Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजदूत ज्यु, हाम्रो झण्डा च्यातियो !

Posted on April 16, 2013April 16, 2013 by mysansar

denmark1 फुङ्ग उडेको रङ्ग र छेउमा च्यातिएर धुजा भइसकेको यो राष्ट्रिय झण्डा डेनमार्कको कोपनहेगनस्थित राजदूत निवासमा अहिले फहराइरहेको छ। त्यहाँ पुगेका एक नेपालीले आफ्नो चन्द्रसूर्यको त्यस्तो हालत देखेर सहन नसकी माइसंसारलाई यो फोटो पठाउनु भएको हो। शायद् यो देखेपछि राजदूत ज्युले झण्डा फेरेर हाम्रो चन्द्रसूर्य ध्वजाको शानलाई अझै उँचो पार्न निर्देशन दिनुहुन्छ कि भन्ने उनको आशा छ। हाम्रो आशा पनि त्यही हो।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विदेशस्थित नेपाली राजदूत र अन्य कूटनीतिक नियोग प्रमुखको निजी निवासमा ६X४ फिटको राष्ट्रिय झण्डा राख्नु पर्ने निर्धारण गरेको छ।

denmark

सोही कार्यविधिमा लेखिए अनुसार यस्ता झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नु पर्छ। तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा यस कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिन्छ।

हाम्रो घरमा नि झण्डा फहराउन पाइन्छ

मन्त्रीहरुको घरमा मात्र झण्डा फहराउन पाइने पुरानो नियम बदलिएको झण्डै एक वर्ष हुन लागिसकेको छ। तर धेरैलाई यसबारे थाहै छैन। अब देशको माया गर्ने मान्छेहरुले आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन पाउँछन्। गत वर्षको जेठमा लागू गरिएको कार्यविधिले त्यस्तो अनमुति दिएको छ।

कार्यविधिको दफा ९ मा भनिएको छ- राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आंच नआउने गरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउने छन्। राष्ट्रिय झण्डा फहराउने सम्पूर्ण निकाय तथा नागरिकहरूले समेत नेपाल सरकारले शोक घोषणा गरेको दिनमा अनिवार्य रूपमा राष्ट्रिय झण्डा झुकाउनु पर्नेछ ।

नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट हो। ३X२.५ फिटको झण्डा पनि प्रयोग गर्न पाइने कार्यविधिले तोकेको छ। त्यसरी राष्ट्रिय झण्डा राख्दा डन्डामा भुईँमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नु पर्ने व्यवस्था गरिएको छ।

कम्मरभन्दा मुनि लगाउन पाइन्न

कार्यविधिले राष्ट्रिय झण्डाको प्रयोगमा निषेधका पनि केही व्यवस्था गरेको छ। त्यसअनुसार व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइँदैन। चन्द्रमा तल पर्ने गरी उल्टो राख्न पाइँदैन। त्यसैगरी शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक/चित्र राख्न पाइन्न।

कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा देहायका कार्यहरु गर्न निषेध गरिएको छ : –
(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन,
(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न,
(ग) राष्ट्रिय झण्डा च्याँत्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न,
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न,
(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा
कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल
पर्ने गरी लगाउन,
(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय
झण्डाको प्रतीक/चित्र राख्न,
(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र
राष्ट्रिय झण्डाको प्रयोग गर्न,

52 thoughts on “राजदूत ज्यु, हाम्रो झण्डा च्यातियो !”

  1. Kanchan Sharma says:
    April 23, 2013 at 11:28 pm

    राजदुत ले आफ्नो छोरा लाई राजदुताबास को sectaory को रुप मा नियक्ति दियको छ भन्ने हल्ला छ, यदि येओ सत्तो हो भने राजदुत को आनैतिक काम को बिरोद गरौ!!! काम गरि देसको उन्नति गर्नु को सत्ता आफ्नो बैंक खाता को मात्र उनत्ति गर्न शोसक राजदुत को केहिल्ली गरौ

    Reply
  2. saroj says:
    April 19, 2013 at 7:06 pm

    यी राजदुत बोलिका अलि असभ्य छन् भन्ने पनि सुनियो. अनि आफ्ना सन्तानलै दुतावासको जागिरमा हालेको गाइगुइ छ. यसको पनि छानबिन होस्.

    Reply
  3. Raju Ghimire says:
    April 18, 2013 at 11:13 am

    तेत्ति राम्रो झन्डा पनि हेर्न नभ्यआको हाम्रो राजदुत जेउले? अब देखि बिहान बिहान हरेक दिन झन्डा हेर्नु आनी नमस्कार गर्नु|

    Reply
  4. कृष्णराज says:
    April 17, 2013 at 11:46 pm

    यसप्रति परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गराउन चाहन्छु|
    कहिले नच्यातिएको र रंग नउडेको झण्डा फेरे, त्यो पनि जानकारी गराउदै गर्नुहोला| अनि राजदुतलाई के सजाय भयो त्यो पनि जान्न चाहन्छौ|

    हाम्रा राजदुत र राजदुतावासका कर्मचारीको फेहरिस्तको नमुना तपसिल बमोजिम छ| ती मध्ये तपाईले चिनेका कुन श्रेणीमा पर्छ?

    -कोही किताब चोर
    -कोही खाडी देशका मजदुरको बीमा रकम हुर्स्याउने
    -कोही राजदूतका पदमा हुँदा खाडी देशका शेख र सुल्तान रजौटाहरुले
    दिएको गिफ्ट सुटुक्क आफूसित राख्ने
    -कसैले राजदुताबासले बहाल तिरेको घरमा अरुलाई रकम, जिन्सी वा अरु गुण तिर्ने गरेर बस्न दिने
    -कोही बिदेशमा पोस्टिंग हुँदा दाजुभाइ नाताको छोरा छोरी र आमा समेत नक्कल्ली बनाई लगेर भत्ता हसुर्ने
    -कसैले राजदुतावासले तिरेको बहाली घरलाई गेस्ट हाउस मा परिणत गर्ने
    -कोहि यो लास्ट पोस्टिंग हो कमाईराखु भनेर देशकै इज्जात फालेर धन बटुल्ने
    -कोही ब्यापारी संग मिलेर राजदुतावासमा भएको फायदा उठाएर व्यापारमा सलग्न हुने
    -कतिजना अमेरिका र क्यानाडामा पोस्टिंगको लागि मरिमेटेर घरमा काम गर्ने नोकर भनेर लगेर पहिले सल्लहा गरेर आफ्नो नाता पर्ने वा शोषण गरेर त्यही छाडिराखने
    -कोही सुजाताको चाकडी गरेर स्वीजरल्याण्डको प्रतिनिधि हुँदा राजदुत भए भनेर
    मुर्ति गायब गरिदिने
    -कोही आफ्नो नातालाई र चिनाजानालाई मात्र शिक्षा भर्ना र अध्ययन गराउन सुबिधा खोजिदिने, साधारण नेपाली जनता जतासुकै जाऊँन
    -कोही मलाई केही गरोस त् आफ्नो मान्छे पावरमा छ भनेर धाक दिंदै नेपाली जनताको ढुकुटीबाट खाएको तलब भत्ताको दुरुपयोग गर्ने

    राजदुतावासमा सैनिक सहचारी राख्नपर्ने कुनै काम छैन| राजाको पालामा राजाको चौकीदार सेनाको प्रतिनिधि राजदुतको चियो गर्न पठाइने गरेको हो, यो तुरन्त बन्द गरिनुपर्छ| राखेर देशलाई फायदा भन्दा बेफायदा मात्र छ|

    Reply
  5. Kusum Kunja says:
    April 17, 2013 at 8:03 pm

    धन्न च्यातिएकै झण्डा फहराएको भए पनि नेपाली दुतावास यहाँ रहेछ भन्ने थाहा पाउन सजिलै भएको छ । कुनै कुनै देशमा दुतावास कहाँ कुन दुलोमा छ थाहा नै हुँदैन । कडा सुरक्षा घेरा भित्र १५/१६ तलाको एउटा कुनामा दुतावास राखेर बसेका हुन्छन । यो च्यातिएको झण्डा फेर्न आव्हान गरौं सबैले ।

    Reply
  6. dharmendra says:
    April 17, 2013 at 7:41 pm

    नेपाली राजदुताबास को बिज्ञप्ति
    (एस्तो रहने छ )

    ए मुर्ख नेपाली हो
    म राजदुत यहाँ झन्डा फेर्न आको कि भत्ता पचाउन ?

    Reply
  7. प्रज्वल समशेर says:
    April 17, 2013 at 6:40 pm

    महामहिम हुन साथ अमेरिका जापान झैँ तलब पाउँछl झन्डै ६ हजार यूरो प्रति महिना महामहिमको तलब भए श्रीमती प्रतिमहिना १५०० यूरो भता छोरा छोरी प्रेतेकको १००० दरले यूरो भता पाउँछl गाडी मर्सेदेज डैवर, नोकर चाकर मोफाले तलब दिने घर, खान लाउन, घुम्न सबै सरकारी बजेटले नै तिर्नेl
    राजदुताबास भिषा देखि कमाएको बिल आफ्नै गोजी सबै गरेर ४ बर्ष भित्र महामहिम हुदा १६ करोड कमाएर नेपाल लैजान्छl त्यसैले राजदुत बन्न नेताहरुलाई घुश नै २ करोड दिनु पर्छl पेरिसको राजदुताबासमा झन्डा च्यातेर फाटेर नुड्ने देखेर लाजले नेपाल गै राख्ने स्विस तुरिस्तले घरमै नेपालको झन्डा सिलाएर दिन ल्याएको थियोl तर दुताबासले लिएन l राजदुताबासको कमाई नेपाल देखि पठाउने बजेटले राजदुताबासको ओफीस किन्न सक्छl तर बहाल तिरेको नाममा घर धनि बात कमिसन बहाल तिरेको भन्दा ४ गुणा बिल तिरेको बिल मोफा पेश गर्न पाएकोले अहिले सम्म डेरा बसेका छन्l कयै देशका राजदुताबासले बैंक संग किस्ताबन्दी लिएर समेत राजदुताबास अफिस किनेका छन्l तर पेरिसको नेपाली राजदुताबास मोटरको ग्यारेज सामान राख्ने गोदाममा बसेको छl

    Reply
  8. Ashok says:
    April 17, 2013 at 5:14 pm

    राजदुत जीउ नेपाल सरकार को मासिक तलब ५०००- डलर तलब थप्नुहुन्छ रास्त्रियता को सबाल मा रु ५०० पनि खर्च गर्न सक्नुहुन्न र ??? चन्द्र सुर्य अंकित झन्डा हाम्रो राष्ट्रिय सान हो .. राष्ट्रिय अस्मिता माथि खेलबाड त गर्नु भएन नि हजुर ………

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?

    Reply
  9. Roshan Sharma, Australia says:
    April 17, 2013 at 3:46 pm

    मुरी मुरी धयाबाद माइ- संसार !!!
    -हिजो का खाते र भाते हरु आज ‘सम्मानीय’ भएर नेपाल र नेपाली जनताको छाला लुछेर रमाउने हरु ले के नै गर्न सक्छन र चाहे ‘नेपाल भित्र होस्’ या नेपाल बाहिर !
    आज, यस्ता ‘राष्ट्र र स्वाभिमान नासक’ हरु को रोकथाम को बिधि खोज्नु निकै अपरिहार्य भैसकेको छ !
    यसरि
    माइ संसार जस्ता संचार माध्यम बाट जनतालाई जानकारी गराउनु पनि निकै नै प्रभावकारी अभियान हो !

    – कतिलाई चित्त दुख्न सक्छ – गत साल नेपालका ‘उडाउदा युवा नेता “गगन थापा” ले ‘नेपाली झण्डा’ माथि राखेर जाँदा रक्क्सी’ को पार्टी गरेको ‘हामीहरुले’ माइ संसार मा नै पढेको र देखेको हो !
    फेरि त्यस्तै संग मिल्दो जुल्दो महामहिम बाट बनि हुदो रहेछ :
    तसर्थ,
    अहिले को सुचना ले परिवर्ति संसार मा नेपाल को प्रबर्दन र ‘स्तरिय रुपमा कुटनैतिक’ सम्बन्ध को बिकाश गर्ने हो र छातुकार हरुलाई भागबण्डा नगर्ने हो भने १६ -१८ भन्दा बढी राजदुताबास राख्नु पर्ने आबस्यकता नै छैन जस बाट नेपाली को अरबौ राजस्व जोगिन्छा र दिगो कुटनीतिक बिकाश पनि हुन्छा /

    राख्नु पर्ने देशहरु :

    – उत्तरी अमेरिका र दखिणि अमेरिकामा : १- १ वटा.
    -यूरोप र बेलायेत मा : १-१ वटा
    – रसिया मा: १ वटा
    – दखिन र उत्तर अफ्रिका मा १ – १ वटा
    -अरब मा हरेक देशमा: ५- ७ वटा (नेपाली हरु काम गर्न जाने देशहरु मा)
    – भारत र चिनमा : १ – १ वटा
    – थाइलन्द मा : १ ( बर्मा, भिएतनाम, लाओस र कम्बोडियाको लागि)
    – मलेशिया मा: १ वटा (इन्डोनेसिया, सिंगापुर, ब्रुनाई, पिलिपिंस , नुजिल्यंद, प्यासिफिक देश र अस्ट्रेलिया आदिको लागि )
    – जापान र कोरिया को लागि १- १ वटा

    Reply
  10. तेन्जिंग गाबा says:
    April 17, 2013 at 1:41 pm

    “डण्डा” को मात्र भाषा बुझ्ने प्राणीहरुलाई झण्डाको महत्व के थाहा होस् ?

    Reply
  11. बुद्ध (कोरिया ) says:
    April 17, 2013 at 1:15 pm

    कुरा नबुझी गाली गर्न भएन साथीहरु हो बिचरा लाई माथि झन्डा तिर हेर्ने फुर्सद पनि त हुनु पर्यो नि 😛

    Reply
  12. देवेन्द्र कार्की says:
    April 17, 2013 at 12:35 pm

    राष्ट्रिय झण्डाको अस्मिता सुरक्षा गर्न नसक्ने कुनै पार्टीका टिके राजदुतलाई तुरुन्त फिर्ता बोलाइ रास्ट्र प्रेमी जो कोहि नेपालीलाई नियुक्त गर्न ढिलाई नगर्ने कि??

    Reply
  13. Mohan Subba says:
    April 17, 2013 at 12:08 pm

    राजदुताबासमा राखेको झण्डाको दुर्गति देख्दा लाग्छ राजदुत महामहिम ज्युहरु डलरको खेति मात्र गरिरहेको छन्/त्यो डेनमार्कको राजदुताबासको फाटेको नेपाली झन्डा झिकेर राजदुत ज्युको मर्सिडिज कारमा फर्राई दिनु पर्ने हो नि !

    Reply
  14. रविन says:
    April 17, 2013 at 11:46 am

    आफ्नो राष्ट्रिय स्वाभिमान र पहिचानको दुत बनेर गएको भय पो यस्ता कुरो हेक्का हुन्थ्यो चोर, लुटाहा, फटाहाहरुको गुट मिलेर बनेको राजनैतिक दलको दलाल बनेर गएका हुन्छन अनि यस्तो कुरोको के हेक्का हुनु?

    Reply
  15. Krishna Aryal says:
    April 17, 2013 at 10:27 am

    राजदुत जी तपाईं लाई के को फुर्दाद र झन्डा फन्दा को आफ्नो भता भय भै गयो नि !

    Reply
  16. भुवन says:
    April 17, 2013 at 10:21 am

    प्रोटोकोल नजान्ने र फलो गर्न नसक्नेलाई प्रोटोकोल अफिसर बनाए पछि बिदेशी पाहुना आउँदा देशको हालत झन् दयनीय बनाएका धेरैले देखेका थिए| हिजसम्म माओवादीको खेदो खन्ने तर सत्तामा आएपछि बाबुरामको चाकडी गरेर एकै जिल्लावासी भोट हजुरलाई नै खसालेको भनेपछि के थियो र बाबुराम पनि फुरुक्क भएर योग्यता किन चाहियो लौ खानुस राजदूत भनेर थमाईदिएका धेरैले देखेका छन्|
    बिदेशी पाहुना सामु खाक खुक गरेर घांटी सफा गर्ने अनि राल चुहाउने लाई प्रोटोकल अफिसर नियुक्त दिन्छन भने राजदूतमा चौपट छ|
    भनेर मुख दुखाउनु मात्र हो| एम्बेसीको बाथ रूम नाक भाँचिने गरी गन्हाउने भएको फोटो कसले उतार्ने हो तब मात्र थाहा हुन्छ|
    झण्डा फेरे कि फेरेनन त्यसको पनि फोटो सहित खबर दिंदै गर्नुहोला|

    Reply
  17. Dhruba says:
    April 17, 2013 at 10:19 am

    विदेश स्थित राजदुताबास को के कुरा गर्नु काम गर्ने तरिका उही नेपालको पारामानै हो रैछ , दुबई मा पनि तेस्तै पाइयो ,अझ कतार को को त के कुरा गर्नु राजदुतको जिम्मेबारीनै के हो उनीलाई थाहा छैन त्यस्ता माया कुमारी शर्मा जस्ता दुइ पैसाका राजदुतहरू नेपाल सरकारले किन खटाउदै छ विदेश स्थित दुतावासहरूमा यो गम्भिर सवाल हो

    Reply
  18. Pankaj says:
    April 17, 2013 at 10:02 am

    झन्डा किन्ने बजेट पनि झ्याम पारे जस्ता छन् /

    Reply
  19. madan bajracharya says:
    April 17, 2013 at 9:37 am

    जुन पार्टीको कोटामा नियुक्त भयको हो तेही पार्टीको झण्डा दुतावासमा लहराउने भय दिनको दस चोटी धुने सफा गर्ने हुन्थे होलान/ तर यो पर्यो पार्टीहरुलाई पटक्कै मन नपरेको तिनकुने रास्ट्रको झण्डा तेसैले च्यातिय पनि वास्ता नगरेको होला/

    Reply
  20. isor says:
    April 17, 2013 at 8:42 am

    हाम्रो देस को सबै राजदुताबास को ताल उस्तै हो / मैले USA washington दुताबास कति फोन गरे राम्रो कुरै गर्दैनन् usa मा पनि नेपाल को खरदार पारा/

    Reply
  21. योगेश आदी says:
    April 17, 2013 at 8:28 am

    जसले आँगनको मर्यादा पालना गर्न जान्दैन, त्यसले घरको के मर्यादा कायम राख्ला ?!

    Reply
  22. Kopila Sharma says:
    April 17, 2013 at 8:12 am

    नेपाललाइ तुक्रौछु, चुदाल्छु भनि रास्ट्रीय झण्डा च्यात्ने, बाल्नेहरु ऐले ठुला नेता भाका छन् . तिन लाइ कसले कारबाही गर्यो ? कम्सेकाम दूताबास ले थोत्रो भए पनि झण्डाको इज्जत गरेर रास्त्रियता त देखाएको छ.

    Reply
  23. jeevan says:
    April 17, 2013 at 6:32 am

    नेपालको झण्डाको अपमान गरे कस्तो कारबाहीको बेबस्था छ ? अहिले सम्म कोहि कसैलाई केहि कारबाही भएको छ कि छैन?

    Reply
    1. diwakar says:
      April 17, 2013 at 8:12 am

      साथि हरु पनि बुज्दै नबुझी कमेन्ट गरिहाल्ने ….त्यो झन्डा फेर्न बिदेशी सहयोग आइपुग्या छैन होला ! बिचार महामहिम ….. सहयोग कुर्दै बस्दै गर्या तपाई हरु लाइ के थाहा ? डेनमार्क सरकार संग अपिल गरे कसो होला माननीय राजदूत ज्यु ? देश का नेता मगन्ते भ्रमण मा निस्केका छन् कटौरा लेर ! अहिले चिन तिर पछि भारत तिर रे ! पत्रिका मा भिदेसी भिख एक खरब आएछ भनेर एमान को बढे बढे अक्षर मा न्युज आको आइ छ !

      हाम्रो रास्ट्रिय पेशा “भिख माग्नु” हो ! भिखै ले हाम्रो सान उचो हुने भो !

      Reply
  24. aashishjii says:
    April 17, 2013 at 6:04 am

    मैले त डेनमार्क स्थित नेपाली राजदूताबासको इमेल [email protected] र [email protected] मा इमेल पठाईदिए त्यो फोटो…हेरौ केहि हुन्छ कि… डेनमार्कमा हुनुभएका साथीहरु यो नम्बरमा फोन गर्नुस ४४४४४०४३…अनि मज्जाले गाली गर्नुस…रास्ट्रिय झण्डाको अपमान गरेकोमा…

    Reply
  25. Dhani Ram Dhakal says:
    April 17, 2013 at 5:41 am

    इनीहरु राजदूत होइन पार्टीका दुत भएर जानछन् इन्लाई देस को के चिन्ता |

    Reply
  26. Gaurab Nepali "Oodaaseen" says:
    April 17, 2013 at 4:23 am

    थुक्क दरिद्रहरु ! एउटा बचेकुचेको रास्ट्रिय शानलाई पनि, यस्ता दरिद्रहरुलाई नियुक्ति दिने अनि, भो अब, कति थुक्नु, थुक्दा थुक्दा पनि थुकी सुक्न लागिसक्यो!!! मुखभरी थुकले पोतियाका यी भिरुहरुलाई रास्ट्रिय शानको छु: मतलब ! त्यो भिरुलाई तुरुन्त भिरता बोलाउनु पर्छ र भनि दिनु पर्छ रास्ट्रिय शानलाई जगेर्ना गर्ने पदको मानहानी गर्ने छुट कसैलाई छैन ! हैन, यो भीरु कसको कोटाबाट राजदुत भय छ हँ ?????????????????????

    Reply
  27. samir dai says:
    April 17, 2013 at 4:07 am

    मैले त मेरो कार मा राखेको छु कसैले केहि भन्दैन किन नपाउनु आफ्नो देश को झण्डा राख्न ,जहाँ राख्न पनि पाउछ

    Reply
    1. तेन्जिंग गाबा says:
      April 17, 2013 at 1:50 pm

      बलबान छाप खैनी र हिन्दी फिल्मको डिस्क बेच्ने नेपाली भट्टी पसल अगाडी पनि नेपाली झण्डा राखेका थिए /
      त्यो पसलेसंग मैले गुनासो गर्दा, उनले पनि झन्डै झन्डै तपाइँ कै जस्तो धारणा राखे /

      Reply
  28. Santosh says:
    April 17, 2013 at 3:38 am

    जय प्रभु सदबुद्दी देउ

    Reply
  29. Ram Thapa Magar says:
    April 17, 2013 at 2:55 am

    राष्ट्रियता र स्वाभिमानको मर्म र मर्यादा थाहा नभएका पागलहरुलाई पैसाको भरमा राजदूत बनाउदा यस्तै हुन्छ/क्यास माओबादिले छानेको राजदूत कस्तो होला?

    Reply
  30. Nabin Adhikari says:
    April 17, 2013 at 2:14 am

    झन्डा को सम्मान गर्न नसक्ने राजदुत ले के देस को सम्मान गर्ला ? यी राजदुत भनौदालाइ राजदुत को पद कसले टिका लगायीदेअको रय्छा?

    Reply
  31. raj says:
    April 17, 2013 at 2:08 am

    कस्तो तोरीलाउरे रहेछ यो राजदूत | शाब्द खेर फालेर के गर्ने येस्ता हुतिहारा को लागि |

    Reply
  32. सार्थक says:
    April 17, 2013 at 1:38 am

    यहाँ कतारमा पनि नेपाली राजदूताबासको झन्डा च्यातिएर बिझोग छ तर राजदूत मायाकुमारीको नजर त्यसमा हैन मानव तस्करहरुको रियालतिर मात्रै परेको छ ।

    Reply
  33. Dharma says:
    April 17, 2013 at 12:23 am

    राजदुत भएर राष्ट्रिय झण्डाको सम्मान गर्न नजान्नेले राष्ट्रको हितको काम गर्न सक्ने कुरै नगरौ| यी महाशयलाई तुरन्तै फिर्ता बोलाईनु पर्छ तब मात्र अरुले पनि पाठ सिक्नेछन|

    Reply
  34. dharmendra says:
    April 17, 2013 at 12:17 am

    पार्टी को झन्डा भए फेर्थ्यो होला ,,,,देसको पर्यो के गर्ने

    Reply
  35. nabin says:
    April 17, 2013 at 12:04 am

    एस कुरा मा राजदुत को खासै दोस देख्दिन म. बरु राजदुत महोदय ले देस को अवस्था यो झन्डा झैँ च्यातिएको, र धरमर अवस्था मा छ भनेर देखाउन खोजेको हुन सक्छ. नेपाली DIPLOMACY .
    राजदुताबास मा दुख पाएर सहयोग को लागि जाने हरु ले दुताबास नै नपसी यो झन्डा हेरेर कतिको सहयोग पाउने हो आंकलन गर्न सकुन भन्ने सोच पनि हुन सक्छ, फेरी डेनमार्क ले सहयोग गर्दा पनि नाजुक परिबेस छ होला भनेर अलिक धेरै डोनेशन दिन्छन भन्ने अभिप्राय हुन सक्छ. कतारको राजदुत र डेनमार्क नेपाली दुताबास को झन्डा एकै पटक फेर्न पाए हुन्थ्यो भन्ने हामी लाई लाइरच !!! टन्न तलब र भत्ता अनि अनेकौ सुबिधा पाएको छ जनता ले तिरेको कर बाट. के को फुर्सद हुने नि झन्डा को चिन्ता गर्न लाई.

    Reply
  36. Dhan says:
    April 16, 2013 at 11:50 pm

    हाम्रो नया नेपाल को राजदुत,मन्त्रि,कर्मचारी अनि सम्बन्धित सरकारी निकाए क मान्छे हरु देख्दा पनि दिक्क लगेर आउछ / सब क सब आफ्नो भुडी भर्ने भन्दा अरु इज्जत अनि राम्रा अनि राष्ट्र को शिर ठाडो हुने काम गर्न सकेनन यी मुला साग हरु ले……

    Reply
  37. तोपबहादुर says:
    April 16, 2013 at 11:36 pm

    कोपनहेगनको जाडोमा हिउँ र चिसो बतास छल्न राजदुत घरैभित्र नजरबन्द भएर होला झण्डा च्यातिएको नदेखेका।

    Reply
  38. mankajee shrestha says:
    April 16, 2013 at 11:26 pm

    एस्तो च्यातिएको होइन , नियेमानुसारको राम्रो झन्डा राख्न सक्ने, राजदूत होइन कि देशदूत को बेबस्था गर्नु पर्यो -सुभ्स्य सिघ्रम :

    Reply
  39. gopal says:
    April 16, 2013 at 11:18 pm

    झन्डा बोकेर पदमा पुगेको हो र झन्डाको उचित सम्मान तथा सम्भार गर्ने सुद्धि आउन ?
    फेरी नेपालमा पो एस्सो जसलाई उक्लिदेओ न भने पनि काम बन्छ, यहाँ त नियम कानून पुर्याएर, साबधानी अपनाएर उकाल्नु पर्ने हुन्छ, तेस्तो साइत नजुरेको भनौ न अहिलेलाई !

    Reply
  40. nisha says:
    April 16, 2013 at 10:48 pm

    राजदुत जीउ नेपाल सरकार को मासिक तलब ५०००- डलर तलब थप्नुहुन्छ रास्त्रियता को सबाल मा रु ५०० पनि खर्च गर्न सक्नुहुन्न र ??? चन्द्र सुर्य अंकित झन्डा हाम्रो राष्ट्रिय सान हो .. राष्ट्रिय अस्मिता माथि खेलबाड त गर्नु भएन नि हजुर ………

    Reply
  41. dharmendra says:
    April 16, 2013 at 10:24 pm

    झन्डा राष्ट्रिय पहिचान हो / नेताहरुले हाम्रो देश लाई कस्तो स्तिथिमा पुर्याए येही झन्डा बाट थाहा हुन्छ

    Reply
  42. kailash says:
    April 16, 2013 at 10:04 pm

    राजदुत ज्यु,

    हामी नेपाली ले TAX तिरेको पैसा ले पनि त्यो फेर्न पुग्दैन भने तपाई को Bank ACCOUNT नम्बर दिनुहोस ! एउटा झन्डा किन्ने पैसा मा दिन्छु बरु !

    तर झन्डा को अपमान नगर्दिनुहोस

    धन्यवाद !

    Reply
  43. dhanendra pandit chhetri says:
    April 16, 2013 at 9:50 pm

    धेरै दुख समाचार सुन्न पर्यो . अब देखि एस्तो समाचार सुन्न नपरोस. राजदुत जस्तो जिम्मेवार मानिस बाट एस्तो काम गर्न सक्दा रहेछेन. हरे भगवान एस्तो राजदुत लाई सत्बुधि दिनुहोस …………..

    Reply
  44. Dinesh says:
    April 16, 2013 at 9:33 pm

    गाडीमा चै राख्न मिल्छ कि मिल्दैन ?

    Reply
    1. Salokya says:
      April 16, 2013 at 10:00 pm

      गाडीमा सर्वसाधारणले मिल्दैन। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश,संविधानसभाका अध्यक्ष/सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संविधान सभाका उपाध्यक्ष/उपसभामुख, राज्यमन्त्री र सहायक
      मन्त्रीलेले मात्रै झण्डा प्रयोग गर्न पाउँछन् ।

      Reply
      1. Nabina says:
        April 16, 2013 at 10:05 pm

        अनि गाडी मा झन्डा को Skitcer राख्न पाइन्छ कि पाइदैन ??

        Reply
        1. Salokya says:
          April 16, 2013 at 10:19 pm

          स्टिकर वा प्रतीक चिह्न टाँस्दा, छाप्दा वा लगाउँदा व्यक्तिले आफ्नो शरीरमा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन मात्र कार्यविधिमा निषेध गरिएको छ।

          Reply
          1. teju says:
            April 17, 2013 at 5:50 am

            गाडी भित्र सानो आकारको झन्डा ( स्टिकर होइन ) प्रयोग गर्न पाइन्छ कि पाइदैन ??

            Reply
            1. bibek dhakal says:
              April 17, 2013 at 9:38 pm

              अब झण्डा को आकार भाको गाडी किन्न मिल्छ कि मिल्दैन नसोध्नुस ! ~

              Reply
    2. dilip gurung says:
      April 17, 2013 at 2:29 am

      आफ्नै देश को झण्डा आफ्नो गाडीमा किन हाल्न नमिल्ने होला नेपालमा? के देशको झण्डा पनि यी भ्रष्टहरुको पेवा मात्रै हो र?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme