Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपति शर्माको गीतको चर्चा सडकदेखि संसद भवनसम्म : शर्माले गीत सच्याएर ल्याउलान् कि त्यतिकै?

Posted on February 18, 2019February 18, 2019 by राजेन्द्र मगर

आज फागुन ६ गते सोमबार आज पनि अधिकाशं मिडिया पशुपति शर्मामै केन्द्रित छन्। लुट्न सके लुट कान्छा गीतको चर्चा संसदसम्म पुगेको छ।सडक र सामाजिक सञ्जाल तताएको उक्त गीतको चर्चा संसद भवनभित्र पनि छिरेको  छ।

शनीबार उनले युट्युबाट गीत  हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए।

हिजो मात्रै उक्त गीत माइतीघर मण्डलामा बजाएर केही स्वतन्त्र युवाहरु नाचेका थिए।

आज प्रनितिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद अमरेश कुमार सिंहले  शर्माको गीत धम्की र दबाबमा प्रतिबन्धित गरिएको भन्दै आपत्ति जनाए।

सांसद सिंहले सांसदका रुपमा आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक शर्मालाई दिने घोषणा पनि गरे।

पशुपति शर्माको गीतबारे संसदमा दोहोरी भन्दै देशसञ्चारले लेखेको छ।

यसरी आफ्नो गीतको चौतर्फी विरोध र समर्थन भएपछि शर्मा गीत कसरी ल्याउने भन्ने बारेमा कन्फ्युज छन्। लोक दोहोरी प्रतिष्ठानले उनलाई गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरिसकेको छ। शर्माले भनेका छन्,’ ‘मैले केही समस्या होला भनेर गीत हटाए, अब फेरी त्यही गीत हाल्ने की शब्द हेरफेर गरेर नयाँ गीत हाल्ने त्यो निर्णय मैले गरिसकेको छैन। म चाँडै नै एउटा निर्णय लिन्छु होला।’

त्यस्तै विवेकशील पार्टीका कार्यकर्ताले  ‘चर्को स्वरमा बोलौ, भ्रष्टाचारीको पोल खोलौं’ ‘बोलौं साथी बोलौ, भ्रष्टाचारीको पोल खोलौं’, ‘समाजवाद नांगियो माफियातन्त्र झांगियो’ जस्ता प्लेकार्ड लिएर माइतीघरमा र्याली गरेका छन्। उनीहरुले पशुपति शर्माको गीतमा केन्द्रित भएर प्रदर्शन गरेका थिए।

‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं,’ भन्दै विवेकशील साझाको माइतीघरमा प्रदर्शन भन्दै पहिलोपोस्टले लेखेको छ।

बुलबुल चलचित्रको पोस्टरमा रक्सीको विज्ञापन  गरेपछि प्रहरीले पोस्टर हटाउन निर्देशन दिएको छ।प्रहरीले पोस्टर हटाउन निर्देशन दिएपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको  छ।

‘बुलबुलको पोस्टर च्यात्न प्रहरीको निर्देशन भन्दै अनलाइनखबरले लेखेको छ।

पिताको श्राद्ध तिथि र पत्नीको ‘बर्थ डे’ एकैदिन परेपछि झापामै रोकिए ज्ञानेन्द्र  भन्दै नेपालखबरले लेखेको छ।

भोलि (७ फागुन) नै पूर्वराजा ज्ञानेन्द्रका पिता स्व राजा महेन्द्रको श्राद्ध तिथि परेपछि २४ माघमा झापा पुगेका पूर्वराजा शाह दमकस्थित आफ्नो स्वामित्वको हिमालयन टि गार्डेनमा पत्नी कोमलसँगै छन्।

अघिल्ला बर्षहरुमा झैँ यस पटक पनि कोमलको जन्मदिवस मनाउन पूर्व राजा र कोमल काठमाडौँ आउने कार्यक्रम थियो।

गण्डकी प्रदेशका मन्त्रीद्वारा ५ हजार लिटर इन्धन दुरुपयोग भन्दै बाह्रखरीले लेखेको छ।

आर्थिक मामिला मन्त्री किरण गुरुङले २ हजार लिटर इन्धन दुरुपयोग गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत ऐनभन्दा बढी इन्धन लिनेको दोश्रो नम्बरमा परेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमाले ५ सय ५८ लिटर, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ५ सय ३०, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ७ सय ८१ लिटर इन्धन दुरुपयोग गरेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मात्र ऐन अनुसारको इन्धन लिएका छन्।

नेपाल बारको चुनावमा २५ पदका लागि ६४ जनाको उम्मेदवारी भन्दै काठमाण्डुप्रेसले लेखेको छ।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ कार्यसमिति चुनाव चैत १६ गते हुदैँछ। अध्यक्षमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme