Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लुट्न सके लुट कान्छा…. गीत युट्युव हटाएपछिका २४ घण्टा: के के भए, कस्ले के भने ?

Posted on February 17, 2019 by राजेन्द्र मगर

अहिले गायक पशुपति शर्मा जताततै चर्चामा छन्। सोसल मिडियादेखि अनलाइन मिडिया जताततै उनकै चर्चा छ। लुट्न सके लुट कान्छा लुट्न सके लुट… गीत  हिजो शनीबार उनले युट्युबाट हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए।

उनले गीत हटाएपछि राजनीतिज्ञ, कलाकारहरुले विभिन्न प्रतिक्रिया दिएका छन।

उक्त गीतको बारेमा प्रतिक्रिया दिँदै  गायक कुलेन्द्र विश्वकर्माले  डिलिट नै गर्नुपर्ने त थिएन जस्तो लाग्छ भनेका छन्।

हटाइ हाल्नुपर्ने लाग्दैन भनेर गायक प्रमोद खरेलले भनेका छन्।

दबाबमा गीत डिलिट गर्नु गलत भनेर गायक प्रकाश सपूतले प्रतिक्रिया दिएका छन्।

त्यस्तै गीत हटाउन आवश्यक थिएन भनेर  गायिका प्रीति आलेले प्रतिक्रिया दिएकि छिन्।

‘लुट्न सके लुट’ गीत युट्युबबाट डिलिट गरिएको बारे के भन्छन् गायक/गायिका? भन्दै पहिलोपोस्टले लेखेको छ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले  ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न भनेको छ।

चौतर्फी विरोध भएपछि प्रतिष्ठानको आज बैठक बसेको थियो।

प्रतिष्ठानले सो गीतका विषयमा लामो छलफल भएको गरेको थियो। छलफलमा गायक पशुपति शर्मा पनि उपस्थित थिए।

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह भन्दै अनलाइनखबरले लेखेको छ।

गायक शर्माले आफ्नो गीत युट्यूबाट हटाएपछि कांग्रेसले सरकारको आलोचना गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  पत्रकार सम्मेलन गर्दै भने, ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने?’

कति बलियो होला दुई तिहाइको सरकार एउटा गीतले पनि थरर्र काप्ने : कांग्रेस भन्दै सेतोपाटीले लेखेको छ।

गायक पशुपति शर्माले हिजो युट्युबाट गीत हटाएपछि लेखेका थिए, ‘गीतका केही शब्द  सच्याएर फेरि  गीत लिएर आउँछु।’

त्यसपछि सामाजिक सञ्जालमाउनको समर्थन र सकारका विरोधमा स्वरहरु सुनिए। उनलाई गीत नसच्याउँन समेत आग्रह गरे। त्यसपछि आज शर्माले भनेका छन्, ‘ ‘मैले केही समस्या होला भनेर गीत हटाए, अब फेरी त्यही गीत हाल्ने की शब्द हेरफेर गरेर नयाँ गीत हाल्ने त्यो निर्णय मैले सोमबार भित्रमा गरिसक्नुपर्ने छ। म चाँडै नै एउटा निर्णय लिन्छु होला।’

पशुपति शर्माले भने, ‘मलाई दबाब आयो, गीत फेरुँ कि नफेरुँ भनेर सोच्दैछु’ भन्दै देशसञ्चारले लेखेको छ।

आज नै राजधानीको माइतीघरमा मण्डलामा बिरोध समेत प्रदर्शन गरिएको छ। ‘गीत बन्द होइन भ्रष्टाचार बन्द गर्नुपर्छ’ भन्ने नारा घन्काउदै बिरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा विवादमा परेको पशुपतिको गीत बजाउदै नाचगान समेत गरिएको थियो।

‘लुट्न सके लुट’ : युट्युवबाट हट्यो, माइतीघरमा घन्कियो भन्दै रातोपाटीले लेखेको छ।

2 thoughts on “लुट्न सके लुट कान्छा…. गीत युट्युव हटाएपछिका २४ घण्टा: के के भए, कस्ले के भने ?”

  1. Ramesh says:
    February 18, 2019 at 11:30 pm

    दबाबमा गीत डिलिट गर्नु गलत भनेर गायक प्रकाश सपूतले प्रतिक्रिया दिएका छन्। –> के ज्यान को जिम्मा प्रकाशजीले लिनु हुञ्छ? करंग भाञ्छौ भन्ने बाट कसरि बच्ने त?

    Reply
  2. Pingback: पशुपति शर्माको गीतको चर्चा सडकदेखि संसद भवनसम्म : शर्माले गीत सच्याएर ल्याउलान् कि त्यतिकै ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme