Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

सेक्रेट पढेपछि किन डराए बाबुराम ?

Posted on July 23, 2012July 23, 2012 by mysansar

साउन ३ गते बुधबार। बिहान १० बजे साथी केपी ढुंगाना प्रधानमन्त्री निवास, बालुवाटार गएका थिए। यही हप्ता रिलिज हुने आफ्नो पुस्तक ओपन सेक्रेटको विमोचन गरिदिन निमन्त्रणा दिन। पुस्तकप्रेमी विद्वान प्रधानमन्त्रीका रुपमा चिनिएका बाबुराम भट्टराईले ‘हुन्छ, म आउँछु’ भने। ‘साहित्यप्रति एकदमै रुचि राख्ने मान्छे हुँ। सत्य घटनामा आधारित पुस्तक रहेछ, पढ्छु पनि, कार्यक्रममा आउँछु पनि’ भनेपछि… Continue reading

लघुकथाः माया

Posted on July 21, 2012July 21, 2012 by mysansar

-माधव नेपाल (पूर्व प्रम हैन)- एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने बेला मधुरले आफ्नो ब्यक्तिगत नम्बर सबैलाई टिपाइदियो। त्यसपछि गोपीको दिनचर्या मधुरलाई फोन… Continue reading

अनुहार त भ्रममात्र !

Posted on July 19, 2012 by mysansar

-गणेश भट्टराई- बन्द हुनु नौलो रहेन । बिजुली जाने दिन अंध्यारोमा बस्ने आदत भैसक्यो । ग्यास-तेल लिने लाइनमा नबसे खाएको नपच्ला । चामलको भाउ घट्दैन, कर्मचारीको तलब बढ्दैन । मल सुलभ नभएको चिन्ताले किसानलाई पिरोल्छ, कारखानाका पाट-पुर्जामा भन्सार छुट नपाए भारतीय सामानसँग प्रतिस्पर्धा गर्न नसकिने पिरले उद्ध्योगपती-व्यापारी दुखी छन् । कर्मचारी, किसान, व्यापारीमात्र होईन सबै… Continue reading

असल नियतको सुरुवातले दिएको गलत परिणाम

Posted on July 18, 2012July 19, 2012 by mysansar

-सी.बी.रायमाझी- विगत लामो समयदेखि माइसंसारमा म पाठकको रुपमा सहभागी हुँदै आएको छु। तर पनि हालका दिनमा कता-कता आफ्ना अनुभव पनि ती जागरुक तथा उत्साही पाठक र आलोचक, समाचोचक मित्रहरु माझ साझेदारी गरौँ कि भन्ने भएको छ। म नेपाल सरकारको निजामती सेवामा झण्डै ३२ वर्षको सेवा बिताई करिब ३ वर्ष पहिले ५१ वर्षको उमेरमै स्वेच्छिक अवकाश… Continue reading

स्वर्गतिरको यात्रामा उक्लिएजस्तो

Posted on July 15, 2012July 15, 2012 by mysansar

-प्रमोद अधिकारी- एकजना छिमेकी गुरुबाको सुरम्य यात्रा वर्णन शैलीले मलाई अचानक ताप्लेजुङकी पाथिभरा भेट्ने हुटहुटी चढ्यो। भर्खरै कतार खाडीबाट घर फिरेका प्रकृतिप्रेमी कवि जयराज भट्टराई र म एउटा सुन्दर बिहानीमा मोरङको उर्लाबारीबाट ताप्लेजुङको पाथिभारा हानिएका थियौं, अन्धाधुन्ध तौरतरिकामा। यो मध्य बर्खाको बेला, त्यो पनि पहाडी यात्रा † यात्रा जो छ छँदैछ, त्यसमा ‘रिस्क’ नलिए केको… Continue reading

कथाः अनुत्तरित ?

Posted on July 14, 2012July 14, 2012 by mysansar

-दामोदर कोइराला- २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ । अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् । बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा… Continue reading

मृत्युको मुखबाट फर्कँदा

Posted on July 11, 2012July 11, 2012 by mysansar

ओखलढुंगा घर भएका अशोक खड्काले हालै क्यानडाको टोरेन्टोमा मृत्युलाई नजिकैबाट महसूस गरे। १२०-१३० किलोमिटर प्रतिघण्टाको गतिमा हाइवेमा दगुरिरहेको कार एक्कासी अनिन्त्रित भएर सडकभन्दा तल दुई पटक बल्ड्याङ्ग खाएर खस्यो। कार ध्वस्त भयो। माइसंसारका पाठकलाई उनले आफ्नो अनुभव यसरी बाँडेका छन्- दुर्घटनाको खबर आफैमा अप्रिय र कहालीलाग्दो हुन्छ, त्यो जहाँसुकै भएको किन नहोस्। क्यानाडा-अमेरिकामा कार दुर्घटनामा… Continue reading

फेरि गाउँ पसे बाबुराम

Posted on July 8, 2012July 8, 2012 by mysansar

देशमा राजनीतिक अन्यौल छाइरहेको बेला काठमाडौँ नजिकैको गाउँमा एक रात बास बस्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कामलाई ‘नौटंकी’ भन्दै धेरै आलोचना भए। गाउँमै बसेर छापामार युद्ध गरेका व्यक्तिले गाउँको समस्या नबुझेको हो र अहिले यस्तो गर्नुपरेको भन्दै उनको खोइरो खनियो। कतिले ‘नवराजा’ बन्न खोजेको पनि भने त कतिले हिन्दी फिल्मको नक्कल भने। तर पनि उनले यसलाई… Continue reading

कथाः परीक्षण

Posted on July 7, 2012July 9, 2012 by mysansar

-बिन्देश मगर- “जय नेपाल विजय जी।” जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ। आज पनि विहानै उ मेरो अफिसमा… Continue reading

मापसे ? सहरमा ट्राफिकले, गाउँमा महिलाले ठीक पार्छन्

Posted on July 5, 2012 by mysansar

– नुमा रिजाल – नेपाल सरकारले मुलुकभरि मदिरा बिक्री–वितरणका लागि इजाजतपत्र धमाधम दिइरहेका बेला रुकुमका दुई गाविसका महिला भने त्यसलाई निरुत्साहित गर्न लागिपरेका छन्। गाउँमा मदिराजन्य पदार्थले व्यापकता पाउनुका साथै विभिन्न सामाजिक विसङ्गतिका घटना बढ्न थालेपछि महिलाले मदिरा निषेधित क्षेत्र घोषणा गरेका हुन्। रुकुमको सदरमुकाम खलंगादेखि १४ कोस टाढा उत्तरमा पर्ने आठबिसकोट गाविसका ३, ४… Continue reading

कथाः मसली भाउजू

Posted on June 30, 2012June 30, 2012 by mysansar

राममणि पोखरेल असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन। सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन्। अधिकांश आकाशे खेत… Continue reading

जग्गामा कर लिने, गाडीमा चैँ छुट किन ?

Posted on June 25, 2012June 25, 2012 by mysansar

-गौरीबहादुर कार्की- नेपाली जनताले २०।२५ हजार मूल्यको ग्रामीण क्षेत्रको जग्गा खरिद बिक्री गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ। अंशबण्डा गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ। अंशबण्डामा मोलको आधारमा २५ लाखसम्मको सम्पत्तिमा ०.२ प्रतिशत र सो भन्दा माथि २ करोडसम्म ०.३ प्रतिशत र २ करोड माथि ०.४ प्रतिशतका दरले राजस्व बुझाउनु पर्दछ। यस अनुसार… Continue reading

सम्बन्ध विच्छेद

Posted on June 23, 2012June 23, 2012 by mysansar

-शशांक लामा- जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म… Continue reading

हामी कस्तो बहादुर ?

Posted on June 22, 2012June 22, 2012 by mysansar

-डील्लीराम भण्डारी “यात्री”- पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने)… Continue reading

स्पष्टीकरण

Posted on June 21, 2012June 21, 2012 by mysansar

-चर्चित ढुंगेल- कार्यक्रमका सभापति महोदय, (‘भारेभुरे’को सम्बोधन केलाई गरिरहनु?) सर्वप्रथम मैले यो कार्यक्रममा आइदिनाले तपाईँहरुको सिङ्गो कार्र्यक्रम र स्वयम् तपाईँहरु पनि धन्य हुनुभएको छ। मजस्तो ‘अन्तर्राष्ट्रे ब्यक्ति’को ब्यक्तित्वको पहिचान गरेर ‘घ्याम्पो’ रित्तिनेगरी ‘धोकेर’ आउँदा पनि ‘खुट्टामै ढोगेर’ ज्याईँलाई झैँ प्रथम बक्ता बनाइ लिनुभएकोमा मेरो ‘दिल गार्डन गार्डन’ भएको छ। आज यो उमेरसम्ममा म थोत्रोलाई कसैले… Continue reading

अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको !

Posted on June 18, 2012June 15, 2012 by mysansar

-दीप्स शाह- दिदी निकै च्याँट्ठिएर बोल्दै थिइन्। “आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनLलाई के माया अर्काले कमाको पैसाको!” एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। ‘आमै’मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ती दिदी कति हदसम्म… Continue reading

कथाः पुरस्कार

Posted on June 16, 2012June 15, 2012 by mysansar

-लेखनाथ काफ्ले- कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ भन्ने थाहा थियो किनकी पढेर ठुलो मान्छे बनिन्छ भनेर हजारौ पटक सुनिएको थियो। तर एमए गरेका… Continue reading

नर्वेमा काम: अवसर कि भ्रम

Posted on June 12, 2012June 12, 2012 by mysansar

-अनुप खनाल- अहिले नेपालबाट नर्वेमा कामको लागि ६ महिने भिसा पाएर आउनेको होडबाजी चलेको छ, धेरै साथीहरुले मलाई इमेल, फोनबाट सोधिरहनु हुन्छ। तर नेपालमा यहाँको वास्तविकतालाई धेरै नै बङ्ग्याइएको छ। विशेष गरी कन्सलट्यान्सीहरुले यसलाई बिजनेसको रुपमा लिएर धेरै बढाइचढाइ कुराहरु गरी राखेका छन्, त्यसैले मैले यहाँ देखेको वास्तविकतालाई लेख्न खोजेको हुँ। स्वदेशमा काम गरी केही… Continue reading

कथा: बाँध

Posted on June 9, 2012June 9, 2012 by mysansar

-शुषमा मानन्धर- “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई अँध्यारैमा टुङ्ग्याएकी थिएँ। उपन्यासको बाँकी रहेको अन्तिम भाग भर्खरै लेखिसकेकी छु। मनको निकै ठूलो भार… Continue reading

समय फरक, कथा उही- संविधान सभा भाग २

Posted on June 6, 2012June 6, 2012 by mysansar

-नेपाल डायरी- प्रसङ्ग मधेश आन्दोलनबाटै सुरु गरौं। नम्बर एक – एक जना छिमेकी छन् बिद्युत प्राधिकरणका मिटर रिडर – उमेर ५० वर्ष। राजविराजको लंका टोलमा बस्थे , दुइटी छोरी, सानो र सुखी परिवार। सानो एउटा एक तल्ले घर। ओखढुङगाबाट मधेस झरेर जिन्दगीका ३५ साल काटेरे त्यहाँ। पिउनबाट जागिर सुरु गरेर अहिले मिटर रिडरसम्म बनेछन्। एक… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 60
  • 61
  • 62
  • 63
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme