आज फागुन ३ गते शुक्रबार पछिल्लो समय सामाजिक सञ्जाल तताएको विषयको बारेमा सेतोपाटी अनलाइनले लेखेको छ।केही दिनयता विदेशमा काम गर्न गएकाहरूले घर फर्किँदा ल्याएको चकलेट र कपडासमेत जफत गरिनु ‘नचाहिने काम’ भन्दै आलोचना र आक्रोशले सामाजिक सञ्जाल तताएको थियो।
श्रम गरेर ल्याएको चकलेटसम्म विमानस्थलबाट छिराउन नदिएको भन्दै सरकारको विरोध भएको थियो। तर, अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुर तोकिएको नियमअनुसार सुन र रक्सीबाहेक अरु कुनै सामान जफत नगरिएको बताउँछन।
कुनै एक व्यक्तिले ल्याउन पाउने अधिकतम सीमाभन्दा बढी ल्याएको रक्सी र सुनमात्र जफत हुन्छ। झिटीगुण्टा सम्बन्धी ऐनमै यस्तो लेखिएको छ। अरु सामानको हकमा भन्सार तिरेर लिन सक्ने व्यवस्था छ। अर्थात्, एक लिटरभन्दा बढी रक्सी ल्याएको भए त्यो जफत हुन्छ। तर तोकिएभन्दा बढी चकलेट ल्याए कर तिरेर लैजान सकिन्छ।
अहिले कुनै पनि नेपाली यात्रुले आउँदा एउटा नयाँ मोबाइल ल्याउन पाउँछन्। प्रयोग गरिरहेका २ वटा पनि ल्याउन पाउँछन्। अब एकभन्दा बढी नयाँ मोबाइल ल्याए त्यसको बिलमा भएको मूल्यको ४० प्रतिशत भन्सार तिरेर यात्रुले लिन पाउँछन्।
प्रयोग गरेका पुराना कपडा बाहेक १५ वटा नयाँ कपडा ल्याउन पाउने सुविधा छ। खाद्यान्न तथा चकलेटजस्ता वस्तु पनि ७ किलोसम्म ल्याउन पाउँछन्।
हिजो प्रधानमन्त्री ओलीले देशबासीको नाममा विशेष सम्बोधन गर्दै सरकारले एक वर्षमा गरेका कामका लामो सुचि सुनाए। सरकारको वार्षिक प्रतिवेदनको रुपमा प्रस्त्तुत गरेका उनले सरकारले वर्ष दिनमा धेरै काम गरेको गर्वका साथ सुनाए।
तर, सरकारले वर्षदिनमा गर्न नसकेको कामको सुचि अत्यन्तै लामो छ। सेतोपाटीले प्रधानमन्त्रीलाई यी ९ वटा कामहरु के के भए भए भनेर सोधेको छ। अर्थात सरकारले नगरेको कामको बारेमा लेखेको छ।
ओली सरकारले वर्ष दिनमा नगरेका काम भन्दै सेतोपाटीले लेखेको छ।
त्यस्तै रातोपाटी अनलाइनले पनि चार वटा प्रकरणले सरकारको साख गुमेको विश्लेषण गरेको छ। निर्मला हत्या काण्ड, वाइडबडी घोटाला काण्ड, सुनकाण्ड र यातायात सिण्डिकेट काण्डमा सोचे अनुरुप काम गर्न नसकेकाले सरकारको साख गुमेको रातोपाटीको विश्लेषण छ।
चर्चित चार प्रकरण :जसले ओली सरकारको ‘साख’ घटायो ! भन्दै रातोपाटीले लेखेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको छ। पाठकले घूस लिएर पनि विवाद नमिलाइदिएपछि घटना बाहिर आएको छ। भिडियोमा पाठकले घूस लिनु ‘आफ्नो जीवनकै ठूलो गल्ती भएको’ स्वीकार गरेका छन्।
घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक भन्दै नेपालखबरले लेखेको छ।
नेपालको पछिल्लो राजनीतिक अवस्था, भेनेजुयला प्रकरण, प्रम ओलीको १ वर्षे प्रगती विवरणसँग जोडेर ओली समाजवादको यात्रामा कि भेनेजुएलाका चाभेज पथमा? भन्दै पहिलोपोस्टमा लेखेको छ।
अहिलेको नेपालको अवस्था र भेनेजुएलाको अवस्था करिब उस्तै उस्तै हो। यद्यपि, भेनेजुएला चरम आर्थिक संकटमा गुज्रिएको छ। नेपाल पनि गरिब छ, भेनेजुएला पनि उस्तै। भेनेजुएलासँग साउदी अरबसँग भन्दा बढी तेल छ र पनि कोलम्बिया भन्दा गरिबी छ। कुनै बेला दक्षिण अमेरिकाको सबैभन्दा धनी देश अहिले सबै क्षेत्रमा अभाव भोगिरहेको छ- ट्वाइलेट पेपरदेखि एन्टिवायोटिक अनि खाद्यान्नसम्मै।
राष्ट्रपति ह्युगो चावेजको समाजवादी नीतिसँगै ओरालो दिशामा गएको भेनेजुएलाको अर्थतन्त्र राष्ट्रपति निकोलस मादुरोसम्म आइपुग्दा थप संकटमा पुग्यो।
चाभेजले आफ्नो तेल खानी समाजवादी समृद्धिका लागि भेनेजुएलाका लागि मात्र होइन पूरै ल्याटिन अमेरिकाका गरिबी जनताको पक्षमा प्रयोग गरे। सन् २०१३ मा चाभेजको मृत्यु भयो। त्यसको एक वर्षपछि तेलको मूल्यमा भारी गिरावट आयो। त्यसयता भेनेजुएलाले तीब्र आर्थिक संकटको सामाना गरिररहेको छ। देशको अर्थतन्त्र पूरै टाट पल्टिएको छ।
सामाजिक सुरक्षाका नाममा मनपरी पैसा बाँड्दा ग्रीस टाट उल्टियो र नागरिकले औषधीका समेत नपाएको उदाहरण पनि हामीसँग ताजै छ।
अब नेपालको अवस्था हेरौँ। प्रधानमन्त्री ओली पछिल्ला समय घोषणा गरेका कार्यक्रमहरुको बारेमा हेरौँ।
बुधवार सार्वजनिक रोजगार कार्यक्रमप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले बिहीवार जनताको विद्युत कार्यक्रम सार्वजनिक गर्दै भनेका थिए, ‘रोजगार कार्यक्रम सुरु भएको छ। अब खल्तीमा पैसा नभएको कोही नेपाली हुने छैन। खल्तीमा पैसा नभए सरकारले खल्तीमा पैसा हालिदिन्छ।’
अब प्रश्न: सबै बेरोजगारको खल्तीमा हाल्न नेपालसँग ढुकुटी छ त? चालिस लाखको हाराहारीमा नेपाली युवा विदेशी भूमिमा छन्। देशमा रोजगारी सिर्जना गर्न सरकार असफल छ। रोजगारी सिर्जना गर्नका लागि कार्यक्रम सार्वजनिक गरेर भत्ता बाँड्छु भन्नुभन्दा पनि देशमा उद्योग सञ्चालन तर्फ ध्यान दिन सरकारले सकेको छैन।
भएका उद्योगहरु बन्द छन्। बन्द उद्योगका कामदारलाई बिना काम तलब र भत्ता दिइँदैछ। रोजगार सिर्जना नगर्ने तर बेरोजगार भए खल्तीमा पैसा हाल्दिन्छु भन्नु भेनेजुएला पथ नहोला भन्न सकिन्न। राष्ट्रिय उत्पादनबाट जम्मा भएको ढुकुटी गरीबलाई वितरण गरियो, उत्पादनमा प्रयोग नहुँदा न भेनेजुएला यो अवस्थामा आएको हो। यो बुझ्न जरुरी छ।
वर्षमा एक सय जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने व्यवस्था सहितको विधेयक प्रतिनिधी सभाबाट पारित भएको छ। यो व्यवस्था वैदेशिक रोजगार ऐनमा गरिएको छ। यो व्यवस्था यही वर्षबाट लागु हुनेछ। अब बस्ने राष्ट्रिय सभा बैठकमा यो विधेयक पेश हुनेछ ।
खारेजीको जोखिममा छन् ६८३ वटा म्यानपावर कम्पनी भन्दै देशसञ्चारले लेखेको छ।
फाइनलमा म्यानमारसँग पराजित हुँदै नेपाल हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ । यद्यपी फाइनलमा पुग्ने क्रममा भारत र इरानमाथि नेपालले जित हात पारेको थियो। त्यो जित नेपाली महिला फुटबलको ठूलो उपलब्धी थियो।
शुक्रबार साँझ भएको फाइनलमा नेपाल बलियो टोली म्यानमारसँग ३–१ ले पराजित भएको हो।
महिला फुटबल : इतिहास रच्नबाट चुक्यो नेपाल, फाइनलमा पराजित भन्दै अनलाइनखबरले लेखेको छ।
मान्नुस नमान्नुस तर नेपालमा तेश्रो मुलुक बात आयात गर्ने नीतिमा बनाउने कुरामा निर्णायक असर भारतकै स्वार्थ हो/ पहिलो उदाहरण गिरिजा प्रधान मन्त्रि भयकै बेला भारतले आफ्नो देसमा सुन को भण्डार बलियो बनाउन र बिदेशमा बसेको करोडौं भारतीयहरुलाई भारतमै बनेको सुनको गहना किन्न लगायर बिदेशी मुद्रा भन्दा बिस्वसनिय र बिस्व्मै सबै भन्दा बलियो मुद्राकै बिकल्प मानिने सुनको भण्डार गर्ने र भारतमा सुन चाँदीको गहना उद्योगलाई प्रवर्धन गर्दै सुन चाँदीको गहना बिदेशमा निर्यात गरेर बिदेशी मुद्रा कमाउन बिदेशमा बसेको भारतीयले ५ किलो सुन र ५० किलो चांदी ल्याउन दिने नियम बनायो/ भारतले त्यो नियम बनायको लगतै गिरिजाले बिदेशमा मात्र यक महिना बसेको नेपालीले नक्कली कमाईको श्रोत देखायर पनि १५ किलो सुन र १५० किलो चांदी ल्याउन दिने भन्सार नियम बनायो/ त्यो नियम अन्तर्गत बिदेशमा बसेको नेपालीले साँच्चै नै तेरो परिमाणमा सुन चांदी किन्न सक्ने कमाई भयको र बिदेशमा सुको पनि नकायाको बा कमाउने अधिकार समेत नभयका नेपालीले हज्जारौ तन सुन चांदी नेपाल ल्यायो ( हंगकंगको उडान बात मात्रै प्रत्यक हंगकंग बात नेपाल आउने उडानमा हंगकंगमा बस्ने भारतीय ब्यापारी समेतले कमसेकम २ ३ तन चांदी र २०० ३०० किलो सुन नेपालीलाई भरिया बनायर पथाउन्दै गरेको मैले २ बर्ष सम्म देख्दै गरेको थिय) / ती सबै सुन चांदी नेपालमा खपत हुन् सक्ने अवस्थानै थियन र तेसरी ल्यायको सबै भारतनै लगिने कुरा उल्लेख समेत गरिरहनु पर्दैन/ भारतले बिदेशमा बसेको भारतीयले ५ किलो सुन र ५० किलो चांदी ल्याउन पाउने नियम खारेज गरे पछि मात्रै नेपालले पनि बिदेशमा यक महिना बसेको नेपालीले १५ किलो सुन र १५० किलो चांदी ल्याउन पाउने नियम खारेज गर्यो/ गिरिजाले भारतलाई सघाउन तेस्तो महा गलत भन्सार नियम बनायको कारणले नेपाल भित्रिने खरावौँ बिदेशी मुद्रा पनि सुन चाँदीको रुपमा भारत पुगे/ गैर कानुनि हुण्डी बजार फस्टायो/ नेपालीले बिदेशमा गलत कार्य गर्ने कुरा स्थापित भयो र गिरिजाकै पालोमा नेपालीले हंगकंगमा यक महिना र बैंककमा १५ दिन नेपालीले बिना जान बस्न पाउने सुबिधा खारेज गरे/
दोश्रो कारण र अधार: नेपालमा नेपालीलाई चाहिने केहि बन्दैन/ सबै भारत बात आयात गर्नु पर्छ/ अचेल आधा करोड भन्दा बढी नेपालि विदेशमा छन्/ उनीहरुले चाहेमा भारतमा बनेको भन्दा उच्च गुण स्तरको सामान विदेश बात पनि ल्याउन सक्छन/ बिदेशमा बनेको सामान र भारतमा बनेको सामानमा भन्सार डर समान राख्ने हो भने भारतमा बनेको निम्न गुण स्तरको सामान भन्दा बिदेशमा बनेको उच्च गुण स्तरको सामान भारतमा बनेको सामानमा भन्दा सस्तो मोलमै पनि पाउन सक्छौं/ उदाहरण भारतमा बनेको गाडीकै लिउ/ यदि सुन्य भन्सार र कलकत्ता बन्दरगाहमा तिर्नु पर्ने शुल्क कतायर भारतमा बनेको गाडी र जापान कोरियामा बनेको गाडीको मोल तुलना गर्ने हो भने भारतमा बनेको गाडी नै महँगो हुन्छ/ अमेरिका जस्तो महँगो मुलुकमा उहिले नेपालमा पनि चल्ने गुड्ने तोयोताको कोरोला गाडीको भन्सार बिक्रि कर र ब्यापारीको नाफा समेत जोडेको बिक्रि मोल २५ लाख नेपालि रुपिया भन्दा कम नै छ/ तर नेपालमा भारतमा बनेको गाडीमा ३०% मात्रै भन्सार लाग्ने गर्दा पनि जापानमा बनेको उच्च स्तरको गाडी भन्दा महँगो/ छ/ त् के भारतले नेपाललाई महँगो मोलमा बेच्ने गाडीलाई सस्तो देखाउन भारतमा बनेको गाडीमा ३०% र अरु देसमा बनेको गाडीमा २३०% भन्सार लगायको होईन?
कयौं मित्रहरुलाई याद होला उहिले नेपालमा नेसनल ट्रेदिंगले ल्यायको चाइनामा बनेको साईकल को मोल ३५० रुपिया थियो र भारतले बनाउने रेली साइकल ८०० रुपिया थियो/ तुलना गर्ने हो भने भारतको भन्दा चाइनाकै साइकल राम्रो र बलियो थियो/ यसैकारणले भारतमा बनेको साईकल नेपालमा बिकिन पनि छाडेको थियो/ उहिले चाइनामा बनेको कपडा सस्तो र बलियो भयकोले भारतमा बनेको कपडा नेपालमा मात्रै होईन भारतमा समेत बिक्न गार्हो भयको थियो/ यस्तै उदाहरण मोटर मोटर साइकल को पनि दिन सकिन्छ/ राजा बिरेन्द्रको राज्यभिसेकमा नेपालमा ल्यायको थियो तोयोताको कोरोला गाडी/ तोयोताको कोरोला को मोल तेतिबेला ३० हजार भन्दा कम थियो र भारतको खटारा आम्बेसिदर गाडी भन्दा सस्तै थियो/ तेसैले नेपालमा ट्याक्सीको रुपमा कुनै भारतको आम्बेसिदर कार चल्दैनथ्यो तोयोताको कोरोला चल्थ्यो/ उहिले नेपालमा बिदेश बात आउनेले ल्याउन पाउने झिन्ता गुन्तिको सुबिधा मा पनि बिरोध भारत बाटै भयको थियो/ छोटकरीमा भन्ने हो भने नेपाललाई भारतको उत्पादन मात्रै बिकिने मुलुकमा दर्हिन बाध्य हुनु र भारत सिट ब्यापार घाटा खरावौँ पुग्नुमा गलत भन्सार नीतिनै हो/ भारतलाई तिर्नु पर्ने रकम हामीले भारतको बैंकमा डलर सिट साटेको भारु नै तिर्छौं/ यसको मतलव हामि भारतीय सामान भारतीय मुद्रामा होईन दलारमै तिर्छौं/ त् प्रश्न उठ्छ उतांग पतांग भन्सार नीतिको कारण हामि घुमारो तरिकाले डलर युरो तिरेर महँगो मोल तिरेर भारतकै नियम स्तरको उत्पादन उपभोग गर्न किन बाध्य बनाउन्दैछ?
४०% भन्सार त् सारै भयो । राजस्व संकलन गर्ने भनेर यहि श्रमिकलाई मात्रै शोषण गर्नु सरकारको मूल उदेश्य हो कि के हो ? सरकारले बिशेस गरेर खाडीमुलुक लगायत मलेशिया बाट आउने नागरिकलाई छुट दिनु पर्छ ।
सबैलाई नमस्कार
होइन हो सुन चाहिँ जतिसक्यो त्यति छिराउन मिल्ने तर अरुचाहि ……