-शशांक लामा-
जसरी नेपालका अभिभावकहरु आफ्ना नानीहरुको राम्रो शिक्षाको खातिर नेपालमा भएका राम्रा स्कुलहरु समेत छोडेर दार्जिलिङ,कालेबुङ,मसुरी आदिमा लगेर पढाउँछन,त्यसरी नै अमेरिकि अभिभावकहरु पनि आफ्नै प्रादेशिक राज्यमा भएका राम्रा शिक्षण संस्थाहरु छोडेर म्यासाचुसेट राज्यको सेरोफेरोमा अवस्थित स्कुलहरुमा आफ्ना नानीहरु पठाउन रुचाउँछन| कारण प्रष्ट छ्: यसै सेरोफेरोमा Harvard, MIT, Yale र अन्य नाम चलेका स्कुलहरु छन| अमेरिकामा विश्वबिधालयलाई पनि स्कुल भन्ने चलन छ्|अमेरिकाको पुर्वी तटमा रहेका केही उम्दा स्कुलहरु र बष्टन शहर हेर्ने हेतुले हामी दुई बाबु छोरी शैक्षिक भ्रमणमा निस्क्यौँ| अमेरिकाको पश्चिमी तटमा पनि Stanford लगायतका राम्रा स्कुलहरु नभएका होइनन,तर न्युयोर्कदेखी केवल ४ घण्टाको यात्रा दुरिमा रहेको बष्टनलाई नै हामीले रोज्यौँ|
यसपालिको मेरो नियात्रामा म पाठकहरुलाई २ दिने भ्रमणमा केनेटिकट , RHODE ISLAND, बोष्टन र त्यहाँस्थित विश्व प्रसिद्व शिक्षण संस्थाहरु:Harvard ,MIT,र बाटैमा पर्ने YALE तर्फ लाँदैछु। यात्राको चाँजो पाँजो: चिनियाँ ट्राभल एजेन्सी, चिनियाँ बस ड्राइभर, चिनियाँ महिला पथ्-प्रदर्शक, बस छुटने ठाउँ न्युयोर्कको चाइनाटाउन र त्यसमाथि बसभित्रका ९५% पर्यटकहरु चिनियाँ । हामी अन्य ५, ६ जातिकाहरु त बिउको रुपमा थियौँ । समग्रमा भन्दा ९९% चिम्साहरु नै थिए। भारतीय बल्ड्याङ्ग्रे एकजोडीले भारतको नाक थामेको थियो। हुन त गोराले चलाएका ट्राभल एजेन्सी पनि छन,तर ति डबल महंगो पर्छ|बसको सुविधाको हकमा दुवै करिब करिब एउटै हो|
हाम्रो भ्रमण द्रिष्यावलोकन कनेटिकट राज्यको मिस्टिक आक्वारियमबाट शुरु हुन्छ । बिभिन्न जाती प्रजातिका ठुला, साना, लाम्चे, पुडके, गोलो थेप्चो, नेप्टो, चुच्चे र सपनैमा नदेखिएका रङ्गी बिरङगी टाटे पाङ्ग्रे माछाहरुलाई छाँट छाँटका आक्वारियमभित्र राखिएको थियो । स्कुले नानीहरुले औधी चाख मानेर हेरेको पाइयो । त्यस बिशाल मत्स्यालयभित्रको अर्को आकर्षण चाँही समुद्री सिंहहरुको स्टेज शो थियो । हङ्कङको ओशियन पार्कमा डाल्फिनले गीतार बजाएको , म्वाइ खाएको र भकुण्डो नचाएको द्रिष्यहरु जमानैमा मैले देखिसकेको हुनाले कनेटिकटको समुद्री सिंहहरुको कृयाकलाप चाँही मलाई अलि लोसे लोसे नै लाग्यो । छोरीले मज्जा मानेर हेरिन्। त्यसै मत्स्यालयभित्र खुला पोखरीमा रहेको सेता व्हेलहरुबारे हाम्री पथ्-प्रदर्शकले बढाइ चढाइ कुरा गरेकी थिईन्, तर ती सेता व्हेलहरु त झन महालोसे रहेछन् । अचम्भलाग्दो कुरो चाँही व्हेलमाछोसित हेलमेल भएका एकजना महिला कर्मचारीले व्हेलको मुखमा ख्वात्त ख्वात्त हात घुसारेकी थिईन्, त्यो व्हेलको पुरै बँगरा झिकिसकेको हो कि ! नत्रभने व्हेल माछाको मुखभित्र त्यसरी हात….
त्यस मत्स्यालयको भोजनालयमा १ घण्टा लाइनमा उभ्भेर मन नलागी नलागी स्याण्डविचले भोक मेटायौँ । किन हो कुन्नी मलाई त्यतिबेला न्युयोर्कको ज्याक्सन हाइटमा अवस्थित लालिगुराँस रेष्टुंरेन्टको रुपञा (डलर) गोटे सेलरोटी र आलुदमको खुबै याद आएको थियो । उर्दी बमोजिम पर्यटकहरु बसमा ठीक ठीक समयमा आएका थिए । त्यो काले समुद्री सिँह र सेते व्हेललाई बाइ बाइ गरेर हामी न्यु हेभनस्थित विश्व प्रसिद्व Yale महाविधालयतर्फ हान्नियौँ । वरिपरी प्राचिन ढाँचाका घरहरुले घेरेको बिचमा ठुलो प्राङ्गण भएको Yale मा हामी पुगेको मात्र के थियौँ, एक्कासी पानी दर्क्यो र त्यस्तो झरी मा पनि हाम्री पथ-प्रदर्शकले हामीलाई येलायाण भटटयाइन्, के गरोस् तिनको त रोजिरोटी नै त्यै हो । पानीको पर्वाह नगरी Elihu Yale को प्रतिमाको पाउ समाती पर्यटकहरुले फोटा खिचाए । पाउ छोएर ज्ञान थाप्ने हामी नेपाली मात्र रहेछौँ भने को त अमेरिकिहरु पनि त्यस्तै मानसिकतामा रहेको पाउँदा बढो उदेक लाग्यो । बर्षाले गर्दा Yale को द्रिष्यावलोकनलाई बिचैमा टुङ्ग्याएर हामी बसतर्फ दौडयौँ । अर्कोदिन Harvard र MIT को भ्रमण् हुनाले मनलाई अलि सान्त्वना मिल्यो।
हाम्रो तेस्रो गन्तब्य Rhode Island राज्यको New Port स्थित The Breakers Mansion अर्थात महल थियो । मैले थुप्रै दरवार र महलहरु देखेको छु: राणाकालीन दरवार, रुसको एर्मिटाज दरवार, लण्डनको बकिँघम दरवार, पेरिसका दरवार संग्राहलय, दिल्ली आगरा र लखनउका दरवारहरु, चीनको Forbidden City का दरवारहरु, ल्हाशास्थित पोटाला दरवार , न्युयोर्कस्थित साना ठुला दरवार संग्राहलयहरु र म्यान्हाटनस्थित New York Public Research Library, जुन कुनै दरवारभन्दा कम छैन र जसको बिशाल Reading hall मा करीब ३०० जना मानिसहरुको बिचमा एकदमै शान्त बातावरणमा मैले मेरो यो बोष्टन नियात्रा एकै टेकमा लेखी सिध्याए को थिएँ । दरवारको गन्थन गर्दा गर्दै म त पुस्तकालयतिर पो पुगेछु । अन्य दरवार झैँ Breakers पनि संगमरमर, एण्टिक फर्निचर, झार्-फानुस्, विलासिताका वस्तुहरुले भरिपूर्ण खोपीहरु, शयनकक्षहरु , दामी कार्पेटहरु, भब्य चित्रकलाहरु र अन्य अनुपम र अलौकिक कलकृतिहरुले सुसज्जित थियो । यस महलका कोठाहरुको आन्तरिक सजावट युरोपमा गरेर पछि तिनै चिजहरुलाई अमेरिका ओसारिएका थिए अरे । महलका स्वामी कुनै राजा महाराजा नभएर त्यस समयका एकजना महाजन रहेछन र कालान्तरमा उनका शाखा सन्ततिले सरकारी कर र अन्य खर्च थेग्न नसकेर स्थानीय न्युपोर्ट राज्यलाई त्यो महल जिम्मा दिएपनि सम्झौता बमोजिम घरपटटीहरु महलको तेस्रो तल्लामा बस्दै आएका रहेछन । यस महलको खास बिशेषता भनेको महल पछाडिको प्राङ्गणमा आएर एटलाण्टिक महासागर ठोकिन्छ , भाँचिन्छ, रोकिन्छ र थामिन्छ । महल पछाडि को त्यो सम्म परेको चऊर अलि पर गएर चटटानमा टुङ्गिन्छ र जहाँबाट एटलाण्टा लमतन्न परेर सुतेको हामी देख्छौँ । एटलाण्टाको छाललाई भाँच्ने वा मत्थर पार्ने हुनाले नै त्यो महललाई Breakers नामांकरण गरिएको रहेछ । जल, स्थल र जंगलको त्रिवेणी संगममा अवस्थित यस महललाई फोटामा मात्र हेरेर थाहा पाइन्न, आँफै सशरीर उपस्थित हुनुपर्दछ।
हाम्रो पहिलो दिनको भ्रमण यात्रा बष्टनस्थित चिनियाँ बफे रेश्टुरेन्टमा Dinner with Lobster खाएर टुङ्गिन्छ, जसकोलागी बसभित्रै अघि नै प्रतिब्यक्ति $ २७ उठाइ सकेको थियो। Lobster खानै पर्ने बाध्यता त थिएन तर आफ्ना सहयात्री र पथ-प्रदर्शकप्रति एकबद्वता जनाउनु भ्रमणको मुल मर्म हो भन्ने मलाई लाग्छ । एक त आफुलाई लब्स्टर मननपर्ने, त्यसमाथि छोडाउन नजानेर लब्स्टरको बोक्रोले औँलामा घाऊ नै बनाइ दियो । शहरभन्दा केही टाढाको होटेलमा हामीले रात बितायौँ । आधुनिक सञ्चारले सुसज्जित कोठाको लचक्दार पलङमा भासिएर Discovery Channel को अति रोमाञ्चक ब्रित्तचित्र हेर्दाहेर्दै भुसुक्कै निदाएछु ।
हाम्रो दोस्रो दिनको पहिलो गन्तब्य अमेरिका प्रसिद्व, विश्व प्रसिद्व शिक्षण संस्था हावर्ड विश्वबिधालय थियो । विश्वभरिकै उम्दा बिद्यार्थीहरुको सपनाको स्कुल प्राङ्गणमा प्रवेश गर्दै गर्दा “मैले पनि यस्तो स्कुलमा पढन पाए,,,,, भनेर छोरीले लामो सास तानेकी थिईन् । लक्ष्मी प्रसादीय “उदेश्य के लिनु, उडी छुनु चन्द्र एक ” अंगेजीमा उल्था गरेर छोरीलाई त्यसबेला सुनाएको थिएँ । हावर्ड हेर्न आएका पर्यटकहरुलाई गौर गरेर हेरें, तिनमा आफना हाइस्कुले नानीहरुलाई साथमा लिएर आउने चिनियाँ दम्पतिहरुको बाहुल्य थियो । चन्द्रमै छुने उदेश्य बोकेका निम्न मध्यम वर्गिय र अर्ध-शिक्षित जस्ता देखिने चिनियाँ अभिभावकहरुले आफ्नो भावी सन्ततिलाइ देखाउन खोजेको सपनालाई जति प्रशंसा गरेपनि कम हुनजान्छ ।
हावर्डकै कम्पाउण्डभित्र रहेको एउटा भवनको ढोकामाथि केही देशका झण्डाहरु झुण्डिएको हामीले टाढाबाटै देख्यौँ । कुन कुन देशको झन्डा रहेछ ! हामीलाई जान्ने खुल्दुली भयो र नजिक गएर हेर्दा त मेरी बास्सै ! नेपाली झन्डा पनि त्यहाँ बटारिएर झुण्डेको रहेछ । हावर्डमा पनि मेरो फुच्चे देशले प्रतिनिधित्व गरेको देख्दा छाती गर्वले फुल्यो । छोरीले रमाइ रमाइ उफ्रेर त्यो झन्डा छुन खोजेकी थिईन् । हावर्डको बिशाल गेट बिद्यार्थीहरुकोलागी केवल दुइचोटी मात्र खोलिन्छ अरे – शुरुमा भर्ना हुँदा र पढाई सकेपछि घर फर्किन्दा । ओबामा लगायत केही अमेरिकि राष्ट्रपतिहरु, थुप्रै नोबेल बिजेताहरु, बिभिन्न देशका शासकहरु, बिल गेटस् र हाम्री पुर्वेली छोरी बेनजिर भुट्टोले पनि हावर्डमा अध्ययन गरेका रहेछन् ।
जोन हावर्ड भन्ने ब्यक्तिको सम्मानमा त्यस विश्वबिधालयको नामांकरण गरिएपनि उनी त्यसको संस्थापक चैँ होइनन् रहेछ । त्यस महाबिधालयको संस्थापनाकालमा उनले सयौँ पुस्तक र मनग्गे सम्पत्ति चन्दा दिएका रहेछन् । सञ्चालक समितिले त्यस शिक्षण संस्थाको नाम हावर्ड राखेर उनको गुण तिरेका रहेछन् र कालेजकै प्राङ्गणमा जोन हावर्डको धातुको प्रतिमा पनि ठडाएका रहेछन् । हामी दक्षिण एशियालीहरुलाइ मात्र अंधबिश्वासले गाँजेको रहेछ भनेको त अमेरिकिहरुलाई पनि त्यसले छोएको त्यहाँ प्रष्ट देख्यौँ । हावर्डको पाउ छोएमा ज्ञानी र भाग्यमानी होइन्छ भन्ने ठनाइ रहेछ र पर्यटकहरु उनको पाउ छोएर फोटा खिचाउँदा रहेछन । राजाले टेकेको पाइतलाको धुलो शिरमा दले स्वर्ग पुगिन्छ भन्ठान्ने समाजबाट आएका हामी दुई बाबु छोरीले पनि हावर्डको पाउ मुसारेर फोटा खिच्यौँ । सानैदेखि धर्मान्धहरुले घुमाइदिएको दिमाग रातारात फेरिने कुरा पनि भएन ।
अमेरिकाको अर्को प्रसिद्व शिक्षण संस्थान MIT – Massachusetts institute of Technology पनि त्यहीँ बोष्टनैमा रहेछ । MIT को दरवार जस्तो भवनभित्रको लामो कारीडरहरु हामीले नाप्यौँ, कक्षा कोठाहरु हेर्ने, शिक्षण प्रणालिबारे सोध्ने, जानकारी लिने हामीलाई अनुमती थिएन र हामीसंग समय पनि थिएन र हाम्रो भ्रमण शैक्षिक भ्रमण् पनि त थिएन । हाम्री पथ्-प्रदर्शकले हामीलाई एउटा रोचक प्रसंग सुनाइन्: Harvard र MIT का बिद्यार्थीहरुबिच घोचपेच, शेखाशेखी र प्रतिस्पर्धा निकै हुँदो रहेछ र कहिले काहीँ त्यसले उग्ररुप धारण् गरी MIT काहरु हावर्ड कम्पाउन्डभित्र लुसुक्क छिरी हावर्डको प्रतिमामा (खासगरी पाउमा) पिसाब फेर्ने र गुहु दल्ने गर्छन् रे त हावार्डेहरु सुटुक्क MIT मा आई भवनका भित्ताहरुमा उपद्रो चित्रहरु कोरेर जान्छन् रे । हावर्ड ब्रिज भन्ने एउटा पुल रहेछ, जसलाई MIT वालाहरु जबर्जस्ती MIT Bridge भन्न रुचाउँछन् रे ।
जोन हावर्डको पाउ छोएर हात चाँही नबिर्सिकन धुनु है भनेर हाम्री गाइडले भनेकी थिईन्, छेउछाउमा पानी थिएन, हिँडन हतार भैसकेको थियो। मेरो देब्रे हातले एकातर्फ ज्ञान र भाग्य मुसारेको थियो भने अर्कोतर्फ गुहु र मुत पनि छोएको भान भएको थियो । बोष्टनको बाइसधारामा आएर देब्रे हातलाई ढुङ्गामा रगडी रगडी पखालियो । अब ज्ञानी र भाग्यमानी चैँ नहुने भैइयो हात पखालिसकेपछि ! एकथरी गन्न सिपालुहरुले भन्ला : के साँच्चिकै २२ धारा छ त बोष्टनमा ? धारा त १२ वटा मात्र छ, तर रुप बालाजुको बाइसधारा जस्तै छ, फेरी बाइस र बाह्र “ब” बाटै शुरु हुन्छ । बाह्रलाई बाइस भन्न पाइन्न भनेर कसैले जिरह गर्छ भने बाह्रधारे भनुँला । मलाई त त्यतिबेला लुगासुगा खोलेर हनुमाने जाँघी लगाएर धारामुनी छिरुँ छिरुँ लागेको थियो । स्कुले छँदा बालाजुको बाइसधारामा खुला स्नान गरेर छेवैको चऊरमा पाहा झैँ पछारिएर शोक न सुर्ता, भोक न भकारी भएको जिन्दगीको त्यो क्षणलाई सम्झेर मनै एक तमासको भएको थियो ।
भ्रमणको अन्तिम चरणमा ठुलो डुङ्गामा चढेर एक घण्टा जति समुद्रमा फन्को मारेर बोष्टन शहरको द्रिष्यावलोकन गरेका थियौँ । न्युयोर्कको म्यान्हाटनलाई त्यसरी नै फन्को मारी डुङ्गाबाट हेरिसकेको हुनाले बोष्टनेली त्यो डुङ्गे यात्रा केही जस्तो लागेन । तर बोष्टनको बाह्रधारेले चैँ मनै एक तमासको बनाएको थियो । बाह्रधारेकै अगाडि रहेको खरायोको प्रतिमामाथि बसेर म त्यसबेला आफ्नै मुलुकको यादमा डुबुल्की मार्दै थिएँ , तन बोष्टनमा भएपनि मन बालाजुमा थियो । अमेरिकाका चिल्ला , फराकिला सडकमा जति नै हुइँकिए पनि यो मन संधै त्यो हिलो, धुलो, मैलो नेपाललाइ सम्झिरहन्छ, कल्पिरह्न्छ,,,, न्युयोर्क फर्किन्दै गर्दा म बसभित्र यिनै गीत गुनगुनाउंदै थिएँ ……
बालाजुको बाइसै धारामा
कति मिठो पानी
सुन्दरीजल छररर….
as far as I know these people are studying at Harvard:
Pragya Lohani: Harvard Kennedy School, Master in Public Policy
Subhash Ghimire: Harvard Kennedy School, Master in Public Policy
Kundan Chaudhary: PHD in Physics
Supriya Shrestha: PHD in Chemistry
Elina Pradhan: Harvard Public Health School, Master in Public Health
I think they are ALL from Budhanilkantha School.
हार्वर्ड युनिभर्सिटिमा राजा बिरेन्द्र मात्र हैन पहिले का निर्बाचन आयुक्त भोजराज पोख्रेल पनि पढेका हुन्/मेरो एक जना छिमेकी मित्र पनि त्याहा एञ्जिनिअर छन्/
त्यो सरकारी कर्मचारीको नाताले दात्रि संस्थाको दानमा चाकडी गरेर छनौटमा परी बिदेशमा फ्री पढ्नु, खानु बस्नु उड्नु मोज गर्नु अनि डीग्री पनि पाउनु र देशमा आफ्नो जागिरको तलब भत्ता पाईरहनु सितै जागिर अवधि र बढुवाको रोल पनि गन्ति हुने गरेर पढेको के गन्ति गर्ने हो? देशले यति धेरै दिए पछि यस्ताले देशलाई के दियो भन्ने प्रश्न तेर्साउन पर्छ|
सयौं मानिसहरु कहीं न कहीं यात्रा गरिराखेका हुन्छन| ति मध्ये कलम चलाउनेहरु पनि होलान! तिनले केहि लेख्दा हुन्छ है! यात्राको मज्जा आफूभित्रै गुम्साएर राखेर के गर्नु? जानकारीहरु आफूमात्र लिएर दङ्ग परेर जिउनु पनि के जिउनु ? मरेर कसैले केहि पनि लाँदैन भन्ने कुरा छ्याङ्गै भैसक्दा पनि कृतिम जिन्दगि बाँचेर के पो गर्नु! खुलस्त भएर बाँचौं र अरुलाई पनि बाँच्न सघाऔं! मेरो यात्रा संस्मरण पढिदिनु भै कमेन्ट गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहान्छु|
कुनै देशका मनिष शब्य र असब्य भन्ने कुरा त्यस देश को सरसफाई र बातावरण ले पहिचान दिलाउछ | कुनै देश बिकसित छ छैन भन्ने कुरा पनि त्यस देसको कल कारखाना,
गगन चुम्बी घर हरु र बाटो घाटो को विस्तार र सरसफाई ले नै दर्शाउछ |
जो जसले जे जस्तो कमेन्ट गरे नगरे पनि नेपाल उपत्यका र अधिराज्य को बाटो विस्तार बाट अहिलेको अबस्थामा धुवा धुलो बाट जे जस्तो कस्ट सहन परिरहेता पनि निकट भविष्यमा त्यसको परिणाम सकरत्मक्नै हुने निश्चितता प्रति विभिन्न विचार राख्ने हरुको आत्माले समेत नकार्न नसक्ला | ०३४ सालमै बाटो फराकिलो पार्ने मापदण्ड बन्दा बन्दै पनि कति राजनैतिक अनुहार हरु फेरीए ,बाटो विस्तार को प्रयास नभएको नगरिएको थिएन तर आ आफ्नै स्वार्थ का कारण मापदण्ड बिपरित समेत सडकको दया बया घर टहरा बनाउन दृश्य अदृश्य रुपमा स्वीकृति दिई ३५ सौ बर्ष सम्म कोहि कसै बाट हुन नसकेको बाटो बिस्तारको काम विभिन्न बाधा अड्चन बिरोध अबरोध हुँदा हुँदै पनि बढो कठिनाइ का साथ बाबुरामजी बाट थालनी भयो यो कदम बहु संखेक जनताको निम्ति स्वागत योग्य कुरा हो | सडक बिस्तारको साथ साथै ढल समेत विस्तार भएको छ ,अझै बिजुली ,टेलीफोन तथा अनन्य केवल हरु र पानीको पाइप लाइन समेत विस्तार गर्न सकेको भए दुरगामी परिमाण उपलब्द भै सुनमा सुगन्ध थपिने थियो | बाटो बिस्तारको उपलब्दी कतै कतै देखिन थाली सकेको छ भने निकट भविष्य मा धुवा धुलो बाट बन्चित हुने अबसर मिल्ने आशा मा छौं |
समाज र नागरिक चेतन शिल र सबय नहुदा ,निउयोर्क ,वाशिंग टन डि .सी. जस्ता सहर पनि त फोहर्नै देखिन्छ | जापानको फुजी माउनटेन्ट चढ़न जानेहरु तोकियो बाट लगेका प्लास्टिकका ब्याग हरु खानेकुरा खाइसके पछि फर्किंदा टोकियोमै ल्याई फ्याल्छंन ,तर हाम्रो सगरमाथा प्राय बिदेशी पर्यटक हरु चढ़छन र पनि, त्यो छेत्र मा जताततै फोहर फ्याली फोहर र दुर्गन्धित भएको छ | फोहर सफा गर्न करोडौं लगानी लगाउनु परेको छ | यसै सन्धर्वमा लामाजी ले पुस्टि गरिसक्नु भयो , हार्डबर्ड र मिट (हार्ड बर्ड र मिट ) बारे को प्रतिस्पर्दाले ति दुवै ठाउ फोहर भएको बारे | देश बिकशित भएपनि मनीषको मनाशिकता बिकाश हुन नसक्दा सम्म kehi हुने छैन | अस्तु :
शशांक लामाजीको प्रस्तुति सार्है राम्रो र भाषामा त्यत्तिकै मिठास छ| पुरै पढीसक्दा पनि कत्ति छोटो लेखेको होला अलि लम्बाएको भए झन् रमाइलो हुन्थ्यो भन्ने पो लाग्यो मलाई त! आफ्नो यात्रा अनुभब बाढ्दै गर्नुहोला| धन्यवाद
चटक्क नयाँ बाटो कहाँबाट ल्याउनु नि ! बनाउनुपहिले बिगार्नुपर्छ, चाहे त्यो घर होस् वा बाटो । ढिलोचाँडो हुनु हजारथरि सोच भएका हजारथरि मान्छे लाग्दाको परिणाम हो ।
एउटा सामान्य पसल सफल असफल हुन त २-४ नभई थाहा हुँदैन, राजनीतिमा यति चाँडो निर्क्यौल नगर्दा हुन्छ । अनि तपाईंलाई नराम्रो लागेको कुरो मलाई पनि नराम्रो लाग्नुपर्छ भन्ने पनि छैन ।
कुरो ठिकै हो| अरुले दशकौ मा गर्न नसकेको माओवादीले गर्यो| भनाईको मतलब लाजिम्पाट र एभरेस्ट होटल तिरका बाटो भाताकर चौडा गराउन थाल्यो| अनधिकृत रुपमा डेरा हालेकाहरुले अरु दलका हरु लाई जस्तै करोडौ उठाएर दिन्छु खालि थमौती मात्र दिनुस भन्दा पनि माओवादी मानेन| यो शास्वत सत्य हो |तर खालि माओवादी तिर मात्र एकोहोरो हुन् भएन है पुष्प सर| गुण दोष भनेको सबैमा हुन्छ, धेर थोरको चर्चा विश्लेषण गर्ने, अरुलाई सुसुचित गर्ने अनि सचेत रोजाई गर्ने वातावरण बनाउने प्रयास गर्ने हो| क्यानाम बाबुराम र प्रचण्डले समावेशी भनेर घोक्रो फुक्यो तर केवल मधेसी नेता हरुको लागि मात्र समावेशी भयो| एमाङ्ग्रेसले जनजातिलाई लोप्पा ख्वाएर त्यागेको भएर मात्र माओवादी अलि माथि देखिए जस्तो हो नत्र समावेशीपन मा माओवादी पनि उस्तै हो| खाओवादी नै हो|
कुरो र गफमा बिभिन्न थरिका तर्कले जित्न सकिएला, त्यो एउटा कुरो हो तर ग्राउण्ड रियालिटी भन्ने कुरो पनि थाहा पाउन पर्यो|
अरु पार्टीहरुको चाल बुझ्दा र देखि सकेको हुनाले नचाहदा नचाहदै पनि आगामी चुनावमा माओवादीको बहुमत आओस र एकपल्ट हेरौ भन्ने चाहना राख्दछु र कामना गर्दछु| आखिर एमाङ्ग्रेस जस्तै माओवादीको झुकान पनि पुँजीवादी फ्री मार्केट तिरै छ बाहिर जेस्कै भनेको होस्| मुख्य कुरो देशलाई कुन दलले सार्बभौमताको रक्षा गर्दै द्रुततर गतिमा आर्थिक प्रगति तिर लैजान सक्छ भन्ने हो|
धेरै राम्रो नियात्राको लागि स-धन्यवाद बधाई छ, माइसंसारमा तपाइको लेख छाप्न जहिले ठाउँ बनिरहोस, तपाइलाई लेख्न जागर चलिरहोस,
लामाजी को लेखाई खुबै राम्रो लाग्यो | लुन्ग्वा ताप्लेजुंग तिर को हो कि क्या हो ? फोटो हेर्दा त् हिले तिर संगै बसेर तोंग्बा ताने ताने झैं लाग्यो है मलाई त |
केहि हप्ता अघि शशांक ज्युको कोलोराडो भ्रमणको सस्मरण पढेको थिए / कोलोराडोको करिब करिब ७० प्रतिसत भूभाग घुमी सकेको भए पनि उहाँको लेखन शैलीले मलाई फेरी त्यहाँ पुर्याएको थियो / वास्तबमा उहाँको लेखाईमा गजबको जादु थियो र मैले एउटा पाठकको रुपमा उहाँ संगै कोलोराडो घुम्ने अवसर पाएको थिए / १९९४ देखि २०१३ सम्ममा गोडा दसेक पल्ट कोलोराडो पुगी सकें हुँला, पाखा, पहरामा रमाउने ज्यानलाइ मेरो दुर्भाग्यले यो समुन्द्र देखि एक हात माथिको सहर वेस्ट पाल्म बीच, फ्लोरिडामा ल्याएर फालेको थियो र म घरि घरि भागेर कोलोराडो पुग्थे किन भने त्यहाँ पुगे पछि मलाई खुम्बुमै पुगेको भान हुन्थियो / कति पल्ट त् बसाईनै सर्ने धुनले पनि त्यता टुईकिन्थे तर कर्मको खेल हिसाब किताब मिल्दैन थियो र म फेरी फ्लोरिडा फर्किन्थे / येति बिघ्न कोलोराडो भने पछि भुतुक्कै हुने मान्छे म लेखि पनि टोपल्छु र त् आफ्नो पहिलो कथा संग्रको शिर्षक कथानै “क्यासल रक कि अप्सरा” छानेको थिएँ / तर यात्रा सस्मरण भने एउटा मात्र लेखेको थिए जुन मेरो फेसबूक को पेज “अनुभव बाड्ने थलो” मा मात्र सम्प्रेषण गरेको थिए /
आज “न्यु मेक्सिकोमा बजरंग बलि” शिर्षकमा एउटा यात्रा सस्मरण मलाई पनि माइ संसारका थुप्रै आदरणीय पाठकहरु समक्क्ष बाड्न मन लागेर, माई संसार छिरेको त् फेरी शशांक ज्युको यो सस्मरणमा नजर गइ हाल्यो र म आफ्नो रचना राख्नुको बदला पढ्नमा मस्त भएँ / तिन ताक नेपालमै छदा, अमेरिकी सैक्षिक संस्थाको जागिर अनि कामको सिलशिलामा पहिलो पल्ट अमेरिका आउदा बोस्टन पनि पुगेको थिए / नोभेम्बरको महिना, डेनभर कोलोराडोकै एउटा कास्ट को (होल सेल पसल ) मा किनेको खतरा न्यानो ज्याकेटको बाहुला खुब घोटेको थिए “लौ हार्वर्ड बाजे, यो जुनीमा त्यस्तै भयो अर्को जुनीमा तिम्रो छत्र छायाँमा बसेर पढ्न पाऊ” भन्दै / अनि त्यो ज्याकेट नेपाल फर्किदा बाटो पारेर ग्लासगो, स्कट ल्याण्डमा अध्यनरत मेरो सालालाइ भेटि उपहार दिएर फर्किएको थिए / उ अहिले यहीं मायामीमा एउटा कम्पनीमा इन्जिनीयेर छ र भर्खरै फोन गरेर त्यो ज्याकेटको प्रसंग के उठाएको थिए उ बम्कि हाल्यो ” हैन भेना, त्यो ज्याकेटको दाहिने हातको बाहुला के मा घोटेको हो तपाईले, कस्तो …..गनाएर ल्यायो छि !”
म येति बेला हाँसेर हुरुक्कै भएको छु / एस्तो पो यात्रा सस्मरण / मान्नु पर्छ शशांक ज्यु तपाइको कलमलाइ /
स्कुले छँदा बालाजुको बाइसधारामा खुला स्नान गरेर छेवैको चऊरमा पाहा झैँ पछारिएर शोक न सुर्ता, भोक न भकारी भएको जिन्दगीको त्यो क्षणलाई सम्झेर मनै एक तमासको भएको थियो । राम्रो छ बर्णन !!!
न्युवोर्क न घुमे पनि ,घुमेकी जस्तो बनाइदिनु भो |अति सुन्दर बर्णन |
केटाकेटीमा हावाडा ब्रिज को कथा भन्थे इन्डियन जाने लाहुरे हरु ,बढो घत लाग्थ्यो ,आज हाबार्ड युनिभर्सिटी को सयर गरियो |
कस्तो मनै लोभ्याउने यात्रा निबन्ध लेख्नुभेछ| धन्यवाद | अस्तिको लेखमा फोटो नभएर खल्लो भयो भनेर पाठक महानुभवले लेखेको देखेको थिए , यसपाला हा लिदिनु भएछ, खुशी लाग्यो|
लामाको छोरोले पनि यति राम्रो नेपालीमा घतमा जाने गरी लेख लेख्न सक्दो रहेछ भनेर कतिजना बाजे हरु मनमनै दंग पर्दा हुन| भाषा शुद्धा शुद्धि जाँच्दा हुन| जति नै राम्रो लेखेपनि आफ्नो देशमा लोक सेवा मा छिराउने होइन| आफ्नैलाई मात्र चान्स दिन्छन दुईचार एक्सेप्सनल केस बाहेक | हजुर हरुकै हातमा छ| कुनै जमाना पनि आउँला जब नेपालमा सबैले पूर्वाग्रह रहित समान अधिकार उपभोग गर्न पाउनेछन|
कसैलाई बिझाउने उदेश्यले यो भनिएको होइन साँचो नेपाली मनमा लागेको कुरालाई घांटी बाहिर ल्याएर की बोर्डमा टाईप गरेर पोखिएका हुन| जसले भोगेको छ उसैलाई मात्र यो दुख थाहा हुन्छ| अचानोको पीर खुकुरीले जान्दैन भन्या जस्तो|
धेरै नेपालीले भने यस्तै लेख र अरुले गरेको यात्रा बर्णन पढेरै चित्त बुझाउने त हो नि !
शैक्षिक पर्यटकको अनुभबको संगालो अद्धोपांत पढ़िसके पछि केहि ज्ञान तथा जानकारी मिलेको अनुभूति भयो / लेखनी हाम्रै जिब्रोमा टास्सिने खालको छ / बधाई !! छोरीलाई शुभकामना…
अमेरिका नपुगे पनि शसांक ब्रो को लेखले बोस्टन सहर र हावर्ड अनि मस्यचुसेट बिस्वबिधयालय घुमाई दिनुभएकोमा धन्यबाद /
Thousands of people from Asia have studied at Harvard, not only few. They are one of the major sources of most Western Universities..
आहा कति राम्रो शग अमेरिकामा रहेका university हरुको बारेमा लेक्नुव्येछा . सारै राम्रो लाग्यो
अरु कुरा तेस्तै हो, तपाई को लेखन लाई चै मान्नै पर्छ |
शशांकजी ,छोटो मिठो रुपमा जानकारीमुलक यात्रा विवरण प्रस्तुति गर्नुभएको राम्रो लग्यो.| लेखाइले निरन्तरता पाओस |
अनन्त
न्युयोर्क
नेपालीहरु लाई अचम्म लग्न सक्छ तर हार्वर्ड र एम आइ टी मा धेरै नै नेपालीहरु छन्| हार्वर्ड मा एक जना undergrad छन् र केहि धेरै graduate level मा छन् | MIT मा छ जना undergrad तथा अरु धेरै graduate छन् | एउटा कुरा के प्रस्ट पार्न चाहन्छु भने MIT मा त जो पनि क्लास मा जान पाउञ्छ | MIT Library मा जानको लागि MIT Student नै हुनु पर्छ वन्ने छैन | “कक्षा कोठाहरु हेर्ने, शिक्षण प्रणालिबारे सोध्ने, जानकारी लिने हामीलाई अनुमती थिएन” होइन यदि तपाईं संग समय भए को भए त्यो सबै काम गर्न सक्नु हुन्थ्यो | सायद guide ले उल्टो information दिएको हुनु पर्छ | खास मा MIT आफ्नो ज्ञान खुल्ला हुनु पर्छ भन्ने विचारमा धेरै नै Proud feel गर्छ |
समग्रमा नियात्रा रमाइलो नै लग्यो, तर हार्वर्ड पढ्ने व्यक्तिहरुको सीमित सूचीमा हाम्रा दिवंगत राजा वीरेन्द्रको नाम छुटाएको देख्दा चै अलि मजा आएन . पाकिस्तानकी बेनजिर ‘हाम्री पूर्वेली छोरी’ रे, अनि त्यहिँ पढेका वीरेन्द्रको नाम नै छैन .
यो कुरा अलि हजम भएन नि !
म नेपाल नामक कुवा म बस्ने भ्यागुतोलाई मन्छेलाई तपाइको कुरा आकश को फल आँखा तरी मर भने जस्तै हो दाजु !!!
लेख सुचनामुलक, मनोरन्जनात्मक र प्रेरणादायी लाग्यो I
राम्रो र जानकारीमुलक लेख
“हिलो, धुलो, मैलो नेपाल” – नेपाल पनि घुम्न आउने बेला भइसकेछ शशांकजी ।
किन र ?
हिलो, धुलो, मैलो हटी सक्यो र नेपालबाट ?
लाजिम्पाट दरवारबाट बाहिर निस्केर हेर्ने बेला भइसकेछ पुष्प जी
खोजी-खोजी हिलोमैलोमै जान रूचाउनेलाई के भन्नु !
जता गए पनि राजधानीमा हिलो र धुलो खोज्न होइन बच्न पर्छ| भीआईपी पुष्पजी, रोड भनिने महार्जगंज देखि रानीपोखरी पैदल सवारी होस् न| माओवादीले घर भत्काएर कसैले गर्न नसकेको काम गर्यो रोड चौडा बनाउन| तर अरु काम जस्तै अधकल्चो र लथालिङ्ग छाडिदियो| माओवादीको कामै त्यस्तो हो| त्यो पार्टी पनि त्यस्तै छ, कच्चे धागे जस्तै| एमाङ्ग्रेसले जनताको धरातल देखि धेरै तल धस्किएकोले नै माओवादी पस्केको हो, नत्र केहि छैन| प्रचण्ड र बाबुरामका हुती राजाका प्रधान पन्च भन्दा माथिका राजनीति गर्न सक्ने खालका होइनन भन्ने देखि हाल्यौ| प्रचण्डका गुरु वैद्यले प्रचण्ड समर्पन्वादी भनिसके|