Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

पुस्तक अंशः खोज (भाग ८)

Posted on November 4, 2012November 4, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’को अंश खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ। छैटौँ भाग यहाँ सातौँ भाग यहाँ मन्दविष -कर्ण शाक्य- मानिस धन नभएर गरिब हुने होइन, मानसिक दरिद्रताले गरिब हुन्छ। धनी बन्नका निमित्त त मानिसको सोच… Continue reading

कथा : नफुल्दै फूल

Posted on November 3, 2012 by mysansar

-शुषमा मानन्धर- मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि ट्याक्सी ड्राइभरहरुले हड्ताल गरेका रे। यस्तो बेला, एक त ट्याक्सी पाउनै गाह्रो, अर्को पाइएको ट्याक्सीले… Continue reading

यहीँ छ काम र दाम

Posted on November 2, 2012 by mysansar

– मीना शर्मा- जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ। काठमाडौंका विभिन्न सडकछेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन बालबच्चालाई राम्रा विद्यालयमा समेत पढाउन सफल भएका छन्। ठेलामा चना–चटपटे बेच्ने मात्र होइन चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा… Continue reading

अब पालो राष्ट्रपतिको

Posted on October 30, 2012October 30, 2012 by mysansar

-सूर्य खड्का- दशै तिहारको मेलोमा गच्छे अनुसार रुची भएका मान्छेले मज्जाले जुवाको पारख देखाइरहेका छन्। राष्ट्र र राजनीतिक जुवा खालमा भने कोही कसैलाई पनि सिधा टकराव दिन सकेका छैनन भलै भद्र पारामा सत्त पक्ष र विपक्षबीचको जुवा खाल रोमाञ्चक हुँदै गएको छ। न छवि न लाल हुँदै प्रचण्डबाट पर–चण्ड हुँदै गएका माओवादी सुप्रिमले खेल जमाउन… Continue reading

स्वतः स्थायीको माग कति जायज ?

Posted on October 28, 2012October 25, 2012 by mysansar

—दधि अधिकारी— त्रिभूवन विश्व विद्यालयका करार शिक्षकहरुलाई स्वतः स्थायी गरिनुपर्ने माग आफैमा गलत त हो नै, त्यो भन्दा अझ बढी गलत हो यो माग पुरा गराउन उपयोग गरिएको तरिका। तिब्र गतिमा भैरहेको नैतीक क्षयिकरणको बीचमा नेपाली समाजमा विद्यालय एवं विश्व विद्यालयका शिक्षकहरुलाई अझै पनि नैतिकताको अन्तिम धरोहरको रुपमा लिइन्छ । कुनै कर्मचारीले घुस माग्दा मानिसहरुलाई… Continue reading

हलो अड्काएर गोरु पड्काउने धरनाथहरु

Posted on October 27, 2012October 25, 2012 by mysansar

-डोलेश्वर भण्डारी- धरनाथले पहिलेका कुरा सवै विर्षे अहिले । हिउँदका मैन्हामा मुख्याका गोठका गाइवस्तु खेततिर थलामल्न लगेका वेलामा त्यही गोठमा वसेर उनले कखरा सिकेका थिए । हरेक दिन घरवाट पिरा लिएर आँउथे र वेलुकी त्यो पिरा लिएर घर फर्कन्थे । उनको लेख्ने कपी थिएन । नत मसीले भरिएको कलम नै थियो । उनले काठको फलेकमा… Continue reading

‘देश फर्क’ परदेशी नेपालीहरू

Posted on October 25, 2012 by mysansar

-पंचम अधिकारी- बुढापाकाको आशिर्वाद लाग्छ भन्थे, ठ्याक्कै हो रहेछ । म भुन्टे हुँदा दसैंको टीकामा गाउँ चहार्दा बाजेबज्यैको आशिश सुन्थें- सन्तानले डाडाँकाँडा ढाकुन् । नेपाली बाजेबज्यै पुस्ताको यस्तो आशिर्वादले अहिले युरोप, अमेरिका, अस्ट्रेलिया र एशियाभरि मात्र होइन अफ्रिका र ल्याटीन अमेरिकासम्म नेपाली फैलिएका छन् । संसार नेपालीले ढाकिँदै छ । संसारको जुन कुनामा पुगे पनि… Continue reading

मा.प.से. होइन, का.कु.

Posted on October 22, 2012 by mysansar

—देवेन्द्र भट्टराई— एक महिनाअघि मोरङको सातपिडी गाउँबाट काठमाडौं आएका आफन्तजन परमोद ‘फिलिपिनो’ले मेरो स्प्लेन्डर बाइकमा शहर–रवाना गर्ने भित्री इच्छा देखाए। ‘लौ त नि’ भन्दै बाइक जिम्मा दिएको थिएँ, पाटनढोकाबाट दबाएको गियर थापाथली चोकमैं गएर थामिने अवस्था आइपरेछ। ट्राफिक आइल्याण्डमा रोकिएकी ‘माइजु’ (पुलिसलाई मामा र चौकीलाई मामाघर भनिने अर्थमा) ले परमोद ‘फिलिपिनी’को कानको जरी छेउमैं समाएर… Continue reading

पशुबलि बारे हिन्दु धर्मग्रन्थमा के छ ?

Posted on October 21, 2012October 21, 2012 by mysansar

-डा. गोविन्द टण्डन- पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एव‌ं आआफ्नै धारणा… Continue reading

कथाः गुड्डी

Posted on October 20, 2012October 20, 2012 by mysansar

-वीणा सिन्हा- आमा ! म यो जुठो रसभरी खान्नँ। गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो। ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन। त्यही बेला श्यामजी (बुबा) आएर भन्नुभयो- चारवटा रसभरी थियो, बाँकी के भयो ? सोनुका लागि पनि मैले ल्याएको थिएँ। सबै खायो होला। सुधाको ठूलो आवाज… Continue reading

सेक्सी प्रचण्ड, स्खलित बाबुराम र दशैं

Posted on October 19, 2012 by mysansar

-सूर्य खड्का- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता लगायतले वितेका वर्षका सन्देशहरुमा बर्ष सच्याएर दिने केही थान शुभकामना वक्तव्यहरु नै देशवासीले यसवर्ष गणतन्त्र नेपालबाट पाउने दशैं तिहारको अब्बल उपहार हुनेछ। सत्ताघटकसँग सम्वन्धित बाहेक दलका नेता, कार्यकर्ता वा समर्थकहरुलाई दामविहीन दशैं हुनेछ यो, भलै उनीहरुले आन्दोलनको काम दिने भनेर कार्यकर्तालाई अल्झाइरहेकै छन्। प्रचण्डको माओवादी र मधेशी मोर्चाका… Continue reading

डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा

Posted on October 18, 2012October 18, 2012 by mysansar

नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्। एनसेलको कुहिगन्ध चर्किएर… Continue reading

कमजोरीलाई पुरस्कृत गर्न थाल्ने हो भने

Posted on October 15, 2012 by mysansar

-डा. डोलेश्वर भण्डारी- एकादेशमा एउटा राजा थिए। उनी निकै लहडि खालका थिए र समय समयमा नयाँ नयाँ तमासा झिकि रहन्थे। एक पटक उनले आफ्ना केहि युवा जनतालाइ वोलाएर कपर्दि खेलाउने विचार गरे र जित्नेले होइन कि हार्ने टिमका हरेक खेलाडिलाइ पाँच तोलाको सुनको तक्मा दिने ऐलान पिटे। जित्नेले त सँधै जित्छन तर हार्नेले पनि त… Continue reading

शिक्षा पत्रकार भनाउँदाको ताल हेर्नुस् त कस्तो

Posted on October 14, 2012October 15, 2012 by mysansar

-रवि गौतम- लोकसेवा आयोगले गएको चैत ४ गते विद्यालय निरीक्षक पदका लागि परीक्षा लिएको थियो। परीक्षामा पूर्व शिक्षासचिव रामस्वरुप सिन्हा, जसलाई अढाइ वर्षअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा उनको अध्यक्षतामा वसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यका लागि सिफारिस समेत गरेको थियो, उनकी छोरी अन्तिमाकुमारी र शिक्षा मन्त्रालयका सहसचिव सुर्य गौतमकी पत्नी इन्दिरा… Continue reading

कथा : बद्‌लिएकी प्रिया

Posted on October 13, 2012October 13, 2012 by mysansar

-उषा थपलिया- ” त्यो कार्यालयमा अविनाशको पहिलो दिन थियो। एक अग्रज नातेदारले उच्च मध्येकै एक पदका लागि प्रस्ताव गरेपछि उसले नाँई भन्न सकेन। हुनत उसलाई आफूसामुन्ने लडीलडी आएको प्रस्ताव सुरुमा स्वीकार गरुँ जस्तो लागेको थिएन। गैरनाफामुखी सामाजिक संस्थाको नामबाट चिनिएको त्यो कार्यालयमा काम गर्न न उसको शैक्षिक पृष्ठभूमि तथा विगत कामको अनुभवले साथ दिन्थ्यो, न… Continue reading

…अनि मैले सुन साट्ने बैँकलाई माफी दिएँ

Posted on October 12, 2012 by mysansar

-मेघराज रसाइली- “सर, प्लिज यो मुद्दालाई अब फिर्ता लिईदिनुस्। हाम्रो तर्फबाट गल्ती भएको कुरा हामीले स्वीकार्यौं” राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभाग प्रमुख विष्णुप्रसाद वैद्य फोनमा मलाई भन्दै थिए, “तपाईले कानुनी प्रकृयाबाट नै जाने भन्नु भयो भने हाम्रो बैंकको साख गुम्छ। यत्रो प्रतिस्पर्धामा हामी धरासायी हुन्छौं। यो सरकारी बैंक भएकोले डुब्यो भने तपाईको… Continue reading

सुनको औँठी पित्तल बनाउने बैँकले क्षमा माग्दै पैसा दियो

Posted on October 11, 2012October 11, 2012 by mysansar

-मेघराज रसाइली- अपडेटः राष्ट्रिय वाणिज्य बैंकले मेरो धितो राखिएको सुनमा हेराफेरी भएपछि सोको आजको मूल्य बराबरको पैसा दिएको छ। बैँकले क्षमा माग्दै बिभिन्न ठाउँमा दिएको उजुरी फिर्ता लिइदिन अनुरोधसमेत गरेको छ। पुरानो ब्लग (Oct 9, 2012) सुनको औँठी पित्तलको बनाएर यसरी ठग्यो बैँकले  दुई वर्षअघि गर्जो टार्न सुन धितो राखी कर्जा लिनुपर्ने अवस्था आयो। हामीले… Continue reading

अब जनतालाई चुन्ने मात्र होइन फ्याल्ने अधिकार पनि देऊ

Posted on October 9, 2012October 9, 2012 by mysansar

-दीपक कडुवाल/फ्राइबर्ग,जर्मनी- राजनीतिक पार्टीहरु उम्रिए, छाट्टिए, बिलाए, आदी इत्यादी हुँदै गए/जानेछन्। अधिकारका लागि, अन्याय बिरुद्ध, राष्ट्रिय स्वाभिमान, गरीबी, दिगो शान्ती, बिकास, बैदेशिक हस्तछेप र यस्तै उस्तै नारा लगाइ देश र जनताकालागी राजनीति गरेको भनी उदएकाहरुले केही प्रतिफल भने दिन सकेनन्। यस्ता समाचार म आँफैले पढेको/सुनेको पनि एक दसक भन्दा बढी भो, कथा त अझ निकै… Continue reading

मुत्रा हजामले हाकिम साबको ताल देखेपछि..

Posted on October 7, 2012 by mysansar

-डोलेश्वर भण्डारी- “आजकल तेरे मेरे प्यारके चर्चे हर जवान पर, सबको मालूम है और सबको खबर हो गयी”। यो गीत मुत्रा हजामको सेलुनमा बजीरहेको छ। एक जना अन्दाजी २० वर्षको युवा आएर मुत्राको कपाल काट्ने कुर्सिमा बस्छन्। उनले मुत्रासँग बजकट स्टाइलको कपाल काट्न भन्छन। केहि बेरमा मुत्राले कपाल काटि सकेपछि उनको कपाल सेम्पु गरिदिन्छन् र… Continue reading

उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत!

Posted on October 6, 2012October 6, 2012 by mysansar

नेपाली साहित्यिक क्षेत्रमा ‘मदन पुरस्कार’लाई सबैभन्दा प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ। हरेक वर्ष यो पुरस्कारको घोषणा भएपछि तरङ आउने गर्छ। मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाँकिरहेका कमलमणि दीक्षित ८३ वर्षका भइसके। केही अघि एक पत्रकार दीपक सापकोटाले उनलाई कटु र कठोर शैलिका प्रश्नहरु लिखित जवाफका निम्ति पठाएका रहेछन्। जवाफ फर्काए पनि त्यो प्रश्नोत्तर कुनै पत्रिकामा छापिएन।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 57
  • 58
  • 59
  • 60
  • 61
  • 62
  • 63
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme