-विरोध कट्टेल-
निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल चलाइरहेको वहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको अर्को टेलिकम कम्पनी नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल)को ७५% सेयर खरीद गरे पछि त्यहाँ कार्यरत ८७ जना कर्मचारीहरुलाई बाँकी २५% सेयर रहेका आफ्नो साझेदारी व्यापारी अजय सुमार्गीको प्रयोग गरेर गत जेष्ठ महिना देखि आजका मिति सम्म निष्कासित कर्मचारीहरु स-सम्मान पुनर्वाहलीको माग राखी गरेको विरोधका कार्यक्रमको क्रममा एनसेल व्यवस्थापनले प्रशासनको प्रयोग गरेर कर्मचारीहरुलाई धरपकड गर्न थाले पछि भड्कीएको स्थितिले गत चैत ६ गते काठमाण्डौको वानेश्वर स्थित कृष्ण टावरमा तोडफोड भए पछि विभिन्न मिडियाहरुमा भिन्न भिन्नै किसिमका प्रतिक्रियाहरु आइरहेका छन्।
हेलो नेपाल र एनसेल वीचको सम्वन्ध
घटनाको केहि वेर पछि प्रतिक्रिया दिदै एनसेलकी कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले हेलो नेपाल के हो र त्यहाँका कर्मचारी को हुन् आफुले केही नचिन्ने खालको प्रतिक्रिया दिदै पन्छिन खोजेकी छिन्। जव की उनी हेलो नेपालको समेत कम्युनिकेसन म्यानेजर हुन्। वाहिरबाट हेर्दा हेलो नेपालको असन्तुष्ट कर्मचारीहरुले एनसेल माथि गरेको आक्रमण किन भन्ने प्रश्न उठ्नु स्वभाविकै हो। तर भित्र कुरा धेरै छन् जुन आम नागरीकले जानकारी पाएका छैनन्।
यी दुई कम्पनी वीच प्रशस्त सम्वन्ध छन्। एक त दुवै कम्पनी चलाउने एउटै वहुराष्ट्रिय कम्पनी टेलियासोनेरा हो भने उक्त टेलियासोनेराले हेलो नेपाल खरीद गरे पछि बाँकी सेयर रहेका नेपाली व्यापारी अजय सुमार्गीको प्रयोग गरेर कर्मचारीहरुलाई वर्खास्त गरेका थिए। हेलो नेपालमा कर्मचारी नचाहिने भएकोले कर्मचारी निष्कासन गरीएको थिएन, एनसेलको व्यावस्थापन देखी प्राविधीक कर्मचारीहरु द्दारा हेलो नेपालको काम गर्ने उद्देश्यले कर्मचारी वर्खास्त गरीएको थियो। जुन कार्य अहिले भईरहेको छ। हेलो नेपालका कर्मचारीहरुलाई राता रात निष्कासन गरे पछि हेलो नेपाल रहेको मुक्ति टावर आजकल शुन्य छ। आजकल हेलो नेपालको प्रशासनीक काम कृष्ण टावर वाट हुन्छ भने प्राविधिक काम एनसेलको एकान्तकुना स्थीत कार्यलयवाट हुने गरेको छ। केही समय अघिमात्र हेलो नेपालको सेवा मध्य पश्चिम तथा सुदुर पश्चिममा विस्तार गर्ने उद्देश्यले प्राविधिक सर्वेको सँपुर्ण काम हुवाई टेक्नोलोजी र जेड्टीई टेलिकम लाई एनसेल प्रशासनले दिएको थियो। उक्त सर्वेको लागी सँपुर्ण तालिम एनसेलको एकान्तकुना स्थीत कार्यलयमा दिईएको थियो। तसर्थ वाहिर वाहिर फरक कम्पनी देखाउन खोजीए पनि टेलियासोनेराले स्वामीत्व लिईसके पछी सँपुर्णकाम एनसेलको कार्यलय वाटनै भईरहेको छ। फेरी आन्दोलनको क्रममा गत पौष २० गते आन्दोलनरत कमिटिले आफ्ना माग सहित हेलो नेपाल व्यवस्थापन, एनसेल व्यावस्थापन र एनसेल कर्मचारी युनियन सबै समक्ष अल्टिमेटम सहितको माग पत्र बुझाएका रहेछन्। उक्त माग पत्र पश्चात पटक पटक कर्मचारीहरुले हेलो नेपाल र एनसेलको कार्यलेय दुवै अगाडी धर्ना, जुलुस गरेका पनि रहेछन्। शान्ति पुर्न तरीकाले गरेको आन्दोलनको कुनै सुनुवाई नभए पछि एनसेलको टावरहरुमा अवरोध गरेर पटक पटक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघले जीम्मेवारी पनि लिईसकेका थिए यति धेरै पटक एनसेललाई प्रत्यक्ष लक्ष वनाएर आन्दोलन गर्दा पनि एनसेल व्यवस्थापनले हेलो नेपाल र एनसेल छुट्टै कम्पनी र व्यवस्थापन हो भनेको थिएन त्यसैले पनि आन्दोनरत कर्मचारीहरुले आन्दोलनलाई वारम्वार एनसेल सँग जोडेका हुन्।
के कर्मचारी वर्खास्त गर्नै पाउदैन त?
कुनै पनि कम्पनीले आफ्ना कार्मचारी वर्खास्त वा कटौती गर्न पाउछ तर वर्खास्तीको पनि एउटा तरीका र नियम हुन्छ। हेलो नेपालको अहिलेको आन्दोलन उठ्नुको प्रमुख कारण नै कर्मचारी वर्खास्तीको प्रक्रिया गलत भएकोले हो। सामान्य तय कर्मचारीहरुले काम गर्न छोड्नु र कम्पनीले निकाल्न खोज्नुको एक महिना पहिले नै सम्वन्धित कम्पनी/कर्मचारीलाई जानकारी गर्नु पर्छ। तर हेलो नेपालमा त्यस्तो हुन पुगेन। अफिसमा कर्मचारीहरु काम गरीरहेको वेला एक्कासी वोलाएर आफैले वनाएको राजीनामा पत्रमा वलजफती हस्ताक्षर गर्न लगाई भोलि वाट कार्यलय नआइजे भन्नु कम्पनीको तर्फ वाट गम्भिर त्रृटी भएको देखिन्छ। कोहि त अझ रुकुम, रोल्पा अनि हुम्ला जुम्लामा टावर मर्मत गरीरहेका थिए त्यस्तो विकट ठाउमा दुख गर्दा गर्दै त्यहीवाट आफुलाई कम्पनीले वर्खास्त गर्न लागेको खवर पाउदा उक्त कर्मचारीहरुमा कस्तो आक्रोस र नैराश्यता छायो होला हामी सहजै अनुमान गर्न सक्छौ। अन्यायका श्वरहरु जति नै दवाउन खोजीए पनि त्यो कतै न कतै वाट कहिले न कहिल्यै वाहिर आउछ आउछ, हेलो नेपालको आन्दोलनको सम्वन्धमा पनि त्यस्तै भयो। कोहि फिल्डमा, कोहि काठमाण्डौ अफिसमा र कोही क्षेत्रीय कार्यलयमा रहेको वेलामा विना सुचना एक्कासी हटाउनुले पनि कर्मचारीहरुलाई आक्रोसमा पुर्याएको हो। उक्त वेलामा आक्रोस पोख्न नसके पछि घाइते वाघ झै कर्मचारीहरु छट्पटिएको सहजै अनुमान गर्न सकिन्छ। तसर्थ उचित समय र सम्वन्ध अनि शक्तिको खोजीमा कर्मचारीहरु भौतारिएको पनि घटना क्रमले प्रष्ट्याउछ।
के कानुनी वाटो थिएन?
घटनाको क्रमहरु हेर्दा कर्मचारीहरुले कानुनि प्रक्रिया खासै नअपनाएको देखिन्छ। तर राजीनामा गराएको पत्रको प्रकृति हेर्दा कानुनि वाटोले केही हुने वाला थिएन। कर्मचारीहरुले भन्दै आएको वलजफती र धम्की पुर्ण तरीकाले गराईएको राजीनामा, उक्त राजिनामा पत्र हेर्दा सत्य सावीत नै हुन्छ। राजीनामा पत्रमा कहिले राजिनामा दिएको हो मिति छैन, कुन पद वाट राजनिमा दिएको त्यो पनि खाली छ र राजीनामा कहिले वाट लागु हुने हो त्यो पनि खालि छ। एक दुई जना कर्मचारीहरुले त गर्लान त्यस्तो राजिनामा तर देशका सक्षम र वौद्दिक वर्गमा पर्ने ईन्जिनियरहरुले त पक्कै गरेनन् होला त्यस्तो अर्ध खाली कागजमा त्यसै हस्ताक्षर। तसर्थ राजिनामा पत्रमा धम्की दिएर नै हस्ताक्षर गराईएको प्रष्ट हुन्छ। फेरी प्रश्न उठ्छ धम्की दिएको भए उक्त कुरा लिएर कर्मचारीहरु सम्वन्धीत निकायमा किन गएनन् ? तर जाने भनेको श्रम अदालत हो। जहाँ मैले स्वेक्षीक अवकास दिएको होइन वलजफति हो भन्न सकिन्छ तर त्यसको लागी पनि ३५ दिन भित्रको म्याद हुदो रहेछ तर राजिनामा पत्रमा मिति राख्नै नदिई हस्ताक्षर त्यसै गराईएको होइन रहेछ यदि कर्मचारी अदालत गए भने उक्त खाली रहेको मितिमा कम्पनी व्यवस्थापनले ३५ दिन भन्दा अगाडी राजिनामा दिएको वनाउने दाउमा रहेछ। यदि भोलि पल्टै अदालत गएको भए पनि पत्रमा ३५ दिन देखाउने दाउमा कम्पनी व्यवस्थापन रहेछ। फेरी राजिनामा पत्रको फोटोकपी माग्दा पनि कर्मचारीहरुलाई दिइएको रहेनछ। अर्को विकल्प प्रहरीसमक्ष जानू थियो। शुरुमा कर्मचारीहरुले कार्यलय वाट वाहिर निष्कन दिएन भनेर वानेश्वर प्रहरी चौकीमा खवर पनि गरेका रहेछन् तर प्रहरी प्रचण्ड निकट भनिएका व्यापारीको विरुद्दमा काम गर्न प्रहरी किन आउथ्यो।
के गर्नु पर्थ्यो कम्पनीले ?
कर्मचारी कटौती गर्ने नै भएको भए पनि व्यवस्थापनले सावधानी पुर्वक नियम सँगत तरीकाले निर्णय लिएर कार्यन्वयन गर्नु पर्थ्यो। त्यति धेरै कर्मचारीहरुलाई वलमिच्याईको शैलिमा वर्खास्त गर्दा उक्त असन्तुष्ट पक्षले कहिँ न कहिँ कम्पनीको अन्यायको विरुद्द आवाज उठाउछन् भन्ने व्यवस्थापनले वुझ्न नसक्नु वा वुझेर पनि दवाउन सक्छु भन्ने मनस्थीति वनाउनु व्यवस्थापनको कमजोरी हो। हेलो नेपाल वाट कर्मचारी निकाले लगत्तै टेलियासोनेराले एनसेल वाट कर्मचारीहरु कटौती गर्दा ४१ लाख सम्मको क्षेतिपुर्ती दिइएको रहेछ। तसर्थ व्यवस्थापनले उचित क्षेतिपुर्ती नदिनु र र ज्यादै अपमानजनक ढँगले निष्कासन गर्नुले कर्मचारीहरुमा आक्रोश श्रृजना हुन पुगेको सहझै अनुमान गर्न सकिन्छ। यदि कर्मचारीहरुले उचित रकम क्षेति पुर्ती पाएको भए त्यो रकमले कुनै न कुनै व्यवसाय अथवा केहि गरेर सवै आ-आफ्नो वाटो लागिसकेका हुनेरहेछन्। तर ब्यवस्थापनले दिएको न्युन रकमले कर्मचारीहरुलाई खासै केहि उपलव्दीमुलक काम गर्न पुग्ने भएनछ। कम्पनीले कर्मचारीहरुलाई दुर्ब्यबहार र अपमानजनक ढँउले ब्यवहार गरेर निष्कासन गर्नुले नै कर्मचारीहरुको कम्पनी प्रतीको आक्रोस हुन पुगेछ।
उध्योग वाणिज्य सँघको प्रतिक्रिया
एनसेलमा भएको घटना पछि उध्योग वाणीज्य सँघका प्रतिनिधिहरु गएर कृष्ण टावर निरिक्षण गरे पश्चात सँघका वरिष्ट उपाध्यक्ष भाष्करराज कर्णीकारले प्रतिक्रिया दिदै वहुराष्ट्रिय कम्पनीमा अर्को कम्पनीको कुरा लेराएर आक्रमण हुनु ज्यादै निन्दनिय कार्य रहेको र लगानिको वातावरण खलवलीएको जनाएका छन्। तर प्रतिक्रिया एक तर्फी भएको र मजदुरमारा मालिकहरुको पक्षमा मात्र वोलेर आफ्नो वर्गको समर्थन गरेको पीडित कर्मचारीहरु तथा मजदुर नेताहरु वताउछन्। सँसारको जुनकुनै ठाउमा पनि मजदुर र मालिक वीचको खटपट हुन्छ नै तर पनि मालिक हरु मजदुरलाई जति सक्यो मिचेर आफु माथि पुग्ने कोशिसमा नै हुन्छन्। मजदुरका पसिनाले जव मालिकको गलत रवैया वढ्न थाल्छ मजदुरहरु मालिक माथि खन्निएका उदाहरणहरु प्रशस्त छन्। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघका सँयोजक रामदिप आचार्यका शव्दमा “जब नाफा अत्यधिक कमाउनका लागि मजदुरको चरम शोषण गर्नुपर्ने हुन्छ, पुँजीपतिवर्ग क्रुर भएर आउँछ। जीवन निर्वाह गर्नै नसक्ने अवस्थामा पुगेपछि मजदुरवर्गले ज्यालावृद्धि र सेवा-सुविधामा सुधारका लागि संघर्ष गर्छ। त्यसले मजदुरवर्गलाई एकताबद्ध र स्थापित बनाइदिन्छ। अनि दुई वर्गबीच घमासान मोर्चा बन्दी सुरु हुन्छ, एक-अर्काका विपक्षमा।तसर्थ हरेक क्षेत्रमा मजदुर अधिकारका आवाजहरु उठ्नु जरुरी छ। हेलो नेपाल त एउटा उदाहरण मात्र भयो।”
नेपालमा रहेका विभिन्न टेलिकम तथा आईटि कम्पनीहरुको स्थीति पनि उस्तै छन्। अझ ठेकेदार तथा कन्ल्टेन्सीको नाम दिएर कारोवार गरीरहेका कम्पनीहरुमा त झन् स्थीति नाजुक नै छ। आईटी कम्पनीहरु वर्लड लिङ्क, ब्रोड लिङ्क, सुविसू, मर्कन्टाएल कम्युनिकेसन, साथै टेलिकम ठेकेदार कम्पनीहरु हुवावे, जेड्टीई, जामील, जिटियल, मोविकन, आदि कम्पनीहरुमा कामदारहरुको अवश्था ज्यादै दयनिय छ। वाहिर वाट हेर्दा प्राय सँपुर्ण प्राविधिक कर्मचारीहरु (ईन्जिनियर)को सेवा सुविधा राम्रो होला भन्ने सवैलाई लाग्दछ तर यी कम्पनीहरुमा कर्मचारीहरु ज्यादै नै पेशागत असुरक्षामा रहेका छन्। कम्पनीहरुले नेपालको सामान्य श्रम ऐन पनि लागु गरेका छैनन्। सवै कर्मचारी विना नियुक्ति पत्र काम गरीरहेका छन् भने सरकारले तोकेको भन्दा झण्डै आधा पारिश्रमीकमा काम गर्न वाध्य छन्। पारीश्रमीक वृद्दि, ओभरटाईम, फिल्ड भत्ता जस्ता कर्मचारी अधिकार तथा श्रम ऐनका कुरा गर्यो भने सोझै खाइपाई आएको त्यही नोकरीवाट पनि हात धुनु पर्ला भन्ने डरले गर्दा नेपालका आइटी तथा टेलिकम क्षेत्रमा काम गर्ने मजदुरहरु (प्राविधिक तथा अप्राविधिक) भित्र भित्र शोषीत र पीडीत भइरहेका छन्। ढिलो चाँडो सवै कम्पनीका प्राविधिक तथा अप्राविधिक मजदुरहरु कुनै न कुनै राजनैतिक पार्टीहरु सँग सम्वन्धीत ट्रड युनियन समक्ष अवस्य पुग्ने छन्। ट्रेड युनियनहरुलाई आफ्नो मुद्दा तथा सँगठन स्थापीत गर्ने स्वार्थ हुन्छ भने कर्मचारीहरुलाई आफ्नो हक र अधिकार शुनिस्चित गर्नु पर्ने हुन्छ। सामान्य अनुरोध र मागलाई व्यवस्थापनले वेवास्था गर्ने प्रचलनले नै ट्रेड युनियनको शरणमा पुगी तोडफोडमा उत्रीन पुग्दछन्।
बहुराष्ट्रिय कम्पनी र नेपाली मजदुर
सानो देश र अविकसीत देश भनेर हेपीएका हामी प्राय: नेपालीहरु गोरो छाला भएका भनेका सवै वुद्दिका खानी हुन्छन् भन्ने सोचाईमा हुन्छौ। त्यसैले हत्त पत्त अन्तराष्ट्रिय व्यक्ति, कम्पनीहरु विरुद्द वोल्ने आँट गर्न सक्दैनौ। विदेशीले भनेका सवै ठिक हुन्छ भन्ने भ्रममा हुन्छौ। नेपालमा लगानी गरीरहेका वहुराष्ट्रिय कम्पनीहरुले नेपालीहरुको त्यस्तो वुझाई वाट गलत फाइदा लिइरहेका हुन्छन्। नेपालमा लगानी गरेर सँपुर्ण मुनाफा विदेश नै लैजाने हो भने त्यसको कुनै अर्थ रहदैन। राज्यले वहुराष्ट्रिय कम्पनीहरु आफ्नो देश वाट कमाएको अधिकतम मुनाफा पनि आफ्नै देशमा लगानी गर्ने निति नियम तर्जुमा गरेर राज्यको पैशा विदेशीन वाट जोगाउनु पर्दछ। एनसेल र हेलो नेपाल दुवै एउटै वहुराष्ट्रिय कम्पनी टेलियासोनेराद्दारा सँचालित कम्पनी हो। तर यी दुई कम्पनीहरु वाट नेपालले शुद्द टेलिफोन सुविधा वाहेक अरु केही पाएको छैन। टेलिफोन सेवाको साथ साथै रोजगारीको पनि ग्यारेण्टी गराउन राज्य पक्षको अधिकतम पहल हुनु पर्दछ। नेपालमा जति पनि निजि क्षेत्रका टेलिफोन प्रदायकहरु छन् त्यहाँ अधिकाम्स कर्मचारी वेदेशीहरु नै छन्। एका तिर सक्षम जनशक्ति दिन प्रतिदिन विदेश पलायन भईरहेका छन् भने अर्को तर्फ विदेशी जनशक्ती नेपालमा काम गरीरहेका छन्। अहिले नेपालमा करीव ३५०० को हाराहारीमा टेलिकम ईन्जिनियरहरु छन् तर विडम्वना के छ भने करीव २५०० को हाराहारीमा वेरोजगार पनि छन्। विदेशी जनशक्तिको ठाउँमा नेपालीलाई मौका दिने हो भने ७०% भन्दा वढि प्राविधिकहरुले नेपालमा नै रोजगार पाउछन्। नेपालका अहिलेका टेलिकम सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल, हेलोनेपाल, स्मार्ट टेलिकम, सिजि टेल, युटियल हुन्। नेपाल टेलिकम वाहेक वाँकी सँपुर्ण कम्पनीहरुमा धेरै जसो कर्मचारी विदेशी छन्। यो मात्र होईन माथिका टेलिकम सेवा प्रदायकहरुलाई टेलिकम इक्वीप्मेन्ट सप्लाई गर्ने मुख्य दुई कम्पनी हुवावे र जेड्टिईमा अधिकाम्स प्राविधिक/अप्राविधिक चाईनीज र भारतीय नागरीकहरु छन्। यी दुई कम्पनी पछि टेलिकम क्षेत्रमा काम गर्ने थुप्रै ठेकेदार कम्पनीहरु छन्। जिटियल, जामील, भियस्भी, एस्टर, मोविकन, मोविरेक्स, आरआर यी सवै ठेकेदार कम्पनीहरु हुन् जुन सवै विदेशी प्राय: सवै भारतीय कम्पनीहरु हुन्। यि कम्पनीहरुले सेवा प्रदायकका टावर निर्माण तथा ईक्वीपमेन्ट जडान र मर्मतको काम गर्छन्। यि सवै कम्पनीहरुमा प्राय: सवै प्राविधिक कर्मचारीहरु विदेशीनै छन्। नेपालीहरु तल्लो तहमा मात्र छन्। जति पनि नेपाली प्राविधिकहरुले काम गर्ने मौका पाएका छन् ती सवैको सुविधा र पारीश्रमीक ज्यादै न्युन छ। जव वेरोजगारी बढ्न थाल्छ अनि रोजगार पाएकाहरु पनि शोषणमा पर्न थाल्छन् त्यस पछि राजनैतिक दल र नेताहरु खेल्ने मौका पाउछन्। उनीहरुको स्थितिलाई आफ्नो मुद्दा वनाउन सवै तछाँड र मछाड गर्दछन्। त्यसको प्रत्यक्ष असर तिनै कम्पनीहरुमा पर्न जान्छ।
यो भन्छ छ एनसेल http://t.co/nihtEJ66qX
कर्मचारीहरु ले गरेको दु:ख र पीडा अनि कम्पनी व्यवस्थापनले गरेको व्यैज्यती पुर्ण तरीकाले गरेको निष्कासनको आक्रोस हो जस्तो लाग्छ । तर यो तोडफोडमा निष्कासीत कर्मचारीहरुको खासै सँलग्नता छ जस्तो मलाई लाग्दैन । अव यो घटना निष्कासीत कर्मचारीहरुको मात्र समस्यामा सिमित रहेन । माओवादी पार्टीले खेलिरहेको छ जस्तो लाग्छ । माओवादी पार्टीले आफ्नो स्वार्थ अनुकुलको आन्दोलन गरीरहेका छन् जस्तो लाग्छ । जता वाट पनि ठगीने भनेको कर्मचारीहरु नै हुन् कम्पनी व्यावस्थापन वाट होस् या माओवादी पार्टी वाट होस् ।
साहु नेताको मित कर्मचारी नेताको छाउरा भयको स्वदेसी बिदेसी कम्पनीमा भयको यस्तो बिबाद पार्टीको आन्तरिक समस्या हो र पार्टीको आन्तरिक समस्यामा नेपालको कानुन हेर्ने निकायले हेर्न पाउदैन भनेर पार्टीका ठुला नेताहरुले भन्दै आयको छ/ यो कुरा पनि स्मरण गरूँहै मित्रहरु/
ईनिहरुको लोकतन्त्र नाम दियको तन्त्रमा पार्टी देस भन्दा ठुलो हुन्छ र पार्टीका ठुला नेताहरु आलोचना गर्न नपाईने गद्दीच्युत गर्न नपाईने कानुन संबिधान नलाग्ने नेताहरु महाराजाहरु हुन्/ देस बात राजतन्त्र मात्रै उन्मुलन भयको छ तर महाराज तन्त्रको उन्मुलन हुन् बाकीनै छ/
सहि तरिकाले राजिनामा गराउन प्रचंद्र निकट भयको सुमार्गी लगाउनुनै पर्दैन/ तर लगाईयो र यस्तो राजीनामाको बिरुद्ध प्रहरीले रिपोर्ट लिन नमान्नुले अवकाश दिंदा दिनु पर्ने छ्यति पूर्तिको रकम नदिन नै षड्यन्त्र पुर्वक सामुहिक राजिनामा गरायको देखिन्छ/ यसमा गहन छानबिन हुनु पर्छ र त्यो सामुहिक राजिनामा षड्यन्त्र पुर्वकनै गरायको ठहर भय सिधा सब्दमा त्यो सुमार्गीलाई जेलको मार्ग देखाउनु पर्छ/ अरव पति सुमार्गी जेल जानु पर्ने भयमा जन्ती जाने पनि साना तिना हुँदैनन्; हेर्नमा बडो मज्जा आउनेछ/
सुमार्गी र सुमार्गी जस्तै व्यापारीले त अरवौं कमायको त् सुनियो/ तर तिनीहरुले कमायको रकममा तिर्नु पर्ने राजस्व तिरेकोछ बा छैन; तिनिहरुले कमायको रकममा कति भ्रस्ट नेता र कर्मचारीले भाग पायको छ भन्ने कुरा पनि मिडिया र प्रसासनले हेर्नु पर्छ/ व्यापारीले अन्यथा गरेर कमायको रकम बात भ्रस्ताचारीहरुले गुपचुप भाग पाउँछ लिन्छ भन्ने कुरा केहि आमदानी हुने काम नगर्ने पुर्ख्यौली सम्पति समेत नभयका नेताहरुको नवावी जीवन बाटै प्रमाणित हुन्छ/ यस्ता नेता र कर्मचारीहरुको पोल खोल्न व्यापारीले कमायको धनको पोका गनेर फरक रकम को बारेमा अनुशन्धान गरे पुग्छ/ तर गर्छ कसले?
कुनै कम्पनीले किन कर्मचारी निकाल्यो भन्ने कुरो कम्पनि को निजि कुरो हो ,उ बेला चिनजानको भरमा पाको जागिर अहिले गयो भनेर रुनु हुने साथीहरुलाई मेरो समर्थन छैन,तोडफोड गरेर जागिर होइन जेलको हावा चै खानु हुनेछ भन्ने मलाई लाग्दछ,
हिंसा, तोडफोड, आक्रमण, आगजनीजस्ता कर्तुतको कुनै पनि बहानामा औचित्य पुष्टि गर्नु नराम्रो काम हो। जबसम्म हामी यस्ता प्रवृतिको निरपेक्ष विरोधी हुन सक्तैनौं, देशको विकास वास्तवमै असम्भव छ, किनकि विकास भनेको निर्माण वा भौतिक सुविधा मात्र होइन। समग्र मानव मूल्य मान्यताको सम्मान र सभ्यताको निर्माणबिना विकास अपूरो हुन्छ। स्मरण रहोस्, कुकृत्यको औचित्य पुष्टि गर्नुले हामी असभ्य समाजको पक्षपोषक हुन पुग्छौं।
आक्रमण गर्नु भनेको अपराध हो…! चोर वा पाकेटमार माथि पनि आक्रमण गर्ने अधिकार कसैसंग हुदैन….!
निष्कासित कर्मचारीले कानुनी उपचारको साथै अन्यत्र रोजगार खोज्नु नै उत्तमा उपाय हो, अन्यथा येस्ता आक्रमणहरुको सिलसिलाले जेलको-बास समेत गराउन सक्छ—-चेतना भया !
एक दुइ गोटा झ्याल फूटायेकोमा “नेपाल उद्योग बरिन्ज्य संघले” येत्रो हल्ला मचाउने तर कामदारहरुलाई परेको वास्तविक मर्का बारे एक शब्दपनि सहानुभूति प्रकट न गर्ने
सबै कामदार र कर्मचारीहरुले अनावास्वक कुरा रख्दैद्नन भन्ने कुरापनि विचार गरेर मात्र दोष र निर्दोषको कुरा गर्नु पर्दछ
जहाँ सम्म मेरो विश्लेषण अनुसार “हेलो नेपाल” ले कामदारहरुलाई धोका दिनुको साथै अन्याय गरेकोछ
सुरज श्रेष्ठ
धम्की दिँदैमा त्यतिका इञ्जिनियरहरूले लुते पप्पीले झैं राजीनामा दिए भन्ने कुरा नै पत्यारलाग्दो छैन । बरु विरोधजीले अहिले आएर विरोध गर्नुको कारण प्रष्ट्याउनुभएछ – ‘क्षतिपूर्ति’ पुगेन । अर्थात् एनसेलबाट कर्मचारी कटौती गर्दा ४१ लाखसम्म पाएको सुइँको पाएपछि ‘विरोध कट्टेल’को जन्म भएको रहेछ ।
भूमण्डलीकरणको युगमा पनि हाम्रो देशमा विदेशीले जागीर खायो जस्तो रुञ्चे कुरा गर्न इञ्जिनियरजस्तो मान्छेलाई सुहाउँदैन । हामीले बिर्सनुहुन्न कि विदेशीहरूले मात्र नेपालमा राम्रो तलबसुविधा पाइरहेका छैनन्, नेपालीहरूको पनि विदेशमा त्यो स्थान छ । कुरै गर्ने हो भने त नेपालकै कम्पनीहरू, खासगरी बैंकिङ क्षेत्रमा, तलबमानमा निकै ठूलो भिन्नता रहेको छ । त्यसैले, बहुराष्ट्रिय कम्पनीमा यसो भयो भन्नुको खासै तुक रहँदैन ।
प्रशासनले कानुनी उपचारको बाटो ब्लक गरे पछि हाते कारबाहीमा उत्रेका होलान नि कर्मचारी हरु/
जब सम्म एस्त बिदेशी हरुलै नेपाल बाट पट कसेर पठाउने हिम्मत हुन्न तब सम्म यहाँ नेपाली हरु को खी उन्न्नती हुने वाला छैन…आफ्नो देश मै काम गर्न नपाउने हो भने बाहिर देश मा काम paucha र ? हाम्रो देश मा त हामी नेपाली ले काम गर्न पाउनु पर्ने तर ये सब चोर हरु ले गर्दा नेपाली ले काम पौन्दैना
वास्तवमा बहुरास्त्र कम्पनीले नेपाली प्राविधिक र प्रसाशनिक कर्मचारी माथि गरेको सोसनको परिणाम हो एन्सेल माथिको आक्रमण / कर्मचारी आफु अन्याय मा परेपछि आक्रमण मा उत्रिनु स्वाभाविक हो/
गएर ‘पुष्प कमल सुमार्गी’ को घर फुटाउनु नि…
हो हो, देश मा बाकि भएका सबै कम्पनी उद्योग सबै यसै गरि तोडफोड गरेर सिद्ध्या माओबादीका छाउरा हरु | कम्पनीले पैसा कमौना लगानी गरेको हुन्छ, कर्मचारी पाल्न होइन| संसार को सबै बिकसित मुलुक मा कर्मचारी लै कुनै कारण बिना जुनसुकै बेला निकाल्न सकिन्छ|
काम छैन काच छैन, नेपाल बन्द गर्यो, उद्योग धन्दा बन्द गर्यो, देश लै डुबायो अनि राष्ट्रिय स्वाधीनताको कुरा गर्ने त जस्ता माओबादी लै किरा परोस|
पहिलो कुरा त बिरोध जी तपाइहरु आफ्नो योगेत्ता ले नभई source force ले जागिर खानु भयो अनि अहिले योगेत्ता नभएका मान्छेलाई काम बाट निकालियो भनेर अझै ठुलो स्वोर गर्दै हुनुहुञ्छ There is no excuse for any kind of physical attack. If u r right then u should go through proper way without terrorizing anybody.
Mr. Bids,
How do you know Mr. Birodh used source/force to get his job? Without any proof you cannot attack anyone. Maybe, you used illegal way to get the job yourself.
दरबारको शक्ती देखाएर उद्ध्योग चलाउने नयाँ बजारको एउटा फ्याक्ट्रीमा ४६/४७ साल तिर काम गर्दा मैले पनी यी नै कर्माचारीले जस्तो धम्कीको र शक्तीको भाषाले गर्दा ज्यान नै जोगाउनका लागी जागिर छोड्नु परेको थियो, अहिले प्रचण्ड दरबारको धाक र धम्कीको मार मा परेछन साथीहरु……एउटा गए पनी अर्को दरबारको सासन चैं न छुट्ने भो नेपालमा /
जे सुकै तर्क गरे पनि काम नगरिकन तलब चाही खान पाउन्दैनौ ! जागीर स्थायी गराउने अनि काम नगरिकन तलब खाने यही मात्र दाउ जानेका छौ नेपालीहरूले !
यस पटक घुसखोरीको बाटो पहिल्याएका र कम्युनिष्टको “क” पनि नबुझ्ने काम्रेड हरु क. पर्चंडे, क. बाबुरमे, क. माधबे, क. झले, क. ओली र बाख्रा चराउँदा चरौंदै नेता बनेकी बिध्या लाइ चुनाबमा नाजिताउँ, देश आफै सुध्रिन्छा | पर्चंडे पथ भनेको किसान र मजदुरलाई थिच्ने, सामन्ती र व्यापारीसँग मिलेर घिच्ने | वाह क्या कमिनिष्टे विचारधारा |
खै के भन्ने के नभन्ने ?
एक हिसाबले अन्यायको बिरुद्द अवाज उठाउनुलाई राम्रो भन्नु पर्यो तर सधै हरेक समस्यालाई यसरि नै कुनै राजनैतिक युनियन को साहारा लिएर तोडफोडबाट मात्र समाधान गर्ने कुरालाई कसरि राम्रो भन्नु?
के कानूनी समाधान र प्रहरी प्रति हाम्रो बिश्वास पूर्ण रुपले हराएकै हो त? के कानूनी प्रक्रियाले अन्याय बिरुद्द लड्न सकिन्न भन्ने नजिर बसिसकेको हो? यसले त भोलि गएर झन् अराजकता निम्ताउला जस्तो लग्यो मलाइ !!!
विरोधजीको विरोधप्रति केही प्रश्नः
– तपाईंले लेख्नुभएअनुसार पनि यो प्रष्ट हुन्छ कि टेलिया सोनेराले अजय सुमार्गीबाट हेलो नेपालको सेयर किनेको हो । मलाई यहाँनेर स्पष्ट पारिदिनुस् कि संसारमा त्यस्तो व्यवस्था कहाँ छ, जहाँ मूल कम्पनीको व्यवस्थापन उसका सहायक वा भगिनी संस्थाले सम्हाल्छन् ? हेलो नेपालमा अजय सुमार्गीको लगानी हुँदा तपाईंहरूले कहिल्यै उनका अरू कम्पनी वा उद्योगको व्यवस्थापनमा मारमुंग्री गर्न जानुभयो ? वा, उनका अरू कम्पनीका कर्मचारी तलब खोज्दै हेलो नेपालको दैलोमा आए ? टेलिया सोनेराको मुद्दामा लागु हुने पनि यही कुरा हो । टेलिया सोनेराका एनसेलजस्ता थुप्रै कम्पनी छन् विश्वभरि । अब केही व्यवस्थापनका अप्ठ्यारा आए भने एनसेल टेलिया सोनेराका अरू कम्पनी चहार्दै हिँड्ने सुहाउँछ ?
– तपाईंले लेख्नुभएको छ, हामीलाई जबर्जस्ती, बलजफ्ती राजीनामा गर्न लगाइयो, त्यही पनि मिति नराखेको लेटर प्याडमा । तपाईंहरूजस्ता त्यस्ता शिक्षित, पढेलेखेका मान्छेले त्यसरी बलजफ्ती कसरी राजीनामापत्रमा हस्ताक्षर गर्न सक्छ ? कि अजय सुमार्गीले प्रचण्डको पेस्तोल लिएर कन्चटमा तेर्साएका थिए ? तपाईंले धम्की भन्नुभएको छ, धम्की कसले दियो ? के भनेर दियो ? अर्को कुरा, तपाईंहरूलाई जबजर्स्ती हस्ताक्षर गर्न लगाएको कसले ? अजय सुमार्गीले ? वा एनसेल व्यवस्थापनले ? एक-दुई जनाको कुरा भए फरक हुन्थ्यो, त्यत्रो ८७ जना कर्मचारीलाई एक-दुई जना व्यक्तिले जबर्जस्ती गर्न सक्छन् ?
– तपाईंले कानुनी बाटोको कुरा पनि गर्नु भएको छ । श्रम अदालत जानुका व्यवधान लेख्नुभएको छ । मलाई अचम्म लागेको चाहिँ तपाईंहरू हेलो नेपालमै कार्यरत हुँदा किन युनियनमा जोड गर्नु भएन ? कर्मचारी युनियनमार्फत सामुहिक सौदाबाजी गर्न कुन तत्वले रोकेको थियो ? तपाईंहरूले त्यसो गर्न सक्नु हुन्थेन किनकि तत्कालीन हेलो नेपालमा जति पनि कर्मचारी नियुक्त भएका थिए, सबै अजय सुमार्गी वा प्रचण्ड निकट मान्छे नै थिए । सबै नातावात, कृपावादका आधारमा नियुक्त भए पछि केको नियुक्ति पत्र र केको कर्मचारी युनियन ? आफ्नै मालिकविरूद्ध कसरी लड्नु ? हैन ?
– हेलो नेपाल र एनसेलको कुरा कर्मचारीको बहालीमा मात्रै केन्द्रित छैन । यसको पछाडि राजनितिक अभिष्ट पनि लुकेको छ । अजय सुमार्गी र प्रचण्डको विरोधी मोहन वैद्य समूहले हेलो नेपालबाट निस्कासित कर्मचारीलाई आफुअनुकुल प्रयोग गरिरहेको छ । जसरी पनि एनसेलभित्र छिर्ने र त्यहाँभित्र गएर राजनीतिको बलमा अनेक सौदाबाीज गर्ने । यो कुरा तपाईंजस्ता विज्ञले बुझ्नुपर्ने हो ।
” नेपालमा रहेका विभिन्न टेलिकम तथा आईटि कम्पनीहरुको स्थीति पनि उस्तै छन्। …. आईटी कम्पनीहरु वर्लड लिङ्क, ब्रोड लिङ्क, सुविसू, मर्कन्टाएल कम्युनिकेसन, ….आदि कम्पनीहरुमा कामदारहरुको अवश्था ज्यादै दयनिय छ। ”
एसको श्रोत के होला? तेस्तै अरु आइटी कम्पनी हरु को स्तिथि पनि जानकारीमा भए येसो share गरिदिनु न ..
खुसि लाग्यो, यथार्थ कुरा सुन्दाखेरी !! नेपाल मा Telecom Field अजै रहस्यमय मै छ !! नेपाल सरकारले निगरानी गर्दैन, Telecom Field बाट पाउनु पर्ने कर पाको पनि छैन ! अब मजदुर हरुको पीडा को कुरा त झन् परे जावोस !! जय नेपाल !! मा हेलो नेपाल का साथीहरु को समर्थन मा छु !!
Telecom Field बाट के कती कर पाउनु पर्ने हो त्यो पनि जान्न पये गज्जब हुने थियो दिपक जी। कि कसो 🙂
जनता लुट्ने व्यापार मात्रै यो सबै नेपाल टेलिकम को नालायकी पनको परिणाम हो
Good analysis. We need more views from the other side as well to have an impartial judgement.