Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्वाचन त होला….तर ?

Posted on March 31, 2013 by mysansar

-स्याटेलाइट-

प्रधानन्याधिसले देशको नेतृत्व लिएका छन्।

असारमा होस या मंसिरमा होस, निर्वाचन हुनबाट अब कसैले रोक्न सक्दैन। दलहरु जनतामाझ जाँचिन खोजेका छन। सबैमा आफ्नै बहुमत आउने भ्रम छ। अखबारका भँगेरे अक्षर र टेलिभिजनमा उनीहरुका कुरा सुन्दा लाग्छ, हामीहरु भेँडा हौ। योग्य-अयोग्य छुट्टाउने सामर्थ्य नभएका भेँडा । विवेक नभएका भेँडा, जो अन्धसमर्थन गर्छ या अन्धबिरोध । ती भेँडा जो कुनै तन्त्रको खोल ओडेको सिद्दान्तहीन राजनैतिक ब्यापारिले भनेको भरमा सुत्केरीलाइ बाटोमा रोक्छ । दैनिक ज्याला गरेर खाने श्रमीकहरुलाइ श्रम गर्नबाट बञ्चित पार्छ, किस्तामा मोटर किनेर चलाएका परिश्रमीहरुको मोटर जलाउँछ । तोडफोड गर्छ र शहरलाइ टायरको धुवाँले बिषाक्त बनाउँछ अनी साँझ अहं भरिएको स्वरमा रबिन्द्र मिश्रलाइ बिबिसीमा भन्छ ‘आजको नेपाल बन्दमा नेपाली जनताको अपार समर्थन रह्यो’ । हामीले यही गरेर २३ बर्ष बितायौँ । अयोग्यहरुलाइ निर्वाचनमा जिताउनुको मुल्य हामी दिनदिनै चुकाइरहेछौँ । हामी निकै पछाडि परिसक्यौँ, कृपया अब अन्धसमर्थन र अन्धबिरोधको चक्रबाट बाहिर निस्केर हेरौँ । बितेका २३ बर्ष किन हामी असफल भयौँ, बिचार गरौँ । सामान्य राजनैतिक बिश्लेषण गर्न सिके लाल भैरहनुपर्दैन। देखेको-भोगेको कुरा कुरा मनन गर्न केहीबेर आग्रह-पुर्वाग्रहलाइ थाँती राखेर सोँच्दामात्रै हुन्छ।

हाम्रो देश सानो छ तर यो सानो देशमा हरेक घरैपिच्छे नेता छन। हरेक बिध्यालयमा नेता छन । हरेक कारखानामा नेता छन, रेष्टुराँदेखी डिस्कोसम्म नेतै-नेता भए। वकिलका नेता, शिक्षकका नेता, चलचित्रकर्मीका नेता, पत्रकारका नेता अनी यी नेतैनेताका भीडमा सामान्य जनता हरायो, निरिह भयो। देश बनाउने नेताले होइन, जनताले हो । नेताले नीती बनाउने हो, जनताले त्यसलाइ कार्यान्वयन गर्ने हो, यसैका निम्ति देशमा प्रशासनिक केन्द्रहरु छन। हामीले जसलाइ नेता ठानिरहेका छौ, यी नेता होइनन। यिनमा नीती बनाउने खुबी छैन। हामीले नेता छान्ने नाममा २३ बर्षदेखी राजनैतिक ब्यापारीहरु छानिरहेका छौ अनी गुनासो गर्छौ, कुनैले पनी काम गरेनन। हामीलाइ नीती बनाउन सक्ने, त्यो नितीको रक्षा गर्ने र त्यसलाइ कार्यान्वयन गराउन सक्ने राजनेता चाहिएको छ। लोकतन्त्र र गणतन्त्रका भारी भरकम शब्दजाल प्रयोग गरेर नीती बनाउन सिक्ने नाममा सरकारी खर्चमा स्विजरल्याण्ड घुम्ने समुह होइन। हाम्रोजस्तो देश जहाँ निर्वाचनको अवसर कमै मात्रामा आउँछ, धेरैपछि त्यो आएको छ। यो अवसरलाइ सदुपयोग गरिएन भने सहमतिका नाममा बिगत पाँच बर्षमा देखिएको बेथिति हामीले सधै भोग्नुपर्नेछ।

अहिले शक्तिमा रहेकाहरु सबै, जनताले कुनै समयमा दिएको मतको आधारमा पुगेका हुन। जेपी गुप्तादेखी चिरञ्जिवी वाग्ले अनी खुमबहादुर खडकासम्म सबैले जनताको मत पाएकै हुन, पछि अकुत भ्रष्टाचारले जेल पुराएको हो तर स्पष्ट निती-नियम र कानुनको अभावमा नगण्य सजायले चोखिएको पनी देखिएकै हो। ४-५ करोडको भ्रष्टाचार गर्छन, सजाय हुन्छ- १ बर्ष या २ बर्ष । कर छल्ने ब्यापारीहरु सभासद बन्छन । हत्याको अभियोग लागेकाहरु प्रहरि-प्रमुखको छेउमा बसेर आतिथ्य ग्रहण गर्छन । नेता-कार्यकर्ता सबैमा छिटो कमाउने होड छ। कल-कारखाना र निर्माणका कामहरु ठप्प छन । महेश बस्नेत र पुरुषोत्तम बस्नेतहरु युवाका प्रतिनिधि बनेका छन । होटल साहुले कामदारलाइ राम्ररी काम गर्न अनुरोध गर्न हुँदैन, संगठनले होटल ठप्प पार्दिन्छन। शिक्षकले बिध्यार्थिलाइ अनुशासित हुन गरेको आग्रहमा कक्षाका झ्याल फोडिन्छन, पुस्तकालय जलाइन्छन । ओहो यो बेथिति, यो अस्तब्यस्तता कहिलेसम्म ? कसिङगर बढार्न ढिला भैसक्यो । अब्यवस्था र कानुनहीनताको यो कालो बादल हटाउने उपाय निर्वाचन अनि निर्वाचनमात्रै हो । निर्वाचन आफैमा सबैचाँही होइन, निर्वाचनबाट कस्ता उम्मेदवार निर्वाचित गरिन्छन त्यो महत्वपुर्ण हो ।

सानो देशले धान्नसक्नेभन्दा बढी नेताहरु भैदिनुको परिणाम सहमति कहिल्यै हुन सकेन। एउटालाइ मनायो, अर्को मान्दैन । अर्कोलाइ मनायो, पहिलो पछि हटिसक्छ। सहमति शब्दकै हरिबिजोग भयो । पहिलो संबिधानसभाको निर्वाचनमा हामीले कुनै एउटा दललाइ स्पष्ट बहुमत दिन सकेनौ । २२ थरी दलका १०० तिर फर्केका नेताहरुबिच सहमति हुन न संभव थियो न भयो । हुनसक्ने सहमतिहरुमा पनी ब्यक्तिगत ‘इगो’ र उखान-टुक्का बाधक बने। शरिरसँगै मष्तिष्कसमेत बुढा भएका नेताहरु जनताको परिवर्तनको चाहना बुझेर सहमतिमा आउने संभावनै थिएन। आउँदो निर्वाचनमा पनी कुनै दलले सरकार गठन गर्न आवश्यक बहुमत जुटाउन नसकेर दर्जनबढी भुरे-टाकुरे दलको साथ लिएरमात्रै सरकार गठन गर्नुपर्ने अवश्था आयो भने न संबिधान बन्ने छ न स्थिर सरकार नै । कुनै महत्वपुर्ण काम गर्नुपर्दा कसै न कसैको नेतृत्व त स्वीकार्नैपर्छ, नेतृत्वलाइ उचित सल्लाह, सुझाव र सहयोग दिनु बेग्लै हो तर सबैले लगाम मेरै हातमा हुनुपर्छ, म बाट मात्रै लोकतन्त्रको पहरेदारि हुनसक्छ भन्ने रटान लगाउने हो भने संबिधान बन्दैन। त्यसैले अब हाम्रो हातमा अवसर आएको छ ‘नेतृत्व’ छान्ने ।

यो निर्वाचनमा कुनै एउटा दलले स्पष्ट बहुमत ल्याउनु आवश्यक छ र त्यो दलले कानुनले दिएको अवधिसम्म काम गर्न पाउनुपर्छ। लैनचौरको बतासले बालुवाटार हल्लिँदासम्म चाकरिबाजहरु लैनचौर र दिल्ली धाइरहनेछन सरकार ढाल्न । जनताको स्पष्ट बहुमतले बनेको सरकार ढाल्न लैनचौर, दिल्ली र तिनका नेपालस्थित एजेन्टहरुलाइ सजिलो हुनेछैन। सरकारमै रहनका निम्ति बिभिन्न तिकडमबाजीहरु गर्नुपर्ने र शक्तिकेन्द्रहरु रिझाउनुपर्ने नभएपछि सरकारपनी संबिधान निर्माणको काममा लाग्न सक्नेछ र देशले गती लिनेछ ।

माओवादी, काँग्रेश, एमाले र मधेशवादी दलहरु नै अहिलेका टाउके दलहरु हुन। गत निर्वाचनको परिणामले एमाओवादिलाइ ठुलो दल बनाएपनी बहुमतिय सरकार बनाउन पर्याप्त जीत दिएन त्यसैले उनीहरु जायज-नाजायज सबै माग पुरा गर्ने सर्तमा मधेशवादी दलहरुको बुइ चढेर सत्तामा त पुगे तर संबिधान निर्माण गर्न सकेनन । एमाङग्रेश दलहरु आफुले कुनै नयाँ एजेण्डा प्रस्तुत गर्नुभन्दा माओवादिको बिरोध गर्नुलाइ नै प्रमुख कर्तब्य संझिरहे फलस्वरुप बिकृत राजनितिको मञ्चन लामै समयसम्म भयो।

अबको निर्वाचनमा कांग्रेश, एमाले, माओवादी या मधेशवादि कुनै न कुनै दलले सरकार बनाउन पुग्ने स्पष्ट बहुमत ल्याएमा अन्य दलले सघाउनुपर्छ संबिधान बनाउन। एमाङग्रेश २० बर्षको सत्ता स्वादले स्खलित भैसकेको छ। कुनै नयाँ योजना र कार्यदिशा छैन। एमाओवादी उग्र र अराजक छ । मधेशवादी दलहरुमा लोभीहरुको झुण्ड छ जो मन्त्रिपदको आशमा आफ्नै दल टुक्राएर हिँडछ। दुखको कुरा हो तर हामीसँग भएका ‘च्वाइसहरु’ यिनै हुन। नराम्राहरुमध्ये कम नराम्रो छान्नुपर्ने बाध्यता छ। अहिलेसम्म माओवादीले आफ्ना एजेण्डाहरु लागु गर्न सफल भएको र कार्यकर्ताहरुपनी जुझारु भएकोले माओवादी अरुभन्दा अगाडी देखिन्छ तर बास्तविकता त निर्वाचनपछि नै थाहा हुनेछ।

बिचार गरेर मत खसालौ । जनताको मतभन्दा शक्तिशाली अरु छैन प्रजातन्त्रमा । हामीलाइ १०० थरि टाउके नेताहरु होइन, समय अनुसारको संबिधान अनी पाँच बर्ष कार्यकाल पुरा गर्ने स्थिर सरकार चाहिएको छ, त्यसका निम्ति कुनै न कुनै दलले सरकार बनाउन पुग्ने सीट ल्याउनैपर्छ नत्र हामीले भोगेको ६ बर्षे नाटक दोहोरिरहेनछ अनन्तकालसम्म र हामी भेँडाको भेँडै रहनेछौँ।

प्रधान-न्यायाधिसको नेतृत्वले निर्वाचन सम्पन्न गर्न सकोस । शुभकामना ।

आउँदो निर्वाचनमा कुन दलले स्पष्ट बहुमत ल्याउनुपर्छ जस्तो लाग्छ तपाँइलाइ ?

77 thoughts on “निर्वाचन त होला….तर ?”

  1. Suraj Shrestha says:
    April 8, 2013 at 8:46 pm

    पहिले हाम गरि हालौं अनि चुनाउको मिति तोकुला !

    यस्तो तवरले नेपाल मा निर्वाचन हुन धेरै गाह्रो छ !!

    अहिले विभिन्न पद मा नियुक्ति, सरुवा बढुवाको बेला होइने !!!
    सर्वोच्य, पुनरावेदन र जिला अदालतहरुमा न्यायधीशहरु नियुक्ति गर्ने बेला पनि होइन !!!!

    निर्वाचन आयोगमा नियुक्ति न हुदा सम्म असारमा चुनाउ गर्न सकिन्छ भन्दै हिड्ने प्रमुख र निर्वाचन आयुक्तहरुले नै अब असारमा चुनाउ गर्न सकिदैन भन्ने !!!!!

    यी सबै प्रमुख र निर्वाचन आयुक्तहरुलाई तुरुन्त हटाई मङ्सिरको निर्वाचनकोलागि सबै ऐन, कानुन, नियमहरु नेपाल सरकारले बनाई नयाँ प्रमुख र निर्वाचन आयुक्तहरु नियुक्त गरि मात्र निर्वाचन हुन सक्छ !!!!!!

    सधै यी पुराना अनुहार देखि नेपाली हरु वाक्क भै सके भन्ने दल हरु ले बुझनु पर्ने हो !!!!!!!

    सुरज श्रेष्ठ

    Reply
  2. agni says:
    April 7, 2013 at 12:16 am

    यो औता खण्ड को सटिक बिश्लेषण हुनसक्छ, तर पूर्णता मा छैन जस्तो लग्यो ,

    Reply
  3. prakash sedhain says:
    April 4, 2013 at 9:27 am

    हामी युवा पुस्ता सधैनै भ्रम मा समय बिताउन बाध्य भयौं वा बाध्य परियौं ……फल स्वरुप बिदेशमा दरबानी र सस्तो कारिन्दाको रुपमा हामीले आफ्नु श्रम बेच्ने हाम्रो नियति भयो ….तर देशका विद्वान कहलिएका हरुको हिसाब किताबमा रेमिटान्स ले मात्र महत्व पाईरह्यो ….देशले हाम्रो श्रमको सदुपयोग गर्न नसक्ता के गुमायो त्यो कसैको चासोको बिषय रहेन ….हरेक क्षेत्रमा लोभी अनि पापीको बाहुल्य रहेको समाजमा राजनीतिक स्थिरता र बिकाश को झुठो सपना बाडेर अनि भ्रमको खेति गर्नमा माहिर केहि विकासे आइ.एन .जी ओ र यसका कार्यकर्ता को भत्ता र महँगो भोज अनि रक्सिले हाम्रा थुप्रै थुप्रै नेता र बौद्दिक गन्य मन्यलाई आफु तिर खिच्न सफल भयो जसको फलस्वरुप सपनाको मोहजालमा भुलाईएका थुप्रै युवाको भबिष्य मात्र अन्धकार भयेन कि देशले पनि पर निर्भरता,बेरोजगारिता,बिकाशमा सुस्तता मात्र होइन कि देशलाई माया गर्ने थुप्रै नेपालीले आत्मसम्मान पनि गुमाउनु पर्यो ….खोइ कस्मा विश्वास गर्ने ??? आज जसलाई सुन भन्ठान्यो त्यो भोलि पित्तल पो निस्किन्छ ….सायद हाम्रो पुर्खाले त्यसै भनेका होइनन होला जत्ति जोगी आए पनि कानई चिरीएका……खोइ येसपाली चाई के नारा लिएर कुन चाई आइ .एन .जी ओ का कार्यकर्ता भ्रम छर्न आउने हुन् ….नेता को रुपमा ….तर आजको मिति सम्म त चुनाबको घोषणा भएकै छैन ……

    Reply
  4. madan bajracharya says:
    April 3, 2013 at 10:26 am

    यो निर्वाचन रोक सकिंदैन/ निर्वाचन त् हुन्छनै/ तर यो निर्वाचनले ल्याउने नतिजाले जनताले दण्ड दिन नसकिने दलले कस्तो दण्ड पाउँछ भनेर स्पस्ट देखाउनेछ/ स्पस्ट सब्दमा भन्ने हो भने पहिलो संबिधान सभाको निर्वाचनमा बहुमत पाउने दलले अबको चुनावमा पहिला आफुलाई मत दिने मतदाताको आधाको आधाको मत पनि पाउन मुस्किलने हुनेछ/

    त्यो पहिला जनताको बहुमत पायको दलले अहिले हुने चुनावमा पहिला पायको भन्दा आधाको पनि आधा मत पाउन सक्ने चुनावी घोसना पत्र समेत बनाउन गाह्रो पर्नेछ/ यो चुनावको नतिजाले कांग्रेसले च्याखे पुरस्कार पायर देसको ठुलो दल बन्ने सौभाग्य पाउन सक्छ/ यसो भै हाले पनि कांग्रेसले जनसमर्थन पायको ठहर हुँदैन भाग्य बा च्याखे पुरस्कार पायको सम्म भन्न सकिने हुन्छ/

    जनताले चाहेर यो निर्वाचन भयको होईन/ यो निर्वाचन पछि गठन हुने संबिधान सभामा फेरी पनि जननिर्वाचित सभासदहरु अल्पमतमा पर्ने गरि समानुपातिक कोटामा दलका भरौटेहरु नियुक्त हुने र नेताहरुले सहमतिमा बनायको कोठे संबिधानमा ठप्पा मात्र लगाउने ब्यबस्था गरे बात जनताले चाहेकै जस्तो संबिधान नबनाउने कुरा निश्चित नै छ/

    संबिधान सभाको चुनाव अघि लगभग ३० लाख बिहारिहरुलाई नेपालको नागरिकता दियकोले मधेश्बादिहरु नेपालको चौथो ठुलो दल बन्न सफल भयो/
    अहिले हुने यो निर्वाचनको निमित नागरिकता टोलि पटक पटक घर दैलो सम्म पुग्दा पनि आफुलाई नेपालको नागरिक भयको प्रमाणित गर्न नसक्ने ६९ लाखलाई मत दिन लगाउने ब्यबस्था गरेको कारण मधेशबादीदलहरु अझै शसक्त बन्ने देखिन्छ/

    हरायक निर्वाचनमा नागरिकता नभयकालाई मत दिलाउन्दै मधेशबादीहरुलाई शसक्त र अरु दलहरुलाई कम्जोर बनाउंदै गयको कुरामा सबै को ध्यान जानु पर्ने देखिन्छ/

    Reply
  5. Ram Kumar says:
    April 3, 2013 at 2:04 am

    यो सरकारले चुनाउ गराउला ?????

    नेपालको अन्तिरम संविधानमा १/२/३/४/५ धारा संशोधन गरि केहि समय तोकी पो बाधा अड्चन फुकाउने कुरा सम्म ४ बाहेक केहि अन्य दलहरुलाई मान्य हुन सक्छ !!!

    यहाँ त धारा कै धारा नै संविधान सभाले २०६५/६९ चार बर्षको कार्यकालमा भन्दा बढी संशोधन गर्नाले श्री ४ दल, राष्ट्रपति र प्रधानन्याधिस सहित “श्री ६ को नेपाल सरकार” मा कसरि निर्वाचन हुन्छ ?

    मेरो बिचारमा जति जति असम्वेधानिक तवरले “श्री ६ को नेपाल सरकार” ले नेपालको अन्तरिम संविधानमा बाधा अड्चन फुकाउने काम हुन्छ झन् झन् निर्वाचनमा अवरोध बढी हुन्छ

    असारको-मङ्सिर भै सक्यो फेरी मङ्सिरको-बैशाक २०७१ साल होला जस्तो छ

    मैले अड्कल गरे अनुसार सबै राजनैतिक दलहरु संग सल्लाह गरि मात्र राष्ट्रपति ज्युले २०७१ साल बैशाखमा निर्वाचन गराउन सक्ला जस्तो लाग्द छ

    किन भने श्री मान खिल नाथ रेग्मी ज्युलाई ४ दलले कठपुतली बनाउदै छ भन्ने प्रसस्त प्रमाण भएको आम नेपालीहरुले बुझी सके

    राम कुमार

    Reply
  6. Ram Shrestha says:
    April 2, 2013 at 7:47 pm

    मेरो विचारमा कुनै दलकोपनि २०% भन्दा बढी सांसद आगामी निर्वाचनमा होला जस्तो लाग्दैन
    मैले अनुमान गरे अनुसार:
    एमोबादी १५ देखि १७%
    नेपाली कांग्रेस १५ देखि १८%
    एमाले १५ देखि १८%
    राप्रपा नेपाल ८ देखि १०%
    मदेशी दल सबै ७ देखि ८%
    राप्रपा २ देखि ३%
    नेकिमपा १ देखि २%
    राजपा १ देखि २%
    अन्य ५० दलहरु ३० देखि ३५%
    स्वतन्त्र ६ देखि ७ %

    राम श्रेष्ठ

    Reply
  7. दिवा says:
    April 2, 2013 at 12:10 pm

    नेपालमा बाम्पन्थीको बहुमत हुदाहुदै पनि सबैलाई शिर्ष बन्ने होडले १० भन्दा बढी पार्टी बनेका छन् / यदि नेपालका बामपन्थी एक हुने हो भने देशले छिटै निकाश पाउनेमा संका छैन / यत्तिकै चुनाब हुन्छ भने अहिले पनि कुनै पार्टीले बहुमत ल्याउन सक्दैनन् अनि फेरी पारा उस्तै हुनेछ /त्यसैले अबको चुनाब मा कुनै न कुनै पार्टीको बहुमत् आउनु जरुरि छ / नेपाली कांग्रेसले बहुमत पचाउन सक्दैन किनकि १५ साल को चुनाब मा २ तिहाई बहुमत पाएको पार्टी १७ सालमा राजा बाट अपहरित भयो / फेरी ४८ सालमा बहुमत ल्याएको पार्टीले आफ्नै आन्तरिक झगडालेगर्दा कांग्रेसकै शिरोमणि गिरिजाले सरकार ढालेर मध्यावधि चुनाब घोसणा गर्यो / बहुमत भनेको कांग्रेसको लागी तुस हो उसले पचाउन सक्दैन/ अनि मधिसेहरु छेत्रीय पार्टी भएकोले उनीहरुको बहुमत को त कुरै भएन / त्यसैले अबको चुनाबबाट देशलाइ पार लगाउने नै हो भने एमाले र एमाओबादी एक भएर जानु अपरिहार्य छ / दम्भको राजनीतिले नत पार्टीलाई फाइदा हुन्छ नत देशलाई नै / पार्टीगत बिबादले देशले यानी जनताले बेहोर्नु परेको हैरानिलाई मध्यनजर गरि माओबादीले जातीय मुद्दा त्यागी एमालेसंग सहकार्य गरेर जाने हो भने बहुमत अबस्य आउछ र चुनाब मा हुने हिंसा पनि ९०% ले कम हुन्छ / अनि प्रधानमन्त्रि गोला प्रथा द्वारा बनाउने र संबिधान नबन्दा सम्म सरकार परिबर्तन नगर्ने सर्त मा सरकार बनाउने हो भने चुनाब भएको ६ महिना भित्र संबिधान बन्न सक्छ / सहमतिमा मन्त्रालय बाडफाड गरि जनताको मन जीत्न उर्जामा गोकर्ण बिस्ट र अर्थमा बाबुरामले गरेजस्तो प्रगति गर्ने हो भने पछी आउने आमचुनाव मा जनताले बिश्वास गरिहाल्छन /आज अस्ताएको सुर्य भोली पनी उदाउछ भन्ने सोच्ने हो भने अझै केहि बिग्रेको छैन /

    Reply
  8. द्रोण says:
    April 2, 2013 at 11:52 am

    पृथ्बी मा मानिस खेति पाती गर्दै १०००० बर्स देखि बस्दै आएको हो |त्याहा देखि अहिले सम्म कतिपय देश मा अझै र नेपाल मा एक दसक अघि सम्म येउतै व्यक्ति ले सासन गर्दै आएको हो |
    प्राजातान्त्र र लोकतन्त्र भन्ने त् यहि १०० बर्स यता आएर न बढी चर्चा हुन् थालेको हो |
    एकात्मक सासन ब्यबस्था न राम्रो भए तेत्रो १०००० बर्स देखि का मानिस के अबुझ ,मुर्ख थिए ???
    अब को केहि समय पछि नै चिन ले अमेरिका लाइ उछिन्छ ??त्यो किन ,किनकि चिन मा
    हरेक चिज मा राज्य को नियन्त्रण छ र सुधारात्मक छ सुधारात्मक र देश मुखी दिक्तेटर भएकोले चिन तिब्र गतिमा अगि बढेको हो जस्तो लाग्छ ,नत्र रसिया ,उत्तर कोरिया कोहालत सायद हुन्थ्यो |
    नेपाल ,इन्डिया जस्तो देश मा पनि सायद चिन कै जस्तो ब्यबस्ता उपयुक्त छ |
    प्रजातन्त्र र लोकतन्त्र सगै एक डङ्गुर बिकृति पनि बोनस मा आउने भएकोले ,यो प्रजातन्त्र ,लोकतन्त्र विश्वा मा राज गर्न खैरेले ल्याएको खुरापाती चाल हो कि जस्तो पो लाग्छ |
    नेपाल मा शान्ति न भएर जिम्मी कार्टर बुढालाई निद्रा परेन ,तेसैले प्रजातन्त्र ,लोकतन्त्र को गेडा लिएर रोप्न नेपाल छिरेको छ |
    लहरा चै उत्तर तिर फर्काउने प्लान होला |
    आज अफ्गानिस्ता ,लिबिया ,इराक मा रोपेको प्रजातन्त्र हरियो भएर झाङ्गिदो छ |
    नेपाल मा पनि ठुलो द्वन्द सिर्जना गर्न पर्दा पछाडी ठुलो कसरत हुदैछ |
    संघियता को सबाल ,तराइको डरलाग्दो माग कोसबाल को कुरा मा ठोस निर्णय न भै यो चुनाब ले खाने नया अनुहार थप्ने हो ,हुने केहि हैन |
    फेरी पनि चुनाब अपरिहार्य छ किनकि राजनीति रोकिनु हुन्न,बग्न दिनुपर्छ |

    Reply
  9. ranjan aj gurung says:
    April 2, 2013 at 10:36 am

    लेखक जी ,

    मैले तपाइको लेखलाइ कापी गरेर प्रिन्ट गरि गाउ ठाउ तथा सहरका मुख्य मुख्य भाग हरुमा
    तासिदिने निर्णय गरे | नीरज जी ले माथि भने जस्तै एस लेखलाइ १० % बाट १०० % मा पुर्याऊन अरु के के गर्न सकिएला ?

    Reply
  10. cRIS says:
    April 2, 2013 at 10:00 am

    यी ४ पार्टी भन्दा स्वच्छ अरु पार्टी तिर लागे हुन्छ|

    Reply
  11. RB Ghimire says:
    April 1, 2013 at 10:40 pm

    खराब भित्रको कम खराब छान्नु पर्ने छ ………….. कुन चाँही होला …………..चोर भित्र को कम चोर ……………..

    Reply
  12. parashar says:
    April 1, 2013 at 10:09 pm

    म निर्बाचन बिरोधी चाहि होइन तर अहिले नै यहि हालतमा चुनाब गर्दा त्यहि नै अनुहार आउने पक्का छ , ( प्रत्यक्ष्य बाट हारे पनि )
    हे सम्माननिय खिलराज , यदि तपाइमा साच्चै देश र जनता प्रति माया छ भने कम्तिमा ५ बर्ष देशमा भएका अनेकौ फोहोरहरु ( भ्रस्ट नेता , ब्यापारी , कर्मचारी तथा दलाल ) को सफाइ मा लाग्नोस, १० जना जतिको एउटा दक्ष्य टोलि निर्माण गर्नोस र तिनीहरुलाई परिचालित गर्नोस , त्यसका लागि शेना , प्रहरी र प्रशाशानमा रहेका योग्य शिर्ष व्यक्तिलाई आफ्नो रणनीति बताउनोस र सहयोग गर्न बाध्य पार्नोस, धेरै गर्नु पर्दैन केवल जनताका लागि शान्ति -शुरक्ष्या , बजार नियन्त्रण र खुला नेपाल ( आबस्यक परे ” शुट अन साइट ” को ब्यबस्था ) देशका लागि हाल सम्म भए गरेका कलंकित भ्रस्टाचारी जति सबैलाई कम्तिमा १० बर्ष जेल मा हाल्नोस, यति गर्न कति समय चाहिएला ?? ३ बर्ष वा ५ बर्ष ?? त्यस पछि मात्र चुनाब गराउनु होस !
    तपाइको आम सर्बसाधारण ले जय गान गर्ने छन् !!!
    खुट्टा नकमाउनुहोस ……

    Reply
  13. मदनमणि says:
    April 1, 2013 at 9:21 pm

    वास्तवमा संविधान सभा नेपाल भित्रैको माग हो जस्तो लाग्दैन। जात, भाषा, धर्म र भूगोलाई छिन्न भिन्न पार्ने पश्चिमा षडयन्त्र र नेपाललाई आर्थिक रुपमा आफूमा निर्भर राख्ने भारतको चाहनाले देश बिग्रिइरहेको छ। त्यसैले देशका विवेकशील शक्तिले चुनावमा जित्नुपर्छ। चुनाव पहिला स्थानिय निकायको भए धेरै राम्रो।

    Reply
  14. Suraj Shrestha says:
    April 1, 2013 at 7:57 pm

    मेरो विचारमा एमाओवादी, काँग्रेश, एमाले र मधेशवादी दलहरु नै आगामी आम निर्वाचनका सबै भन्दा ठुलो बाधक हुन्

    किन भने यिनीहरुको “उच्यस्तरीय राजनैतिक संयन्त्र” निर्वाचनकोलागि वाताबरण बनाउनुको सट्टा भाग बन्डामा मन्त्रिहरु, निर्वाचन आयोग, अख्तियार, लोक सेवा आयोग, महालेखा परीक्षक, महान्यधिवक्ताको पदहरु, सचिब, कर्मचारी सरुवा र बढुवा, भर्ना, सरकारी कोषको छिना छिन् मा नै केन्द्रित भएको स्पष्ठ रुपले नेपालीहरुले नयाँ सरकार बने देखि देखेका छन्

    प्रधानन्याधीश श्री खिलनाथ रेग्मीले “निर्वाचन कार्यकारिणी प्रमुख सरकारको” जिम्मा लिएर कठपुतली सरकार चलाउनुको सट्टा ठुला र साना राजनैतिक दलहरुले निर्वाचनको बातावरण बनाउने र सरकारले स्वतन्त्र भै काम गर्ने सर्तमा मात्र निष्पक्ष निर्वाचन हुने भनि जिम्मा पाएमा मात्र नेपालमा निर्वाचन हुन्छ

    राजा ज्ञानेन्द्र बीर बिक्रम शाह देव नेपालको सत्ताबाट बाहिरिए पछि गिरिजा प्रसाद, पुष्प कमल, माधव कुमार, झलनाथ र बाबु राम जस्ता कपटीहरु जस्तो खिल नाथ रेग्मीपनि न होस् भन्ने मैले आश गर्दछु, तर सुरुको काम कारवाहीले राज्य संचालन, निर्वाचन र अन्य काम गर्न कानून बनाउनुको सट्टा धमा धम पदमा भर्नामा मात्र जोड यो कथित सरकारलाई चार दलहरुले मजबूर गरेको स्पष्ट हुँदा निर्वाचनको अवसर छिर्ण हुदै गरेको मैले अनुमान गरको हूँ

    सुरज श्रेष्ठ

    Reply
  15. Prem says:
    April 1, 2013 at 4:51 pm

    लेख अति सुझाब योग्य छ / अब पनि हामी जनताले कुरो को चुरो बुझेन भने फेरि उही पारा नहोला भन्न सकिन्न / एसो कुरो बुझ्दा बिगत म जे जस्तो भएपनि भिजन भएको र गर्ला जस्तो एमोबदी लाग्यो र एमोबदी लाइ भोट दिन्छु दिन्छु / अनि मैले चिने जाने जति सबै लाइ एमोबदी लाइ भोट दिनु लागौन्छु / इन्ले ४/५ वर्ष ढुक्क ले दुइ तिहाई को साथ सरकार चलेमा पक्का केहि गर्छ जस्तो लाग्छ / अरु को के विचार छ कुन्नि?

    Reply
  16. कमल थापा(साउदी अरब) says:
    April 1, 2013 at 4:28 pm

    सबै एउतै बोरामा कुहिएर बसेका आलु हुन्/ यो कुहिएको आलुको बोराबाट राम्रो आलु छनोट गर्न निकै कठिन छ, तर पनि नछानेर नहुने हाम्रो बाध्यता छ, के गर्ने पुरै बोरा नै परिबर्तन गर्न मन भएर पनि, यीनै भित्रबाट छनोट गरेर देश र जनता, नेपाल र नेपालीको भविस्य बनाउन आबश्यक छ/

    Reply
  17. govina sharma trital says:
    April 1, 2013 at 4:03 pm

    बल्ल अलिक असल र सत्य लेख पढ्न पाईयो,बरु बिभिन्न घोषणापत्र पढाएर जनताको दिमागलाई भ्रमित नपारीकन एकैचोटी आफ्ना आफ्ना पार्टिका उम्मेदवार चिनाइदियोस,कुनै प्रकारको भाषण प्रचार-प्रसार नगरियोस् किनकि अब नेपालमा सबैलाई थाह छ(मत खसाल्नेलाई)को को र कुन कुनले के के गर्न सक्छ भनेर साथै पुच्छर हल्लाउँदै हिँड्ने कराकर्ताहरु पनि नजम्जमाए हुन्छ|| भोट चाहिँ सबैले दिने तर एकदम शान्तिपूर्ण ……..मलाइ लाग्छ यहि हो आमजनताको आवाज……||||

    Reply
  18. Prakash says:
    April 1, 2013 at 4:03 pm

    “अहिलेसम्म माओवादीले आफ्ना एजेण्डाहरु लागु गर्न सफल भएको र कार्यकर्ताहरुपनी जुझारु भएकोले माओवादी अरुभन्दा अगाडी देखिन्छ” भनेर नुन को सोझो गर्नु भो है…

    Reply
  19. Neeraj Dhungana says:
    April 1, 2013 at 4:00 pm

    यो लेख पढ्ने मान्छे सबै इन्टरनेट चलाउन जान्ने पढे लेखेका मान्छे हुन् र उनीहरु सहि नेता पनि चुन्न सक्लान तर यो जमात केवल ५ देखि १० % मात्र छन् | के १०% जनताले बिबेक प्रयोग गरेर भोट हाल्दैमा सहि पार्टी ले चुनाब जित्ला? तेसैले सबै जागरुक नागरिकले चुनाब हुन १ महिना अगाडी बाट देशका गरिब तथा अशिक्षित जनतालाई चेतना फैलाउने काम गरौं | यो पटकको चुनाब मा पनि हामीले राम्रो नेता छान्न सकेनौं भने नेतालाइ दोष दिने हैन आफ्नो घर बाट सके सम्म नजिक को ताल, नदि मा डुबेर मरौं वा नजिक को भिर बाट हामफालेर मरौं | धन्यबाद |

    Reply
  20. yash says:
    April 1, 2013 at 1:42 pm

    भोट नहालौं , बैद्य जस्तो नालाएक लाइ सहयोग गरेको ठहर्ने | हालौं , यहि बाइसे चौबिसे दलका कुनै पनि पार्टी या नेताहरुले काम गर्दैनन् | स्थिति हिजो जस्तो थियो भोलि पनि त्यस्तै हुनेछ | हरे हामी नेपालीको भाग्य !

    Reply
  21. S. R. Shakya says:
    April 1, 2013 at 1:15 pm

    अबको पांच वर्षभित्र देशको आर्थिक, सामाजिक स्थिति यस्तो हुन्छ भनेर आफ्नो पार्टीको योजना प्रस्तुत गर्नसक्ने पार्टीलाई मात्र भोट दिनु पर्दछ /

    Reply
  22. gp awasthi says:
    April 1, 2013 at 1:13 pm

    bhote त दिनै पर्ला तर कम फटाहा बाट छाने र किन कि साजन नेता त नेपालमा भेटाउन मुस्किल छ

    Reply
  23. sandip kharel says:
    April 1, 2013 at 12:17 pm

    ७०% कांग्रेस , १०% ए मा ले, १०% कमल थापा , ६% मावोबादी ,४% अन्य दल !

    Reply
  24. मनीष says:
    April 1, 2013 at 12:08 pm

    लेखकले झुक्किएर माओवादी लाई एमाओवादी र एमाओवादी लाइ माओवादी भनेको हो कि जस्तो लाइराछ |

    Reply
  25. yam pun says:
    April 1, 2013 at 11:17 am

    अबको निर्वाचनमा नेपालको राजनीतिलाई लथालिङ्ग बनाउने चार दललाई विस्थापित गरि सुनौलो नेपालको नक्शा कोर्न सक्ने नया शक्तिको स्थापित हुन जरुरि छ, चाहे त्यो दलितहरुको शक्ति नै किन नहोस्! यसपालिको निर्वाचनमा हामि जनताले चार दललाई विस्थापित गर्न सकेनौ भने हिजोको इतिहास दोहोरिनेछ र देशले निकास र बिकाश भन्ने दुवै चिज पाउने छैन! अझै पनि चार दलको गुनगान गरि भजन गाउनु भनेको विषालु सर्पहरुलाई नाग देवता सम्झी पुजा गर्नु सरह हो!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      April 1, 2013 at 1:43 pm

      वास्तव मै स्याटेलाइट जी ले भने जस्तो नराम्राहरुमध्ये कम नराम्रो छान्नुपर्ने बाध्यता छ हामीसंग अर्को बिकल्प नै छैन ! यो अवस्थामा यो निर्वाचन हामीलाई (जनतालाई ) ‘आगे कुवा,पिछे खाइ’ जस्तै हुने निश्चित छ ! यस अर्थमा हेर्दा हालको लागि मैले देखेका २ दल हुन् १- कांग्रेस २- माओवादी बाँकी मधेशी दलका लगभग सबै नेता लैनचौरका स्पष्ट एजेन्ट हुन् र उनीहरुको विगतले छर्लंग पारेको तस्विर हो उनीहरुको राजनीति मात्र कमाउनको लागि हो भने एमाले भनेको नर्तकी हो जो कुनै प्रलोभनमा मैयतमा रोइदिन र जन्मदिनमा उफ्री-उफ्री नाचिदीन अनि जोडी बिहिनको सुहाग रातमा रात रंगिन बनाउन काम लाग्ने असाध्यै उपयोगी दल हो ! तर कांग्रेसमा पनि अब रामचन्द्र र देउवा दुबैलाई नेतृत्व दिन हुन् किनकी यी दुइ यस्ता दुष्ट कपटी हुन् जो सौताको रिसले पोइको काखमा मुत्छन र त्यहि मुतको न्यानोमा सकेर निमोनिया सन्चो हुने सपनामा निदाउँछन् ! यी दुबैले पार्टी र देशको हित गर्दैनन् आ-आफ्नो इगो फेर्न भारतीय बाट अवैध गर्भ बोक्न लाज मान्दैनन ! बाँकी माओवादीमा अहिले पनि अत्यन्त उदण्डता छ, लुट-झुटको राजनीतिमा लम्पट भएर यिनका नेता अहिले पुर्व राजा भन्दा बढी विलासी भैसके तर पनि बिकाशका पक्षधर बाबुराम र राजनीतिका रणनीतिकार प्रचण्ड बीच राम्रो समीकरण बन्न सक्ने र यो समिकरणमा हिसिला जस्ता भाइरस हरु पूर्ण अधिकार बिहिन अवस्थामा रहने हो भने केहि आशा गर्न सकिने अवस्था नभएको होइन तर यो चुनावमा जानु पुर्व यी नेताहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने,भारतीय बाट मिचिएका सीमाको चुनाव पुर्व जुनसुकै मुल्य चुकाएर पनि भारत संग खोस्न अघि बढ्ने र पार्टीको आर्थिक अवस्था जनता सामु देखाउनै पर्छ ! अन्त्यमा अत्यन्त बिझेका बिषयमा लेखेका स्याटेलाइट जी लाइ थुप्रै धन्यवाद !

      Reply
  26. Basanta Thapa,Maryland,USA says:
    April 1, 2013 at 10:51 am

    देश को बास्तबिकता भनेको राजतन्त्रबादी ,प्रजातन्त्रबादी र बामपन्थी शक्ति हुन् \ यी फुटेर धेरै पार्टी बनेका हुन् \ यो शक्ति मध्य राजतन्त्रबादी प्रजातन्त्रबादी संग मिलन या एकता हुन् सक्छ \ धेरै पार्टी र नेता भएकाले देशले राजनैतिक स्थिरता पाएन जसको कारण आजको अराजक स्थिति बनेको हो \यो समयमा नेपाली जनताले भन्नु पर्यो देश मा दुइ पार्टी या तिन पार्टी बनेर आउ होइन भने कुनै चुनाब ,दल ,नेता को जरुरी छैन \ आखिर संबिधान र दल नभए पनि देश त चल्दो रहेछ \ धेरै भएर क्षति भैरहेको छ \ बामपन्थी र प्रजातन्त्रबादी गरि दुइ दल बनेर आउ भनि जनता ले आन्दोलन गर्नु आजको लागि ऊतम हुन्छ \

    Reply
  27. Suman bhote says:
    April 1, 2013 at 10:37 am

    Agreed, we have to choose one party this time. Now we understand that everything happened because of the clash of two different ideologies; this happened because of inappropriate voting result. It looks like history will repeat again, and if we want to change it, all depends on our hand…… so just think who is the right party for the country, at least choose who can develop the country…..

    Reply
  28. bibek dhakal says:
    April 1, 2013 at 8:49 am

    अरु कुरा ठिकै लग्यो हाम्रो “उपग्रह” जी को तर स्पष्ट बहुमत थेऒरि नेपाल को केस मा फेल भैसकेको कुरा ४८ र ५६ सालको कसले देखाइसकेको छ . अब भन्नुहोला तेतिबेला माओवादी र एमाले ले त जितेनन नि तर उनीहरुको हुत्ति पनि गएका बर्षहरुमा राम्ररी देखिसकिएको छ !…….

    Reply
    1. गगने says:
      April 2, 2013 at 2:21 am

      भन्नेनै भय भू-उपग्रह भन्नुपर्यो मित्र,
      स्याटेलाइट भनेको उपग्रह होइन, भू-उपग्रह हो! अन्य अर्थपनि लाग्न सक्छ र त्यो नलगाइकन तपाइको हिसाबले भन्नुपर्दा उपग्रह होइनकि भू-उपग्रह भन्नुपर्ने छ!
      यो बाहेक अरु तपाइको कुरा ठिकै हो, नेपालि राजनीतिक परिवेसमा बहुमत थ्योरी असफल भयकै हो नेपालि कांग्रेस को देखियो साथ् साथै माओबादिको पनि, बहुमत भयपनी नभयपनि कुनैपनि पार्टिले सत्तामा खुट्टा टेक्नासाथ चिरापर्न सुरुहुन्छ!
      शिंह दरबारमा रुद्री लगाउनुपर्ने होकी क्याहो?
      यति हुदाहुदै पनि हामि संग देशको आमुल परिवर्तन हेतु राजनैतिक, आर्थिक, सामाजिक लगायत सम्ब्रिद्दि र ब्याबस्थाको क्षत्रिय र रास्ट्रीय यजेण्डा लियर आयको माओबादि (एमाओबादि) को विकल्प हाललाई छैन!
      तेसैले यो निर्वाचनमा एमाओबादिलाइ स्पस्ट बहुमत दियर अघि बढाउनुपर्छ र यो कुरा जनताले बुझेका छन् किनकि अलिकति तलामाथिको कुरा सनक्रमणकालमा हुन्छ तेसो भनेर सत्यलाई नकार्न गलत हुन्छ र तेस्ले नकारात्मक असर पार्दछ!
      जसले जे सुकै भनुन माओबादि यो देशको आजको सत्यहो, राजतन्त्र पश्चातको स्थापित सत्यहो र यसलाई स्विकार्नु नै सबैको भलो हुने छ!
      बाकि दल कांग्रेस एमाले मधेसी लगायत त सिर्फ माओबादीलाई साथ् दिन वा उसको अधिक हरकत हरुलाई नियन्त्रण गर्नको लागि मात्र हो!
      तेसैले बहुमत माओबादीकै हुने छ किनकि यो नाभायामा देश फेरी अनिर्णयको बन्दि हुन जानेछ हालको जस्तो!
      बिडम्बना यो देशमा नेता र पार्टीले राजनीति गर्नुको ध्यय सिर्फ सरकार चलाउन हो, कसैले पनि देश बनाउन राजनीति गरेन!
      अलिकति देखियको माओबादि पार्टि हो र राजनीतिज्ञ वा नेतामा डा भट्टराइ उहाको राजनीतिको ध्यय मात्र देश बनाउनु हो भन्ने बुझिन्छ बाकि सबै को ध्याउन्ना मात्र सरकार चलाउनु!
      सरकार त आफै पनि चल्छ हामीलाई त देश बनाउने राजनीतिक नेता र पार्टि चाहियको छ! देश बनाउने ध्ययाका साथ् राजनीति गर्ने नेताहरु बढी भन्दा बढी चाहियको छ हामीलाई!
      अनि मात्र बन्ने छ देश!
      नेपालले स्थिरता र परिवर्तनको स्थायित्वो अनि आर्थिक सामाजिक रुपान्तरण र बिकासको लागि यसपाली एमाओबादिलाइ स्पस्ट बहुमत दियर बिजयी गराउनुपर्छ!
      यस्तै होस् भन्ने चाहना र कामना सहित!
      जदौ

      Reply
      1. Bibek Dhakal says:
        April 2, 2013 at 9:06 am

        लौ अग्रिम शुभकामना छ तपाइको पार्टीलाई !

        Reply
      2. madan bajracharya says:
        April 3, 2013 at 9:38 am

        गगनेज्यु
        आफ्न्नै पार्टी सम्हाल्न नसक्नेले देसको ब्यबस्था सम्हाल्न सक्दैन भन्ने कुरा घाम जत्तिकै छर्लंग छ/ अहिले गगनेज्युले कुनै बेला जनताको बहुमत पायको जुन मावोबादी को कुरा गर्दै हुनु हुन्छ त्यो मावोबादी अहिले गगने समुह समर्थित मावोबादी होईन/ त्यो जनताको बहुमत पाउने मावोबादीको नीति र नारा त्यागेको तपाईंको मावोबादीलाई आधा मावोबादिले नै मावोबादी मानेको छैन/

        तपाईंको पार्टीको नाम मावोबादी भयको कुरा कानाको नाम नेत्रबहादुर भयको भन्दा भिन्न छैन/ गगनेज्युको “यो नामको मावोबादीपार्टी” ले अरु त् अरु जनताको सामान्य मत पाउन सक्ने घोसना पत्र लेख्न समेत धौधौ पर्ने छ/ तर मावोबादी हौँ भन्नुको सट्टा मधेशबादी हौ भनेर मधेशबादीहरु संगै गठबन्धन गरे सायद “च्याखे भोट” पायर नाक बचाउन सम्म सक्छ कि?

        Reply
        1. गगने says:
          April 5, 2013 at 5:00 am

          हो मदन जी एमाओबादिले कति मत पाउछ र कति पद जित्नेछ भन्नेकुरा त निर्वाचन भयपछि टुंगो लाग्ला तर मेरो कुरा गर्दा मा अझै पनि माओबादीलाई नै चुन्ने छु र माओबादीलाई नै मत दिने छु र माओबादीमा पनि डा भट्टराइ लाइ नै छान्ने छु किनकि यो देशको लागि समयानुकुल र माटो सुहाउदो सामाजिक र आर्थिक नीति दिनसक्ने हाल सम्मको एउटै नेता मैले देखेको उहानै हो!
          यो देशको राजनैतिक आर्थिक सामाजिक रुपान्तरणको खाका र एजेण्डा बोकेर अघि आयको पार्टि एमाओबादिनै हो तेसैले मा एउटा स्पस्ट एजेण्डा र संरचनाको खाका बोकेको पार्टीलाई चुन्दछु न कि पेण्डुलम र पाउदुरे लाइ!
          बरु तपाइको भन्नुस तपाइँ कुन पार्टी लाइ र कुन नेतालाई तपाइको मत दिनुहुन्छ?
          कि बहिस्कार गर्नुहुन्छ चुनाब त्यो भनेको ड्यास माओबादीलाई समर्थन होइन त?
          कि ग्रिन पार्टी लाइ हो?
          मदन जी,
          तपाइको प्रतिक्रियाहरुमा यथेस्ट समस्याहरु उचालियाको हुन्छ तर कहिँ कतै तेस्को समाधानको कुनै शब्द पोखियाको हुदैन यहि हो बिडम्बना!
          तपाइको रास्त्रबादमा रास्त्रबाद भन्दा पनि त्यो भंछनी केरे अंग्रेजीमा रयासिज्म हो त्यै रयासिज्म को गन्ध भरपुर आउछ! अमेरिकामा बस्ने मान्छेले यस्तो गन्ध युक्त कुरा वोकालेको सुहाउछ जस्तो लाग्दैन मलाइ!
          आफुलाई ठुलो र खाट्टी रास्त्रबादी र अरुलाई दलाल देख्ने आखा भन्दापनि बिचार बदल्न सल्लाह दिन्छु म!
          एक्काइसौ शताब्दीको मानबियता रास्त्रबाद भन्दा धेरै माथि उठिसकेको कुरालाई स्विकार्न तयार हुनुस मित्र!
          देश पहिला देशमा बस्नेको हुन जरुरि छ! आफु अर्कोको देशको नागरिकताको लाइनमा बस्ने अनि मेरो देशमा अर्कोले नागरिकता लियो अर्कोलाई दियो भनेर हुट्टिट्याउले झ्यै चिच्याउने!
          समस्या छ देशमा, समस्या देख्नेले समाधान लियर आउनुस वा समाधानको बाटो देखाउनुस, समस्या मात्र देखाउदा तेस्ले समस्यालाई झनै सुन्याइदिञ्छ!
          समयको प्रवाहलाई रोक्न र छेक्न सक्दैन कसैले मित्र तेसैले हामीले समय र यसले प्रबाहगरेको परिवर्तनको धारलाई आत्मासाथ गरि तेसलाई नियन्त्रण र ब्याबस्थित गर्दै अघि बढ्नुपर्दछ!
          यहिनै सफल राजनितिग्यको राजनीति र नेताको नेत्रित्वो हो!

          Reply
  29. indra pd thapa says:
    April 1, 2013 at 7:55 am

    केहि योग्य नेताहरुपनि छन् तर बिडम्वना !राजनीतिमा अपराधीकरणले तलदेखि माथिसम्म प्रभाव पारिसक्यो /नेताहरुले चाहेर पनि तेस्ता व्यक्तिहरुबाट उम्किन सकेका छैनन् /या त राजनीति नै छोड्नुपर्यो या त उनीहरुको सहयोग नलिई सुखै छैन /अनि अर्को कुरा नेपालमा कसलाई सत्तामा पुर्याउने भन्ने कुरा नेपाल बाहिरबाट योजना तर्जुमा हुने कुरा त घाम जत्तिकै छर्लंग छ ,मात्र रह्यो चुनावी औपचारिकताको कुरा /र अन्तमा नेताहरुले राजनीतिलाई कमाउने पेशा नबनाई समाज र देश सेवाको रुपमा नलिदा सम्म चुनाव भएर वा नभएर केहि हुनेवाला देखिदैन /

    Reply
  30. resham says:
    April 1, 2013 at 7:33 am

    खोइ चुनाबै नहोला जस्तो देखिन्छ / के को भोट हाल्नु? तर चुनाब भएर भोट हाले अवस्था आयो भने यो खुइले बुडा नेताहरु सबैलाई हटाएर युवा र केहि गरौ भन्ने खालका युवा जमातलाई भोट दिने कि भन्ने विचार छ /

    Reply
  31. SURENDRA hongkong says:
    April 1, 2013 at 7:28 am

    यी मुल साग हरु यौटै सिक्क को दुइ पाटा हुन् र हिजो का नेता ले जे जे गर भन्छन यिन ले त्यो भन्दा बढ्ता गर्ने अधिकार नै न भएको ले चुनाब हिजो पनि चाहेका थिएनन् र भोलि पनि सम्भब होला जस्तो लाग्दैन /

    Reply
  32. chiranjibi gautam says:
    April 1, 2013 at 6:47 am

    सबैले
    Kangreshlai vote हाल्ने किनभने uml र माओबादीको वोते

    कांग्रेश ५०%
    Uml २०%
    माओबादी २०
    अन्य १०%
    तेसैले कांग्रेशको बादी चान्स वयेकोले एस्लैनै वोते

    दिनु पर्चा

    Reply
    1. अनोज शाक्य says:
      April 1, 2013 at 3:46 pm

      काङ्रेसले त अब कुनै पनि हालतमा जित्दैन । यो अहिलेको समस्याको सिर्जनाको मुख्य कारणनै काङ्रेस थियो । पृथ्वी नै ध्वस्त हुने प्रलय हुने भए पनि काङ्रेसले जित्दैन ।

      Reply
  33. प्रवेश says:
    April 1, 2013 at 6:42 am

    नमस्ते स्याटेलाइट जी,

    तपाइको यो लेख सम्पूर्ण नेपाली दाजु,भाई,दिदी,बहिनी जति पनि चुनाबमा होमीएका नेपालीहरु,गाऊ,बस्ति -बस्ति शहर बजार सम्मा पुरयाऊनु अति आबसेक लेख देखियो,तर जन्ताहरु ले के कुरा बुज्नुपर्छ भने जब सम्मा नेपालमा २ पार्टी हुन्न तब सम्मा चुनाबमा भोट हाल्न नजाने निर्णय गर्नु पर्छ ,गल्ति के देखिन्छ भने जतिपनि बेक्ति बिशेसको पार्टी दर्ता हुनु नै नेपालीहरुले दुख पाऊनु हो सियो को टुप्पो आकारको हाम्रो देश नेपालमा ७४ ओटा पार्टी हुनु भनेको बिदेशीहरुको लागि सगरमाथा हुनु जस्तो हो |

    प्रवेश योञ्जन मकवानपुर्

    Reply
  34. Prakash Sharma says:
    April 1, 2013 at 6:12 am

    satellite ब्रो ले माओबादी को भक्ति देखाई हाल्यौ है अनि त्यो १४ हजार जनता को रगत अनि लडाकु क्याम्प मा भएको करोडौ को hisab किताब चै कहिले पनि नमाग्ने हो कि कसो अनि माओबादी ले पनि एमाले कांग्रेस भन्दा के नै फरक गर्यो र, फेरी रामहरी श्रेष्ठ हरुको मृत्यु बिर्सियो को कसो लेखक ले, अनि अर्काको बुडी bhagaune महान नेता को महान chhora हरु लै चाई के भन्छौ नि लेखक महोदय..भयो… यस्तै हल्का बामपन्थी झुकाब ले अस्ति को चुनाब मा झुक्यौऔ अब सक्दैनौ …अब धन युध को लेखा जोखा हुन्छ कसैले भ्रम बाडेर सकिन्दैन हजुर

    Reply
  35. SANTOSH1 says:
    April 1, 2013 at 6:07 am

    अहिले को सबै भन्दा राम्रो पार्टी भनेको एमाले हो जस्तो लाग्छ मलाई. मलाई था भए अनुसार ३-४ चोटी मात्र सत्ता मा पुगेको छ एमाले तरपनि केहि न केहि राम्रो काम गरेर देखेएको छ.. पहिलाको 9 महिने कर्येकाल मा पनि धेरै राम्रो गरेको थिओ …एमाले लै बहुमत ले जितायो भने देश १ स्टेप अगाडी बढ्छ.. माओबादी लै जितायो भने १ स्टेप घट्छ अनि कांग्रेस लै जितायो भने जहि को तेही.

    Reply
  36. jeevan verma says:
    April 1, 2013 at 5:44 am

    नेपाली कांग्रेस पार्टी नै होइन यो त कोइराला एंड कम्पनी ( मान्छे बस्ने पाटी ) हो | कहिँ नभएको जात्र हाडी गाउमा भने जस्तो नेपाली कांग्रेस लाई के हेरेर जिताउने | २० बर्से साशन कालमा भ्रस्टाचार भन्दा के गरो नेपाली कांग्रेस ले जनता ल लागि ?

    Reply
  37. Prakash says:
    April 1, 2013 at 5:29 am

    लेख एकदम राम्रो हो तर अन्तिम मा गएर माहोबदी लाइ भोट माग्नु भो नि लेखक ले

    Reply
  38. sushi says:
    April 1, 2013 at 5:16 am

    गुण्डै गुण्डाको झुण्ड बाट को अलि सज्जन गुण्डा होला त्यसैलाई चुनाब मा जितौना पर्ला /

    Reply
  39. ryan says:
    April 1, 2013 at 5:15 am

    अहिले को चुनाव ले देश र जनताका चुनौतिहरु चिन्न सकोस

    Reply
  40. Shardul says:
    April 1, 2013 at 5:11 am

    महत्वपूर्ण कुरा के पनि हो भने यस्तो खराब विकल्प बाट पनि कसरि राम्रा नीति-निर्माता लै चुन्न सकिन्छ | त्यसका लागि जनता मा चेतना आउनु पर्ने हुन्छ | उमेद्वार हरु घर दैलो मा वोट माग्न आउदा प्रश्न गर्न जरुरि छ | चुनाव को बेला मा जस्तो भोज भतेर गरेर निर्वाचन जित्चन हाम्रा नेता हरु| कोइ भने जनता लै प्रभाव मा पर्न मोटर गाडी बाद्छन | आखिर यो कैले सम्म | अनि जनता ले चै त्यस्तै नेता किन चुन्चन त? त्यसैले प्रश्न गर्न सक्नु पर्यो | कार्यकर्ता भएर हिड्नु भन्दा आफ्नो र साफ्नो सन्तान को भविस्य कसले सुरक्षित गर्न सक्छ त्यता तिर ध्यान दिनु पर्यो | credibility check गर्न सक्नु पर्यो| के मेरा local candidate हरु क कति पढेलेखेका छन् | अरु candidate भन्दा किन यो व्यक्ति लै मैले चुन्ने | अब को ५ वर्ष को लागि यो मान्छे ले के के गर्न सक्ने रहेछ त ? यो मान्छे संग के के तयारी छ | यस्ता यावत प्रश्न गरेर मात्रै आफ्नो उमेद्वार छान्नु होला ताकि भविस्य मा नेता लै दोस दिनु न परोस |

    Reply
  41. Ram Bahadur says:
    April 1, 2013 at 5:03 am

    बैद्य समुहले चुनावमा भाग नलिएकै राम्रो हो| यता न उताका|
    यसपालाको चुनावमा माओवादीले ठिक्कको बहुमत पाए राम्रो हो| मधेसीदलहरुसंग सम्झौता गर्न पर्यो भने बबाल हुन्छ फेरी| मधेसीदल हरु पनि अरुजस्तै केवल नेता केन्द्रित छन्, मधेसका गरिब र दलितको शोषण गर्ने हुन, सेवा गर्ने होइन| हिज बाबुरामको मन्त्रि मण्डलमा मधेसी नेताहरुको वाहुल्यले जे स्थिति पैदा गर्यो त्यही दोहोरिन्छ|
    माओवादीले पनि केहि लछार्छ भन्ने त् होइन तर एमांग्रेस, राजावादी र मधेसी दलहरु देखि
    दिक्क र वाक्क छन् जनता| झलनाथ, माधव नेपाल, प्रदिप नेपाल, शंकर र इश्वर पोख्रेल दाजुभाई, ज्ञवाली दाजुभाइ, रघु पन्त, भिम रावल, बामदेव, हाम्देव, आदि नेताहरुले पार्टी बाट मात्र होइन राजनीति बाट जति सक्दो सन्यास लिएको उति भलो हुन्छ देशलाई| सुजाता, सुशील, मिनेन्द्र, देउबा, महत दाजु भाई, अर्जुन नर्सिङ्ग, आदि खिया परेका कांग्रेसीहरुले पनि सन्यास लिए राम्रो हो| माओवादीमा हिसिला म्याडमलाई पनि राजनीति बाट धेरै टाडा राखे राम्रो हुने हो| नारायण काजी ले पनि अब चुनाव लड्ने हिम्मत गर्दैनन्|
    मुख्य कुरो देशलाई कसरि निकास दिने हो भन्ने हो|

    Reply
  42. sushi says:
    April 1, 2013 at 4:12 am

    अब दिन आएको छ नेपाली जनता को हात मा निर्धक्क भएर चुनाब मा भाग लिई यी पुराना र भ्रस्ट पार्टी तथा नेता हरु लाई बहुमत ले हराई यिनलाई पत्तासाफ गराई सहि र सिधान्त मा अडिग पार्टी लाई जिताई यस बाट मुक्ति पाउने प्रयास गर्नु पर्छ / हिजो का गुन्डा नेताहरुको छोराहरुको खबर पत्र पत्रिका छापिन्छ त्यो पनि फोटो सहित मानौ उ आज को नव राज कुमार झैँ अनि उ पनि राजकुमार झैँ हिड्छ काठमाडौँ का गल्लिहरु मा / प्रिय नेपाली दाजु भाई दिदि बहिनिहरु मा अनुरोध के भने आफ्नो स्व बिबेक प्रयोग गरि यस्ता गुन्डा भ्रस्ट नेताहरु लाई
    हराउ / धन्यवाद.

    Reply
  43. Gaurab Nepali "Oodaaseen" says:
    April 1, 2013 at 3:13 am

    बैद्य बा र मईलादा को मिलन बिन्दु को चौतारीमा नपुगेसम्म निकाश ननिस्कने भैसकेको अबस्थामा ( अशफल चार राजा ) को फेरि फेरो समाउनु भनेको भड्खालोमा पुगेको देशलाई भास्नु मात्रको काम बाँकि हो ! यो चुनाबले त कथ्मंदौको मान्छेलाई चितौन जान पनि सेतो खैरो पासपोर्टको धनि बनाउने उध्हम परियोजना हो जस्तो लाग्छ ! खैर, चार पार्टी कौ एक मध्ये एक पार्टीलाई बहुमत आउन जनतालाई जाँगर पनि त चल्नु पर्यो ! केहि सिमित नेता र कार्य कर्तालाई जागिर ख्वाउने चुनाब भन्दा त,,,

    Reply
  44. वनमाली says:
    April 1, 2013 at 3:11 am

    अब एउटै उपाय छ-राजनीति पार्टीहरुलाई “सबै मिलेर दुइटा पार्टीमात्र बनेर चुनावमा आऊ” भन्ने अनि एउटाले बहुमत ल्याएर सरकार बनाउँने अर्काले प्रतिपक्षको भूमिका निभाउँने।वर्षामा च्याउ उम्रे झैं उम्रेका पार्टीलाई “पशुपतिका बाँदरलाई” कनिका छरे जस्तै भोट छरेर केही हुनेवाला छैन।हामीले अझै पनि यही परम्परावादी चुनावमा भोट हाल्यौं भने नेपालमा सय वर्षमा पनि केही हुनेवाला छैन तर दुइ पार्टीमात्र(कुनै पनि होस्) शक्तिशाली बनायौं भने पाँच वर्षमा देशले विकासको द्रूततर गति लिन सक्छ।सबैलाई चेतना भया!!!!

    Reply
    1. Sam Sharma says:
      April 1, 2013 at 8:49 am

      ठिक भन्नुभो / नेपालमा पनि सच्चा “बाम” पार्टी र “इतर-बाम” पार्टीको सिद्दान्त अनुरुप (जस्तै अमेरिकामा “रिपब्लिकन” र “डेमोक्र्याट” ले दुइ प्रमूख पार्टीको भूमिका निभाइरहेकाछन्) दुइ प्रमुख दल आफ्नो नारा र घोशणापत्र लिएर चुनाव लडे जनतालाई भोट दिने निर्णय गर्न सजिलो हुनेथियो / तर, यो भन्दा महत्वपूर्ण कुरा राष्ट्रपतीले सबै पार्टीहरुलाई मिलाएर चुनाव गराउनुपर्छ, अन्यथा भविष्यमा स्थिति नराम्रो हुन सक्छ /

      Reply
  45. Mahesh Dhakal says:
    April 1, 2013 at 3:07 am

    मैले देखेको सबै भन्दा राम्रो त , प्रत्येक निर्वाचन क्षेत्र बाट स्वतन्त्र, योग्य र इमान्दार उम्मेदवार लाई उठाउन सकियो भने र सबै नेपालीले बिस्वाश गर्ने ‘मह’ जोडी लगायत अरु केहि लोकप्रिय ब्येक्ति हरुले उनीहरुको पछ्य मा जनबिस्वास जगाउने जस्ता खालका चुनाबी कार्य क्रम गर्न सकियो भने मेरो बिचारमा धेरै स्वतन्त्र नेपाली हरु र गरि खाने वर्ग हरुले साथ् दिने थिए. येसबाट केहि हद सम्म भए पनि, बर्षौ देखि देश लुट्न पल्केका लोभी पापी र भ्रष्ट हरुको जमात लै केहि न केहि धक्का पुग्ने थियो होला | तर अब गर्ने कसले ! कोहि न कोहि अगाडी आउनु पर्यो साथ् दिन जनता तयार छन् जस्तो लाग्छ |

    Reply
  46. Ram Thapa Magar says:
    April 1, 2013 at 2:45 am

    क्यास माओबादि,कांग्रेस,एमाले,मधेशी मोर्चालाई फेरि पनि भोट दिएर देशलाई बन्धक बनाउनु हुदैन/यिनीहरुका सबै छाला,ढाला घाम झैँ छर्लंग छ/अब देशको एकता र अखण्डताको लागि चित्र बहादुर केसीले नेतृत्व गरेको जन मोर्चा र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाइ सरकार र प्रमुख प्रतिपक्षमा पु-याउनु बुद्धिमानी हुने छ/अन्यथा देश त गयो जातीय,धार्मिक दंगामा र चिरा चिरामा/

    Reply
  47. Fugyaljen sherpa says:
    April 1, 2013 at 2:35 am

    सबै देशभक्त दाजयु भाई,दिदि बाहिनीहरु भोट दिनु भनदा पहिला र नेताहरु पाछि लागनु भनदा पाहिला माथीको लेख एक पटक पढ़ौ। किनभने यो लेखले सहि कुरा लेखेकोछ।

    Reply
  48. madan bajracharya says:
    April 1, 2013 at 2:32 am

    निर्वाचनमा उठ्ने नपर्ने; निर्वाचनमा हारे पनि केहि फरक नपर्ने; आफुलाई भोट नदिनेलाई अल्पमतमा पार्न पटक पटक नागरिकता वितरण टोलि घर दैलो सम्मै पुग्दा पनि आफुलाई नेपालको नागरिक भयको कुनै प्रमाण पेस गर्न नसक्ने ६९ लाखबिहरिहरुलाई मतदान गर्न दिने ब्यबस्था मिलायर गरिन लागेको यो निर्वाचनको अर्थ के छ र “कुख्याते” हरुको कोठे निर्णय र सहमतिमै मात्र ठप्पा लगाउनको निमित किन चाहियो निर्वाचित सभा बा सदन?

    जनप्रतिनिधिनै निर्णय गरेर संबिधान र सरकार बन्ने भय पो निर्वाचनको अर्थ रहन्छ/ जुन निर्वाचित सदन बा सभामा निर्वाचित सभासदहरुलाई अल्पमतमा पार्ने गरि नेताहरुले जनताले अनुहार समेत हेर्न नचाहेका “कुख्यात” हरु दलका नेताहरुको भागबण्डामा सांसद र सभासद मात्रै होईन मन्त्रि बा प्रधान मन्त्रि समेत बन्छ र जहा ईनै नेताहरुको कोठे ओठे निर्णय मात्रै सदर हुन् सक्छ तेस्तो निर्वाचित सदन बा सभा नबनेमा देस र जनतालाई केहि फरक पर्दैन फरक ईनै “कुख्यात” हरुलाई मात्र पर्छ/

    पौराणिक दन्त्यकथाहरुमा फलाना दानव को प्राण अन्त कतै हुने भय जस्तै ई निर्वाचित सदन बा सभा “कुख्यात” हरुकोले आफुहरु नेता भयको “स्वघोसना र स्वभिशेक” लाई सदर तथा बैधानिक बनाउन मात्रै ईनिहरुले संबिधान सभाको निर्वाचन गर्न खोजेको हो; संबिधान सभामा जननिर्वाचित सभासदहरुलाई संबिधान बनाउन दिनको निमित संबिधान सभाको निर्वाचन गर्न खोजेको थियन होईन भन्ने कुरा त् अघिल्लो संबिधान सभाले नै प्रमाणित गरेकोछ/

    अहिले बन्ने संबिधान सभाले पनि संबिधान आफै बनाउन दिंदैन/ संबिधान त् ईनिहरुले कुनै कोठा बा होटेलको रिसोर्तमै बनाउँछ बा बिदेशमा विदेशीले बिदेशी भाषामा लेखेको संविधानलाई नेपाली भाषामा उल्ताउन्छ र संबिधान सभा भित्र ल्यायर सभासदहरुलाई गधा; खच्चड र घोडालाई जस्तै व्हिप जारि गरेर सदर गर्न लगाउँछ त्यो पनि बिना प्रतिबाद बिना बहस र बिना मतदान!!!!/

    जनताको मत बात चुनेका जनप्रतिनिधिहरु अल्पमतमा हुने/ जनप्रतिनिधिहरुले स्वबिबेक र जनताको चाहना अनुशार मत दिन नपाउने गधा खच्चड र घोडाले जस्तै ई नेताहरुको “व्हिप” मानेर चल्नु पर्ने थलोलाई सदन सभा होईन गधा खच्चड र घोडाको तबेला भनेमा फरक पर्दैन/ सांसद सभासदलाई आफ्ना मालिकको इसारामा चल्न बिबस बनाउन व्हिप मार्ने कुख्यातेहरुलाई नेता होईन “सईस” भन्नु पर्छ/ “सईस” गधा खच्चड र घोडाको मालिक हुँदैन कसैको नोकर हुन्छ भन्ने कुराको ज्वलन्त प्रमाण पनि ईनिहरुनै हुन्/

    Reply
  49. Ishwari says:
    April 1, 2013 at 1:26 am

    जातीयताको नारा दिएर देश भाँड्नेलाई नेपाली एकताको झापड दिने सहि समय हो आगामी चुनाब !

    Reply
  50. Shyam says:
    April 1, 2013 at 12:43 am

    नेपालमा यस्तो दललाई भोट दिनु पर्छ जसले नेपाल बन्दलाई सधै बन्द गरोस !!!!!!
    कुनै त्यतो दल छ ???

    श्याम गिरी
    हाल _अमेरिका

    Reply
  51. Chiranjivi Khanal says:
    April 1, 2013 at 12:28 am

    यो लेख राम्रो लग्यो || सबै ले माओबादी समर्थित लेख भन्लान तर कुरा एकदम ठिक लेखेका छन् Satellite ब्रो ले || यो चुनाब मा माओबादी लाइ नै जितौना पर्छ || २/३ बहुमत ल्याएर नत्र उही हो फेरि देश को ताल, यता न उता हात मा जुत्ता………….तर साथी हरु जसलाई जितायेपानी नजिताए पनि, एमाले लाइ चाही भरि बहुमत ले हराउन पर्छ || एमाले लाइ त पत्ता साफ पर्न पर्छ अब आउने चुनाब मा || एमाले ले हो सब भन्दा घाँडो || येही पार्टी ले गर्दा नै हो देश डुब्न लागेको || जसले माने पनि नमाने पनि एमाले लाइ अधिकतम जनता ले मन परौदैनन ||

    Reply
  52. Shanker says:
    April 1, 2013 at 12:24 am

    नया काम गर्ने हो भने आइले नै गरौ | मौका येही नै हो| नया विचार छ भने आइले नै पूखौ | संसार मा परिबर्तन आउने येस्तै बेला मा हो | नेपाली जनता को माज बाट कोइ निस्कौ | म त भन्छु यो ठुलो मौका हो परिबर्तन लाउने

    Reply
    1. prakash says:
      April 1, 2013 at 10:25 am

      दिमाग लगा पासा दिमाग ……. बुझ्नेको पालो हो आइले कुनै पार्टी को नेता को होइन …… जनता सबै पार्टी बाट दिक्क भैसके | संसार भरि नया नेता जन्मिने बेला येही हो | देश लै बिकाश गर्ने नेता | कति एसले येसो गरो उसो गरो भन्छु | समर्थ छ भने तिमि नै कै गर …… ठुलो मौका

      Reply
  53. Abhinav says:
    April 1, 2013 at 12:11 am

    स्वतन्त्र नेपाली बनम ,” पाटिंग्रे ” नबनम
    गर्वका साथ् भनम , म ” पाटिंग्रे ” होइन

    मात्र स्वतन्त्र र इमान्दार उमेद्वार लाइ भोट दिउ
    भुस्या लाइ भुस्या भन्नि बानीपारम ,
    भुस्या -घुस्या हरुको बहिस्कार गरम
    NO MORE THESE ROTTEN APPLES
    NO MORE THESE ROTTEN APPLES

    Reply
  54. krishna nepal says:
    March 31, 2013 at 11:58 pm

    लेख सान्धर्भिक छ तर अन्तिममा गएर ” अहिलेसम्म माओवादीले आफ्ना एजेण्डाहरु लागु गर्न सफल भएको र कार्यकर्ताहरुपनी जुझारु भएकोले माओवादी अरुभन्दा अगाडी देखिन्छ ” भनेर लेख्नु चाहि अलि मिलेन कि ? शक्तिखोरको
    भिडिओ र हाल सम्म को क्रियाकलाप को लेखाजोखा गर्ने हो भने इनिहरुको ठाउँ जेलमा मात्र छ /

    Reply
  55. kris says:
    March 31, 2013 at 11:33 pm

    लेख मन पर्यो बस्ताब मा चाहिएको येही हो तर नेपाली को बारेमा गणेश मन भन्नु भएकै ६अ क भन्नु

    Reply
  56. शशांक लामा, न्युयोर्क says:
    March 31, 2013 at 11:28 pm

    स्याटलाइटले गतिलो कुरो उठाएका छन्! मैले पनि बाराम्बार भन्दै आएको छु :हामीसंग विकल्प ठ्याम्मै छैन,नराम्रो मध्ये एउटा राम्रो दललाई गतिलो भोट दिई सुझबुझ प्रदर्शन गर्ने बेला भैसक्यो| मेरो आफन्त फलानो पार्टिमा छ भनेर होइन कि त्यस पार्टिले लिएको नीतिलाइ हेरेर भोट दिने बेला आइसक्यो| नेपालका शासक र नेताहरु सबै नै भ्रष्टाचारिमा दरीएको कुरा अब घाम झैं छर्लंग छ| स्वच्छ छवी त नखोजे भयो, बरु भ्रष्टाचार गरेपनि काम गर्नेलाइ चाहिँ
    हामीले जिताउनु पर्ला! बिकल्पै नभए पछि क्यार्ने त ?! पशुपतिनाथले देश बचाउने होइन क्यारे! गाली पनि अब कति गर्नु ? वाक्कै पो भैयो त !

    Reply
  57. abhaya says:
    March 31, 2013 at 10:48 pm

    १००% काँग्रेस ले ल्यौछा किन भने , नेपाली काँग्रेस एस्तो पार्टी हो जसले देश को भलो मात्र चाह्यो , केहि भ्रस्ट नेता ले गर्दा काँग्रेस को हरीबीजोग भएको हो . आब येदि जनताले राम्रो उमेद्वार चाहन्छ भने प्रत्येक क्षेत्र बाट स्वोतन्त्र उमेद्वार पनि उठाउनु पर्छ, लेखक ज्यु ले भन्नु भएको अनुसार कुनै choice छैन भनेर .किन छैन choice ? स्वोतन्त्र candidate लाइ सबै ठाउ बाट उठाएर जिताएर पठाउनु पर्छ अनि मात्र पार्टी हरु को सेखी झर्छ ,अनि यिनीहरुले पनि कुनै पार्टी को झन्डा उठाउन थाल्यो भने चाही गोलि हान्नु पर्छ सबै नेपाली मिलेर ,अनि मात्र देशले काँचुली फेर्न सक्छ भन्ने हाम्लाई लागिरहेको छ………उमेद्वार योङ्ग हुनुपर्छ ..मर्न लागेको budha हरु होइन .

    Reply
    1. jeevan verma says:
      April 1, 2013 at 5:42 am

      नेपाली कांग्रेस पार्टी नै होइन यो त कोइराला एंड कम्पनी ( मान्छे बस्ने पाटी ) हो | कहिँ नभएको जात्र हाडी गुना भने जस्तो नेपाली कांग्रेस लाई के हेरेर जिनौने | २० बर्से साशन कालमा भ्रस्टाचार भन्दा के गोरो नेपाली कांग्रेस ले ?

      Reply
    2. suman p says:
      April 1, 2013 at 8:07 am

      १००% त उल्टो बाट मात्रै कांग्रेस ले ल्या उछ, कांग्रेसी त गणेशमान र कृष्ण प्रशाद जस्ता निस्वार्थी लाई लात हान्ने पार्टी पो हो , २० बर्ष सत्तामा बसेर के गर्यो कांग्रेश ले ? RNAC को कुरै छादू साझा बस को थोत्रो बस र ट्रली बसको तार सम्म पनि बाकी राखे न,माओ बादी लाई कसले जन्मायो ? कांग्रेस ले जन्मायो, १७००० नेपाली कसरि मर्यो ? ६२०० माओ बाद ले मार्यो बाकी १०८०० गिरिजा र शेर बहादुरको सरकारले मार्यो.
      म कुनै बादी पनि हैन है तर सत्य बादी हु र गर्छु भन्ने लाई भन्दा आफ्नू आखा अगाडी गरि देखाउने लाई भॊत दिने हो , चाहे NC , चाहे MAO , UML या कमल थापा . पार्टी लाई वोते
      १ दिन्न २ दिन्न ३ दिन्न तर राम्रो बेक्ती र काम गर्ने लाई मात्र दिन्छु , त्यो पनि नपाए भोटनै दिन्न लौ जा,

      Reply
      1. madan bajracharya says:
        April 1, 2013 at 9:40 am

        हामीले भोट नदिय हाम्रो नाममा अरुलेनै भोट दिनेछ/ गिरिजाको मध्यावधि चुनावमा मैले पनि मेरो भोट कसैलाई नदिने भनेर बसेको थिय/ तर पूल्लिंग एजेन्ट बनेका कुनै मित्रले मेरो नाममा अरुले भोट दिन आयको र रोक्न खोज्दा रोक्न नसकेको मलाई खवर गरे पछि मैले पनि यक जना स्वर्गे भैसकेको ८० बर्षको नाममा मत खसाल्न मतदान केन्द्र पुगे/ मलाई मेरो नाममा अर्कैलाई भोट दिन लगाउने दलका पूलिंग एजेन्टले मत दिन बात रोक्न खोजे; तर सकेन/ मैले पनि अरुकै नाम बात मत खसालेर कमसेकम मेरो मत गलत ठाहुमा खसेकोमा न्युत्रलाईज गरे/ मत नदिने नै हो भने मत गोजीमा राखेर पर्खनु पर्छ/ गलत व्यक्तिलाई मतदान गराउनमा पूलिंग एजेन्ट बनेकाकै भूमिका बढी हुन्छ/

        Reply
  58. Abhinav says:
    March 31, 2013 at 10:45 pm

    श्रीमतीले भनको सहि र गलत नछुट्टाएर जसो पनि आँखा चिम्लिएर मान्नेलाई “जोइटिंग्रे ” भंनिन्छ भनी यिनी असफल पार्टीका फ्लोप नेताभक्त हरुलाई ” पाटिंग्रे ” भंनिन्छ
    यिनी ” पाटिंग्रे ” हरुले खुरु- खुरु यिनै भुस्या नेतालाई नजिताउलान भन्नेकुरामा कुनै शंका छैन तेसैले जब सम्म यिनी ” पाटिंग्रे ” हरुको होश खुल्दैन तबसम्म देशले निकास पाउन्दैन
    ” पाटिंग्रे ” हरु होशगर

    Reply
  59. murari says:
    March 31, 2013 at 10:38 pm

    फेरि पनि तिनै टाउकेहरु चुनाब मा भाग नलियिकन चोरबाटो बाट फेरि पनि संसद मा प्रवेश गर्नेनै छन्/ यो चोरबाटो हुन्जेल जनताको vote को केहि मतलब छैन/ यो चुनाब भनेको नखाऊ भने दिनभरी को सिकार खाऊ भने कान्छा बाउ को अनुवार हुनेछ/ चुनाबमा vote नहाले बैध्य जस्ता नालायकलाई support गरे जस्तो हुने अनि vote हाल्न गए vote हाल्ने मन नै छैन / किन भने राम्रो मान्छे भनेर vote हाल्यो उही फटाहा भएर निस्कंछा अनि वोट हालेको मान्छे राम्रो नै भए पनि समनुपातिक भन्ने चोरबाटो बाट चोर नेता हरु संसद मा उम्कने/उही टाउके नेता उठे भने जनतले पुरानो टाउके नेतालाई हराउन उसको अगेन्स्ट मा उठ्ने जो सुकै लै जितौना vote हाल्ने छन् जस्तो लाग्छा/ तेसैले पनि यसपाली चुनाब भयो भने पनि कुनै पनि टाउके नेताले चुनाब उठ्ने हिम्मत गर्ला जस्तो त लाग्दैन खासै जे गरे पनि सुख छैन नेपाली जनतालाई/ यो चुनाब भनेको कागलाई बेल पाक्यो हर्ष न बिस्मात हो / यो चुनाब भनेको पार्टी का कार्य कर्ता को लागि दशैं भन्दा फरक केहि होइन है मेरो बिचारमा/

    Reply
  60. Ravi says:
    March 31, 2013 at 9:52 pm

    सहि सोच तर कहिले होला र त्यस्तो लाग्छ | आशा मार्नु हुदैन |
    शुभकामना

    Reply
  61. पुष्प says:
    March 31, 2013 at 9:51 pm

    लिंग नछुट्टिएको भनिने दल सिफारिह गर्नुभएको त होइन स्याटेलाइटजी ? कि कमल थापा एण्ड कम्पनीलाई हो ? अनि माओवादीलाई अराजक (कमसे कम अहिलेको अवस्थामा आइपुगेर) देख्ने दृष्टि कहाँ बाट पाउनुभो ?

    Reply
  62. विष्णु says:
    March 31, 2013 at 9:50 pm

    देशको मायाले ओतप्रोत तथा सकारात्मक भावले भरिपूर्ण राम्रो लेखको लागि धन्यवाद। नकारात्मक चिन्तन र निराशा नै हाम्रो ठूलो रोग हो। यसरी नै सबैले सकारात्मक भई सोच्न सकौं, सोच्न सिकौं।

    Reply
  63. panta says:
    March 31, 2013 at 9:08 pm

    बास्तबमा नेपालमा बहुदल अफाप र असफल भैसक्यो / फेरि चुनाब भै हाल्यो भने पनि कसको बहुमत आउने होइन/ फेरि इतिहास र कथा तेही दोहेरिने हो, संबिधान फेरि बन्दैन / येसैले नेपालमा अमेरिकामा जेस्तो दुई पार्टी सिस्टम ( रिपबलिक र डेमोक्रेटिक) र सक्तिसाली प्रेसिडेन्ट भएको सिस्टम हुने हो भने मात्र देशको विकास गर्ने सकिन्छ / अनि मात्र देशको राजनीति ठिक अबस्थामा आउने छ र साथै देशमा कानूनी राज्य .अमन र सान्ति हुने सम्भावना हुनेछ /

    Reply
  64. shristi shah says:
    March 31, 2013 at 8:51 pm

    कुनै दलले बहुमत ल्यौदैनन्न/येदि ल्याए भने हामीनै भेडो हो भन्ने जाने हुन्छ/हैन यी लुटाहा हरुले ६ वर्ष देश मा शासन गरेर देश लुटे जनताले के पाए???महंगी,बेरोजगार,लोड सेडिंग,रित्तो गाग्री ,असुरक्च्या.बरु हाम्ले यिनै न्यायेधिश लाइ कमसेकम २ वर्ष देश जिम्मा लगाएर देशका बिशिस्ट बुद्दिजिबिहरुले देश चलाएको हेरौ जनता हो/ कति हामी लुडो को गोटी बन्ने र बल्ल बल्ल माथि पुगेर साप को मुखबाट फेरी १ अंकमा झर्ने???? हामी ३ करोड जनताको बुद्दि हुने हो भने न चुनाब को खर्च न फेरी ६०० सभासद लाई तलब भत्ता दिने झन्झट/१२ जना मन्त्रि ले पनि देश चल्ने नै रैछ कि कसो?????? हुन त हरेक १०० जनामा १ जना नेता भएको देश मा एस्तो नेतागिरी भन्दा परको कुरो कसलाई पच्ला र?????

    Reply
    1. araajaak says:
      April 1, 2013 at 6:37 am

      हुन त हुन्थ्यो तर येही नेयाधिस त भारत को गोटी हो भन्छन….. भारत ले नचाहेको भए इनि सरकार प्रमुख हुने वाला चै थिएयेनन

      Reply
  65. Pramesh says:
    March 31, 2013 at 8:34 pm

    लेखको पहिलो र दोस्रो भाग आफैमा विभाजित छ| पहिलोले भन्छ: अहिलेका नेताहरु सबै काम नलाग्ने छन्| दोस्रोले भन्छ: यिनै काम नलाग्नेको एउटा झुण्डलाई अझ शक्तिशाली बनाऊ| यी काम नलाग्ने जति सबैलाई पाखा लगाउ भन्न किन नसकेको हो? हो हामि भेडै हौं|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme