ताइवानी साथीहरुले मलाई मेल, भेटघाट र फोनमा जिज्ञासा राखे र राख्नेक्रम चलीराखेको छ। एउटी नेपाली चेली ताइवान आएर हामी बर्षौसम्म यहीँ बसेर गर्न नसकेको काम, नेपाल र नेपालीको नाम चम्काएर गईन, धन्यवाद छ उनलाई। मलाई थाहा भए सम्म नेपालबाट आएका मान्छेहरु मध्ये ताइवानका राष्ट्रपतिले भेटको यो पहिलो घटना हो। त्यसैले पनि यो अति एतिहासिक बन्न पुग्यो। म आफुलाई व्यक्तिगत रुपमा झमकलाई सानो र छोटो समयका लागि नै सहि सहयोग गर्न पाउदा निकै आनन्दित र गौरवान्वित महशुस गरे। भ्रमण अवधिभर भाषा अनुवाद तथा अन्य बिबिध कार्यमा सहयोग गर्ने कपिल अधिकारी, आभिना शु र भिक्षु मंगल र प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरु धन्यवादका पात्र हुन। कतिपय साथीहरु व्यस्तताकाका कारणले पनि स-शरीर उपस्तिथीत हुन सकेनन तर पनि उनीहरुको सद्भभावना सधै हामी संगै रह्यो।
आयोजकले अर्को किताब पनि चाइनिजमा अनुबाद गर्ने र प्रकाशन गर्ने बाचा गरेका छन्, त्यसैले झमकको पुन: ताइवान आगमनको आशामा म त्यो दिन पर्खिरहेको छु। दुई दिन अगाडि झमकले आफुलाई केही दिन देखि “सेलेब्ररल पाल्सी” ले एकदम दुःख दिएकोले केही लेख्न नसकेको SMS गरेकी थिइन्। आऔं संसारकी छोरी झमकको शिघ्र स्वास्थ लाभको कामना गरौ।
आदरणीय मित्र काफ्ले जी, खुसि लग्यो तपाइको आर्टिकल बाट निकै प्रवबित भय म.
कृपया यो लिंक हेर्नु होला
यो पुस्तक अमेरिका र नेपाल म प्रकाशन भयको छ. यक पटक सम्पर्क गर्न छाहंछु
मृदुल
http://www.xlibrispublishing.co.uk/bookstore/bookdisplay.aspx?bookid=112351
प्रिय मृदुल जी ! यहाँले झमकको कृतिको अंग्रेजी संस्करण अमेरिकाबाट प्रकाशन गरेर नेपाली साहित्य र झमकलाई ठुलो गुन लगाउनुभएकोछ. मैले यसै सम्बन्धमा तपाइलाई इमेल गरेकोथिए केही दिन पहिले, हेर्नु होला है !
२०५१/५२ तिर को कुरा हो अझै पनि यो दिमागमा हिजो जस्तो लाग्छ …त्यों बेलामा एस.एल.सी पास गर्नु भनेको त्यति सहज कुरो थिएन पनि….सायद म १०/११ बर्षको थिए होला / खुट्टाले नै खाना खानेदेखि… खुट्टाले नै लेखेर एस.एल.सी.पास गर्नुभएकी, एक विलक्षण प्रतिभा बोकेर यस धर्तीमा आउनुभएको झमक ज्युलाई त्यस दिनदेखि मैले पत्रपत्रिका अनि मिडियाहरुमा चासो राखिरहन्थे…उहालाई प्रत्यक्ष्य भेट्ने धोको राखेर काठमान्डौ आएको बेला एकदिन कान्तिपुर पब्लिकेसन सम्म पनि पुगेको थिए …..पछि उहा कान्तिपुर दैनिकीको स्तम्भकार पनि बनिसक्नु भएछ…उहाँको प्रत्येक असाधारण क्रियाकलापले मलाई पनि …आदिकवि भानुभक्त आचार्यको वाणी(“ज्युदै मर्याको भनि नाम कसको,उद्धम विना काल बित्दछ जसको”)… दिमागमा घुमिरहन्छ………साहित्यकार झमकज्यु को हरेक सफलता अनि कुशलताको कामना गर्दै यही माइसंसार मार्फत नया वर्ष २०१३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु…
जब सरिरिक रुपमा कम्जोर एक बेक्तिले आफ्नो देसको नाम संसारमा चिनौना सक्छ भने हामी किन कोसिस नगर्ने //////////////
आदरणीय झमक जी मा अभिबादन, झमक जीको रचनामा जिबन को एथार्थ हरु बोलेका छन् झमक जी रचना येति सक्तिसाली छ झमक जीको किर्ति हरु को अध्यन गर्ने ले देश र समाज को लागि केहि गर्नुपर्छ भनें अठोट लिनेछ / ,झमक जीको कलम निरन्तर निरन्तर चलिरहोस सुभेच्छा बेक्त गर्दछु / शिघ्र स्वस्थ लाभको कामना गर्दछु /
दुत पुन यु. के.
धन्यवाद डा काफ्ले असाधारण प्रतिभाकी धनि नेपाली चेली झमकको ताइवान भ्रमण फोटोसहित सुन्दर ढंगले बर्णन गर्नु भएकोमा I झमकलाई ताइवानी रास्ट्रपति र जनताले दिएको सम्मान प्रसंसायोग्य छ I झमकको कृति जिबन काँडा कि फूल एकपटक सबै नेपाली अनि बिदेशीले पढ्नै पर्छ अनि मात्र आफुले आफैलाई चिन्ने अवसर मिल्छ I उक्त पुस्तक चीनिया भाषामा पनि प्रकाशन भएको जानकारीले खुसि लाग्यो साथै आफु चीन मा अध्ययनरत रहेकोले सो पुस्तक (चीनिया भाषामा) बारे थप जानकारी पाए चीनमा प्रचार प्रसारमा मा सक्दो मद्दद गर्ने थिंए I
इश्वरी जी, म संग झमकको उक्त कृतिको केही प्रति चिनिया भाषा संस्करण छन्. तर कसरी पठाउने होला तपाईलाई !
झमक नेपालीकि छोरी अब विश्वकै छोरी हुदैछन, गर्ब गरौ / माथिको एउटा अटोग्राफमा झमकले नेपाली, अंग्रेजी अनि चिनिया भासामा संदेश लेखेको देखियो: उनि धेरै भाषाको ज्ञाता पनि हुन् जस्तो बुझिन्छ / मेरो सलाम छ बहुमुखी प्रतिभा लाइ /
दिल्ली जी
नेपालीमा लेखिएका हरफहरु र सबै हस्ताक्षरहरु झमक कै हुन तर अंग्रेजी र चिनिया भाषामा लेखिएको चाहिँ उनले लेखेकी होइनन बरु नेपालीलाई अरु कसैले अनुबाद गरेको हो !
झमक घिमिरे को लेख जीवन काँडा कि फुल पड्दा सार्है हृदय स्पर्सि लाग्यो . धन्य छ झमक जी लाइ ! सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ !
पांच औला को सालुट छ मेरो नेपाल आमाको छोरि झमक घिमिरे जी लाइ
झमक प्रति आभार प्रकट गर्ने सबैमा मेरो नमस्कार, खुसि लग्यो, नेपाली कृतिलाई अंग्रेजीमा प्रकाशन गर्न पाउदा गौरब लागेको छ.
हस्त गौतम मृदुल
texas
झमक घिमिरे सम्पूर्ण नेपाली को गौरव हुन्. मा नेपाल आउदा केहि किताब किन्नु पर्यो भनेर किताब किन्न गए, साहुजीले झमक को किताब दिएर भन्नु भयो यो मदन पुरस्कार पाउने किताब हो, मैले ऊहा को लेख कान्तिपुर मा पढेको र उहा को बारेमा जानकार रहेको ले किताब लिए र पढ्न थालेको आखा रसाएर आयो. सरल लेखन मा जीवन क संगर्ष उतार्नु सानो छेमता थिएन. सम्पूर्ण मानबजाति ले एक पल्ट पढ्नै पर्ने उत्कृस्ट कृति.
Thanks to all who really helped her in Taiwan.We wish her all the best in her future.Get well soon
आदरणीय झमक जी मा अभिबादन, झमक जी को रचनामा जिबन को एथार्थ हरु बोलेका छन् झमक जी रचना येति सक्तिसाली छ झमक जीको किर्ति हरु को अध्यन गर्ने ले देस र समाज को लागि केहि गर्नुपर्छ भनें अठोट लिनेछ ,झमक जी को कलम निरन्तर निरन्तर चलिरहोस सुभेच्छा बेक्त गर्दछु ———————————————————————————————————————— राम केसी lisbon
सिध्र स्वास्थ्य लाभ को कामना छ.
always god bless u jhamak dee……… get well soon…..
धन्य छ झमक कुमारी, सारीरिक कम्जोर भए पनि मानसिक बलियो भयकोमा | यस ले सपाङ्ग हरुलाई चुनौती दियकोछ | झमकको सिघ्र स्वास्थ्य सफलताको कामना |
यू एस ए
शिघ्र स्वास्थ्य लाभको कामना |
thanks to all who really helped her in taiwan.i wish her all the best in her future.
आखा रसाएर आए, मलाई गर्व छ दिदि तिमि नेपाल आम को कोख बाट जन्म लियौ
म शारीरिक रुप मा सक्त छु र पनि देश न त आफ्नो लागि केहि गर्न सकेको छु उनि अर्थात झमक शारीरिक रुप मा असक्त छिन र पनि मानसिक रुप मा वा साहित्यक रुप मा संसार जान्दो छिन, अब कसरि म उनि संग आफु लाइ दांजु? मेरो जीवन निरर्थक छ उनको सार्थक अझै पनि केहि बिग्रेको छैन जस्तो लाग्छ उनि बात प्रेरणा पाए आज. जिजीबिषा बढेर आयो, केहि गर्ने रहर पलाएर आयो, हिम्मत , साहस बटुलियेर आयो. धन्यबाद लेखक धन्यबाद झमक कुमारी घिमिरे.तिम्रो प्रगति को पाइला अझै अगाडी बढोस, धन्य छ तिम्रो जीवन.धन्य रहोस सधैभरि येसैगरि.
”जिबन काँढा कि फुल” पढ्दा झमकको संघर्षगाथाले आँखामा अश्रु रसाएको थियो , आज पनि उनैको प्रसंगले फेरी रसायो | फरक यो रह्यो कि पहिला दुखले रोएँ अहिले गर्बले |
झमक तथा झमक जस्तै जीवन दर्शन बुजेकाहरुको बारेमा जानकारी लीइसकेपछि के लाग्दछ भने मानिस ठुलो न जातले हुन्छ, न धनले हुन्छ, न रुपले हुन्छ, न सौन्दर्यले हुन्छ न त अरु सुख सयल ले, न त राज्य न त साम्राज्यले नै हुन्छ. ठुलो मान्छे त उ हुन्छ जसको गतिलो दिमाग हुन्छ. सलाम झमक दुनियामा तमाम मानिसहरु दिमागी अपांगताले पिल्सिरहेका बेला तिम्रो सारीरिक अपांगताले तिम्रो दिमागलाइ रोक्न सक्दैन भन्ने कुरो प्रमाणित गरि दियौ.
नेपालको गौरब झमक घिमिरे दिदीको शिघ्र स्वास्थ्य लाभको कामना . यो सम्मान ले मेरो मन छुएर आयो. अनि सम्झे नेपालको सरकारलाई जसले अझै सम्म पनि यस्तो गौरब लाइ चिनेको छैन .
समाचार पढेर एकदम आनन्द आयो ! ओझेल मा परेर पनि उज्यालो चम्की रहने झमक लाई मेरो सलाम छ ! ताइवानी राष्ट्रपति मा इन जिउ ले साहित्यकार झमक कुमारीको किताब ग्रहण गर्दै गरेको तस्विर अत्यन्तै मनमोहक र सन्देशमुलक छ ! झमक जी अझै चम्किरहनु तपाईको स्वस्थको पूर्ण लाभको हार्दिक कामना !
लेखको लागि डाक्टर लेखनाथ काफ्ले लाई धन्यवाद !
नजिक को तिर्थ हेला भन्ने नेपाली उक्ति चरितार्थ बनाउछ झमक प्रतिको हाम्रो व्यवहार ले | तर झमक ती थोरै मानिस मा पार्छिन जसले जीवनलाई साकार पारे |
झमक पुर्बकी हेलेन कलर हुन् र नेपाली निक वुजिचिक ( Nick Vujicic ->http://www.lifewithoutlimbs.org/about-nick/).
सदुबाद छ झमक तिमीलाई देस र विदेश मा तिम्रो नाम सधै फैलियोस ………
Your are really a great women. You are the source of inspiration. We all are proud of you.
समाचार पढेर एकदमै गौरब महसुस गरे ! नेपाली चेली लै विदेश मा गरेको येत्रो सम्मान साच्चिकै मन आनन्दित भएर आयो ! झमक लाई स्वास्थ्य लाभ को इश्वर संग कामना ! आपंग हुँदैमा जीवन बेकार भयको सोच्ने हाम्रो समाजमा आज झमकले देखायको गोरेटोमा नेपालले गौरव अनुभूति गर्न पायको छ झमक्ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना सहित मेरो सादर अभिबादन|
झमकको कृतिहरु केही अध्यन गरिसकेको छु , झमक होइन म चहि आपंग होकी जस्तो लाग्न थालेको छ स्यालुट छ उहाँलाई ,
झमक घिमिरे माथि… गौरब छ हामीलाई /
ओझेल मा परेर पनि उज्यालो चम्की रहने झमक लाई मेरो सलाम छ/देस अनि नेता ले न सम्झे पनि बिरानो देस ताइवान का रास्ट्रपति बाट भएको ब्यबहार प्रति खुशी व्यक्त गर्दछु /तपाई को सफलता को कामना/
Congratulation Jhamkji, We are proud of your success in the interantoional level. Will our so called leaders learn something from you? Bless them to be honest for the country.
झमकको ताईवान भ्रमणको बर्णनले एक साथ हर्ष, गर्व र झमकप्रतिको श्रद्धानुभूतीले नि:शब्द भएँ । हार्दिक नमन झमक तिमीलाई ।
सिघ्र स्वास्थ्यलाभको कामना ।
झमक्ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना सहित मेरो सादर अभिबादन|
समाचार पढेर एकदमै गौरब महसुस गरे ! नेपाली चेली लै विदेश मा गरेको येत्रो सम्मान साच्चिकै मन आनन्दित भएर आयो ! झमक लाई स्वास्थ्य लाभ को इश्वर संग कामना !!!
I like it very much so thanks goes to Dr. kafle for writing articles and Jhamak Kumari is the great person who can do whatever she needs.
भिडिओ पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो .
जय ! जय !! जय !!! झमक बैनी !!!!!!….. अनि सम्पूर्ण ताइवान वासी हरु जसले हाम्री बैनी झमक घिमिरे लाई येत्रो सम्मान दिनु भयो !
झमकलाई अझ सफलताको शुभकामना छ /
निकै खुसी लाग्यो ,हामी नेपाली उनी प्रति आभार प्रकट गर्नु पर्छ उनले नेपाल को परिचय दिएकी छन् ….हामी हाम्रो समाज बाट उनलाई सक्दो सहयोग पुर्याउनु parcha
Thank you very much Dr.Lekhanath kafle. म आफुलाई हेरे, शारीरिक रुपमा ठिक छु तर म कहाँ छु म?, के छ मेरो समाज प्रति आशा जगाउने काम? खोइ मेरो अस्तित्व? मसँग चित्तबुझ्दो उत्तर छैन। उनीहरुले प्रकृतिलाई र यमराजलाई भनेका छन् “हेर हामी बिना कारण बाँचेका छैनौ” तर म भने बाँच्न कारण खोजेर हिडिरहेको छु, भौँतारिरहेको छु। कतै मेरो जीवन यो धर्तिमा थप बोझ त बनेको छैन?
‘कठिनता’ अनि ‘सरलता’लाई पर्याय बनाउने झमकजस्ता पात्रहरूको प्रशंसा गर्नु पनि ढोंग हुनेछ होला । त्यसैले उनको शीघ्र स्वास्थ्य लाभको कामना ।
…..”भेटमा झमकले “जीवन काँडा की फूल” को चाइनिजमा अनुवादित कृति खुट्टाले राष्ट्रपतिलाई प्रदान गर्दा राष्ट्रपति पनि भुइँमा बसेर उक्त किताब आफैले हातले लिए।”….यो हरफ ले मेरो मन कटक्क छुयो! झमक लाई हाम्रो लाखौ सलाम!
धन्य छिन् झमक छोरि, जसले मातृभूमिको परिचय गराएर संसारलाई एक शारीरिक अपाङ्गले के- के गर्न सक्छ भन्ने उदाहरण पेश गरिन ! हामी शपाङ्ग भन्नेहरुका लागि यो एउटा चुनौती र उत्प्रेरणा पनि हो ! म उनि प्रति गर्ब गर्छु धन्य झमक तिमि हाम्री गहना हौ!
नेपालका नेताले भेट्गरेनन भनेर चित्त नदुखाऊ, यी हाम्रा नेता मान्छेरुपी पशु हुन्, पशुलाई मानबियता कशरि औन्छ्त ? देख्तिनौ मातृभूमि र बन्धु बांधबकै हुर्मत लिएर यिनीहरु रमाई रहेका ? अब यिनीहरुले यशो गरुन वा गर्छन भनेर आश गर्नुपनि हाम्रै मुर्खता हुन्छ जस्तो लाग्छ मलाई त !
ताइवानी राष्ट्रपति मा इन जिउ ले साहित्यकार झमक कुमारीको किताब ग्रहण गर्दै गरेको तस्विर अत्यन्तै मनमोहक र सन्देशमुलक छ ! नेपाली नेता, कलाकार, साहित्यकार र प्रशासक बाबुसाहेबहरूले पनि ताइवेनेली सदाचारिता सिकेर ल्याउने कि ! आफ्नो अरठ्ठ परेको जिउमा अलिकती लचकता ल्याउने हो कि ! राजनीतिक शौचालयाबाट यसो कहिले काहीं निस्केर साहित्यिक भोजनालयमा छिर्ने हो कि !
बहुतै खुसि लाग्यो, आपंग हुँदैमा जीवन बेकार भयको सोच्ने हाम्रो समाजमा आज झमकले देखायको गोरेटोमा नेपालले गौरव अनुभूति गर्न पायको छ. हुन् त देश लुटी रहने नेता को सामु उनको उपस्थिति सुन्ने छ. तर संसारले परिबर्तान्कारी भनौदा नेताहरुको महान बस्तीमा आपंग हरुको कुनै मूलले छैन.
झमक देशको ज्योति हुन् र संसार को मोति हुन्, यहि कुरो देखिदै गयको छ, यहि वास्तविक उनको अभियान बाट रस्तले गति पौने छ.
मृदुल
टेक्सास
लेख पढ्दै जादा भाबुक भए, झमकज्यु प्रतिको रास्त्रपतिले गरेको सम्मानले|
मान्छेको पहिचान आवरण भन्दा पनि सोचाइले ठुलो पार्छ, कुरो सत्य हो!
झमक्ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना सहित मेरो सादर अभिबादन|
” झमकले ताइवानको बसाई अत्यन्त राम्रो रहेको, नेपालका राष्ट्रिय नेताहरु संग आजसम्म भेट हुन नसकेको तर ताइवानका राष्ट्रपतिले महत्वका साथ समय प्रदान गरी भेट गरी सम्मान प्रकट गरेकोमा खुशीका साथै ………. धन्यवाद प्रकट गरिन”।
हाम्रा नेताहरुलाई त देशको सत्तामा रेश्लिंग लडाउने बिदेशी दलाल,रेफ्री र खलनायकहरूसंग ढोगभेट गर्नेमा फुर्सद छैन.. अनि झमक कुमारी तिरको त के कुरा….?
हाम्रा नेताहरुलाई त देशको सत्तामा रेश्लिंग लडाउने बिदेशी दलाल,रेफ्री र खलनायकहरूसंग ढोगभेट गर्नेमा फुर्सद छैन.. अनि झमक कुमारी तिरको त के कुरा.