– शङ्करप्रसाद खनाल –
• काठमाडौंकी २३ वर्षीया सिताष्मा (नाम परिवर्तन) ले विवाह गरेको तीन महिनामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो– श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। सम्बन्धविच्छेद गर्ने कारणबारे उनले न्यायाधीशसँग भनेकी थिइन्, ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न सक्दिनँ। अब त सँगै बस्न सक्ने अवस्थै रहेन।’
• गोरखा घर भए पनि सुरक्षा निकायमा अधिकृतस्तरको श्रीमान् पाउँदा काठमाडौंकी हरिसा (नाम परिवर्तत) खुसी नै थिइन्। घरमा नयाँ सदस्यको रूपमा छोरी जन्मिँदा पनि परिवारमा कुनै समस्या थिएन। जब हरिसाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा राम्रो जागिर पाइन्। त्यसपछि उनको श्रीमान्को भन्दा धेरै तलब हुन थाल्यो। घरका सामानहरू किन्दा श्रीमान्–श्रीमतीबीच झगडा नै हुन थाल्यो। उनीहरूको यो झगडा कहिल्यै जोडिन नसक्ने गरी सम्बन्धविच्छेदमा गएर टुङ्गियो।
जिल्ला अदालत काठमाडौंबाट भएका यी दुईवटै सम्बन्धविच्छेदको प्रत्यक्ष साक्षी बनेकी थिइन्– अधिवक्ता पुन्यशिला दवाडी। महिलालाई निःशुल्क रूपमा कानुनी सहायता दिइरहेको ललितपुरको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की कानुन अधिकृत दवाडीका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्न कुनै ठूलो इस्यु नै चाहिँदैन। नयाँ पुस्ताका युवायुवतीले समाधान हुने सामान्य खालका कुरामा मिल्न नसकेर सम्बन्धविच्छेद गरिरहेका छन्। उनी सम्बन्धविच्छेदका कारणबारे भन्छिन्, ‘पहिलो कारण महिलामा आएको चेतनास्तर हो। उनीहरू आफ्ना अधिकारबारे सचेत भएका छन्। दोस्रो कारण श्रीमान्–श्रीमतीबीचको ‘इगो’को समस्या हो भने अर्को कारण घरेलु हिंसा हो।’
सिताष्मा र हरिसा त प्रतिनिधि महिला मात्र हुन्। पछिल्लो समय देशैभरि दाम्पत्यजीवनमा बेमौसममा पहिरो गएझैं ठूलो सङ्ख्यामा सम्बन्धविच्छेदका घटना बढेका छन्। विगत पाँच वर्षको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने अहिले झन्डै दोब्बर छ। आर्थिक वर्ष ०६३/६४ मा देशभर तीन हजार आठ सय १९ सम्बन्धविच्छेदका मुद्दा रहेकोमा आर्थिक वर्ष ०६८/०६९ मा पुग्दा सात हजार एक सय ५७ पुगेको छ। यो तथ्याङ्कले वर्षेनी साढे नौ प्रतिशतका दरले सम्बन्धविच्छेद बढेको देखाउँछ। त्यसो त देशभरको कुल सम्बन्धविच्छेदको सङ्ख्या काठमाडौंमा एकचौथाइ छ। काठमाडौंमा आर्थिक वर्ष ०६८/६९ मा मात्र एक हजार सात सय ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। यो तथ्याङ्क देशभरको साढे २४ प्रतिशत हो। काठमाडौंमा सम्बन्धविच्छेदको दर हरेक वर्ष साढे १० प्रतिशतले वृद्धि हुँदै गएको छ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार भरत लम्सालका अनुसार अदालतमा हेरचाह गरेन, खान–लगाउन दिइएन, यातना दिए, घरबाट निकालेजस्ता घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गर्न आउनेको सङ्ख्या बढी छ। दुवै पक्षको मञ्जुरी भएर आए आज दर्ता गरिएको मुद्दामा भोलि नै मिलापत्र भएर टुङ्गिने लम्सालले बताए। ‘छिटो सम्बन्धविच्छेद चाहनेले मिलापत्रबाट अंश नै दाबी गर्दैनन्,’ स्रेस्तेदार लम्सालले भने, ‘कतिले त लेनदेनका सबै कुरा मिलाएर पनि छिटो सम्बन्धविच्छेद गर्ने गरेका छन्।’
राष्ट्रिय महिला आयोगमा पनि साउनदेखि यता सम्बन्धविच्छेद गर्न ११ वटा मुद्दा परेका थिए। जसमा दुई जोडी त चिकित्सककै थिए। श्रीमान्–श्रीमती दुवै चिकित्सक भए पनि उनीहरूबीच सामान्य कुरामा विवाद भई आयोगमा उजुरी परेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन्। उनी भन्छिन्, ‘श्रीमान्–श्रीमतीबीच यति ठूलो अविश्वासको खाडल बढेको छ कि साना–साना कुरा पनि सम्बन्धविच्छेदको स्तरमा गएर टुङ्गिने गरेका छन्।’ उनको बुझाइमा घरको नेतृत्व कसको हुने, वैदेशिक रोजगार र सम्पत्तिमा स्वामित्वको दाबीजस्ता कुराले सम्बन्धमा दरार ल्याइरहेको छ।
परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन होस् वा सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्धविच्छेदको सङ्ख्या बढ्दै गएको छ। केही वर्षअघिसम्म सम्बन्धविच्छेद अर्थात् पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्धविच्छेद गर्नुलाई सामान्य ढङ्गले हेर्न थालेको छ। सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ। हरेक वर्ष सयौँको सङ्ख्यामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढिरहेको तथ्याङ्कले नेपाली समाजको बदलिँदो अवस्थाको चित्रण गर्दछ।
नेपालको कानुनअनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बसेको अवस्थामा सम्बन्धविच्छेद गर्न पाउँछ। यस्तै लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा पनि सम्बन्धविच्छेद गर्न सकिने कानुनी प्रावधान छ। स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पनि स्वास्नीसित लोग्नेले सम्बन्धविच्छेद गर्न पाउँछ।
यस्तै, व्यवस्था महिलाका लागि पनि छ। लोग्नेले अर्की स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान, लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बसेको अवस्थामा महिलाले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ। स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा वा लोग्ने नपुङ्सक हुने भएमा पनि सम्बन्धविच्छेद हुन सक्छ। यसबाहेक दुवै थरीको मञ्जुरी भएमा लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद गर्न सकिने प्रावधान कानुनमा छ।
सम्बन्धविच्छेदका लागि कानुनमा महिलालाई केही प्राथमिकता दिएको देखिए पनि व्यवहारमा भने पुरुषहरू पहिले सम्बन्धविच्छेदका लागि तयार देखिन्छन्। राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सम्बन्धविच्छेद गर्न चाहने पुरुषको सङ्ख्या ७५ प्रतिशत र महिलाको सङ्ख्या २५ प्रतिशत छ। आयोगमा परेका उजुरीमध्ये ४० प्रतिशत मात्र सम्बन्धविच्छेदको प्रक्रियासम्म पुग्ने गरेका छन्। ६० प्रतिशत मुद्दा मिलापत्रमै टुङ्गिन्छ। यसरी मिलेर गएका मुद्दा पुनः समस्याका रूपमा आउने गरेको आयोगकी प्रवक्ता अन्सारी बताउँछिन्। ‘मानाचामल भराउने सहमति गरेर गएको ६ महिनादेखि दुई वर्षभित्रै सम्बन्धविच्छेद गर्नुपर्यो भन्दै आउँछन्,’ उनले सुनाइन्।
भनिन्छ, लोग्ने–स्वास्नीको सम्बन्ध जुनीजुनीका लागि हो। सम्बन्धविच्छेद हुनुको कारण विविध भए पनि परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन र नाता–सम्बन्ध कायम भएपछि श्रीमान्–श्रीमती सँगै नबस्नु यसका प्रमुख कारण बनेका छन्। समाजमा शिक्षाको स्तर बढेसँगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर बस्न नसक्ने भएकाले पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको विश्लेषण गरिन्छ। समाजशास्त्री गणेश गुरुङ यो कुरा स्वीकार गर्दैनन्। उनी महिलाहरूमा आएको चेतना अभिवृद्धिका कारण पुरुषप्रधान समाजमा दबिएर बसेका महिलाले अधिकार खोजेको बताउँछन्। ‘अबका महिला लोग्नेले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने छैन। आफैँ आत्मनिर्भर भएका महिलाले चेपुवामा परेको कुरा नसहँदा सम्बन्धविच्छेद बढेको हो। यो समाज परिवर्तनको सङ्केत हो,’ गुरुङ भन्छन्।
संचारिका फिचर सेवा
पुरुष र नारी नै आपरिपकता भएको कारण सम्बन्ध बिछेत हुन्छ .
सम्बन्ह्ध बिछेद को प्रमुख कारण नै बिबाह हो !
अब चाही नेपाल बाट arrange marriage सिस्टम बिस्तारै हटाउनु पर्यो ! बिहे गर्नु र बच्चा जन्माउनु बाहेक हामीलाई केहि गर्न औंदैना /
यो पुरुष प्रधान देश नेपालमा आएको नारि चेतनाको संकेत हो ! त्यसमाथि यहाको प्रचलित कथाहरु: जस्तै रामायणको कथा, सतीको कथा, तीजको कथा, स्वस्थानी कथा जस्ता नारी चेताना माथिको मोतीबिन्दुको जालोहरुले नया पुस्ताको चेतनामा प्रभाव पार्न नसक्नु हो !
मानिस लाइ कुनै बेला पिर पर्छ, कुनै बेला हास्नु पर्छ भने कुनै बेला रुनु पर्दछ यस्ता कुरा हरु निस्ठुरी पर्किर्तिले बाध्यता बश अंगाल्नु पर्ने गराउन्छ ,समय परिबर्तन्शिल छ परिबर्तनको येही भुमरीमा मिलन ,बिछोड सुख ,दुख जन्म मरण अनि सम्बन्ध बिच्छेद सबै एक चक्र सरि घुमी रहन्छ समय को बेग लाइ कसैले रोक्न सक्दैन पनि जिन्दगि कुन बिन्दुमा गएर के हुने हो भन्ने थाहा हुन्दैन सबै बिछोड राम्रा हुन् भन्नु कदापी ठिक होइन स्वार्थको लागि नि मानिस हरु सम्बन्ध बिच्छेद गर्छन परिस्थिति हेरेर कुनै पनि हालतमा मिल्न सकिएन सम्बन्ध ले जटिल रुप लिन खोज्यो भने दर्द सास्ती र पिडा सहेर मनले नमानी नमानी कसैको भएर बाच्नु पनि गलत हुन्छ एस्तो स्थितिमा सम्बन्ध बिछोड, नहुनु मामा भन्दा कानो मामा बेश भने जस्तो हुन्छ
नेपालि हतारमा बिहे गर्छन फुर्सदमा पछुताउछन भने पश्चिमा हरु जस्ट उल्टो ! आधुनिक पढे लेखेका मै हु भन्ने महिला हरुको समस्या भनेको घरतिरका आफन्ती गण लाइ सस्कार अनुसार आदर वास्ता गर्न नचाहनु हो , सम्पती आफ्नै नाममा राखी बलियो बन्नु हो, जसले गर्दा मै हु भन्ने हरु र उपल्लो तहका मान्छेहरुमा पनि यो समस्या भुसको आगो जस्तै फैलिराछ/ यो येतीखे राको प्रमुख समस्या हो / झन् बिदेशमा बस्ने जोडी हरुमा यो समस्या बढी छ -आफु कुन सस्कार कुन देस र कुन अबस्था बात आएको भन्ने कुरा पछाडी फर्केर हेर्दैनन् / ईज्जतको डर को कारण नत डिभोर्स नै गर्न सक्छन न सन्तोषले बाच्न! सब भन्दा ठुलो कुरा सन्तोष हो जीबनमा जसरी सन्तोष हुञ्छ त्यो गर्न महिला पुरूस दुबैले पाउनु पर्छ र डिभोर्स लाइ समाजले आफ़न्तॆले सहज रुपमा लिनु पर्छ /
अरु कुरोमा त थाहा छैन- सम्बन्ध बीच्छेद, अनी सेक्समा चाहीं नेपाल छीत्टो बिकाश हुदैछ-
जनचेतना को अन्तिम निस्कर्ष सम्बन्ध सुधार्ने हुनुपर्छ नकि बिगार्ने / श्रीमान श्रीमतीमा सानातिना मनमुटाब हुन्छन तर तेस्को कानुनी समाधान मात्र हुदैन / जनम भरिको लागि सुख दुखमा साथ् दिने जोडीलाई कानुनी परामर्श दिन खोलिएका फर्म हरुले टुक्राउने भन्दा जोड्ने परामर्श दिनुपर्यो / बरु मिलाए बापत जोडी संग पैसा मागे भैहाल्यो नि /
आज कल बिबाह गरेर छुटिनु , पारपाचुके गर्नु धेरै सजिलो छ. मैले सुनेको थिए कि एदी केटा ले पारपाचुके गर्न चाहे मा केटि राजी हुनु पर्ने र केटि राजी नभए पारपाचुके हुदैन भन्ने कुरा सुनेको थिए . एदी केटि ले पारपाचु गर्न चाहे मा केटा राजी नभए पनि पारपाचुके हुन्छा भने को सुने . के यो कुरा सत्य हो? एदी हो भने केटा केटि मा समान अधिकार हुनु पर्छ भने कुरा गलत हो . मैले पनि भागी सके . केटि को नै बढी पावर हुन्छ .
बिकासज्यु/
तपाईंले सुन्नु भयको कुरा सहि हो/महिला अधिकारबादीहरु समानताको नाममा असमान अधिकार खोज्दै आयकोछ/ महिलाहरु माथि कहिँ कतै असमान ब्यबहार हुनुको कारण पनि यहि हो/
यौन चाहना पुरुषमा भन्दा महिलामा बढी हुन्छ भन्ने कुरा बैज्ञानिक सत्यता हो/ सबै महिला शारीरिक् बलमा पुरुस भन्दा कम्जोर हुँदा पनि हुँदैनन्/ तेस्ता महिला बात पुरुष पनि बलत्कृत हुन् सक्छ तर कानुनले महिला बात पुरुष बलात्कृत हुन्छ भन्ने तथ्य मान्दैन/
कयौं महिला आफ्नो लोग्ने अरु सबै कुरामा ठिक भय पनि नाबालक सन्तान छोडेर पोईल गयको सुन्न र देख्नमा आयकै कुरा हो/ तापनि कानुनन पोईल गयकि महिलाले नाबालक सन्तान हुर्काउने जिम्मेवारी बहन गर्न पर्दैन/
महिलाले लोग्नेको र आफ्नो बुबा मुमाको सम्पतिमा अधिकार पाउँछ/ पुरुषले स्वास्नीको सम्पतिमा दावी गर्न नपाउने मात्रै होईन स्वास्नीको स्वीकृति बिना तेस्को उपभोग पनि गर्न पाईदैन/ पुरुषले छोराको हैसियतले बाउको सम्पतिमा अंश माग्ने अधिकार छैन/ बाउले बाजे बात पायको सम्पतिमा मात्रै छोराले अंश दावी गर्न पाउँछ/
महिला आफ्नो लोग्ने छोडेर पोईल गयमा कानुनले दण्ड दिंदैन तर पुरुषले अर्को बिबाह गरे कानुनले जेल राख्छ/ कानुनले कति पटक सम्म कुनै महिला पोईल जान सक्छ भन्ने सिमा तोकेको छैन/ तर कुनै महिलाले फलाना पुरुष उनको श्रीमान हो भनेर प्रमाणित गर्न सकेमा तेस्को सम्पति बात अंश पाउँछ/
नाबालिक महिला सिट यौन सम्भंद राख्ने पुरुषले जेल जानु पर्छ/ तर नाबालिक भयर पनि पुरुष सिट यौन सम्भंद राख्ने महिलाले जेल जानु पर्दैन!!!/
देसको कुनै जिल्लामा महिलाको संख्या बढी पनि हुन् सक्छ/ तापनि सार्वजनिक पदमा महिलाकै निमित अलग्ग सिट आरछ्यन गरियको हुन्छ/ कुनै कुनै कार्यालय बा संस्था मात्र महिलाले महिलाकै निमित मात्रै भनेर संचालन गर्न सक्छ/ तेसो गरेमा उनीहरु माथि लैंगिक भेद भाव गरेको आरोप लाग्दैन/ तर पुरुषले तेस्तो गरे लैंगिक भेदभाव गरेको आरोपमा सजाय भोग्नु पर्ने हुन्छ/
पारसले भने जस्तो बिरेन्द्र ज्ञान्द्र राजा भनेर बिष्णु अबतार भनेर जनता मुर्ख बनाए l अलि प्रजातन्त्र दिना साथ राजा तन्त्र तुक्र्यो l हाम्रो समाजमा लोग्ने भनेको देवता, ज्वाई, भिनाजु भनेको देवता यस्ता बक्म्फुसी फत्ता जुठा विचार प्रचार प्रसारको कारणले पहिले नेपालमा बिच्छेद हुन्न थियो l अहिले नेपालमा नारीले बुझ्न थालको कारणले बिच्छेद बढेको हो l कसैको जाल जेल बस्नु सता बिच्छेद गर्नु अति राम्म्रो काम हो l
परदेशमा नेपालीहरुको बिच्छेद अरु देशको भन्दा बढी हुन्छ l यति याद गर्नुस , नेपाली पुरुष अरु देशको पुरुष भन्दा धेरै छेत्र पछि कम्जोर छ l
सम्बन्ध बिच्छेद बिकसित र आधुनिक समाजको संकेत हो / नेपाल उतै उन्मुख छ / अहिले सम्म माया भन्ने कुरा बाध्यकारी पनि थियो हाम्रो समाज मा / माया नभएको थाहा हुदा दुदै पनि लोग्ने स्वास्नी परिवार र समाज क लागि कस्ठ पूर्ण जीवन बचिदिएका थिए अब बिस्तारि मानिसहरु बास्तबिकता तिर पुग्दै छन् / तेसैले यो राम्रो संकेत हो / माया साची नै माया को रुपमा बाच्न चाहन्छा तेसैले धमिलो माया लाइ दिवोर्स दिनु सकारात्मक हो हरेको को जीवन क लागि .
सहरीकरण हुदै जादा समाज जटिल हुदै जान्छ अनि सम्बन्द बिछेद जस्ता बिकृति मौलौदै जान्छन
जे छ त्यसमा चित्त बुझाउने,अरु संग नदाज्ने, राम्रो काम मा ध्यान दिने, positive thinking राख्ने, compromise गरेर जिन्दगि चलाउने हो भने सबै कुरा को समाधान हुञ्छ.
सम्बन्ध बिच्छेदका मुख्य दोषी नै श्रीमान श्रीमती नै हुन् / असमान बिबाह चाहे त्यो आर्थिक सामाजिक संस्कृतिक राजनैतिक शैक्षिक तथा पारिवारिक नै किन नहोस ले गर्दा श्रीमान र श्रीमती बीच कलह उत्पन्न हुने गर्दछ/ तेसैले बिबाह पूर्व नै केटा केटि बिच समान बिबाहमा जोड गरेमा सम्बन्ध बिच्छेद कम हुन सक्छ/
बिष्णु
शम्बन्ध बिच्छेद लाई राम्रो मान्नु हुदैन तर नेपाल मा वकिल हरु ले आफ्नो स्वार्थ को लागि पनि तेस्तो सल्लाह दिने गर्छन तर तेस मा निर्य आफैले गर्न पर्छ सम्बन्द बिच्छेद गर्दै मा सबै राम्रो र सुखी हुन्छु भन्न्न पनि गलत हो कति पए महिला हरु पहिला सम्बन्द बिच्छेद गर्न तम्सिन्चन अनि पछि तेस मा नि पस्ताचात गरेका छन् हामी ले हेर्दा अमेरिकन life भन्छौ तर तेहा के हुन्छ बच्चा न पायर संगै बस्चन र पछि दिबोर्स गर्छन फेरी अर्को लाई लिएर बस्छन के त्यो राम्रो समाज हो
सम्बन्ध विच्छेद गर्दा अंश दावी नगर्ने र लेनदेन पहिल्यै मिलिसक्यो भनेर भन्नेहरु मैले बुझे सम्म बिदेशिसङ्ग पेपरम्यारिज गरेर विदेश जान गरिने नक्कली वा लोग्ने – स्वास्नीको सहमतिमा भएको सम्वन्ध विच्छेद हो यस कारणले पनि यसको प्रतिशत बढी देखिएको हो /
आत्मनिर्भर भएका महिला होस् या पुरुष एक आपसमा मनमुटाव बढ्दै गए पछि अन्तिममा पारपाचुके गरेर बस्नु राम्रै होला / तर यहाँ लाखौं साधारण महिलाहरु आफ्नो र वालबच्चाको लागि कयौं हण्डर दुख:कष्ट सहेर बसेका छन् /
यो सबै महिला अधिकारबादी भनौदा हरु ले आफ्नु निहित स्वर्थ को लागि महिला हरु लाई उचालेर र छाडा पश्चिमा सस्कृति को देन हो
खै मलाइ त यसमा दोष वकिल हरु को नि लाग्छ . वकिल मुला हरु सकेसम्म सम्बन्ध बिच्छेद नहोस भनेर सम्झाउनु पर्छ नि . मैले एकपटक एउटा वकिल भेटेको थिए सानो काम को लागि…उनले पछि मलाई आफ्नो कार्ड दिदै ” यदि विदेश जादै हुनुहुन्छ भने त कन्ट्याक्ट मा बस्दै गर्नुस है भाइ , पछि दिवोर्स को केस आदि भयो भने तपाइलाई सजिलो हुन्छ रे!”
ए बाबा, मा त सुरुमै तिन छक….उनीहरुको मुखमै दिवोर्स झुन्डेको छ…. सकेसम्म यी केटा केटि को सम्बन्ध नटुटोस भनेर राम्रो परामर्श दिने हो भने त ७५% भन्दा बढी केस हल हुन्छ होला! जस्तै माथि को दुइ केसमै जहाँ गल्ति पक्कै लोग्नेकै छ त्यहाँ कानूनी साथ् साथ् (यौन) मनोवैज्ञानिक परामर्श भएर ति युवा दम्पतिको ( भर्खर विवाह भएको भनिएकोले) अनाहक मा सम्बन्ध बिच्छेद त हुदैन होला नि! तेसैले मेरो बिचारमा परामर्श केन्द्रहरुले मनोबैज्ञानिक हरु पनि राख्नु पर्छ !!
तर के गर्नु, यहाँ त कानूनी परामर्श भनिन्छ सकेसम्म – “ह्या तेस्तालाई नि के काखी च्यापिरा, छोड्दिनुस” भन्ने खालका हुन्छन …कुन दिन अमेरिका को जस्तो हुन बेर छैन !
बीबेकजी सारै राम्रो तर्क दिनु भयो, धन्यवाद/
तर एउटा कुरा अन्तमा थप्न मन लग्यो तपैन्को कमेन्टमा/ कुन दिन अमेरिका जस्तो होइन कि, अमेरिका लाई माथ गर्छ/
गणेश गुरुङ र मिलन कार्की संग सहमत हुनु को बिकल्प छैन …. दुवै सहि छन्, तेस्तै अन्य कारण पनि अनगिन्ती छन् तर ति दुइ को तर्क बडो मार्मिक र सत्य छ भाषा चाहे जस्तो होस्. हामि नेपाली हरु बिदेशी हरु को राम्रो काम को नक्कल गर्दैनौ, जस्तो कि विदेश मा बाटो काट्दा अरु लाइ प्राथमिकता दिन्छन चाहे सवारी साधन होस् वा बटुवा होस्. यो उत्तरदायित्व हामि बहन गर्न चाहन्नौ, लागु गर्न चाहन्नौ. बिदेशी हरु आफ्नो काम को थकान पब डान्स गएर मेटाउन चाहन्छन र यो अधिकार सम्झन्छन हामि पनि यो अधिकार चाहि खोज्छौ. अनि. … कर्तब्य बिर्सने अधिकार खोज्ने हामि नेपाली को पारिवारिक स्थिति कस्तो होला त?? तेसैको परिणाम हो यो सम्बंद्बिछेद पनि. शंकरप्रसाद ज्यु यो लेख लाइ ज्ञान बर्धक वा चेतना को रुप मा ढालेको भएको भए अझ राम्रो हुने थियो. एसको समाज, परिवार र आउने पिढी मा पर्ने असर हरु खुलको भए यो लेख पढेपछि सम्बन्ध चिसियेकाहरु पनि मिल्न सक्ने वा सम्बन्ध मा बिस्वास पलाउने खाल को भएको भए उत्तम हुने थियो. कुरो उठ्यो छलफल भयो न कुनै निस्कर्ष निस्क्यो येहा, न कुनै फाइदा भयो भने जस्तो भयो. फेरी पनि कुरा उठाउनु भाकै मा पनि धन्यबाद.
सुमन जी यु के(बस्ने ठाउँ र घर नम्बर उल्लेख गरे झनै राम्रो ) ले नै फाइदाजनक लेख लेखे कसो होला ?
Aldershot , house no 99 . अरु केहि जान्नु छ मित्र? पाहुना आउन मन लाग्यो कि के हो मेरो कुरा सारै मन परेर.??? एक तोप अर्पण गरि स्वागत गरुँला . हुन त बलराम जी लाइ मेरो हैसियत थाहा छ कसरि पाहुना बोलाउने दुस्शाहस गरुँ म !!!. माफ पाउ है अन्य पाठक बृन्द हरु कुरो अलि ब्येक्तिगत तिर गयो. किन किन बलराम जी लाइ जवाफ दिन मन लागि हाल्छ उहाको नै देन हो यो सब. बरु येसो हजुर को पुरा ठेगान पाउ न त अब बलराम जी. अझ एउटा फोटो पनि प्रेसित गरे आभारी हुने थिएँ .
अत्याचार, अन्याय र दुराचार सहेर समाजको डरमा संगै बस्नु भन्दा छुट्टिएकै बेश | शान्तिको सास फेर्न त पाइन्छ | समाजले पनि सिक्दै जानु पर्ने हो | नबिर्सौ, गीता ढकाललाइ श्रीमानसंग सम्बन्ध बिच्छेद गर्न दिएको भए, सयाद उनको हत्या हुने थिएन |
सटिक जी ले कुरा सटिक नै गर्नु भाको हो तर कति कुरा हरुलाई ” litigation point of view” बाट मात्र नहेरेर सामाजिक र मनोबैज्ञानिक हिसाबले नि हेर्नुपर्छ…
म महिला हिंसा ( प्रतक्ष्य वा अप्रतक्ष्य) को पक्षपाती हुदै हैन बल्कि घोर बिरोधि हो …तर यहाँ हार्डकोर फेमिनिज्म को नाममा साचो “फेमिनिज्म” र ” विमेन लिबर्टी” लाइ अपब्याख्या गर्ने हरु देखि घर बिगार्ने हरुको बिगबिगी छ …हो अलि ठुलै घरेलु हिँसा को केसमा, श्रीमान श्रीमती बीच कुनै हिसाबले सम्बन्ध अगाडी नबढ्ने खालको केसमा ( जस्तो गीता ढकालको ) हो , त्यो सहि हो – तर अरु सामान्य केस हरु, जस्तै माथि ब्लग को उदाहरण हेरम न …पहिलो केसमा त्यो नवविवाहित युबक भर्खर केटाकेटी नै छ उसको अप्राकृतिक यौन चाहनाले गर्दा उसकी श्रीमती दिक्दार भएकी हुन्….सायद मनोबैज्ञानिक परामर्शले सो युवक को समस्या समाधान हुन्थ्यो कि …. अनि दोस्रो केस पनि अरु केहि नभएर “इगो” को कारणले भाको हो जुन मनोबैज्ञानिक परामर्श राम्रो भएमा हाल हुन सक्छ … हाम्रो देशमा मनोबैज्ञानिक वा मनोचिकित्सक कहाँ जाने बनि नै छैन, खाली डिप्रेसन वा पागल नै भएपछी मात्र जाने भन्ने चलन छ !
जबकि त्यो मुला वकिल हरु भनेको त परामर्शदाता हुदै हैनन् , तिनीहरुलाई पैसा भन्दा बढी अरु केहि कुरा मतलब छैन…
त्यसैले वैवाहिक जीवनमा समस्या छ भने सकेसम्म पहिले मनोबैज्ञानिक समाधान खोजम र त्यसो गर्न अरुलाई सल्लाह दिम…वकिल मित्र हरुलाई नराम्रो लाग्ला तर के गर्नु तपाइको “कालिग” हरु तेस्तै छन!!!
१. नारिबाद, पश्चिमा संस्कृति, महिला अधिकार, वकालत वा अन्य कुनै जाल झेल को शब्द प्रयोग गरेर गाठी समस्या बाट भाग्न सकिदैन | सहि सहि हुन्छ, गलत गलत नै हुन्छ चाहे त्यो पश्चिममा अभ्यास गरिएको होस् वा उत्तरमा | कानूनी कुरा छाडिदिनुस, सामाजिक वा मनोबैज्ञानिक यातना मानव स्वास्थ्यको लागि हानिकारक छ भन्ने त मान्नु हुन्छा होला नी | चोट अचानोलाइ थाहा हुन्छ |
२. एक छिन समय लिएर तपाइ आफुलाई सबभन्दा मन नपर्ने मान्छे को नाम लिनुस | त्यस्तो मान्छे जो संग तपाइलाई एक छिन भेट्दा पनि दिक्क लगेर आउछ | अब तपाइको परिवारले भन्यो कि त्यो मन नपर्ने मान्छे संग तपाइले आउदो ५ बर्ष रूम पार्टनर को रुपमा बिताउनु पर्ने छ, यो तपाइको लागि कस्तो सजाय होला? कति गार्हो होला तपाइलाई ? बहकाई मा आएर म त बसिदिन्छु नभन्नु होला, ५ बर्ष भनेको लामो समय हो |
३. निजि स्वतन्त्रताका बिरुद्धमा आउने सामाजिक वा मनोबैज्ञानिक दबाब या यातना स्वस्थ जीवनको लागि हानिकारक छ, बिबेक जी समेत लाइ चेतना भया |
हाहा सटिक जी ले मेरो कुरा बुझ्नुभएन जस्तो छ …डिस्कसनलाइ के लम्ब्याइरहनु भनेर नलेख्दा नि हुन्थ्यो जस्तो लाग्य थियो तर तपाइले मेरो कमेन्ट लाइ अलि अर्कै ढंगले बुझ्नुभो जस्तो लागेर फेरी ( तर अन्तिम) कमेन्ट गर्दैछु-
१) पक्कै पनि – सटिक जी को अर्को सटिक कुरा – ” चोट अचानोलाई मात्र थाहा हुन्छ” यसमा दुइ मत छैन र भगवानको किर्पाले म यो मामलामा अचानो बन्न परेको छैन ! तर भगवानको किर्पाले एक चेतनसिल मानिस र कमलो मुटु भाको कारणले दुख अरु कोसीलाई परेपनि त्यसलाई थोरबहुत महसूस गर्न सक्ने सेन्स चाही पाइएको छ ! यातनाको सपोर्ट (मैले आफ्नो पुरानो कमेन्ट मै भनिसकें) म कदापि गर्दिन र कुनै पनि प्रकार को शोषणको बिरुद्दमा छु ! मैले खालि “अरु” समाधान छ भने सकेसम्म अनाहकमा सम्बन्ध बिच्छेद किन गर्नु वा गर्न लगाउनु भन्ने खोजेको मात्र हो
२) तपाइले भनेको जस्तो केसमा त सम्बन्ध अगाडी बढाउनु को औचित्य छैन भनेर ( जस्तो डि आइ जी कोइराला को केस) मैले माथिल्लो कमेन्ट मै भनिसकें! तर आफुलाई पटक्कै मन नपर्ने संग त अहिलेको जमानामा बिहे गरिन्न होला…हुन सक्छ बिहे पछि कति कुरा चित्त नबुझ्लान र सानो कुराले ठुलो रुप लिदै जाला..हो खाँटी कुरा यहि छ – त्यो सानो कुरा परालको आगो को रुप लिनु अगाडी समाधान गर्न सकेमा सम्बन्ध बिच्छेद जस्तो परिस्थिति लाइ अभोइड गर्न सकिन्छ ! यता तिर ध्यान दिम भन्न खोजेको मैले!
३) सामाजिक मनोबैज्ञानिक दबाब /कुण्ठा लाइ राम्रो भन्न सकिन्न – त्यसैको लागि त मनोबैज्ञानिक परामर्श को खाचो हो ! मनोबैज्ञानिक वा मनोचिकित्सक्ले ” ब्रेन वाश ” गर्ने हैनन् , वकिल हरु ले जस्तो ( सरि, वकिल को प्रसङ्ग फेरी आयो!)- समाधान दिने हो ! हरेक सम्बन्ध बिछेद को केस यातना बाट मात्र भएका हुँदैनन् सटिक जी, त्याहा इगो, असमझदारी, कुण्ठा अनि सानो भन्दा सानो कुराहरु पनि जिम्मेवार हुन्छन जसको मनोबैज्ञानिक समाधान प्रसश्त छन् र भाको केसहरु पनि छन … ३ पटक काउन्सलर वा डाक्टर भेटेर , खानैपरे १ महिनासम्म औसधि खेर वा ध्यान गरेर पारपाचुके जस्तो परिस्थिति टार्न सकिन्छ र पछि सम्मलाई राम्रो हुन्छ भने किन यो नगर्ने?
अन्तिम प्रश्न सटिक जी लाइ , मनन गर्नुहोला – सम्बन्ध बिच्छेद भैसकेपछि अर्को बिहे पनि सुखद हुन्छ भन्ने ग्यारेन्टी छ र? यस्तो नभाको धेरै केस धेरै देखिएको छ ( multiple marriage and divorce) – त्यसैले एक पटक सोच्नुस सटिक जी , खुला मनले, तपाइलाइ सम्बन्ध बिच्छेद साचै नै एउटा “वैवाहिक ” समस्या हो जस्तो लाग्छ या “मानसिक” ?
जब एक अर्का प्रति बिस्वाश अनि मायाको कमि हुन्छ तब सम्बन्धमा अनेक प्रकारले समस्याहरु बन्न सक्छन! बदलिदो समय संगै अहिलेका पुस्तामा दुवै जना बाहिर काम गर्ने परिपाटी बढेको छ. कतिपयेले इमान्दारिता अनि आफ्नो दाईत्वो भुलेका पनि छन्.दबाउन चाहने अनि दबिन नचाहने स्थिति पनि एसको अर्को कारण हो. जब सम्म एक अर्कामा माया अनि चाहनाहरु रहन्छन त्यहा सम्झौताहरु हुन सक्छन.कलहपूर्ण अनि अमेल सम्बन्ध छ भने सम्बन्धबिक्षेद अन्तिम विकल्प हो.
पहिला पहिला महिला हरु घरभित्र बस्थे पुरुष हरु बाहिर को काम गर्थे ! महिला हरु ले पुरुस ले भनेको मान्थे ! अहिले – त्येश को ठिक उल्टो छ ! कसरि पारपाचुके नहोस त ?
द्रोण जी ले सहि भनेको हाम्लाई लागिरहेको छ.यसमा हामी पुरुषमा समय अनुसार आफुलाई परिबर्तन नगर्न सकेको ले नेपालमा मात्र होइन दुनियाभरी मा पारपाचुके बढेको हो. मेरो बुबाको समयमा धेरै स्वास्नी राख्न सक्ने पुरुष चाही नायक यानी हिरो ,अब महिलाले आफ्नो पुरुष बाहेक अरु संग sex गर्यो भने ति नारी चाही बेश्या ? come on !!! life is give and take , but be fair .
आज भन्दा कैयौं वर्षा पहिले थियो एस्तो समाज || कुनै समय मा समाज एस्तो थियो कि कुनै महिला को श्रीमान खाना खोज्न का निम्ति अथवा माछा मर्न का निम्ति धेरै दिन बाहिर रहने , अथवा कैयौं वर्षा सम्म घर बाट बाहिर रहन्थे || घर फर्किदा उसको श्रीमती ले बच्चा जन्माएकी हुन्थी || यो देखेर उसको श्रीमान मा हर्ष का आसु खस्थे, धेरै खुसि हुन्थ्यो || अहिले को समाज मा त्यो सोचेर हुन्छ त हुन्न || भन्न त सोल्टा ले give and take भनेर खोक्येउ तर बास्तबिकता तेस्तो होइन || समाज र सभ्यता को बिकाश क्रम मा धेरै कुरा ले समाज लाइ परिवर्तन गर्दै लाँदा अहिले को इस्थिती मा आयो || अहिले आएर जति नै ठुलो कुरा गरेपनि, एकदम भलाद्मी नै तरिका ले उत्तर दिए पनि वास्तविक life मा यो सब कुरा ले हावा खान्छ || Reality के हो भने कसै को श्रीमती कोइ परपुरुष संग अलि नजिक भएर कुरा गरेमा तय भुकम्प नै जान्छ || कसैले मेरो कुरा मा हो नभने पनि येही सत्य हो || येह अहिले केटा केटि सबै को एक भन्दा धेरै जना संग सरिरिक सम्बन्ध कायम हुन्छ || मैले हो येत्तिकै अध्यारो मा तिर हानेको होइन नि || नत्र हेर्दा हुन्छ अध्यन गूगल बाट || हो सिधा सोच्दा केटा ले केटि ले आफ्नो इच्छ्या ले जो संग मन लग्यो तेही गर्न पुन पर्चा भन्ने हो तर तेस्तो हुन्छ त समाज मा ? कदाचित हुन्न ||
अब सिधा हिसाब ले कुरा गरम न अहिले देश का युवा पिढी हरु धेरै जसो बाहिर जान्छन, फर्केर आउदा त बुढी अर्कै संग हिडेको हुन्छ नत्र घर मा आएपछि लफडा हुन्छ किन कि आफ्नो बुढी लाइ अर्कै ले घुमैदेको हुन्छ || तेस पछि त के चाहियो र त्यो भन्दा राम्रो औषधि, अनि बढेन त सम्बन्ध बिच्छेद ?? येस्मा केटि को मात्र गल्ति छैन, केटा को पनि हर्कत कम छैन || Middle East , Gulf जाने हरु पनि उतै Philipino , indonesian , लद्दर गुद्दर हरु संग गर्नु मोज गर्यो, घर परिवार आमा बुवा, छोरा छोरि , बुढी सब बिर्सेर HIV लागोस नलागोस मतलब नगरिकन उफ्रियो अनि बुढी संग कराएर पनि त भएन नि अर्कै संग लागिस भनेर |||
एकछिन !! गुल्फ़, middle east मात्रै होइन अमेरिका युरोप मा रहेका हरु को पनि पिडा तेही हो || साथी हरु सबै ले ख्याल गर्नु होला, आफ्नो परिवार, आमा बुवा चोर छोरि प्रति जिम्मेवार रहनु होला || नत्र त तेही हो तपाई ले पठाएको पैसा मेरो दाइ मेरो भाइ नाम दिएर तपाई को बुढी ले सबै दुख गरेको धन सम्पत्ति स्वाहा पर्देला नि || दाइ भाइ हो बुढी को भनेर मक्ख पर्ने उता plot अर्कै हुने अनि त्येस पछि अर्को case थपिन्छ सम्बन्ध बिच्छेद को || के मैले झुटो बोलेचु त साथी हो ?? कि धेरै बोले मा ?? अनि बुढा चाही downtown को club , strip club मा lap डान्स दिदैमा स्वर्ग मा पुगेको सम्झिने गोरी र काली हरु संग मस्ती गरेर अनि त्येस पछि के हुन्छ होला सोच्नु न आफै ?? तेही त हो हुने आखिर मा गोर्खा दक्षिण बाहु ले सम्मानित होयिंचा होइन त ||
साथी हो अलि धेरै रमाइलो गर्न मान्न थियो लेखेर तर अलि लामो भएछ के || भाषा अलि असभ्य, अशिस्ट भयो होला है || sorry है ||
तर विचार गर्नु है एकचोटी आफ्नो श्रीमती अथवा श्रीमान के के गर्दै छन् भनेर नत्र बुढी ले उपहार देलिन नि घोर्ले छोरो वा छोरि तेही पनि अर्का को || श्रीमती लाइ मात्र के भन्ने || श्रीमान ले श्रीमती लै टिका लगाएर बाटो देखाएर बिदा गर्देलान फेरि, हस त भनेर ||
साथी हो नराम्रो भन्न खोजेको होइन है कसैलाई || येसो विचार लेखेको || अलि तेती सिक्षित छैन के मा ||
खास गरेर आपसी समझदारी नहुनुनै सम्बन्ध बिछेद्को प्रमुख कारण हो.
एकले अर्कालाई सहयात्रीको रुपमा स्वीकार गर्ने हो भने यो केहि हदसम्म कमि हुने
थियोकी ?
तेसैले आफ्नै घरको दाल र भात मिठो नमिठो मानी संगै खायो भने ठिकै हुन्छ | स्वादमा पल्किएर एक्ला एक्लै कहिले मोमो, कहिले सेकुवा, कहिले फ्रेन्च फ्राई चाख्दै हिड्न थाले भने कुरो बिग्रियो |
बिबाहको परिभाषा ‘आदर्श समाज र भौतिक सुबिधा रम्ने समाजमा फरक हुन्छन/ मेरो टोलमा बिबाह सम्भंदित कयौं घटनाहरु घटेको थियो/ मेरो घर चोक नजिकै यउटा जोडी सेल फुलौरा पकायर जिबिका चलाउञ्छन/ श्रीमान् पहिला नेपाली चलचित्र व्यवसायमा कथाकार देखि निर्देशक सम्म बनिसकेको व्यक्ति थियो/ तर परिस्थिति बिग्रियो/ उसको श्रीमती सम्पन्न राना खलकको छोरी हुन्/ उनको परिबारले सहायता गर्न खोजेको पनि थियो/ तर उनि लिन मान्दिनन/ उनीहरु यस्तैमा खुसि छन्/ हासिं हांसी सेल फुलौरा पकाउञ्छिन बेच्छिन/बेलुकी भाडा कुँडा दुवै बोकेर रमाउंदै डेरा जान्छन/ यस्तो पो दाम्पत्य जिबन!!
काठमान्डू धोबीचौरमा यउटा राना खलकको कर्नेलको श्रीमती यउटा ड्राईभर सिट लहसियाको थियो/ आफ्नी श्रीमती तेही ड्राईभर सितै बस्न चाहे पछि त्यो कर साहेवले आफ्नो श्रीमतीलाई हांसी खुसि ड्राईभरको हातमा सुम्पे/ आफ्नो श्रीमतीलाई घर बाट बिदा गर्दा त्यो कर्णेलले आफ्नी श्रीमतीलाई ट्याक्सी खर्च ५०को नोट हातमा समायर “लौ ट्याक्सीको भाडा तिर्न मेरो कमाईको अन्तिम खर्च लियर जानु” भनेर ट्याक्सी चढाउनु अघि भनेको टोलका धेरैले देखेको थियो/ त्यो कर्नेल ले पछि बिबाह गरेनन/ चाहेको भय कर्नेल पदमा रहेको त्यो व्यक्तिले केहि पनि गर्न सक्थ्यो/ तर उसले आफ्नो प्रिय कसको साथमा सुखी हुन्छ भन्ने कुरामै बढी महत्वो दियो/
आज भौतिक सुबिधामा रम्न बिबाह गर्नेहरु “मिठो पाय जुठो खाने” भन्दा कमै मात्र फरक हुन्छ/ आदर्श समाजमा बिबाहित जोडी यक अर्को को समर्पित हुन्छन/ आफ्नो प्रियलाई सुख हुने भय आफुले दुख रोज्न रमाउञ्छन/ घर खर्च शेयर गर्न र शरीर सुखको निमित नाम मात्रको लोग्ने स्वास्नी बन्ने पश्चिमी हावा अब नेपालमा पनि फैलिंदैछ/ उमेर छँदा त् उनीहरु यस्तै गर्दै गर्ला तर उमेर बिते पछि पश्चिमी समाजमा यक्लिन्दै कल्पिन्दै गरेकाको दुख त् ईनिहरुले पनि भोग्नेनै छ र जीवन साथी सिट बस्न नसक्ने समाजमा यक्लिने कुरा ईनिहरुले पछि पक्कै बुझ्नेछ/
गास, बास, कपास मात्रै भएर पुग्दैन साथमा सन्तुलित सहबास छैन भने त्यो पारपाचुके हुने १ मात्र कारण बन्छ !! केहि अपबाद बाहेक अरु इगो , दाइजो, पद प्रतिष्ठा, तलब/पैसा आदित्यादि सबै भन्ने कुरा हरु हुन्, खासमा यौन मा चरम असन्तुस्टी नभैकन लोग्ने स्वास्नी मा सम्बन्ध बिच्छेद हुदैन ! दिनहु कुटाकुट गरेर पनि लामो लामो समए देखि बसिराछन कयौ जोडी हरु !!! १ उदारहण ……नत्र डा उपेन्द्र देवकोटाकी श्रीमती आफ्नै ड्राइभर सग पोइल जानुमा के तेस्तो कारण होला ??
भलै जे होस् खुशी भएर बाच्नु पर्छ जिन्दगि भर दिल दुखाएर बस्नु पनि त भएन नि चाहे जो सुकै होस् नारी या पुरुस ……….
उता सयुक्त परिवारको बारेमा सकी नसकी कानी कुथी अंग्रेजीमा पाउदुरे उत्तर दिने मिस नेपाल भै राछिन यता यस्तो बबनडर! यस्तै हो यो सब समयको परिवर्तन भनेर बुझ्न सके जीवन आरामले बित्ने छ!
तपाइको बिचारमा कसरि त्यो उत्तर पाउदुरे भयो? हरेक व्यक्तिको आफ्नो आफ्नो मत हुन्छ. जहाँ सम्म उनले सहि तर्क सहित आफ्नो मत दिएकी थीईन, अरुलाई मुर्ख बनाएर आफुलाई बिद्दवान नसम्झनु होला महाशय!
म्याउ गर्यो अर्कोले फेरी!
भयो म्याउ नगर्नुस!
प्रश्न सोध्नेले नै कनिकुथी सोधेको थियो सायद आफैले नबुझेर होला तेसलाई नेपालीमा भन्नुपर्यो फेरी! अनि उत्तर दिनेले त झन् किनाकुरा!
तिनले नेपालीमा उत्तर दिन नपाउने नियम थियन होलाक्यारे, हाल भरि सबै नेपालि भरियाको ठाउमा नेपालीमै सहज उत्तर दियको भयानी हुने! अब त्यो प्रश्न त पछि नेपालीमा पनि सोधिदेकोले सबैले बुझ्यो होला के सोध्या भनेर, तर यी मिस नेपाल हुनेहरुले दियको उत्तर त्यो हलमा भयको कति जनाले बुझ्यो होला त गाठे? तेहा उपस्थिति भयकाहरुको आधा जनहरुले बुझेहोला उसको उत्तर?
ल बुझेरे सबैले, तर के उसको तिनको उत्तर समय सापेक्ष छ त?
अनि तेस्तो हरेक मान्छेको आफ़ाफ़्नो मत हुने बिचार हुने खाले उत्तर हुने प्रश्ननै किन सोधियो यस्तो कन्टेस्टमा अनि अन्य प्रतिस्पर्धीले दियको उत्तर लाइ किन पछाडी पारियो, के उनीहरुको उत्तर गलत र यिनको उत्तर सहि थियो?
पहिले त भन्नुस तिनले दियको उत्तर तपाहिले कत्तिको बुझ्नुभयो?
तिनले के सहि तर्क दियकि थिइन्? अनि अर्को प्रतिस्पर्धीले दियको तर्क कसरि गलत थियो?
यो कसरि अरुलाई मुर्ख बनाइयको हो?
अरुलाई मुर्ख कसरि बनाइन्छ?
यहा कुन अर्थमा कसरि मैले आफुलाई विद्वान सम्झिय?
लौ भन्नुस त महाशय!
होइन, नेपालमा भएको नेपालीहरु बिचको सुन्दरी प्रतियोगितामा पनि नेपाली बोल्न नपाइने हो कि के हो/ सकी नसकी जानी नजानी अङ्ग्रेजिनै बोल्नु पर्ने; गजब छ वा!!!
कुरा नेपाली र अंग्रेजीको हैन, त्यो केटीलाई नेपालीमा बोल्न लगाएको भए पनि त्यो भन्दा राम्रो पक्कै बोल्दिनाथी| नर्सरी देखि अंग्रेजी मेडियम मा पढेकाहरुले २०,२१ वर्ष पुग्दा अंग्रेजीमा उत्तर दिन पनि नपाउने? भाषा, बिसय्बस्तुको ज्ञान, र प्रस्तुति भिन्न भिन्न कुरा हुन्| भाषाको समस्या पक्कै हैन त्यो|
नेपाली समाजमा सम्वन्ध विच्छेद को घटना बढ्नुमा मुख्य रूपले यी कुराहरु जिम्मेदार देखिन्छ – १.पश्चिमा उच्छ्रिङ्खल संस्कृतिको अतिक्रमण २. नेपाली शिक्षा नीतिको निरीहता ३. हिन्दू धर्मशास्त्र र नीतिशास्त्र बीच विरोधाभास ४. आहार विहार मा असंयम. र ५. मल्टी न्यास्नल कम्पनीहरुको नक्कली र झूठो विज्ञापनहरु.
सम्बन्ध विच्छेदको प्रमुख कारण समझदारीको अभाव र इगो मात्र हुन् | बाँकी कुराहरु त चाह्यो भनेर मिलेर जान्छ |
नेपाल मा अरु राम्रो कुरा त के नै सुन्न पाईन्छ र यस्तै यस्ता हक अधिकार का त कुरा सुन्न पाइने हो ………कुन दिन आफ्नै बारेमा पत्रिका मा समाचार पढ्न पर्ने हो
………. खबरदार हुनु है साथी भै हो //////
सम्बन्द अन्त्य को मुख्य कारण:
german psychologist sigmond freud ले भनेका थिय कि पुरुस वा महिला सधै polygamy को रुपमा जन्मेको हुन्छा एसको मतलब उनीहरु एक जना भन्दा बढी संग sex गर्ने इच्छा राख्छन, हाम्रो समाज मा गरिवी को कारण यो लुकेको थियो अब सबै खुल्ला भयो
बिकासको नाम जिरो फेशन र ब्युटी सो को किरो,अनि बन्न खोज्छन सब हिरोइन र हिरो,विदेशीले दिएको भरमा बाँचेको देशमा नेता,कर्मचारी,एनजीओ र आइएनजीओ मोटाएको छ/देश र पहुँच नभएका नागरिक दिन प्रतिदिन दुबलाउँदैछ/
नेपालमा सम्बन्ध बिछ्छेद बढ्दो मह्त्वोकंछ्या , पश्चिमा जिन्दगीको प्रभाव, त भन्दा मा जान्ने सुन्ने ,मा बाठो भन्ने अहमता को भावना र बढ्दो स्वार्थीपना/
यो सब केहि होइन || सब कुरा यौन को वोरिपरी घुमेको हुन्छ || समाज को परिवर्तन संगै आएको समाज का मान्छे हरु ले हल गर्न नसकेको समस्या हो यो | घरेलु हिंसा, आत्मसम्मान केहि होइन यो सब देखाउने दात हो | अरु मान्छे हरु ले नराम्रो खत्तम रहेछ यो केटा वा केटि भनेर बच्न को लागि मात्रै भन्ने हो येस्ता कुरा || तर बास्तबिकता के हो भने विवाहित भएर पनि केटा लाइ फेरी फेरी केटि चाहिने एंड केटि लाइ आफ्नो स्वाद को केटा चाहिने, दुबैले आफुले भने जस्तो मोजमस्ती गर्न नपाउने येही हो मुख्य कुरा || मैले भन्दा अहिले टर्रो कुरा गरे जस्तो लाग्छ || अलि बौद्दिक तरिका ले कमेन्ट लेख्न सक्थे, तर सत्य कुरा येही हो || अब अनैतिक सम्बन्ध, विश्वास घात येस्ता येस्ता कुरा हरु बुढा बुढी बीच पर्दाफास हुन्छ तेस पछि सुरु हुन्छ सबै महिला हिंसा, आत्मसम्मान अनि सब अरु नाटक || साचो मा भन्न पर्दा मैले देखेको सम्बन्ध बिच्छेद भनेको आफ्नो मन लाग्दो गर्न नपाएर हो, एकार्का ले गरेको बिस्वस्घात, अनुसशान्हीनता हो || नारी पुरुष दुवै येस्मा दोषी हो || अहिले को केटा केटि हरु मा अनुसाशन भन्ने नै छैन || भुवन के सी को सम्बन्ध बिच्छेद, रेखा थापा को, अनि निखिल हो कि गोरु को, साथै अरु नाम नसुनेका हरु को के हो त कारण || सब तेही हो || सब सम्बन्ध बिच्छेद को कारण भनेको यौन हो || र यो निरन्तर बढ्दै जान्छ || जब सम्म असल र अनुसाशित समाज हुन्न तब सम्म येस्तै हो || अमेरिका मा पनि असल र अनुसाशित जो आफ्नो जिम्मेवारी बोध गर्दछ उनीहरु सधै साथ मा नै रहन्छन, त्यहाँ पनि सम्बन्ध बिच्छेद लाइ राम्रो कुरा मानिदैन, तर के गर्ने धेरै को समस्या तेही हो || नया नया स्वाद चाहिने अनि सजिलो बाटो भनेको सम्बन्ध बिच्छेद || पहिला पो मान्छे लाइ डर थियो सम्बन्ध बिच्छेद गर्यो भने त समाज ले राम्रो बेवोहार गर्दैन भनेर अब को समाज तेस्तो छैन, तेही भएर कसैलाई बाल छैन || अनि के गर्ने त ||
मेरो सार के हो भने, unethical sex हो कसैले मानेपनि नमाने पनि || येदि सम्बन्ध लाइ कयेम राख्ने हो भने सबै ले commitment गर्न पर्छ कि म अनैतिक सम्बन्ध राख्दिन भनेर नत्र लुकेर र लुकाएर राख्दा सम्म चल्छ तेस पछि आ-आफ्नो बाटो लाग्ने हो ||
रोक्नुहोस, यो मात्रै होइन अन्य कारण हरु पनि छन् || येस्मा समाज मा रहेको अन्य कुरा पनि कारण हुन् सम्बन्ध बिच्छेद को || जस्तै दाइजो का कुरा, बेमेल बिवाह, येस्तै येस्तै अन्य सामाजिक कुरीति पनि हुन् ||
ल सुरु गर्नु like र dislike ठोक्न अब || येसो time pass त गर्न पर्यो नि ||
“लोग्ने कमाउने स्वास्नी घर चलाउने” किन??बिहे गरेर लोग्ने ले आफ्नु घर लाने भएको ले बिहे गरेको भोलि पल्ट लात हानेर निकाल्दिनु पर्छ/बढी कमाउने/काम गर्ने ले अलिकति क्रेडिट लिन खोज्छ दिनुपर्छ हैन भने अदालत को ढोका खुल्ला..दिन कै रडाको भन्दा त तेही सहज लिनुनै ठिक…
यो एउटा विकासको क्रम हो/ सबै विकसित देशहरु यो अवस्था पार गरेर यो अवस्थामा पुगेका छन्/ तर यो अवस्थामा जनचेतना र कानुनी संरचनाले महत्त्वपूर्ण भूमिका खेल्छ/ हाम्रो देशमा भने राजनैतिक दलहरुले हात उठाइसकेको अवस्था छ/ त्यसकारण, थाहा छैन; नेपाल र नेपालीको भविष्य कता जाने हो/
हरेक मानिस को जिबन संग जोडिएको यो बिषय सार्है संबेदनशील छ \ लेख मा भनिए झैँ जुनी जुनी सम्म जोडिएको सम्बन्ध हो लोग्ने स्वास्नीको सम्बन्ध र संगै नबस्दा समस्या झन् झाङ्गिएर आइरहेको छ \
मुख्य कुरा त जिबन एक्लै बाच्न सायदै ले रोज्छन \ जब नया जिबन भनौ बिबाहित जिबन रोजिन्छ भने त्यहा दुइ जिबन ,चाहना ,सोच ,ब्यबहार बीच साम्जस्य ,सम्झौता ,बुझाइ जस्ता कुरा याद गर्नु पर्ने हुन्छ \ मात्र शाररिक चाहना ,आकर्षण ,सम्पति लाइ ध्यान दिएर जोडिएको सम्बन्ध केहि समय पश्चात बिफल बन्ने तर्फ लाग्छ \ हरेक कुरा को एक सिमाना हुन्छ \आफ्ना चाहना ,उदेश्य .प्राप्ति को सिमा ,सम्भाबना र ब्यबहारिकता लाइ ध्यान मा नदि इ फिल्मी शैली र कोरा कल्पना मा डुबेर खोजिने प्राप्ति ले असफलता र निराशा बाहेक केहि दिदैंन \ बिहे गरे पछि दुइ घर एक सम्झिने ,दुइ परिबार लाइ एकै सम्झिने ,दुइ परिबार र जिबन को इज्जत ,शान्ति ,खुशी,समस्या एकै सम्झने हो भने जिबन धेरै सजिलो बन्छ \आफ्नो अनाबस्यक चाहाना प्राप्तिको लागि अर्को लाइ रुवाएर ,अप्ठ्यारो र बाध्य पारेर गरिने ब्यबहार ले कुनै पनि सम्बन्ध राम्रो बन्दैन \
जे छ त्यसमै रम्ने ,खुशी हुने ,सुखी हुने सोच र ब्यबहार बनाउने हो भने लोग्ने स्वास्नी को सम्बन्ध सार्है आनन्दमय बन्छ भने स्वदेश होस या विदेश जहा बसे पनि लोग्ने स्वास्नी सगै बस्नु भनेको लोग्ने स्वास्नी को सम्बन्ध लाइ जुनी जुनी सम्म सगै लानु हो \बिबाहित मानिस जब काम बस भिन्न ठाउमा बस्छन मानिस भित्र को प्यार . शारीरिक चाहना उम्लिएर अन्तै पोखिन्छ र दुर्घटना हुन्छ आजको यो संसार मा धेरै व्यक्ति ,घर र देशमा समस्या बनि धेरैको जिबन बर्बाद गरिरहेको छ \
नेपालि नारि र पुरुस बीच हिजो एउटा सम्झौता भएको थियो (बुढा ले बुढीलाई पाल्ने ,बुढी ले बुढालाई माया दिने र घर्रेलु काम गरेर सघाउने ) ,बुढा हरु बाहिरेको फाइदा लिदै एता उति मादल भेटे बजाई पनि हाल्थे ,आज समय परिबर्तन भयो नारि हरु पनि कमाउन थाले ,पुरुस को काममा हातेमालो गर्न लागे , उनीहरु पनि बासुरी को धुन मा रमाउँन चाहन्छन , तेसैले अब सम्झौता नबिकरण गर्ने बेला आयो |जसले सम्झौता नबिकरण गर्दैन ,तेस्को सम्बन्ध खतरामा जान्छ |
बिवाह एउटा सम्झौता हो ,महिला र पुरुस बीच निश्चित सामाजिक मूल्य ,मान्यता र देसको कानूनबमोजिम गरिएको समझदारी पनि हो / तेस्तै शारीरिक ,भावनात्मक र नैतिक सम्बन्ध पनि हो जसलाई दुवै पक्ष ले पालना गर्नुपर्छ /कुनै एक पक्षले पालना नगरेमा अर्को पक्षलाई दमित भएर बस्न आवस्यकता पर्दैन / स्वत्रन्ताको अधिकार दुबैलाई हुन्छ /
वास्तवमा यो समस्या आम बनिसकेको छ नेपालमा। विदेशी सञ्चार माध्यम र संस्कृतीलाई कसरी देशमा प्रवेश गराउने भन्ने कुरामा सरकारमा बसेकाहरुले नसोचेको परिणाम देखिँदैछ मुलुकमा।
आजकल स्वार्थ पालेर बिहे गर्छन, स्वार्थ पुरा भए पछी सम्बन्ध बिच्छेद गर्छन् । कि स्वार्थ पुरा भएन भने सम्बन्ध बिच्छेद गर्छन् । अर्को एउटा महान समस्या भनेको बैदेशिक रोजगार हो । जस्ले समाजमा आगो लगाउने भूमिका गरेको हुन्छ ।
लेख एकदम सान्दर्भिक लाग्यो | हो, आजकल बिबाह राम्रै संग भएपनि पछि केटा – केटि को बिचमा सामान्य असमज्दारीले गर्दा सम्बन्ध बिच्छेद सम्म हुन पुग्छ | हुन त महिलाहरु माथि हुने गरेका दमन र शोषण को त कुरै नगरम, ग्रामिण तथा तराई भेग हरु मा एकदमै चरम भएको पाइन्छ | सुन्छु १,२ बर्ष पहिले मात्र कानुन मा अर्को परिबर्तन आएको छ रे , त्यो हो महिला ले सम्बन्ध बिच्छेद मागे सजिलै पाइने अनि त्यो पनि लोग्ने को आधा सम्पत्ति मा ठाडै हक-दाबि पनि गर्न पाइने | हो यसकै नतिजा हो बढ्दो सम्बन्ध बिच्छेद | नेपालको अदालती प्रक्रिया यति कमजोर छ कि , एक – अर्का लाइ लगाइयका दोष तथा लान्छना हरु कति सम्म सत्य हुन्/होइनन | तपाई जानुस नेपाल को जुनसुकै वकिल को मा अनि भन्नुस मेरी बहिनि,दिदि,साथि (any female character) को तपाईं सम्बन्ध बिच्छेद गराउन चाहनुहुन्छ ; अब बस तपाईं केटाको नाम / थर् / वतन बताइदिनूस् अनि 10 minute मा तपाईंको केस तयार हुन्छ | वकिल ले तपाईं लाई सोधदैन कि के के लान्छना लगाउने अनि के-कति दाईजो-पात लेख्दिने भनेर | तपाईंको केस मा
1) तपाईं को महिला पात्र लाई देवर्,जेठाजु,सासु,नन्द भएर सधैं मानसिक/सारीरिक यातना दिन्थे,
2) दाईजो १० लाख बराबर को दिएको अनि अझ पुगेन भनेर सधैं दु:ख दिने ,
3) खान पनि पुरा पेट् नदिने ,
४) लोग्ने सधैं घरमा रक्सी पिएर आउने अनि कुट्ने,
5) लोग्ने लाई सधैं अपरिचित केटीहरुको फोन आउने तथा बाहिर रात बिताउने अनि केही सोध्यो भने झर्किएर सम्बन्ध बिच्छेद गर्ने धम्की दिने
जस्ता कल्पनिक लान्छना हरु उल्लेख गराइन्छ | अब वकिल सँग तपाईं को बार्गैनिङ् शुरु हुन्छ केटा पक्ष को अन्दाजी सम्मत्ती अड्कल गरेर | माथि उल्लेखित कुरा हरु मैले आँफैले देखेको तथा २,३ जना वकिल सँग गएर छड्के बुझ्दा थाहा पाएको हो |मेरो घर नजिकै एस्तै के भएको छ , म मेरा छिमेकिहरुलाई धेरै नजिक बाट चिन्छु | उनिहरु एक्दमै नम्र, सफा , पढेलेखेका तथा मिलनसार प्रबित्तिका हुन | उनिहरुको छोराको २ बर्ष पहिले एउटा BBS fail केटी सँग मागी बिहे भयो, (केटा एउटा private कम्पनी मा स्थाइ जागेरे थियो) उनिहरुलाई तडक्-भडक मन नपर्ने भएको ले सरल परिवार खोजेर बिहे गरेका थिए | बिहे गरेकै रात मलाई काठमाडौंमा छुट्तै घर चाहिन्छ, त्यो मिलाउन सक्दैनस भने म त मुद्धा हाल्दिन्छु, मेरो परिवारभरी सबै वकिल हरु छन, म त राम्री छु जस्तोले मलाई बिहे गरेर लैजान्छ, आजै त कती छन पछीलाग्ने हरु –भनेर त्यो केटीले भन्न थालिछे | तेतिनै बेला केटाले पनि जुक्ती लगाएछ र सबै कुरा-कानिहरु फोन मा record गरेर राखेछ | तेस्पछी तिनै वकिल नातेदार हरु को idea अनुसार घरमा दिन्दिनै झगडा गर्ने आदि गर्न थालिछे ( मैलेपनी बाटोमा भेत्दा कति-पटक नमस्कार भाउजु भन्दा घमन्दी पाराले नमस्ते पनि नभनी मुसुक्क हासे जस्तो मात्र गर्थी |) चरम् घमन्डी केटी थी | पटक पटक माइती जाने अनि फर्केर न-अैदिने , लोग्ने सधैं गएर फर्काएर ल्याउथ्यो | माइतिमा खराब बाउ-आमा रहेछन | बाउ त मुखै म त सोझो मान्छे छोरी रोयो भने किन रोयो भनेर बिश्लेसन गर्दिन बस जस्ले रोवाको हो तेस्लाई काटेर फाल्दिन्छु भन्थ्यो (यो चाँही मैले उस्को बाउले बोल्दै गर्दा फोन मा record गरेको सुन्या हो ) | अनि आमा चाँही हाम्री काठमाडौं मा हुर्केकी छोरीलाई त एउटा आफ्नै नाम को घर पनि त चाहियो नि भनेर भन्ने रहेछे | यसरी बाउ-आमा तथा अरु वकिल नाता-गोता हरुको बल पाएर पोहोर साल मुद्दा नै हालिछे | अहिले ति ब्वांसा हरु केटा पक्ष लाई बार्-बार फोन गरेर धम्क्यौने अनि ५० लाख को demand गरिरहेक्का छन | स्मरण रहोस् ति केटा हरु टुहुरा हुन, एउटी बिधवा दिर्घ रोगी आमाले हुर्काएका एक्दमै लगन्सील् अनि मेहनेती केटा हरु हुन |
अब अहिले ति सबै फोन record हरु लगेर अदालत मा सुनाउदा पनि खासै वास्ता गरिये जस्तो लाग्दैन | मेडिया मा पुगे चाँही केही हुन्थ्यो होला | मेडिया मा जानु भनेको चाँही आफ्नै पनि त बेइजेत गर्नु हो नि | अलि अफ्टेरो नै देखिन्छ |
अन्त्यमा आउनुस् सबै जना मिलेर ति ब्वांसा हरु बाट त्यो परिवार लाई छुट्करा सहजै मिलोस भनेर कामना गरुम |
प्रमेशजी,
तपाईको कुरामा म १००% सहमत छु । म एक सरकारी कर्मचारी हुँ । यस्तै प्रकृतिको मुद्दा मैले पनि फेश गरिरहेको छु । हाल त्यो मुद्दा भक्तपुर जिल्ला अदालतमा चल्दै छ । मसंग मेरो विपक्षीले गरेको गल्तीका प्रमाणहरु त धेरै नै छन् र रेकर्डिङ्गहरु पनि छन् । हेरौ सम्मानीत भक्तपुर जिल्ला अदालतबाट के निर्णय हुन्छ ।
महिला हिंसाका नाममा हाल चलेको आवाजको गलत फाइदा तथा नेपालको कानुनमा महिलालाई बढी संरक्षण प्रदान गरेको गलत फाइदा उठाउँदै आजका केही विवाहित महिलाहरु घरायसी सानो झगडामा पनि महिला समुह तथा अन्य निकायहरुमा जाने र सानो कुरालाई समेत समाजमा ल्याई मिल्नै नसक्ने वातावरण बनाउने तथा सम्बन्धविच्छेद गरी श्रीमानको सम्पती हात पारेर मोजमस्ती गर्ने मनसाय लिएको देखिन्छ । सम्बन्ध विच्छेदको मुद्दा बढी हुनुमा महिलाहरु जागरुक भएर मात्रै होइन मिलापत्र भन्दा सम्बन्धविच्छेद गरेमा श्रीमानको सम्पतीमा मोज गर्न पाइन्छ भनेर विवाहित महिलाहरु सम्बन्धविच्छेद गर्न बढी तयार हुन्छन् । फेरी नेपालको कानुनमा विवाहित महिलाले जे जस्तो गल्ति गरेर बाहिर गएपनि श्रीमानको नै गल्ती देखाई प्रमेशीजीले भने जस्तै मुद्दा दायर गर्ने र श्रीमानको नै दोष देखाउने प्रवृति छ ।
अदालतले पनि महिलाले गल्ती गरेको प्रमाण हुँदाहुँदै पनि पुरुषको कुरा कम सुन्ने तथा गौण राख्ने कुरा प्रमेशजीकै कुराले पनि प्रष्ट छ सोही कारणले पनि नेपाली समाजमा अहिले पुरुष धेरै नै पिडित हुन वाध्य भएको छ । त्यसमा पनि महिला समुह, महिला सेल जस्ता संघसंस्थाहरुले समेत पुरुषको कुरै नसुनी महिलाकै मात्र कुरा सुन्ने र मिलापत्र भन्दा ठुलाठुला अधिकारका कुरा गर्ने गरेको पाइन्छ ।
अब भोलिको समस्या भनेको विहे गरेर बुहारी /श्रीमती घरमा ल्याएपछि उसले जे जस्तो गल्ती वा अर्डर घरका सदस्यहरुलाई गरेपनि वाध्य भएर सहनु वाहेक अरु विकल्प हुने छैन । परिवारका कोही सदस्यले बुहारी / श्रीमती लाई सम्झाउन केही कुरा गरेपनि ती शिक्षित भनाउँदा पत्नी तथा बुहारीहरु मेरो सासु / ससुरा / देवरहरुले मलाई पिट्यो आदि इत्यादि भनेर महिला अधिकारका कुरा गर्दै मुद्दा दिई अंश लिने तथा सोही अंशमा मोजमस्ती गर्न प्रवृति हुनेछन् । त्यसैले हे मध्यमवर्गीय परिवार हो । अलि हामी पनि शिक्षित होउँ विहे गर्नु अघि नै नेपालको कानुन पढौ । धनी/ गरिब, शिक्षित / अशिक्षित वा मध्यमवर्गीय परिवारकै भएपनि अलिक समझदार सुशील बुहारी/श्रीमती/भाउजु मात्रै घरमा भित्र्याउने बारे सोचौ ।
जयहोस् नेपाल, नेपाली कानुन र नेपाली समाजको ।
साह्रै चित्त बुझ्यो प्रविण जि तपाईं को कुरा ले | नेपालमा लोकतन्त्र / प्रजातन्त्र को दुरुपायोग गरेर जसरी बन्द हड्ताल को स्रिजना गराइन्छ त्यसरी नै यो महिला अधिकार को नाम मा पनि यो सम्बन्ध बिच्छेद को स्रिजना हुँदै छ | साह्रै गलत भैराखेको छ हाम्रो समाज मा | यो त बस तपाईं हामी जस्ता जस्ले भोगेको / देखेको छ उस्लाई मात्र थाहा छ | पहिले पहिले नेपाल मा लभ म्यारिज भन्दा arrange धेरै गुना उत्तम भनिन्थ्यो तर आज्कल यो सबै उल्टा साबित हुन थाले झैं लाग्छ | अब त arrange म्यारिज गर्नै परे पनि बलियो लमी खोजेर जाने-बुझेको परिवार मा मात्र गर्न हुने भो |
राम्री महिलाले पुरुषलाई आकर्षित गर्न सक्छ/ त् तेस्ती महिलाले ३ पटक बिबाह गर्दै पारपाचुके गर्दै गय बिना ब्यापार उद्द्योग करोडपति सजिलै बन्न सक्छ/
महिलाहरूमा आएको चेतना अभिवृद्धिका कारण पुरुषप्रधान समाजमा दबिएर बसेका महिलाले अधिकार खोजेको । ‘अबका महिला लोग्नेले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने छैन। आफैँ आत्मनिर्भर भएका महिलाले चेपुवामा परेको कुरा नसहँदा सम्बन्धविच्छेद बढेको हो। यो समाज परिवर्तनको सङ्केत हो, ya bikritiko parakasta ?
यो सोच मा खोट हो , महिला हरु पनि श्रीमान्को भन्दा बढ्ता कमाई भयो भनेर श्रीमान बन्न त भयन नि श्रीमती नै भयर बस्नुपर्छ , अनि किन सम्बन्ध बिछोड हुन्छ , महिला हरुले यो जान्नै पर्नी कुरा हो !
प्रथमत हाम्रो बिबाह गर्ने चलन नै ठिक छैन/ न चिनेको न जानेको कता कता को संग arranged marriage हुन्छ जसले गर्दा एक अर्का को भावना बुज्ने र अत्मित्यता को कमि हुन्छ/ एउटै कोख बाट जन्मेको सन्तान मा त फरक सोचाई र ब्यबहार हुन्छ भने दुई फरक ठाउँक फरक लिंग बीच कुरा नमिल्नु शोभाबिकै हो /
अनि अर्को छोटो समयको प्रेम चक्कर को जोश मा love marriage गर्ने हरु मा शुरु मा expectation high हुन्छ अनि reality low भए पछि दाम्पत्य जीवन मा तनाब सिर्जना हुने नै भयो / तसर्थ एक अर्का बीच राम्रो संग चीनजान भयको, एक अर्का को भावनाको कदर गर्ने, राम्रो/नराम्रो पछ्यको जानकारी भयको र आपसी सहमति अनि भयमा मात्र बैबाहिक जीवन अगाडी जान सक्छ भन्ने लाग्छ/
शम्बन्ध बिच्छेद को option पनि खुल्ला नै राखिनु पर्छ / कुरै मिल्दैन, संधै रडाको हुनु भन्दा त छुटिनु नै बेश हुन्छ, दुवै को लागि/