२०६९ पुस १ आइतबार। सँधै झै कहिलेकहाँ, कहिले कता फरक ठाउँ र विषयको खोजीमा रहने यो नेपालसुत्रका मनहरु आज ६ बजे विहानै काठमाडौबाट ५० किलोमिटर पश्चिम पृथ्वि राजमार्गको गल्छितिर लम्क्यौ। गल्छिबाट त्रिशुलिपट्टी ५ किलोमिटरभित्र, केउरेनिघाटसम्म काठमाडौँबाट (जाममा नफस्ने हो भने) दुइ घण्टा लाग्दोरहेछ। त्रिशुलि नदीको झोलुगे पुल तरेर तारुका गाउँ तर्फ मोडिनु पर्ने रहेछ। यात्रामा त्रिशुलि नदि किनारामा टेन्ट लगाएर बसेका थुप्रै रमितेहरु देखिन्थे। राफ्टिङका ग्रुपहरु पनि टाढाटाढा नदी किनारामा रमिरहेका देखिन्थे।
कान्तिपुरका रसुवा संवाददाता कृष्ण थापाको सम्पर्क हुँदै तार्कु-नुवाकोट गोरु जुधाइ मेला व्यवस्थापनका अध्यक्ष जनक ढुङ्गानाका समिपमा हामी पुगेका थियौ। त्यसपछि धादिङ र नुवाकोट जिल्लाको साधमा पर्ने दुमखोलाको कुलकुल आवाज सुन्दै हामी उकालियौं।
बाटामा भेटिएका बोलक्कडहरु टक्क अडिएर मुसुक्क हास्दै ‘कतातिर हो?’ भन्न भ्याइरहेका हुन्थे। फल्यास-लाइट बलेजस्तै गरि निस्केका त्यो क्षणिक मुस्कानले चिन्दै नचिनेका अनुहारहरुबीच पनि कति निकटताको साइनो जोड्ने रहेछ भन्ने भान भैरहेको थियो। बाटाभरि कान्ला र खलाहरुमा धानका कुन्युहरु ठडिएका देखिन्थे। दाई गर्दै गरेको दृष्य अझ लोभलाग्दो देखिन्थ्यो। वर्षा सकिएर पोसिएका खाइलाग्दा गोरुहरु बाटाभरि बाटै ढाकेर उकालो लागिरहेको देखिन्थ्यो।
गाउले वस्तीहरुलाई जोड्ने सामुदायिक बनको हरियालीमाझ घामछायाको लुकामारी उसैगरी देखिन्थ्यो। त्यो प्रकृतिको उत्सवमाझ उकालो काटेको पत्तै भएन।
माथि घर्ति भन्ज्याङबाट उक्लेर आँखाले भ्याएसम्म हेर्दा नुवाकोट र काठमाण्डौलाइ बैसाखी बनाएर बीचबाट नागबेलिजस्तै बगेको त्रिशुली नदि कम रोचक देखिन्नथ्यो। यो गाउँमा अहिलेसम्म सवारी साधनको नाममा साइकलसम्म पनि आइनपुगेको थाहा पाएपछि हाम्रा सहयात्रि छिमि गुरुङ निकै लोभिएका थिए। यी छिमी दाइ सधैभर नेपालमा साइकल गुड्ने सम्भावनाका बाटाघाटाहरुको निरन्तर खोजिमा रहने एक नमूना यात्रु हुन्।
केहि वर्ष अघिदेखि छापा माध्यमहरुमा तारुका नुवाकोटमा साँढे जुधाइ महोत्सव सम्पन्न भएको खवर आउँथ्यो। यस्तो खेल नेपालमा पनि हुन्छ र? जिज्ञासा उब्जिरहन्थ्यो। खासमा यो जिज्ञासा मेटाउन ‘गोरु जुधाइ रिहर्सल’ हेर्न हामी तारुकाघाट पुगेका थियौं यसबेला। यो खवरको सुइको पाएर मित्र राष्ट्र भारतकी मिथिला जडिवाल पनि महिला सहयात्रि बनेकी थिइन्। थुप्रै राष्ट्र घुमिसकेकी मिथिला ट्राभल लेखिका हुन्। साथमा नेपालसूत्रका अगुवा सुनिल शर्मा र डन टिल डस्क का छिमि गुरुङ पनि थिए।
हरेक माघे संक्रान्ति (माघ १ गते)का दिन साढे जुधाइ मेला लाग्ने भएपनि यसको पुर्व तयारि उत्तिकै भव्य हुनेरहेछ। यो ओझेलमा परेको पर्वका बारे केही जानकारी बटुृल्न पनि हामी तारुकाघाटतिर लागेका थियौं। यो गोरु जुधाइ पर्व कुनै लहड अथवा आफूखुशीको पर्व होइन रहेछ। ईतिहासकार दिनेशराज पन्तका अनुसार नुवाकोटे शिलालेखमा उल्लेखित प्रमाणअनुसार यहाँ लिच्छवीकाल देखि नै गोरुजुधाइको प्रचलन कायम रहीआएको छ।
सधैं झैं माघ १ गते आयोजना हुने मेलामा आफ्नो गोरुलाइ जिताउन बेलैदेखि बिशेष पोसिलो आहारा र दाना ख्वाउने गरिएको रहेछ। त्यसका लागि आयोजित पुस १ को रिहर्सलमा सवैले आफ्ना बलवान गोरु देखाउन ल्याउँदा रहेछन्। कुन साढे कुनसंग जुधाउने, उमेर र साइज निर्क्योल गरिदो रहेछ। साना आकारको चिटिक्क, टिनिक्क परेको छरितो ज्यानमा पुटुस्स परेको रहरलाग्दो जुरो † पोहोर साल जुधेर स्वाद थाहा पाएका साढेको हुँकार अझ हेर्न लायक थियो। आजका दिन उत्सुक साँढे धनिहरु भविष्यमा सहभागिताका लागि नाम-ठेगाना टिप्ने रहेछन्। गाउलेहरुबीच सभा बसेपछिको निर्णयबाट थाहा भयो कि यसपालि ४० वटा (२० हल) साढे सहभागी हुने थाहा पाइयो। जुधाइमा आउने हरक जोडा बाट बिजेता गोरु मालिकलाई १ हजार रुपैंया र उपबिजेता मालिकलाई ५ सय रुपैंया दिइने भएको रहेछ। यसपटकको गोरु जुधाइमा लागेको खर्च भने नेपालसूत्रका सुनिल र डन टिल डस्कका छिमीले बेहोर्ने भएका रहेछन्।
तपाई पनि गोरुजुधाइको दर्शक बनेर आउने हो कि तारुकाघाट? युरोपेली दुनिया स्पेनको राष्ट्रिय खेल भनेर चिनिएको गोरु-जुधाइ हामीकहा लिच्छवी कालदेखि चल्दै आएको रहेछ भन्ने जानकारी पाउनु मात्रै पनि ठूलो कुरा हो। पशु अधिकारको चर्को आवाज बाहिर आउनुभन्दा अगाडि गोरु-जुधाइमा हाम्रो आफ्नै इतिहासको पनि यो बेला स्मरण गर्ने कि??
desh मा रोजगार छैन, उधम्शिलता छैन, बेरोजगार बढ्दो छ , अब यसरि नै गोरु जुधाऊ अनि बस मुर्ख हरु .
अरुलाई अझ त्यो पनि अवोध पशुहरूलाई जुधाएर आफुले मनोरन्जन लिने मानिसको काम होइन | कमसेकम चेतनशील प्राणीहरुले यसको रोकथाम गर्नु पर्छ | संस्कृति होइन यो कुसंस्कृति हो |
….यस्ता खेल कुनै कला रोचक लाग्ने संस्कृति
कहिँ कतै छ भने पढ्न सुन्न पैयोस
नराम्रा संस्कृति/परम्परालाई इतिहास भनेर थाम्नु हुन्न, राम्रा कुराको सुरुवात गर्न डराउनु हुन्न l यो निर्दोष अनि सहयोगी पशुलाइ जुधाएर मनोरंजन लिने चलन मलाई चाही फिटिक्कै मन परेन l नेपालका राजनीतिक नेताहरु बीच भएको घम्सा घम्सी हेरेर नै नेपाली जनताले मनोरंजन लिइराका छन् नि, केलाई चाहियो गोरु जुधाई? 😉
साँढे जुधाई काठमान्डू उपत्यकामा पनि हुन्थ्यो, हरायक दिन नभय पनि कमसेकम हप्ताको यक दिन त् यक टोलको साँढे अर्को टोलको साँढे सिट जुध्ने गर्थे/ तर ती साँढेहरु आफै जुध्ठे/ म नेता साँढेहरुको कुरा गरिरहेको होईन साँच्चैको साँढेहरुको कुरा गरेको/
मलाई जहा सम्म याद छ २०३० साल सम्म पनि उपत्यकाको टोल टोलमा कमसेकम यउटा अजंगको बलियो साँढे हुन्थ्यो/ ती साँढेहरुमा बिशेस गरेर असन र त्यौड टोलका साँढेहरु बलिया देखिन्थे भने ईटुंबहाल छत्रपाटि पकनाजोलका साँढेहरु पनि निकै बलिया थिय/
ती साँढेहरुमा कुन मूड चल्थ्यो कुन्नि उनीहरु आफ्नो टोल पारि विजय यात्रामा निक्लन्थे/ अरु टोलको साँढेहरुले मिलौं पर देखि अर्को टोलको साँढे आयको चाल पाउँथ्यो उ उठेर खुट्टा भुईंमा घिसार्दै बजार्दै कराउन थाल्थ्यो/ तव टोलका सबैले अर्को टोलको साँढे आफ्नो टोलको साँढे सिट जुध्न आउदैछ भनेर थाह हुन्थ्यो/
ती साँढेहरु लगभग १०० २०० गज अघि यकले अर्कालाई देख्न सक्ने भय पछि कुदेर आक्रमण गर्थे/ घन्टौं जुद्धथे र टोलका घर पसलको सबै ढोकाहरु र बाटो बन्द हुन्थे/ अरु टोल बात विजय यात्रामा निक्लेको साँढे जति सुक्कै बलियो अग्लो भयता पनि टोलको साँढे त्यो साँढे देखेर भाग्दैन्थ्यो, ज्यान फालेर लड्थ्यो र प्रायस टोलकै साँढे जित्ने गर्थ्यो/ तेस्तो साँढे जुधाईमा जित्ने साँधेको फुर्ति देख्न लायक हुन्थ्यो/
अब मित्रहरुलाई पत्याउन अलि गार्है लाग्ने तेस्तो जुद्धै गरेको साँढेहरुलाई समेत सिङ्ग समायर घुमायर भुईंमा पछार्ने मानव साँढेको कुरा गर्छु/ मैले देखेको बेला त्यो व्यक्तिलाई ७५ नाघी सकेको बृद्ध थियो/ ठहिटी टोलमा त्यो बलवान मानवको नाति भतिजाहरुको स्टुडियोहरु अझै पनि छन्/ त्यो महान बलवान तथा प्रकृतिको आस्चर्य मान्न सकिने व्यक्तिको नाम हो “सानुचा पहलवान” /
“सानुचा पहलवान” राजा र राना सरकारहरुको मनोरंजन गर्ने मानव साधन बनेको थियो/ राजा र रानाले उसलाई दरवारमा बोलाउथ्योरे/ तर दरवारको ढोकामा बलिया बलिया सैनिकलाई तैनाथ गरेर तिनीहरुलाई कोहि दरवार पस्न खोजे जिउन्दै समायर ल्याउनु भनेर हुकुम जारि गरेको हुन्थ्योरे/ त् दरवार बात बोलायाको भनेर त्यो सानुचा पहलवान दरवार पस्न खोज्थे तर सैनिकहरु उसलाई दरवार पस्न नदियर जिउन्दै समात्न खोज्थे/ अनि यक व्यक्तिको ५०सौ सैनिक सिट मल्ल युद्ध चल्थ्यो तापनि जित सानुचा पहलवानकै हुने गर्थ्योरे/
मित्रहरु “सानुचा पहलवानको अमानवीय शक्ति र बल” को कुरा नपत्याउनु भन्दा पहिला टोलका बरिस्ठ नागरिकहरु सिट बुझ्नुस/ उ ७५ बर्षको बृद्ध हुँदा नेपालमा भारतको नाम चलेको दारासिं पहलवानहरु कुस्ती लड्न आयको थियो/ तेतीबेला त्यो ७५ बर्ष नाघी सकेको बृद्ध सानुचा पहलवानले “ती दारासिं पहलवानहरुको बल देखेर गिल्ला गर्थे र भन्थे कि यक चोटी पछारेर जित्ने भय तेतिबेला पनि तिनीहरु सिट कुस्ती लड्न तयार”/ मैले पनि त्यो कुरा उहाँकै मुख बात सुनेको थिय/ सानुचा पहल्वानको तेतिबेलाको बल देख्दा पनि उसको भनाईमा विस्वास गर्न गर्न करै लाग्थ्यो/
म त्यो महान व्यक्तिलाई देख्यो कि जिस्काउने गर्थे/ सानुचापहलवानलाई “पैताला” देखाउनु हुन्नथ्यो तर म देखाई दिन्थे/ उ मेरो कान निमोठ्न लखेत्थ्यो/ म भाग्थे/ अनि सानुचा पहलवान मेरो बुबा काहा कुरा लगाउन जान्थे/ सानुचा पहलवान मेरो बाजेको मिल्ने साथि थियो/
त्यो सानुचा पहलवानको पछिल्लो तथा अन्तिम समय बडो बडो कस्टकर रह्यो/
मदन जी,
तपाइंले ल्यानु भएको सन्दर्भले निकै पुरानो सम्झना ताजा भयो| म छेत्रपाटीको चेली भएकोले सानु चा पहलमानको बारेमा हजुर आमाको मुखबाट सुन्थें| मैले पनि सुनेको ठिक यस्तै कुरा हो| अर्को रमाइलो कुरा, ” सानु चा पहलमान आयो ” भने पछि सबै पसलेहरु हतार हतार गरेर पसलको कवलहरु घरयाप घुरूप लगाउन्थ्यो रे| किनभने पसल थुन्न पाएन भने पहलमानले सबै खानेकुरा खाने, फाल्दिने गर्थ्यो रे| रमाइला ति समाज, ति दिनहरु हराए| तर कोहि पनि प्राणीलाई कष्ट पुर्याउने चलन चाहिं मन
पर्दैन|
*******
शायद यो ठट्यौली पनि त्यसैबाट प्रभावित हो कि – माइसंसार
मदन जी
राज दल को भिमे भन्ने ठुलो सरिर भएको मान्छे पनि सम्जिनु हुन्छ कि ?
तेत्ति ठुलो मान्छे त् मैले अहिले सम्म देखेको छैन |
द्रोण ज्यु
सम्झन्छु र देखेको पनि थिय/ करिव सात फुट अग्लो, बाँस बारी छाला जुत्ता कारखाना बात उसैको निमित बनायको १२ नम्बरको जुटा लगाउने भिमे लाई र उसको भाई लाई पनि/ तर उसको भाई उ जति अग्लो थियनन/ उसको तेस्तो अग्लो शरीर हेर्दै हिंड्दा म बाटोमा ठक्कर खायर लडेको पनि थिय/ धेरै खाने भयकोले सेना बात उसलाई पछि निकालेकोले खान नपायर मरेको थियो भनेर सुनेको थिय/
Yes, Sancha Pahalman reminds me of my childhood days… thanx… we do have this bull fighting system in Kathmandu. Nuwakote must have copied from Kathmandu…anyway, Kathmandu used to be a highly civilized society… I mean, with the then standards of civilization… but animal torture is obviously a wrongful activity.
यो मैले बिगत चार वर्ष अगडी थाहा पाएको हु . जुन समयमा जे भएकोथियो त्यो त्येस सामेको माग थियो होला … . .. समाजमा एकैनासको दिनचर्या हुदैन रहेछ …. . समय अनुकुल यो कतै संग्केतिक पनि हुनासक्क्छ ………..के ठिक के बेठिक त्यो विभिन्न छापा मध्यम बाट अब का आउने दिनहरुमा प्रस्तुत हुनेनैछ …..
Each culture do have its own merit and demerits which must not be meausred in Western version. Our culture is our own identity so it is a subject to be preserved.
दोश्रो विश्व युद्ध भएको बेलामा स्पेनको सेनाहरु भाग्दै आउदा तेही ठाउँमा पुगे पछि त्यहाँको प्राकृतिक सुन्दरतामा मोहित भएर २, ४ जना स्पेनिस सेनाहरु आफ्नो देश नफर्की त्यहि ठाउँमा बसोबास गर्न थालेका र पछि उनीहरुले नै गोरु जुधाई खेलको सुरुवात गरेको भन्ने किवदन्ती जनमानसमा अहिले पनि सुन्न सकिन्छ! सो खेलको निर्णायक मण्डलमा चाही अनुभवको आधारमा प्रचण्ड, बाबुराम, माकुने, झले, शेरे, सुशिले, गच्छेदारे लाइ नै राख्दा राम्रो होला!
अमानविय हर्कत !
मलाई त मन पर्दैन हजुर यो पाप जस्तो लाग्छ
हामी सबै को प्रतिनिधित्व गरेर लडिरहेका यी दुइ ! यिन मा र हामि मा फरक त्येत्ति हो यीन का चार पाउ छन् हाम्रा मात्र २ ! दिमाग चाही उस्तै उस्तै !माने नेपाली …..
मा पनि धादिंग गल्छी मा बस्छु. तर मलाई यो परम्परा तेत्ति उचित लाग्दैन . यो परम्परा भन्दा पनि animal cruelty को परकास्ता हो. म पनि हेर्न गको छु एक दुइ पटक. गोरो जुध्दा रगताम्मे हुन्छन .. कोइ कोइ त जुध्दा जुध्दै ढल्छन. मलाई लग्छ यो परम्परा हटाउनु पर्छ.
सिंह दरवारका साँढेहरूको जुधाई भन्दा त यस्तो साँढे जुधाई हेर्न पो मजा आउँछ होला हो लाखे…
मांघे संक्रान्तिको दिन प्रतियोगितात्मक गोरु जुधाउने तथा अन्य मनोरंजनात्मक कार्यक्रमहरु नुवाकोट र रसुवाको संगमस्थल त्रिबेणीघाट उत्तरगया बेत्रावती बजारमा पनि परम्परागत रूपमा हरेक बर्ष हुँदै आइरहेको छ /