Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजकाे खबर: रेशम चौधरीलाई जन्मकैदको भोलिपल्ट सीके राउत थुनामुक्त, ‍विप्लव कार्यकर्तालाई गोली, एसएमजी बरामद

Posted on March 7, 2019March 7, 2019 by राजेन्द्र मगर

आज माघ  २३  गते बुधबार मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन्। डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको छ।

सिके राउत थुनामुक्त, सुरक्षा चुनाैती रहेकाे भन्दै सरकारले दियाे एक सुरक्षाकर्मी भन्दै पहिलाेपाेस्टले लेखेकाे छ।

प्रा. डा. गोविन्द केसीले आफूलाई बादशाह नसम्झन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । गणतन्त्र ल्याउने क्रममा राजासमेत फालेको जिकिर गर्दै उनले उस्तै परे ओलीलाई समेत फाल्ने बताए ।

प्रधानमन्त्रीलाई  डा. केसीकाे चेतावनी आफूलाई बादशाह नसम्झे हुन्छ भन्दै अनलाइनखबरले लेखेकाे छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध  मुद्दा दायर भएको छ। बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट, निलम्बनमा परेका डिएसपी अंगुर जिसीसहित आठ प्रहरीविरूद्ध बुधबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको हो।

निर्मला प्रकरणमा तत्कालीन एसपी बिष्ट र डिएसपी जिसीसहित ८ प्रहरीविरूद्ध मुद्दा भन्दै सेताेपाटीले लेखेकाे छ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँगबाट कपिलवस्तुको शिवगढी प्रहरीले एसएमजी हतियार बरामद गरेकाे छ।

यो नेपाली सेना र सशस्त्र प्रहरीसँग रहेको अत्याधुनिक अटोमेटिक हतियार हो।

नेपाल प्रहरीको भने स्पेशल टास्क फोर्ससँग मात्रै रहेको यो हतियारले स्वचालित अवस्थामा प्रतिमिनेट पाँच सय गोली फायर गर्छ भने अर्धस्वचालित अवस्थामा ३४ राउन्ड फायर गर्छ । यो हतियारले दुई सय मिटर क्षेत्रसम्म असर गर्छ।

कहाँबाट आयो शसस्त्र प्रहरी र सेनाले बोक्ने हतियार शिवगढी गाउँमा ? भन्दै देशसञ्चारले लेखेकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ।

फागुन २१ गते मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेकाे विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो।

प्रधानमन्त्री ओली चढेको जहाज आकाशमै ‘होल्ड’, छानबिन गर्न समिति गठन भन्दै बाह्रखरीले लेखेकाे छ।

नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताले एकता सम्बन्धी छलफलका लागि बैठक माग गरेका छन्।

उनीहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सँगका कुराकानीमा अनौपचारिक तवरमा बैठकको माग गर्ने गरेका हुन्।

चार नेताद्वारा ओली–प्रचण्डसँग नेकपा सचिवालय बैठक बोलाउन माग भन्दै नेपालखबरले लेखेकाे छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme