Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Tag: आजको समाचार

आजको खबर : विप्लवको लालकिल्ला तोड्न कर्णालीमा यस्तो सुरक्षा रणनीतिदेखि प्रहरीको हिट लिस्टमा हेमन्त ओली

Posted on March 22, 2019March 23, 2019 by राजेन्द्र मगर

आज माघ ८ गते शुक्रबार प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको ‘लालकिल्ला’ तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति भन्दै पहिलोपोस्टले लेखेको छ।  अहिले देशभर विप्वव समुहले चन्दा आतंक मच्चाएको खबरहरु बाहिरिएको छ। सरकारलेपनि विप्लव समुहलाई कडा निगरानीमा राखेको छ। विप्लव समुह यतिबेला सरकारको लागि प्रमुख सुरक्षा चुनौती बनेको छ। कर्णालीलाई विप्लव समुहको लाल किल्ला… Continue reading

होली : नियम मिच्ने सरकारी सहित ७०९ सवारी साधनलाई कारबाहीदेखि जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा

Posted on March 20, 2019March 20, 2019 by राजेन्द्र मगर

आज चैत ६ गते बुधबार काठमाडौं उपत्यकामा होली मनाइयो। आज अधिकाशं मिडियाहरुले होलीको समाचार तथा फोटो फिचरहरु हालेका छन्। पोखरामा फागुको उल्लास (फोटो फिचर) भन्दै अनलाइन खबरले पोखराको होली रौनकको फोटो फिचर हालेको छ। पहिलोपोस्टले काठमाडौँ र धनगढीका फोटो हालेको छ। देशसञ्चारले वसन्तपुरका फोटो हालेको छ। नेपालखबरले कलाकारका होलीको फोटो हालेको छ।

आजकाे खबर: रेशम चौधरीलाई जन्मकैदको भोलिपल्ट सीके राउत थुनामुक्त, ‍विप्लव कार्यकर्तालाई गोली, एसएमजी बरामद

Posted on March 7, 2019March 7, 2019 by राजेन्द्र मगर

आज माघ  २३  गते बुधबार मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन्। डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको छ। सिके राउत थुनामुक्त, सुरक्षा चुनाैती रहेकाे… Continue reading

आजको खबर : एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनास्थलमा पेस्तोल भेटियो, ३ राउण्ड गोली पड्किएको निष्कर्ष

Posted on March 6, 2019March 6, 2019 by राजेन्द्र मगर

सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य… Continue reading

आजको खबर: सेनाको हतियार विप्लवसँगदेखि बोक्सीको आरोपमा काठमाडौंमै पन्यु तताएर डामियो

Posted on March 4, 2019March 5, 2019 by राजेन्द्र मगर

आज फागुन २० गते सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले आफूले चन्दा भन्दा पनि जनसत्ता सञ्चालन गरेवापत कर मागेको दाबी गर्दै आएको छ। जनसत्ता सञ्चालन गरेको  कर नदिनेलाई कारबाही गरेको रआगामी दिनमा पनि कारबाही गर्ने विप्लबको दाबी छ। विप्लवले लामो समयदेखि एनसेलले लुट मच्चाएको र जनताको माग बमोजिम कारवाही गरेको दाबी गरेका छन्। नख्खुमा… Continue reading

आजको खबर : रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता भरतमोहनअधिकारी, यस्तो छ उनको राजनीतिक यात्रा

Posted on March 2, 2019March 2, 2019 by राजेन्द्र मगर

आज फागुन १८ गते  शनिबार पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। विगत तीन हप्तादेखि ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत उनको शनिबार राती ९ बजेर  ३५ मिनेटमा निधन भएको हो। अधिकारी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए। एक पटक भौतिक पूर्वाधारमन्त्री भए । अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए। अर्थतन्त्रको सबै स्वामित्व राज्यले… Continue reading

आजको खबर: जिप दुर्घटनामा परेर ८ जनाको मृत्युदेखि वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष रहेको प्रम ओलीको दाबी

Posted on March 1, 2019March 1, 2019 by राजेन्द्र मगर

आज फागुन १७ गते शुक्रबार   हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्‍मानका साथ  पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिए। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा दाह संस्कार, श्रीमती र छोराले दिए दागबत्ती भन्दै पहिलोपोस्टले… Continue reading

आजको खबर : उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टरदेखि पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?

Posted on February 28, 2019March 1, 2019 by राजेन्द्र मगर

आज फागुन १६ गते बिहीबार। मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर भूइँ छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटू ट्र्याकरको रेकर्डका अनुसार एक मिनेट पनि पूरा नउडी हेलिकप्टर दुर्घटनामा परेको थियो। पाथीभरामा दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको थियो। उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा… Continue reading

आजको खबर : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको दुर्घटनाको नालीबेली

Posted on February 27, 2019February 28, 2019 by राजेन्द्र मगर

आज फागुन १५ गते बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक… Continue reading

आजको खबर : प्रचण्डले भने द्वन्द्धका प्रतिनिधिमूलक घटनामा मात्र कारबाही हुन्छदेखि भोलीदेखी सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द

Posted on February 26, 2019February 26, 2019 by राजेन्द्र मगर

आज माघ २४ गते मंगलबार, सरकारी चिकित्सक  संघले भोली बुधबारदेखि सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्। कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरुले विगत २ महिनादेखि आन्दोलन गरिरहेका छन्।उनीहरुको मुख्य माग छ— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्‍यो। यही माग पुरा… Continue reading

आजको खबर: हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै कमल थापाको पार्टीले जनसंघर्ष गर्नेदेखि टुटल/पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने

Posted on February 25, 2019 by राजेन्द्र मगर

आज फागुन १३ गते सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको बताएका छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनको भनाई छ। सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा भन्दै पहिलोपोस्टले लेखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन् ।… Continue reading

आजको खबर : बम विस्फोटको जिम्मा लियो विप्लवको पार्टीलेदेखि शोभराजलाई कैद छुट दिने वा नदिनेबारे सर्वोच्च अदालतको सरकारलाई परमादेश

Posted on February 24, 2019February 24, 2019 by राजेन्द्र मगर

आज फागुन १२ गते आइतबार विप्लव समूहले नख्खुसहित २१ ठाउँमा बम पड्काएको सूचना छ : गृहमन्त्री भन्दै सेतोपाटीले लेखेको छ। गत शुक्रबार नख्खुमा बम विस्फोट भएपछि लगातारअन्य ठाउँमा पनि बम बिस्फोट भएको थियो। गृहमन्त्री थापाले  संसदमा बोल्दै यस्तो बताएका हुन्। विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ। सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा… Continue reading

आजको खबर : नेकपा सचिवालयमा प्रचण्डसँग फरक मत भएपछि एक्लिँदैछन् ओलीदेखि एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द

Posted on February 21, 2019 by राजेन्द्र मगर

आज फागुन ९ गते बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई अन्तिम रुप दिन थप छलफल गरी सहमतिमा ल्याउन आइतबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। गत मंसिर २९ बाट शुरु भएर पुस ८ गते आइतबार सम्पन्न महासमितिले केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी संघीय विधान पारित गरेको थियो। सोही विधान परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकिएको… Continue reading

आजको खबर : संसदमा गाँजाको कुरादेखि देउवाको जिल्लामा गएर प्रम ओलीले भने, ‘विकासको जिम्मा मेरो हो’

Posted on February 20, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ८ गते मंगलबार खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई ठेकेदार कम्पनीसँग कमिशन मागेकाले सरुवा गरिदिएको बताएकी छिन्। हिजो सरुवा गरिदिएपछि सचिव ठाकुरले मन्त्री विनाले देश डुबाउन खोजेको आरोप लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै सचिव ठाकुरको सरुवा गरिएको समेत मन्त्री मगरले बताएकी छिन्। खानेपानी मन्त्रीको जवाफ : सचिव ठाकुरले सीएमसीसँग… Continue reading

आजको खबर : मन्त्रीसँग मुखमुखै लागेपछि सचिव सरुवादेखि प्रम ओलीले थाहा पाइसकेको घुसकाण्ड कसरी आयो मिडियामा ?

Posted on February 19, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ७ गते मंगलबार आज खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरिदिएकी छिन्। मन्त्री  मगर र  सचिव  ठाकुरबीच मेलम्चीको मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाको विषयमा सोमबार चर्काचर्की परेपछि उनी सरुवा भएका हुन्। सिएमसीलाई अढाई अर्ब रुपैयाँ दिएर भए पनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमा सचिव ठाकुरले असहमति जनाएपछि बिनाले उनलाई सरुवा गरिदिएकी… Continue reading

पशुपति शर्माको गीतको चर्चा सडकदेखि संसद भवनसम्म : शर्माले गीत सच्याएर ल्याउलान् कि त्यतिकै?

Posted on February 18, 2019February 18, 2019 by राजेन्द्र मगर

आज फागुन ६ गते सोमबार आज पनि अधिकाशं मिडिया पशुपति शर्मामै केन्द्रित छन्। लुट्न सके लुट कान्छा गीतको चर्चा संसदसम्म पुगेको छ।सडक र सामाजिक सञ्जाल तताएको उक्त गीतको चर्चा संसद भवनभित्र पनि छिरेको  छ। शनीबार उनले युट्युबाट गीत  हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए। हिजो… Continue reading

लुट्न सके लुट कान्छा…. गीत युट्युव हटाएपछिका २४ घण्टा: के के भए, कस्ले के भने ?

Posted on February 17, 2019 by राजेन्द्र मगर

अहिले गायक पशुपति शर्मा जताततै चर्चामा छन्। सोसल मिडियादेखि अनलाइन मिडिया जताततै उनकै चर्चा छ। लुट्न सके लुट कान्छा लुट्न सके लुट… गीत  हिजो शनीबार उनले युट्युबाट हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए। उनले गीत हटाएपछि राजनीतिज्ञ, कलाकारहरुले विभिन्न प्रतिक्रिया दिएका छन। उक्त गीतको बारेमा प्रतिक्रिया… Continue reading

आजको खबर ‘कोटाभन्दा बढी रक्सी र सुनबाहेक विदेशबाट ल्याएको केही जफत हुँदैनदेखि ओली सरकारले नगरेका काम

Posted on February 15, 2019 by राजेन्द्र मगर

आज फागुन ३ गते शुक्रबार  पछिल्लो समय सामाजिक सञ्जाल तताएको  विषयको बारेमा सेतोपाटी अनलाइनले लेखेको छ।केही दिनयता विदेशमा काम गर्न गएकाहरूले घर फर्किँदा ल्याएको चकलेट र कपडासमेत जफत गरिनु ‘नचाहिने काम’ भन्दै आलोचना र आक्रोशले सामाजिक सञ्जाल तताएको थियो। श्रम गरेर ल्याएको चकलेटसम्म विमानस्थलबाट छिराउन नदिएको भन्दै सरकारको  विरोध भएको थियो। तर, अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका… Continue reading

आजको खबर : जलविद्युतको सेयर जनताले कति र कसरी पाउनेदेखि पानीजहाज कसरी आउँछ नेपाल?

Posted on February 14, 2019February 14, 2019 by राजेन्द्र मगर

आज फागुन २ गते बिहिवार अधिकाशं मिडिया प्रधानमन्त्री केपी ओलीमा केन्द्रित भएका छन्। पानी जहाज कार्यक्रममको उद्घाटन,  र सरकारको १ वर्ष पुगेको उपलक्ष्यमा उनको विशेष सम्बोधन मिडियाका हेडलइन बनेका छन्। देशबासीलाई प्रधानमन्त्रीको प्रश्न– म पनि ठट्टा गरौं ? भन्दै अनलाइनखबरले लेखेको छ। प्रधानमन्त्रीले सुनाएका १७  बुँदे उपलब्धीको पुर्णपाठ अनलाइन खबरले जस्ताको तस्तै हालेको छ। वार्षिक  प्रगती… Continue reading

आजको खबर: प्रधानमन्त्रीका लागि ललिपप निकाल्ने सांसददेखि मन परेको चिज कहिल्लै गर्न नपाएको प्रचण्डको गुनाशो

Posted on February 12, 2019 by राजेन्द्र मगर

आज माघ २९ गते मंगलवार नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका हुन। अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme