Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हामी आत्मदाह गरौँ?

Posted on April 11, 2013September 28, 2013 by mysansar

-दीपक भेटवाल-

doha उता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। वर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर यातना, अवहेलना र डसाईले ‘गलित’ भएर ठगिन्छन्, आफ्नो दुःख र गुनासोको पोको लिएर केही होला कि भन्ने आशामा सहाराको अन्तिम त्यान्द्रो दुतावासको ढोका समाउँछन्। तर जब दुतावास पुग्छन्‌ अनि तिनको आत्मसम्मान, पिडकसँग कानुनी लडाई लडछु भन्ने आत्मबल र आफनै देशको दुतावासप्रतिको तिनको भरोसा सबै धुलिसात हुन्छन। दुतावासभित्र तिनको हात समातेर, ध्यानपूर्वक तिनको गुनासो सुनेर तिनले पाउनु पर्ने हक, अधिकार र सम्मानको पक्षमा खरो पैरवी गर्ने कोही भेटिँदैन। यो कोठाबाट त्यो कोठामा जाऊ भनिन्छ, त्यो कोठाबाट यो कोठामा जाऊ भनिन्छ। तलबाट माथि जाऊ भनिन्छ, माथिबाट तल जाऊ भनिन्छ। अथक प्रयासपछि भनेको कोठामा पुग्यो, झन् उल्टै किन नबुझी आएको त? हामीलाई सोधेर आएको हो र? भन्ने जवाफसँगै हुर्मत लिने अर्को श्रृङ्खला सुरु हुन्छ।

हुनलाई दुतावासको आरामदायी कुर्सीमा विराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पीडा, हैरानीको बुझबुझारथ गर्न गरिब राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्। तर जब दुतावासमा आफ्नो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौँ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन। मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीहरुलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर-पीडक ठगदलालहरुको सेवा सत्कारमा खटिँदै फुर्सद हुँदैन। मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो। तैपनि केही हातलागी हुन्छ कि भनेर कोठा-कोठा चहार्दै पीडित मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन्। राजदुतको कोठाबाहिर बस्ने जब्बर ढोकेले पीडितलाई झ्याप्पै रोक्छ। यो ढोकेको काम बडो लोभलाग्दो छ। ठग, दलाल कम्पनीको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रा/मैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ। ‘किन आएको? के काम छ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस्।’

तर पर्खँदापर्खँदै घाम डुब्छ। यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुँडिएपछि कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकीय बाटो हुँदै स्वदेश फर्कन्छन। कोही आत्मदाह गरेर मर्छन्। कोही बेपत्ता हुन्छन्। समालको मरुभूमिमा खाली पैतालाले तातो बालुवा टेकेर भेडा चराइरहेको वीरबहादुर १३ वर्ष भयो देश नफिरेको। तपाईँका स्वाभिमानी नागरिकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय? महोदय, दुतावास ओहोर दोहोर गरिरहने भुक्तभोगीहरुले सुनाएको दुई थान घटनाको म वर्णन गर्न चाहन्छु :

१) दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पोको फुकाउन ओठतालु सुकाएर अत्यासलाग्दो मुद्रामा पीडितहरुको घुइँचो छ। कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरिरहेका छन्। भित्रबाट बोलावटको केही सुइँको आउँदैन। आफ्नै चुच्चोले आफनै घाउ ठुँग्न विवस कुनै अभागी चराजस्ता आफनो घाउ आफै ठुँगेर पीडितहरु खुइ गरिरहेका छन्। तैपनि भेट्ने पालो आउँदैन। महामहिम राजदुतसँग घण्टौँ चियागफ लडाएर बाहिर निस्केको रैथाने नारदले शहरभरी खबर बाँडिरहेको हुन्छ कि त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरियल हेरेर बसिरहेकी रहिछिन्। हे पशुपति, यो मजदुरका गुनासाहरुले भरिएको कतारको नेपाली नियोग हो कि कुनै युरोपेली शानशौकतको केन्द्र?

२) एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदारहरु पठाएछ। पीडित कामदारहरु म्यानपावरउपर कारवाही गरीपाऊँ भनेर जाहेरी गर्न जाँदा उसैगरी ढोकेले छेकेछ र, घण्टौँ बाहिर कुराएछ। बुझ्दै जाँदा थाहा लागेछ- महामहिम राजदुत त भित्र तिनै पीडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गदै हुनोहुँदोरहेछ। पीडितबाहिर फलामे कुर्सीमा न्याय कुरेर बसेका छन्, पीडकहरु भने भित्र मखलेल मुद्रामा महामहिमसँग आरामदायी सोफामा बसेर चियागफमा व्यस्त छन्। राष्ट्रपति महोदय, यी निरीह तपाईँका नागरिक अब कहाँ जाने? पत्याउँदा मुटु चसक्क हुन्छ तर महोदय, कतारको नेपाली दुतावासको कठोर सत्य यही हो।

उसो त राजदुत मायाकुमारी शर्मा नियुक्तिको कथा पनि बडो बिद्रुप खालको छ। सर्वहारा वर्गको मसिहा भनिने माओवादीले राजदुत नियुक्ति गर्दा हामीलाई लागेको थियो, आम नेपाली मजदुरहरुको बास रहेको कतारका नेपालीहरुको अब कल्याण हुने भो। मजदुर पार्टीको राजदुतले कम्तिमा मजदुरको हेलाहोचोको सुनुवाई गर्नेछिन्। तर जसै मजदुर पार्टीको घरानियाँ राजदुतले कतारमा पाइला टेकिन्, हाम्रा सबै आशहरु खरानी भए। अझ गजबको कुरा त यो संसदीय सुनुवाईको फलामे ढोकाबाट यस्तो अक्षम राजदुत कसरी पास भइन्? के संसदीय सुनवाई समितिमा पनि दलीय भागवण्डामा परेका अक्षमहरुको भीड मात्र छ? कुटनीतिक मामलामा दक्ष, विषय र जिम्मेवारीलाई गम्भिरतापूर्वक बोध गर्न सक्ने क्षमता, आफूले दुतावास सम्हालेको मुलुकमा आफनो राज्यको तर्फबाट गर्नुपर्ने प्राथमिक कामको सूचिहरु के-के हुन् भनेर समेत पहिल्याउन नसक्ने उम्मेदवारलाई माओवादीले कसरी राजदुतमा सिफारिश गर्‍यो? संसदीय समितिले के-के अन्तर्वार्ता लियो? ठूलो पार्टी भनिएको माओवादीको गैरजिम्मेवारीपनले गर्दा पीडित नेपाली मजदुर यो परदेशी भूमिमा आँसु र पसिना पिउन बाध्य मात्र छैनन्, अन्य मुलुकका दौतरीहरु सामु पनि हाम्रो शिर झुकेको छ। ति शिर ठाडो पारेर सोध्छन्- ‘तिम्रो मुलुकमा राजदुत हुन लायक मान्छे कोही छैनन्?’ के उत्तर दिनु हामीले?

सर्वहारा पाटीले सिफारीस गरेको घरानियाँ राजदुतको कुरा भनिसाध्य छैन। नेपाली दुःखीहरुको पीडाको घाउ पाकेर कतारको नेपाली दुतावास दुर्गन्धले भरिएको छ। जहाँ नागरिककै शिर झुकेको छ, त्यहाँ चन्द्रसुर्य अंकित झण्डाको पनि के शान? दुतावासको धुरीमा ठडिएको नेपालको राष्ट्रिय झण्डाको सान निहुरमुन्टी बनेको देखिन्छ। हामीले धेरै पटक भन्यौ, धेरैलाई भन्यौ। तत्कालिन माओवादीको सरकारलाई भन्यौँ। प्रशासन हाँकेर बसेका मुलि प्रशासकहरुलाई भन्यौ। सिफारिशकर्ता माओवादीका ठुलै नेतालाई पनि घरानियाँ राजदुत फिर्ता गराएर मजदुर हितैषी राजदुत पठाईपाउँ भनेर भन्यौँ। ती नेताहरु आए, भाषण ठोके, आश्वासन दिए र गए। भन्ने ठाउँमा भनेका भन्यै छौ। लेख्ने ठाउँमा लेखेका लेख्यै छौँ। तैपनि हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौ। बोलेका बोल्यै छौ। बोल्यो हावाले उडाउँछ। न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु। मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरिरहँदा उकुसमुकस भएपछि मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ। के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अब आत्मदाह गरौँ?

(लेखक कतारस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि हुन्)

हेर्नुस् कतारका लागि नेपाली राजदूतसँग बीबीसी साझा सवालले गरेको कुराकानीको भिडियो

पूरा भिडियो हेर्नुस्-

63 thoughts on “के हामी आत्मदाह गरौँ?”

  1. Rames, Korea says:
    June 17, 2013 at 4:41 pm

    After looking this episode, I learnt one thing that Ambassador Maya Kumari Sharma is only Ambassador for the Dalal, not for the real poor workers. She is just earning the hansom kamison, instead giving justice to the workers.

    In conclusion, Government should immediately bring her to prison and let her rot in the four walls of jail. She is just fit for this, nothing more than this.

    Go to hail so called ambassador Sharma.

    Reply
  2. शिव खड्का says:
    June 16, 2013 at 2:56 pm

    यस्तै अर्को कथा साउदी भागी बाहिर काम गर्ने दाजु भाई हरु को छ ,लाग्छ हामी कुनै राष्ट्र का होऊ या होइनौ हाम्रो अस्तितो छ कि छैन ,प्लेन मा भारी हालेर पठाउने मैन पावर र निर्गीन्नी सरकार लाई थाहा होला यहाँ को कथा ???

    Reply
  3. Dev says:
    June 16, 2013 at 1:37 am

    यो आईमाई राजदुत हुनै सक्दैन यसलाई तुरुन्तै फिर्ता बोलाउनु पर्छ | यसले नेपाली को लागी केहि पनि गर्ने वाला छैन | मलाई त यो दिमाग नभए को छाडा आइमाई जस्तो लाग्यो | मलाई त लाग्दैन यो संग कुनै कुटनैतिक छमता पनि छ |
    मलाई विडियो मा नारायण श्रेष्ठ को कुराकानी सार्है राम्रो लाग्यो | तेस्तो ठाउमा गएर पनि नेपाली दाजु- भाईहरुको पिर- मर्का को बारेमा हेर्ने र सुन्ने मौका दिनु भएको मा नारायण जी लाई धेरै धेरै धन्यवाद |

    Reply
  4. raj says:
    June 15, 2013 at 7:06 pm

    जंगली बाट आशागर्नुनै के थियोर हिजो वोट दियर आज हामी पछुतयुदैछोउ वोली फेरी पछुतायुना नपरोस

    Reply
  5. ramesh babu says:
    June 15, 2013 at 5:58 pm

    President comrade plz pull her back ASAP n send some one like dr mishrah
    Who honestly do try to take care of our poor labor in d dessert. More u delay she will Defiantly destroy pride-prestige of party and country . Plz comrade listen d voice of thousands of helpless pore people. N take necessary step immidety.Plz plz plz…..

    Reply
  6. Pingback: माइस‍ंसारको ब्लगले झण्डै देशनिकाला « Mysansar
  7. राज विपल्लबी says:
    June 12, 2013 at 8:30 pm

    सही सत्य कुरो म पनि कतार बसेको छ् बर्ष भयो एस्तो गए गुज्रे को रजदुत मैले कही कतै देख्न र सुन्न पएको छैन दिपक जि ले मात्र होइन अरु जो सुकै ले पनि राजदुत माथि प्रश्न चिन्ह लगाउछन् अहिले को पारीवेश मा र अहिले को रज्दुत को काम गराइ सैली माथि।। कुनै बिशिस्ट् सोच नभएको रज्दुत हुनु भन्दा राज्य ले रजदुत न पठएको नै बेस

    Reply
  8. सार्थक says:
    April 15, 2013 at 3:08 pm

    डा. सूर्यनाथ मिश्रको नेपाल फिर्ती र माया कुमारीको कतार आगमनको दिन नै कतारका हामी नेपाली मजदूर, कामदारहरुको दुर्दिनको शुरुवातको कालो दिन हो ।

    Reply
  9. सार्थक says:
    April 14, 2013 at 8:16 pm

    खरदार सुब्बा त्यो पनि मालपोतको हुने योग्यताको मान्छेलाई राजदूत बनाएर पठाए पछी के हालत होला हामी आँफै अनुमान गर्न सकिन्छ । दोष भारतको युपीबाट ३ बिषयमा मास्टर डिग्रीधारी डा. माया कुमारीको कि उनलाई राजदूत बनाएर पठाउने प्रचण्ड/नारायण काजी कम्पनीको?

    Reply
  10. b.k pandey says:
    April 14, 2013 at 5:03 am

    साच्चै भन्ने हो भने आज नेपालीले २०७० हैन २०१७ मनाउन पाएको भए दुनिया मा हामी इमान्दार,बिस्वसिलो,परिस्वमी,मित्र,भनेर चिनिन्थियो.तर बहुदलीय ( नेकपा ) २०११ मा सत्ता मा आएपछि समस्त नेपाली लाई ( नेकपा बाहेक) दुख दिन थाले पछि राजा महेन्द्र ले नेकपाका सबैलाई थुने पछि नेपालमा सान्ति आयो.त्यस बेला छिमेकीमा सानो झगडा हुदा ‘तेरो घरमा कांग्रेस पसोस’ भन्थे . अब १९९० पछिको नेपाल २००११-२०१७ बिचको नेपाल भन्दा धेरै नै नराम्रो छ. किन भन्दा १९९० पहिला राज परिवार मात्रै कानुन माथि थिए,अहिले सबै राजनैतिक पार्टी ,त्यसका कार्यकर्ता ( जसमा ज्यानमारा,माफिया,चरी,मनांगे,चक्रे इत्यादी छन् ) लाई कानुनले छुन नसक्ने ????? इस थिस democracy ????? अनि चक्का जाम , किन ?????

    Reply
  11. shreesh thapa says:
    April 13, 2013 at 2:38 am

    राजनीतिक खेलले गर्दा नै यस्तो भएको हुनुपर्छ जो पायो त्यसलाई राजदुत बनाएपछि यस्तै हुन्छ …….सबै भन्दा राम्रो उपाए भनेको नेपालमा सरकारी कर्मचारीहरुले भोट दिन अनि राजनीतिमा लाग्न नपाउने संबिधान बनाउनु आवश्यक छ…कुनैपनि पार्टीमा लाग्न नपाएपछि उ यो पार्टी मेरो त्यो पार्टी उसको भन्ने हुदैन त्यसपछि अलि देशको बिकाशमा पनि सुधार आउछ कि ???

    Reply
  12. Bishow says:
    April 12, 2013 at 6:25 pm

    तपाईको कुन चाहि नियमानुसार गर्न नहुने काम गरिद्रिइनन् राजदूतले र तपाईका लागि कतार सरकारसँग मजदूरहरु पछि लगाएर सडक जाम गर्दै जुलुस लिएर धर्नामा गइनन् । पित पत्रकारिता र साहित्यको समेत चरम दुरुपयोग भेटवाल जी माइसंसारको यो वाल राजदूतसँगको भेटमै कुरा गर्न पाए वाल यस्तो हुँदैनथ्यो ।

    Reply
    1. Rajan Upriti says:
      April 13, 2013 at 2:13 am

      Bishow जी राजदूतको के नाता लाग्नुहुन्छ कुन्नि, तर मैले माहामहीमको बारेमा साह्रै नराम्रा कुरा अन्यत्र बाट पनि सुनेको छु | मलाई भेटवालजीको कुरा मुनासिब र to-the-point लाग्यो |

      Reply
    2. सार्थक says:
      April 14, 2013 at 8:06 pm

      पित पतितको सिमाना चाँही तपाइले नाघ्नु भयो Bishow जी | तपाईको नाम, ठेगाना, टेलिफोन पाऊ पिडित नेपाली र राजदूत माया कुमारीको कर्तुत तपाइको सामु ल्याई दिनेछौ हामी | माया कुमारी जीका औलामा गन्न सकिने भक्तमा तपाई १ नम्बर मै पर्ने संभावना देखे मैले त |

      दिपक जी तपाइको लेखाइ एकदमै सत्य तथ्य परक छ, वास्तविकतालाई बाहिर ल्याई राख्नुस यसरि नै हामी तपाई संगै छौ |

      Reply
  13. kamal Adhikari says:
    April 12, 2013 at 6:24 pm

    कही नभएको जात्रा कतारी(नेपाली) दुताबासमा! passport रिनु गर्न गयेकॊ सकली नागरिकता पो लेर आइजो भन्छ बा……….

    Reply
  14. Pabitra says:
    April 12, 2013 at 4:08 pm

    आत्मदाह गरेर नै सबै समस्याको बाटो निस्कन्छ भन्ने सोचाइ क्रान्तिकारी राजनीतिक नेता हो जस्तो ला्ग्छ मलाई । जसले जुजारु कार्यकर्ताहरुमा त्यो हौवा फैलाउँछ र आफू त्यसको रमिता मात्र हेरेर बस्छ । ओढाउने पार्टीको झण्डा तयार गर्छ र समवेदना प्रकट गर्छ । अनि एउटा दस्ता नै निर्माण् गर्छ जसले आत्मघाती बमविस्फोटका घटनाहरु गर्न सकोस् । सकेसम्म त्यो चाहि गरिनहालौँ । विदेशमा बसेर त यो कल्पना सम्म पनि गर्न सकिदैन होला । नेपालमा गएपछि भने टायर बालेर प्रदूषण फैलाउनु, चक्काजाम र राजमार्ग बन्द गर्न पाई हालिन्छ । के को चिन्ता ।

    Reply
  15. तेन्जिंग गाबा says:
    April 12, 2013 at 8:59 am

    हाम्रो कुटनैतिक संयन्त्रको कुरो गरेर के साध्य ?
    यो त् नेता-हाकिमहरु नन्दि-भ्रिंगीको लागि डलर खेती मात्र हो,
    के को कुटनीति बिस्तार ? के को प्रबाशी नेपाली हिर्दोखारुलाई सेवा ?
    पत्याउनु भएन ?
    लौ सुन्नुस एउटा कुटनितिज्ञको अकर्मन्यताको कथा :
    २-४ बर्ष अगाडी “हंग-कंग र मकाउ” मा एक जना “मेकानिकल-इञ्जीनिएर” साब “महावाणिज्यदूत” भएर आउनु भएको थियो / कहाको हाइड्रोसिल कहाको टन्सिल ? अचम्म !!! हुनै नसक्ने कुरा होइन त् ? तर भयो किनकी निजको साख्खै दाई “श्री सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपाल” जो हुनु हुन्थ्यो /
    महिनाको “३ लाख” भन्दा बढी तलब आउने,
    महिनाको ३-४ लाख भाडा भएको घरमा बस्न पाइने,
    मोटर अनि अन्य सत्कार भत्ता पाइने ठाउमा प्रधानमन्त्रीको भाई नगएर को जाने त् होइन त् ?
    खैर ठिक्कै छ बिरालो जस्तो रंग को भए नि मुसो समाते त् भै हाल्यो नि होइन र ?
    तर मुसो कस्तो कस्तो सम्त्यो त्यो चाही मननीय छ कि कसो ?
    के गरे प्रधानमन्त्रिको भाइले हंगकंगमा भनेर सोध्ने कुरो आएन तर के के गरेनन भनेर चाही भन्नु पर्ला:

    १. Hong Kong संसार कै (घरेलू कामदार / Domestic Helper )को लागि आकर्षक गन्तब्य मानिन्छ किनकी यहा हरेक कामदारले खान-बस्नको सुबिधा सहित न्युनतम मासिक तलब ने.रु.३९००० भन्दा बढी पाउछन / यो भन्दा कम तलब त् दिनै पाइन्न/ साथमा प्रत्येक २ बर्षमा १४ दिन बिदा सहित आते-जाते हवाई टिकट पनि उपलब्ध गराउनै पर्छ रोजगारदाताले / तर नेपालीहरुलाइ प्रतिबन्ध लगाइयो त्येसको परिपंच मिलाउनु त् कता हो कता चु सम्म पनि बोलेनन् भाईदुत /

    २. संसार भरिको मानिस जो पनि बेरोकटोक मात्र Passport देखाएर Macau छिर्न पाउछ तर ६ रास्ट्रको मानिसहरुले चाही visa अग्रिम रुपमा नै लिनु पर्छ त्यी कस्ता कस्ता देश हरु हुन् नभनौ तर नाम चाही यी हुन्
    १.नाइजेरिया
    २.बंगलादेश
    ३.पाकिस्तान
    ४.श्रीलंका
    ५.विएतनाम
    ६.नेपाल
    यी ६ देशहरु मध्ये नेपाल सबै भन्दा नया सदस्य हो भाइदुतको पालामा यस्तो चमत्कार भएको हो /

    भाइदूतले नगरेको कामको मात्र फेहरिस्त पल्टाउदा अलिक अन्याय हुन्छ त्येसैले उनले गरेको कामको पनि केहि झलक
    # प्रथम शुभकार्य: पौराणिक पात्र श्रवनकुमार लाई पनि पछि पार्दै “माता-पिता” लाई हंगकंग भ्रमण गराउने कार्य ( नियुक्ति भएर आउदा नै लिएर आएको)
    # द्वितीय शुभकार्य: बिभिन्न शुभ अन्नप्राशनहरुमा चादीको चम्चाद्वारा अन्न सेवन गराउने कार्य (सपत्नी उपस्थित )
    # अन्य शुभकार्य: बिभिन्न जन्मदिवस हरुमा केक काट्न महत्वपूर्ण योगदान

    जदौ

    Reply
  16. SURENDRA hongkong says:
    April 12, 2013 at 8:43 am

    ”बर्मा गए कर्म सगै, नेपाल गए कपाल” सगै भने झैँ छ हामी प्रबासी नेपाली हरु को हालत /कतार मात्र होइन यहाँ को पनि हालत त्यता कै गन्ध बाट अछुतो कहाँ छ र? राजदुत भन्दा भरौटे हरु को हाली मुहाली छ / कतारी राजदुत सग को बिबिसी अन्तरबार्ता मैले पनि हेरे र के सुझाब दिन्छु भने राजदुत जस्तो मान्छे ले कुन हद र सिमा मा रहेर बोल्नु पर्ने हो भन्ने हेक्का छैन भने नेपाल गएर मालपोत कार्यलय कुरे हुन्छ/बाकी के भन्ने ?कुरा गर्यो कुरै को दुख भनेको यही हो/

    Reply
    1. diwakar says:
      April 12, 2013 at 10:30 am

      एस्ता लाइ ठिक पार्न एउटा अचुक अस्त्र यो हुन सक्छ ! हामि विदेश मा रहने व्यक्ति ले नेपाल (काठमाडौँ ) मा एउटा संगठन चलाउने ! हरेक सदस्य हरु ले मासिक ५ रियाल बराबर पैसा उठाउने ! र नेपालबाट राजदूत बनेर आउने हरु जसले नराम्रो काम गर्छन तिन को बसोबास रहेको ठाउँ मा भित्ते लेखन, अडियो भिडियो रेकर्ड को प्रदर्सन र सामाजिक बहिस्कार को आब्हान, तिन का छोरा छोरी पढ्ने स्कुल कलेज मा पप्लेट या तिन(महा महिम को गलत हर्कत ) को अडियो भिडियो रेकर्ड को पर्दर्सन, सम्पूर्ण कतार, दुबई, साउदी अरब गएका घर का आफन्ती हरु एक जुट भै त्यो राजदूत लाइ फिर्ता गर्न जुन पार्टी को पाला वा जुन पार्टी को सिफारिस मा गएको हो त्यो पार्टी लाइ भोट नदिन आब्हान गर्ने ! राजदूत को फोटो र उसले गरेका कर्तुत हरु लाइ नेपाल को सबै पसल, होटल, यातायात, स्कुल – कार्यालय सबै तिर व्यक्तिगत रुप मै बहिस्कार को आब्हान गर्ने ! यति गर्ने हो भने भुलेर पनि त्यो निच हर्कत गर्ने थिएनन् !
      ********************************************************************************
      बि बि सी को त्यो साझा सवाल हेरेरै मैले त माया कुमारी लाइ व्यक्तिगत बहिस्कार गरिसके र मेरा साथि भै हरु लाइ पनि जान कारी गरे सके – तपाई हरु नि ?

      Reply
      1. Kamal says:
        April 12, 2013 at 11:59 am

        दिवाकरजी निकै राम्रो युक्ति निकाल्नु भएछ| नेपालका भ्रष्टचारी राजनेता र सरकारी कर्मचारीलाई पनि त्यै उपाय गर्न पर्छ| भ्रष्टचारीको घर घरमा कालो पोतो पोतिदिन्पर्छ| छोरा छोरीलाई पनि सचेत गराउने चाइने दोस्रो कदम| तब मात्र केही डर मान्ला| तर रियाल कसले जम्मा गर्ने र कसरी खर्च गर्ने त्यसको पनि पारदर्शी गराईन पर्छ है| त्यसमा धाँधली हुन् नपाओस| कसले बाँध्ने हो बिरालोको घाँटीमा घन्टी?

        Reply
  17. योगेश आदी says:
    April 12, 2013 at 8:32 am

    जसरि कांग्रेसले कुनै समयमा कर्मचारीतन्त्रलाइ फुटबल खेलाए, त्यसको बढ्ता एमालेले स्थानिय निर्बाचन पछि आफ्नो हालीमुहाली गर्यो / अब आएर त्यहि पुरानो संस्कारलाइ माओबादिले पच्छ्याएर, अझ गए गुज्रेको मानिसहरुलाई महत्वपूर्ण पदमा नियुक्ति गरेको कयौं उदाहरणहरू छन् / माओवादी नेपालको इतिहासमा एउटा नराम्रो धब्बा हो /

    Reply
  18. Raj says:
    April 12, 2013 at 5:12 am

    कुनै पनि व्यक्ति नेपाल मा पार्टी बिनाको छैन कुनै न कुनै पार्टी तिर ढल्केको हुन्छ सरकारी कर्मचारी हरुलाई त, झन नाता बाद कृपाबाद अनि चाकरिबाद गर्न ठिक हुन्छ देश देखि बिदेश सम्म, नेपालको जस्तो अब्यबस्थित गएगुज्रेको दुतावास कुनै छैन। कर्मचारी तेस्तै पात्तिएका, कुनै कुरा सोध्यो भने झर्किएर बोल्ने, पहिला नेपालीहरुले नेपाल लाई माया गरे अनि एउटा नेपाली ले अर्को नेपाली लाई माया गर्छ हयोग गर्छ इजेत गर्छ,सरकारी कर्मचारी नेपाल सरकारको तलब र भता खायर तेस्ले पनि नपुगेर, रक्षक हुन पर्ने हो उनै भक्षक र बस्त्रचारी गर्ने, अब एक मात्र उपाय छ नेपाल मा बिकाश हुन्न को लागि पहिला हामी सबै को एउटा मात्र, जात छ नेपाली, तराई पहाड हिमाली एउटा जात छ नेपाली,अनि हाम्रो देश भनेको कृषि प्रधान देश गाउगाउ बाट सुरु गर्नु पर्छ कृषि गर्न लाई धनि ले खाली जमिन मा किसन लाई कृषि गर भनेर साथ दिनु पर्छ कानुन यति कडा कि देश बिगार्ने नेता लाई कि जेल कि खाडी मुलुक,कि कसो मेरो मन ले त यस्तै भन्छ.

    Reply
  19. Sam Sharma says:
    April 12, 2013 at 1:11 am

    यो लेख यथार्थपरक हुँदा हुँदै पनि लेख एकदमै एकतर्फी लाग्यो / लेखकले त्यहा गएर दुख पाउनुको कारणहरुलाई लिएर (पिडीत संगको अन्तर्वार्ता सहित) अनुसन्धानमूलक लेख पस्केको भए भविष्यमा त्यहा जान खोज्नेहरु ले निर्दिष्ट सहयोग पाउन सक्थे / यो कुरालाई कोट्याउने प्रयास नगरेको पाइयो / कतार वा अन्य कुनै मुलुकमा जानु अगाडी जानेहरुले अल्लारे पारामा निर्णय लिनु भन्दा त्यहाको वास्तविक चित्र र दुखहरुलाई बिश्लेषण गर्नु पर्छ / अन्यथा उनीहरुको हालत पनि यो लेखमा उल्लेख गरेजस्तो नै हुन सक्छ / मलाइ लाग्छ ‘स्वाभिमानी’ तिनीहरुलाई भनिन्छ जसले आफ्नो देशमानै बिदेशमा जान लाग्ने पैसा खर्च गरेर उत्पादनमूलक ब्यबसाय गरेर देशमा केही गरी देखाउने स्वाभिमान राख्छन / हाम्रो देशलाई छिमेकी तथा अन्य मुलुकले हेप्नुको मुख्य कारण हामी परमुखी हुनुनै हो / हामी नेपालमा हाम्रो आफ्नै खेत-बारीमा काम गर्न लाज मान्छौ, तर बिदेशमा गएर हण्डर खाँदै धेरै कठिन र निम्न स्तरको काम गर्न पनि लाज मान्दैनौ र स्वाभिमान गुमाउछौ / ठण्डा दिमागले सोच्ने बेला आएको छ / हामी नेपालीको बानी “अरुले के भन्छ” भन्ने, नचाहिदो राजनिती गर्ने (जहा पनि), र अनावस्यक ‘इगो’ लिएर राम्रो कामको प्रसंशा गर्न नसक्नु हो / त्यस्तै आधा सताब्दी पहिलेको बीरतालाई सम्झेर गर्व गरी परजीवी हुदै (देशमा उत्पादन मूलका काममा नलागी) हिङ्ग बाधेको टालो सम्झेर यो मिसाइलको जमानामा हुनेवाला केही छैन / अहिले धेरै बल, मूर्खता र देखासिकी (नक्कल) को सट्टा प्राक्टिकालिटीको खाचो छ / बिकसित देशहरुमा विधिको शासन हुन्छ, नारावाजी र बन्दले काम चल्दैन / यो भनेर दुख पाउनेहरुलाई निरुत्साहित गर्न खोजेको होइन तर उनीहरुले अरुलाई गाली गर्नु भन्दापनि भविष्यमा आफै सतर्कता अपनाउनु जरुरी छ / दलाल र म्यानपावर कम्पनीहरु केवल पैसाको लागी जन्मेका द्रब्यपिचास हुन् , उनीहरुलाई दुख पाउनेहरुको सेन्टिमेन्ट संग मतलब हुदैन, यो जसले दुख पाउन गैरहेको छ उसैले नै सतर्कता अपनाएर काम गर्दा राम्रो हुन्छ / अनी आत्मदाह को प्रश्न आउदैन /

    Reply
  20. बलराम says:
    April 12, 2013 at 12:57 am

    राजदुतावासको कर्मचारी र अध्यागमनको कर्मचारी उस्तै उस्तै हो| जति सधाए पनि न सधिने| बाह्रबर्ष बाँदरको पुछार सीधा पार्न ढुंग्रोमा हाल्दा ढुङ्ग्रो बांगीन्छ तर पुच्छर जस्ता तस्तै|
    नेपाली राजदुताबासका कर्मचारीले अरब देशमा यी सबै लेबर र भरिया हुन् भनेर कस्तो हेय र हेपाहा दृष्टिले हेर्छन| बोल्दा पनि तिमी, के? भन्ने भाषा प्रयोग गर्छ|
    तर जब यो फलानाको फलाना हो वा राजनैतिक वा कुनै पावरदारसंग कनेक्सन छ भन्ने थाहा पाए भने वा सिफारिश आयो भने उसंग मुखाँ तीन माना तेल घसेर बोल्छ|
    यिनीहरु नेपालीको सेवा गर्न बसेको हो र? गरिब नेपाली जनताको ढुकुटी रित्ताउने मात्र हुन्| नेपालमा पर्यटनले बिदेशी मुद्रा आर्जन गर्छ भनेर घोक लाइन्छ तर त्यसरी आर्जन गरेका बिदिशी मुद्रा यस्तै आलसी, कामचोर र राजनैतिक पार्टीको भागबण्डामा परेर आएकाहरुको अखाडा हो नेपाली राजदुतावास|
    राजदुत र राजदुतावासको कुनै बार्षिक मुल्यांकन गरिन्दैन| राजाको पालामा राजाको दूत भनेर खालि राजदरवारको र राजपरिवार अनि आसेपासेको मात्र सेवा गर्थे| अहिले राजनेता भनाउँदो र आसेपासेको सेवा गर्छ| कम संख्यामा केहीलाई अपवादका रुपमा छाडेर धेरै जसो यी राजदुत र राजदुतावासका कर्मचारीहरु नेपालका लाज हुन्| एकजना राजदुतले पसलबाट पुस्तक चोरी गरेको पाक्दा परेको खबर आएको थियो|
    यस्ता बारेमा टिप्पणी गर्न समयको बर्बाद मात्र हो| केही हुनेवाला छैन|
    उनीहरुको चेहडा देख्यो कि अल्छे, कामचोर र देशलाई यस्तो र उस्तो गरे भनेर गफ दिने तर उल्टो खलास पार्ने हो भनेर मनमा लिनु र मनमानी गाली गर्न बाहेक यो नीरिह प्राणी अरु केही गर्न सक्ने होइन|

    Reply
  21. deepak shrestha says:
    April 12, 2013 at 12:41 am

    नेपाल पत्रकार महाशंघ कतार शाखाको अध्यक्क्ष तथा एन आर एन आइ सी सी मिडिया टास्कफोर्सका सदस्य जो कतारमा जागिर नगरी बिसुद्द पत्रकारिता गरेर बसेका पत्रकारलाइ अहिले कतार बाट क्यान्सिल हान्ने कुरो पनि दुताबसकी मयाकुमारिले गरेकी छिन रे / बिदेशमा बस्ने सर्बहारा पत्रकार रोषी भाइलाई क्यान्सिल हान्यो भने मायाकुमारी गुम्छिनकी देशको इज्जत लुटिन्छ ? बिदेशमा बस्ने प्रिय देशभक्त हरुले यो बारेमा सोच्नु पर्छ जस्तो हाम्लाई लागेको छ / गल्ति गर्नेको दोष को प्रतिक्रियात्मक समाचार लेख्न समेत प्रतिबंच लगाउन खोज्ने माया कुमारी राजदूत कस्तो हो ? दीपक भेटवाल लेखक ज्यु, तपाइको कलम नडगमावोस / तपाइँ जस्तो लेखक र साहित्यकार प्रवासी नेपालि हरुको लागि भने पनि कतार बस्ने पर्छ / तपाइँ जस्तो ससक्त लेखक कतारमा बस्नु भयो भने रवि रोषी जस्तो निर्धक्क पत्रकार कतारमा लुकेर हिड्नु कहिले पर्दैन / अब साहित्य मा पनि यस्ता लभ कुमारी राजदूत जस्तालाई सहि मार्गमा ल्याउन तपाइँ र रवि रोशिको कलम कतारमा चल्ने पर्ने हुन्छ /

    Reply
  22. Subodh says:
    April 11, 2013 at 10:54 pm

    बंगलादेशको त कुरै नगरौ राजदुताबास छ वन्नु मात्र हो ……प्रजातन्त्र दिवसमा एउटा कार्यक्रम हुन्छ रे त्यो नि हामीलाई भोलिपल्ट मात्र थाहा हुन्छ …..क गर्नु गरिब देश मा जन्मे पछि यस्तै सहनु पर्दो रहेछ

    Reply
  23. bishnu sapkota says:
    April 11, 2013 at 10:53 pm

    राजदुत संगको पहिलो भेटमा नै यो कुराको अनुभूति नभएको हैन | तपाइले उठाउनुभएको सन्दर्भ बास्तविक मात्र हैन अझै दर्दनाक छ | यी राजदुतले नै हुन् पुर्व राजदुतले बदमासी गरेका छन् अब म ठिक गर्छु भनेर हाम्रो अगाडी खोक्दै गर्दा मजदुरको काम मिलाउन घुस खादा खाँदै एउटा कर्मचारीलाई पक्रेर ल्याएका एक जनालाई राजदुतले दिएको जवाफ जस्ताको तस्तै ” यो पुरानो राजदुतको कुर्सि हो ,,मैले कुर्सि सम्हालेपछि येस्तो हुदैन ” | रंगेहात पक्रेर ल्याउदा प्रोत्साहन गर्ने यी एउटी सामान्य महिलाले कुटनीतिक मर्यादा जोगाउन सक्लिन भन्नेमा कसैलाई आशा नहुदा नहुदै डा. सुर्यनाथ मिश्र लाइ दोहा बाट हटाउन अहोरात खटेर लाग्ने केहि महामनावहरु भने अहिले सम्म दोहामा सम्मान को खादा ओसार्दै मडारिरहेका होलान,, बाध्यताबस यिनै पंक्तिकारले पो सलाम ठोक्दै होलान कि ? यी राजदुतको स्वागत गर्न र सत्कार गर्न लाम लगेर दुतावास धाउने लंठुहरु अझै पनि समाजसेवीको पुरस्कार थप्दै खुलेआम मजदुरको पसिनामा पौडी खेल्दै होलान ,,,,यी राजदुत र ति समाजसेवी को समिश्रण ,,,अहा कस्तो राम्रो | यिनका बिरुद्ध त जेहाद सुरु भयो खुशी नै लागेको छ तर ति मजदुरमारा बिरुद्ध बोल्ने हिम्मत दोहामा कसैको छैन होला जसले हिजो ,,,आज र भोलिसम्म मजदुरलाई चुसिरहेका थिए छन् र चुसिरहनेछन् ,,,,ति जुम्राहरुले जस्तो राजदुत आए नि चुस्न छोड्ने छैनन् किनकि बिरोध गर्ने र ठुलो आवाज गर्नेलाई कसरि बुझो लगाउने तिनलाई राम्ररी थाहा छ | तर वर्तमान राजदुतको बिषयमा यो छोटो टिप्पणी गर्ने भेटवाल जी को यो पहल येथार्थ हो भनि सहमति जनाउछु | यिनको बदमासी भन्दा कठोर ति मजदुरमारा हरुको कार्यको बिरोध गरेर तिनलाई दोहाबाट पत्तासाफ गर्ने सहस गर्ने हो भने एस्ता निकम्मा राजदुत दुइ मिनेट दोहाको नियोगमा बस्न सक्ने छैनन् |

    Reply
    1. balak says:
      April 15, 2013 at 7:50 am

      कुटनीतिक दरिद्रता देखियो र यो स्वाभाविक पनि थियो किनकि कुटनीतिक मर्यादा नै नजाने का मान्छे राजनैतिक भर्ना गर्ने सरकारको कमजोरीको नतिजा हो यो र गलत नतिजा जसलाई राजदूत को अर्थ नै थाहा छैन तेस्लाई त्यो ठाउँ उचित पनि छैन

      Reply
  24. Desh Bandhu Sharma says:
    April 11, 2013 at 10:06 pm

    कुटनीतिको क नजान्ने पार्टीको कार्यकर्तालाई राजदुत बनाए पछि यस्तै हुन्छ | विदेश मा जाने राजदुतले आफ्नो पार्टीको नभएर देशको प्रतिनिधित्व गर्नु पर्छ भन्ने समेत यस्ता राजदुतलाई थाहा हुदैन | त्यसैले होला देशमा जसरि माओबादिले मनपरी गरिरहेको छ तस्तै ब्यबहार मावोबादिका राजदुतले बिदेशमा गरिरेका छन् | यौटा कुन नेपाली राजदुतले हो एउटा गैर कम्युनिस्ट देशमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दा त्यहाको राष्ट्र प्रमुखलाई ” कामरेड” भनेर सम्बोधन गर्यो भन्ने सुनिएको थियो | बेल्जियमका राजदुतले नेपालि राजदुताबास भित्र बेल्जियमको नियम बिपरित मावोबादीको राजनैतिक मिटिंग गरेको खबर त माइसंसारमै आएको थियो | जबसम्म राजदुतहरु पार्टीबाट नियुक्ति हुन्छन यस्ता समस्या आइरहन्छन | त्यसैले राजदूतमा कुनै पार्टीमा नलागेका कुटनीति राम्रो जान्ने बिशेसज्ञलाइ मात्र नियुक्ति गर्नु पर्छ |

    Reply
  25. Hari Prasad Lamichhane says:
    April 11, 2013 at 9:45 pm

    जुनसुकै नेपाली दुतावासका कर्मचारी पनि

    १) या त नेपालको सरकारी कर्मचारी (नेपालको सरकारी कर्मचारी को बारेमा सबै भुग्त भोगी हुनुहुन्छ यहा बर्णन न गरौ )

    २) या नेपाली राजनैतिक पार्टी को आसिर्बाद प्राप्त व्यक्ति (नेपाली राजनैतिक पार्टीको कार्यकर्ता कस्तो भनेर पनि बर्णन न गरौ ) हरु हुन् ……

    बिदेसमा आए पछि माथिका २ थरि व्यक्ति कहिँ सुध्रियेकी भन्ने खालको कता कता मनमा आशा/भ्रम हुदो रहेछ (म मा पनि थियो कुनै समय मा )…… हामि पिडित हरु को आश नही हाम्रो निराशाको कारण हो है ………..

    Reply
  26. krishna says:
    April 11, 2013 at 9:12 pm

    कृषि बिकाश बैंक को साखा अधिकृत लाई बैंक मा साना कर्मचारी र किसान लाई थर्कयाको सम्झेर तेही बानी कतार मा पनि देखयाकी होलिन ,

    Reply
  27. tulasi timsina says:
    April 11, 2013 at 9:03 pm

    धेरै जसो नेपाली कुटनैतिक नियोगका कर्मचारी नेपाली नागरिक प्रति उत्तरदायी छैनन्/यिनी हरुले सके सम्म सेवा ग्राही हरुलाई दुख दिने गर्छन/

    Reply
  28. Bishnu Adhikari says:
    April 11, 2013 at 8:49 pm

    साथीहरु हामी तेती कायर हुनुहुदैन / एक चोटी हुने जन्ममा हजारौ बाधा अड्चन आउछन / ति बाधा अड्चन को सामना गर्दै आफ्नो मुलुकमा आफु भनेर बच्न हुने खालको बाताबरण बनआउनु हामी सबैको कर्तब्य हो/ हाम्रो देश बिगार्ने नै यो देशमा राजनीति गर्छु भन्ने भ्रस्ट नेताहरु नै हुन् उनि हरुको भर नपरइ हामी सबैले एउटा साझा उद्देश लिएर अगाडी बडनको लागी गोलबन्द हुनु पर्दछ जसले अधिकांश नेपालीहरुको प्रतिनिधित्व गरोस र एसका लागि कुनै राजनैतिक पार्टी जति समुदाय लिङ्ग ……. इत्यादी भनेर बिभाजन गरिनु हुदैन/ अनि मात्र हाम्रो आर्थिक विकास सम्भव छ/ राजनैतिक विकास भनेको त आर्थिक विकास पछि गर्ने कुरा हो , कसो हो त ?
    बिष्णु अधिकारी

    Reply
  29. Ram says:
    April 11, 2013 at 7:55 pm

    कुवैतको राजदुतावासको पनि त्यही हालत छ| झन् गए गुज्रेको|

    Reply
  30. dambar says:
    April 11, 2013 at 7:32 pm

    धन्यवाद येति मार्मिक अनि एथार्थपरक लेखका लागि/ गरिब मजदुर गाउले निमुखा हरुलाई झुटो आशा अनि प्रलोभन देखाएर सर्बहाराको नेता हौ भन्नेहरुको भण्डाफोर गर्ने पर्छ/ कुनै पनि नेता वा अहिलेका मुखिया पार्टी हरुबाट गरिब नेपालीको हित हुने वाला छैन/ अब जनता स्वतन्त्ररुपमा संगठित भै अहिलेको लुटतन्त्रको बिरुद्धमा लाग्नु अनिबार्य भै सकेको छ/ गरिबका छोरा छोरीले गल्फ देशहरु, मलेशिया तिर बाट पैसा नपठाउने हो भने कति दिन देश चल्न सक्छ? धनि मानी नेता अनि कर्मचारीले आफ्नो लगानी बिदेशमा गरेका छन्. नारा मात्र देश बिकाशको दिने अनि लुट्ने बाहेक केहि भाको छैन/ कतार तथा अरु देशमा हुने साथी हरुले अब आफै संगठित भै काम गर्नु बाहेक राजदुताबासको आशा नगरे हुन्छ/
    माया शर्मा को कुनै योग्यता नै छैन राजदूत हुने यो त देशकै बेइजति हो/ किन उनलाई फिर्ता बोलाईएको छैन बुझ्न सकिएन/
    तपाई हरु जस्ता धर्तीपुत्रहरु जसले बिदेशमा गएर रगत पसिना बगाएर पनि देशमै पैसा पठाउनु भाको छ मेरो सलाम छ/ स्वोदेश भक्ति हाम्रो शक्ति!

    Reply
  31. achut says:
    April 11, 2013 at 6:24 pm

    उफ्फ़ कस्तो पिडादायक बास्तबिकता हामी लाई त पस्पति को भर छ कमसे कम आफु ले ‘तातो बालुवा’ खाएर हाम्लाई’ ‘भात’ खुवाउने दाजु-भाई,दिदि-बहिनि लाई त रक्षा गर/तिनीहरु नै तेहा नभए तिमि चै तेहा रहन्छौ र??महामहिम राजदूत एकपल्ट ‘आमा’ भएर हेर….

    Reply
  32. Shiv says:
    April 11, 2013 at 5:46 pm

    हाम्रो देशले आर्थिक क्रान्ति गर्न नसकेर मुलुकका होनहार युवाहरु अरुको देश दास बन्न जाने क्रम तिब्र गति छ / अहिले नै ४० लाख पुगी सक्यो भन्छ / मलाई लाग्छ कि बिदेशी प्रमुख चलखेल भनेकै नेपाल र युवाहरुलाई बिदेशमा सिन्कीको भाउमा दास बनाउननै हो / हाम्रो जस्तो प्राकृतिक स्रोतले धनी देशलाई निरन्तर अस्थिर बनाई राख्ने अन्तरराष्ट्रिय ब्यापारी-माफियाहरुको चाल हो /

    Reply
  33. Kamal Adhikari says:
    April 11, 2013 at 5:44 pm

    कतार मा रहेको नेपाली दुताबास,राजदुत मायाकुमारी को ताल देखदा आफैलाई लाज लाग्छ । तर के गर्नु नगए पनि नहुने पास्पोट्’ रिनु गर्नुछ । मत मरछु की क्याहो …….

    Reply
  34. Devendra Basnet says:
    April 11, 2013 at 5:40 pm

    दीपक जी एउटा तितो येथारता बैहिरा लिएर औनुभायेकोमा धन्नेबाद.
    येस्तई छ येह गरिखानेले राम्रोसंग कहिले पनि गरि खान पाउदैनन .
    म्यानपाओर कम्पनी ले झुक्क्येरा एउटा काम र तलब सुबिधा भनि अर्को काममा लगाउनु त सामान्य नै भैसक्यो अहिले. माफिया हरुको पकडमा नेता हरु भनौदा पनि माफिया नै भए पछि के लग्छ ? कहिले कहिँ त लाग्छ यी भ्रस्टचारी, रास्त्रघाती, अनपढ, चम्चे गद्दार नेताहरुलाई एकै ठाउमा राखेर कोतपर्ब नै गर्नु पर्छ अनि मात्रै ठिक हुन्छा.
    यी नेताले छानेका कर्मचारीको नि के कुरा गर्नु? यिनीहरु जनताको सेवा गर्न होइन आफ्नो सेवा र मोज मस्ती को लागि जागीर खाका जस्ता . तल बाट बगाएर माथि तिर खोज्नु जस्तो . सबै चोरैचोर . देशको एस्तो हालत देख्दा रक्तचाप बढेरपो आउछ हो.

    Reply
  35. Gitamaya says:
    April 11, 2013 at 4:40 pm

    लेखकले नेपालीहरुले पाईराखेको सास्तिहरुको राम्रो संग चित्रण गर्नु भएकोछ ! अन्यायमा परेका नेपाली बहादुरहरुमा के अपिलगर्न चाहन्छुभने मित्रहरु आत्मादाह होइन , हाम्रा रगत पसिना खाएर हामीलाई नै कष्ट दिनेहरुलाई जिउदै जलाउने साहस गर्नु पर्छ ! यि नालायकहरुलाई फिर्ता गर्न भैरहेको कुनैपनि सम्बन्धित निकायले सुनुवाई गर्नेवाला छैन ! २४० बर्ष यताबाट अहिले सम्म भएका सासकहरु सबै जनतामारा मात्र रहेकाछन , त्यसैले निबेदन , बिन्ति सिन्ति गर्ने होइन , सिधै चिलिम फर्काई दिनु पर्दछ ! यसको लागि बलिदानीको आवस्यक पर्दछ , आत्मादाहको होइन !

    Reply
  36. Kopila Sharma says:
    April 11, 2013 at 2:52 pm

    दुताबासले नेपाली लाइ अलपत्र पारेको कि मेनपावर ले हो त्यो पनि थाहा नहुने ले के लेख लेख्नु हो मित्र हो. सबै मेनपावर ले गरेको गल्तिको ठेक्का एम्बेसी ले लिने हो भने भोलि देखि तपाई पनि नेपालि लाइ बेच्नुस थग्नुस तपाइँ मन्त्रि संग, राजदूत संग बसेर चिया मात्र किन रक्सि नै खानुस अनि दोस जत्ति एम्बेसी लाइ दिनुस . तपाई नेपाली श्रामिक प्रत्ति साचिकै सचेत र सजक हो भने गल्ति गर्ने लाइ कारबाही गर्ने तर्फ लाग्नुस् होइन भने रमाइलो ठट्टा नगर्नुस .

    Reply
    1. Raj says:
      April 11, 2013 at 3:30 pm

      हैन हौ कोप इला ज्यु, सारै सतही कुरा गर्नु भयो त? त्यसो भए आफ्नो देश को दुतावास हुनु को औचित्य के त? ठेकेदार पर्नु भयो जस्तो छ ठेक्का पट्टा को पो कुरा गर्न थाल्नु भयो| पदीय दायित्व र जिम्मेवारी को कुरा बिर्सनु भयेछ| शर्मा ज्यु केहि शर्माउनु होस्|

      Reply
      1. Krishna says:
        April 11, 2013 at 7:51 pm

        शर्माज्यु शर्माउने होइन शर्म पचेकी भन्न मिल्छ|
        उसो भए राजदुतको काम के? हाम्रो जस्तो मागिखाने देशले किन राजदुत राख्न पर्यो| जसलाई राजदुतावासको काम नै थाहा छैन त्यस्तालाई राजदुतावासमा राखेर काम छैन| आत्मादाह हैन कुन दिन पीडितको गुनासो नसुन्दा पीटेको समाचार पनि आउनेछ|

        Reply
    2. Raju Rana - Mahendra says:
      April 11, 2013 at 4:02 pm

      कोपिला जी ,

      यो त सोर्है आना बेठिक भो नि —-गल्ति गर्नेलाई झन् झन् गल्ति गरेस भनेर सम्मान गरे जस्तो . नेपाली दले हरु को बानी तपाई लाई कति को थाहा छ कुन्नि – नराम्रो त केहि बह्न्ने होइन यहाँ आउदा पैसा को बोट छ भन्छन – अनि हामी बेरोजगारी नेपाली विश्वास गर्न बाध्य भयर आउन बिबस हुन्छौअनि त –यहाँ आयर एउटा कुकुर ले नपाउने दुख त्यसमाथि साहुको ऋण सय कडा ३ को दर ले –मर्नु भन्दा बहुलौना निको भने झैँ अन्तिम मा राजदुताबास गयो त्यो पनि बिनास्कारे बिपरित बुद्दि भने झैँ अन्तमा –भागेर कम गर्यो – महिना को तलब नपाउने , बिरामी हुदा हस्पिटल जान नमिल्ने , घर मा जाउ यहाँ को कानुन को झंझाद त्यसिले एक चोटी पिडित बनेर सोचिदिनुस -कतै तपाई मा पनि मानबता जाग्छ कि ????????

      Reply
    3. बिश्व says:
      April 11, 2013 at 8:15 pm

      बिदेशमा आफ्नो देशको तर्फबाट कानूनी रुपमा सम्माननीय ढंगले गहकिलो प्रतिनिधित्व गर्ने गरिमामय संस्था हो राजदुतावास र ति बिशिष्ठ प्रतिनिधि हुन् राजदुत ! तर दुर्भाग्य नै भन्नुपर्छ यी परिवर्तनको आशामा लुतो जस्तै बन्न पुग्ने हाम्रा जुनसुकै तन्त्रमा राज्यको हरेक क्षेत्रमा बाउको बिर्ताको खेत जसरी भागवण्डा बाट नियुक्त गरीने पढेलेखेका मानसिक दरिद्रहरुको कारण हामि दिन दुना रात चौगुना अपहेलित भएका छौं ! वास्तव मै हाम्रा पकिस्तान, दुबई,कतारका राजदुतहरु त निक्कै नै असहयोगी अनि गैह्र जिम्मेवार छन् (यी मध्ये कुनै दुतावास बाट मेरो यो कमेन्टमा प्रतिक्रिया होस् म खण्डन गर्न तयार छु है ) ! समग्रमा यो दलीय भागबण्डाको भरमा नियुक्ति गरीने ‘टिके’ दलदुतको बौद्दिक हैसियत नै त्यो छैन जो हामीले अपेक्षा गरेका छौं त्यस मध्ये यी कतारकी महामहिमको बौद्दिक हैसियत त अस्तिको नारायण श्रेष्ठ संगको अन्तरवार्ताले पनि छर्लंग पारेको छ ! त्यो देशको कानून सम्मत आफ्ना नागरिकको हक-हितको कुरा गर्न त यिनको कुनै कुटनीतिक क्षेत्रको ज्ञान पनि त हुनु पर्यो यिनको पृष्ठ भुमि के हो सायद यो सम्वद्द होइन होला ! तर जे होस् यिनले नेपाल फर्केर मेनपावर खोल्छिन वा साझेदारीमा मेनपावरको दलाली गर्छिन दुइमा एक काम गर्ने खुवी त यिनमा ठुंसेर भरिएकै छ जस्तो लाग्छ है मलाइ त !

      Reply
  37. Bibek Dhakal says:
    April 11, 2013 at 2:20 pm

    मार्मिक लेख! एकछिन लाइ ” मुभ्ड” भएँ !
    तपाइहरुले आत्मदाह गर्ने हैन बरु यहाँ गरिब को नाम मा राजनीति गरेर वा व्यवसाय गरेर गरिबलाइ नै लुट्ने एक दुइ सय जनालाई बाधेर जिउंदै जलाउनुपर्ने सम्म भाको छ !!!

    Reply
  38. Raju Rana - Mahendra says:
    April 11, 2013 at 2:14 pm

    आज भन्दा केहि दिन पहिला बीबीसी का सम्पादाताले – साझा सवाल कार्यक्रम मा लिनु भयको इन्टरभ्यू मैले पनि हेरेको थिय – हेरेर मलाई आफू नेपाली हुँ भन्न लाजलाग्यो । एउटा राजदुत जस्तो मान्छे मा बोल्ने सैली मैले कति पनि नरहेको महसुस गरे र बीच बीच मा झर्किने के तपाई यहाँ हामी नेपाली ले नारा जुलुस गरेको हेर्न चाहनुहुन्छ – राजनीति गर्न मिल्दैन भन्ने जस्ता निकै निच सब्द प्रयोग गर्नु भयको र रिसाई रहने स्वभाब को – महिला भन्दैमा निरिह हुने र, कामै गर्न नसक्नेलाई किन राजदुत वनाउनु?
    आखिर हामीले अब यस्ता हाम्रा राजदुत बाट के को आशा राख्नु र —हुनत कहिँ नभाको जात्रा नेपाल मा हुन्छ अनि कतै नभा को राजदुत हाम्रो मा हुन के नै नौलो कुरो भयो र –तर पनि मजदुर को आवाज सुन्निदिनु भयमा यसो तलब खाको पनि काम लाग्थ्यो कि –राजदुत महोदय

    Reply
  39. samar says:
    April 11, 2013 at 2:03 pm

    म कतारमा पि आर ओ को काम गर्ने हुनाले कम्पनिको कामले गर्दा बेला बेलामा बिभिन्न देशका राजदुतावास गैरहनु पर्छ। अरु देशको हेरिकन नेपालको जस्तो अब्यबस्थित गएगुज्रेको दुतावास कुनै छैन। कर्मचारी तेस्तै पात्तिएका, कुनै कुरा सोध्यो भने झर्किएर बोल्ने। कुनै कामदार गुनासो लिएर गए भने कुनै अपराधनै गरेर आकोजस्तो थर्काएर पठाउछन। राजदुत त सबैलाई थाहा भएकै हो एक त दर्शन पाउनै गाह्रो ति माथि गान्धिको तीन बाँदरको फर्मुला न गुनासो सुन्ने न कामदारको अबस्ता हेर्ने न तिनिहरुको हक अधिकारको बिषयमा बोलिदिने।

    Reply
  40. Santosh Karki says:
    April 11, 2013 at 1:48 pm

    दीपक भेटवाल जी तपाइले जुन कुरा बताउनु भाको छ त्यो १००% सही हो l हाम्रा नेपाली दाजुभाई हरुले कतारको राजदुताबास बाट केहि आशा गर्नु बेकार्छ, १ साता अगाडी को कुरा १ नेपाली भाई को लागि दुख परेको बेलामा के कस्तो सहयोग पाउन सकिन्छ भनेर बुज्न खोज्दा समेत रिसार बोल्ने गर्नु भयो, जो चाही ४ .५ लाख नेपाली को प्रतिनिधितो गरेर आउनु भाको छ, के राजदुत ले गर्ने बेबहार तेस्तो हो त ? कतार मा रहनु भाको पत्रकार जी हरुकै अगाडी उहाले नेपाली दाजुभाइलाई गरेको बेबहार किन बाहिर लाउनु हुन? कतार मा रहनु भाको पत्रकार दाजु भाइहरु नेपाली दुताबास मा के भैरहेको छ, नेपाली दाजु भाई हरुले राजदुताबास बाट कतिको सहयोग पाका छ्न यी सबै समाचार संचार माध्यम बाट बाहिर आउनु पर्यो र हाम्रा दाजु भाई हरुले पनि थाहा पाउन, l

    Reply
  41. sushi says:
    April 11, 2013 at 1:26 pm

    नाता बाद कृपाबाद अनि चाकरिबाद बाट राजदूत जस्तो गरिमामय पद मा आसिन हुन पुगेको जसो छ राजदूत महोदया / नेपाल मा क्षमता बाट यस्तो पद मा पुग्न धेरै गार्हो छ/ यहि फटाहा राजनैतिक नेता हरु ले राजदूत नियक्त गरेपछि यस्ता हुतिहारा ले निउक्ति पाउछन् /

    Reply
  42. resham says:
    April 11, 2013 at 1:15 pm

    दुखले जिन्दगीमा गाजे पछि अनि पीडाको सहन गर्न नसके पछि अनि आशा नदेखे पछि मान्छेले हार खाएर आत्महत्या गर्छन भन्ने मलाई लाग्छ / अब केहि गरौ भन्ने मन लियर यो दुख लाई विजय गर्ने बाटोहरुको पहिचान गरि अगाडी बढेमा कसो होला त?

    Reply
  43. पुष्प says:
    April 11, 2013 at 12:19 pm

    दूतावासमा ढोके र राजदूतगरि दुइजना मात्र हो दीपकजी ?

    Reply
    1. PRIYA says:
      April 11, 2013 at 7:24 pm

      राजदूतले त कुरा सुन्दैन भने अरुले के सुन्छ तपाई पनि बुज पचायर कुरा गर्नु हुन्छ

      Reply
    2. बिश्व says:
      April 11, 2013 at 8:25 pm

      माओवादीको कुनै गल्ति औल्याइदिए त यी पुष्प जि को त कलेजो नै च्यातिएर आउँछ जस्तो लाग्यो हो ! अझै पनि बारुदको गन्धको धङ्ग -धङ्गि छ है यी प्रचण्ड मदारीका बाँदर सेनामा ????? सत्य लाइ सत्य असत्य लाइ असत्य मान्न पनि नसक्ने कस्तो अहंकार पुष्प जी तपाईं लाइ ?

      Reply
      1. पुष्प says:
        April 15, 2013 at 4:11 pm

        सक्नुहुन्छ भने मेरो प्रश्नको उत्तर दिनुस्, होइन भने आफ्नो ‘जमुराई’ प्रदर्शन नगर्नुस् ।

        Reply
  44. रामु नन्दन चालिसे says:
    April 11, 2013 at 12:01 pm

    खेदो दरै खनेको हो मित्र ले, तर सिरियल नै हेरेको त अलिक अति नै भयो, दिपक भेटवाल सर को त थाहा भएन तर येह का संग संस्थान का टाउके भनौदा हरु को एउटा रोग के हो भने, आफु लाइ राम्रो बेवाहार गर्यो, भाउ दियो भने नराम्रो पनि राम्रो हुन्छ, गरेन पूछान दिएन भने अनि खेदो सुरु हुन्छ, फेरि ई टाउके हरु पनि चिया गफ कै लागि जाने हुन्, दिपक सर को पनि के काम गिरिदिनन इनले, अहिले इ येह एस्तो भयो, या त दिपक जी लै आफ्नो प्यानल को चाहिएको हो त्यो पनि हुन सक्छ, एथार्थ के हो भने, जब सम्म भागबन्डा को आधार मा राजदुत आउछन् तब सम्म माया कुमारी या अन्य कुनै कुमार कुमारी आए पनि येस्तै हो, आयो दलाल हरु संग मित्रता गर्यो करोडौ कुम्ल्यायो, कुलेलम ठोक्यो…..

    Reply
    1. Deep says:
      June 15, 2013 at 1:45 pm

      चाहे दिपक भेटवाल त्यही ड्याँङको मुला होस या नहोस उनले उठाएको मुद्दा सत्य हो ।
      कतारको हालत यस्तै छ । हामीले पनि कतारमा रहँदा भोगेको सत्य यही हो ।
      हाल झापा नेपाल

      Reply
  45. Sami says:
    April 11, 2013 at 11:59 am

    शास्वत सत्य !!!

    Reply
  46. chANDra says:
    April 11, 2013 at 11:47 am

    हैन राजदुताबास स्थापना गरेकै त्यहाँ भएका आफ्नो देसका नागरिकहरुको सेवा गर्नु/समस्यालाइ कुटनैतिक तबर ले समाधान गर्नु हैन र भनेको? लेखक ज्युको लेख पढेर त राणा साशन को बेलाका कर्मचारीहरु अझै रहेछन जस्तो लाग्यो! तपाई दाजु भाइ दिदि बहिनीले भोगेको दुख का कथा सुनेर मन रोयो!!!

    दुताबासका कर्मचारीका यस्ता व्यवहार सुधार गर्न मेरो 3 वटा सल्लाह छन्:
    १. कतार बसी नेपाली हरुले signature campaign गरेर नेपालका रास्ट्रपति र वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष्य लाई निबेदन पठाउनुहोस!
    2. गैर अबसिया नेपाली हरुको संस्था (NRN) लाइ पनि निबेदन दिनुहोला!
    ३. बिदेसी ले हेपे यो मन ५ दुक्छा भने आफ्नै देशको मान्छे ले हेपे २०, झन् आफैले तिरेको ट्याक्स खाएर बाच्ने कर्मचारि ले हेप्दा ४० दुक्छा !

    २१ सौ सताब्दिमा एस्तो हेपाई/दुख कुनै पनि नेपाली नपायोस!

    Reply
    1. Puskar says:
      April 15, 2013 at 11:02 pm

      एन आर एन कै पदाधिकारीहरु दलाल छन् कतारमा त अनि ?

      Reply
  47. Aavash says:
    April 11, 2013 at 10:57 am

    बाँदर को हात मा नारिबेल !!!
    राउ लाई के थाहा घाऊ !!!
    कानो गॊरु लाई भिर पाखो सम्मै !!!
    खस्स्रो …. लाई मलमल को सारी !!!
    भनेको सायद यस्तै होला

    Reply
  48. ritika says:
    April 11, 2013 at 10:34 am

    कतारको राजदुतको बीबीसी का सम्पादाताले लिएको इन्टरभ्यू हेरेर मलाई आफू नेपाली हुँ भन्न लाजलाग्यो । महिला भन्दैमा निरिह हुने र, कामै गर्न नसक्नेलाई किन राजदुत वनाउनु?
    मजदूरको समस्या यहाँको निकायमा किन नराख्नु भएको भनेर सोध्दा उनी भन्छीन, यहाँ राजनीती गर्न पाईदैन रे । कुटनीती भनेको पनि राजनितीनै हो । तपाई कुटनिती गर्द जानुभएको की, सारा नेपालीको रागत पसिना गरेर कमाएको पैसा चुस्न जानु भएको । त्यस्तालाई पठाउने पनि गोरु नै हुन । के भन्ने भन्ने ।

    Reply
  49. Ekraj says:
    April 11, 2013 at 10:18 am

    यो लेखमा एतार्थ मात्र होइन लेखन सैली पनि असाद्य राम्रो छ| नेपाली नेता, कर्मचारी, र राजदुतहरुको चरित्रको राम्रै संग समिछ्या गरिएको छ|
    नेपाल का हरेक छेत्रमा नियेम पालन गर्न लगुना पर्नेले निएम तोड्ने मात्र होइन जथाभाबी गर्ने, जो रक्षक हुन पर्ने हो उनै भक्षक र बस्त्रचारी तन्त्र ले पुरै देश र बाहिर क्यान्सर भएर सोज सजा र मेहनत गर्ने हरुको रगत चुसेर सिद्यै सके|
    तेसैले नेपालि को हेर चाह न देश बितर न देश बाहिर|
    फटाहाहरुले रेज्य चलाउन पाएपछि अरु केनै आशा गर्न सकिन्छा|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme