Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Tag: आजको समाचार

आजको खबर : वृद्धभत्ता ५ हजार पुग्ने भाषण ‘हचुवा’देखि प्रचण्डले ढाल्न सक्छन् त प्रदेश २ को सरकार?

Posted on May 1, 2019May 1, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १८ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- देश समृद्ध बनाउनुपर्ने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। ‘देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली हामी सबैको… Continue reading

आजको खबर : बालुवाटार प्रकरणमा मुछिएपछि माधव नेपाल र बाबुराम भट्टराईले भने— ‘गलत गरेको भेटिए दण्ड भोग्न तयार छौँ’

Posted on April 29, 2019April 29, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १६ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नायिका श्वेता खड्काको गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ। श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन्। उनलाई गर्दनम ट्युमर देखिएको हो। ट्युमरकै कारण क्यान्सर हुनसक्ने भएकाले यो अत्यन्तै खतरनाक रोग हो। अप्रेसन… Continue reading

आजको खबर: विष्णु पौडेलको बालुवाटारको जग्गा रोक्कादेखि बालुवाटारकै जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए

Posted on April 28, 2019April 28, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १५ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण कार्यक्रममा अनुपस्थित… Continue reading

प्रधानमन्त्रीको निर्देशनमा चल्यो खुलामञ्चमा डोजर : व्यापारीहरु भन्छन्, — ‘ पैसा असुलेर बिचल्ली बनाउनेलाई छोड्दैनौं

Posted on April 27, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १४ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- शनिवार मध्याह्न खुल्लामञ्चमा बनाइएको बसपार्कमा डोजर चल्यो। नयाँ बनेको संरचनामा सटर खोलेर व्यापार गर्दै आएका व्यवसायीहरुलाई खाली गर्न भनेपछि केहीले हतारहतार आफ्ना सामान निकाले। केहीले विवाद पनि थाले। अनि सुरु भयो खुल्लामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काउने काम।… Continue reading

विद्यासुन्दरको गुनाशो- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? देखि नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा

Posted on April 26, 2019April 26, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १३ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको निधन भएको छ। सिरहा देखि उनलाई उपचार गर्न काठमाडौँमा मृत्यु भएको छ। घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्।पति बेचन फरार छन्। साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा… Continue reading

आजको खबर : भत्ता नपाए अदालत नै चल्न नदिने कर्मचारीको चेतावनीदेखि खुलामञ्चको सटर भत्काउने वडा अध्यक्षको चेतावनी

Posted on April 24, 2019April 25, 2019 by राजेन्द्र मगर

आज  वैशाख  ११ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन्। आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत २१ औँ राष्ट्रिय पौडी प्रतियागितामा उनले प्रतियोगिताको अन्तिम दिन आज बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितिन्। उनले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा… Continue reading

आजको खबर : नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवदेखि श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए समवेदना

Posted on April 21, 2019April 21, 2019 by राजेन्द्र मगर

आज  वैशाख ८ गते  आइतबार । आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेपालमा भएका चर्चित र ठूला अपहरणमा संलग्न रहेको आरोपमा कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक उदय सेट्टी र अमर टण्डनसँग भिमसेन पण्डितले सम्पर्क बढाएको प्रहरीले सुचना पाएको छ। उनले ‘दूत’ मार्फत सदरखोर डिल्लीबजारमा रहेका भारतीय नागरिक सेट्टी… Continue reading

आजको खबर : पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेशदेखि बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको स्ष्पष्टिकरण

Posted on April 20, 2019 by राजेन्द्र मगर

आज  बैसाख ६ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए। प्रदर्शनमा उनीहरुले  आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही… Continue reading

आजको खबर : के गर्दैछन सीके राउत काठमाडौंमादेखि सरकारले लायो पब्जी खेल्न प्रतिबन्ध

Posted on April 11, 2019April 11, 2019 by राजेन्द्र मगर

आज चैत २८ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए। सरकारसँग ११ बुँदे सहमति गरेपछि उनी पहिलोपटक काठमाडौं आएका हुन्। उनले पहिलो प्राथमिकता पार्टी दर्ता भएको बताएका छन्। पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको उनले बताए। सरकारसँगको सहमतिपछि… Continue reading

आजको खबर : डाक्टरको आन्दोलनले ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा !

Posted on April 10, 2019April 10, 2019 by राजेन्द्र मगर

आज चैत २७ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- पाँच दिनदेखि सरकारी चिकित्सकहरु हड्तालमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन्। बिरामी जस्तै अस्पताललाई आर्थिक रुपमा घाटा लागेको छ। वीर अस्पतालको ओपिडी सेवाबाट दैनिक १० देखि ११ लाख रुपैयाँ आम्दानी हुन्छ। यही अनुपातमा हिसाब गर्दा पछिल्ला ५ दिनमा अस्पताललाई ५५… Continue reading

आजको खबर : प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ?

Posted on April 10, 2019April 10, 2019 by राजेन्द्र मगर

आज चैत २६ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विलको प्रसंग उठाएका छन्। व्यापारको लागि कही कतै कुनै प्रकारको हडल्स छ भने मलाई भन्नुस, सबै प्रकारको हडल्स हटाउँछौं, व्यापारलाई सहयोग गर्छौँ, तर भ्याट बिल जनताले तिर्छ,… Continue reading

सांकेतिक फोटो: टेलिग्राफ

पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चादेखि विमानस्थलमा तस्कर पक्राउ पर्दा सिंहदरबारमा खैलाबैला

Posted on April 8, 2019April 8, 2019 by राजेन्द्र मगर

आज चैत २५ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले  दाबी गरेका छन्। उनले सरकाले ऐतिहासिक काम गरेको बताउँदै भने, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी… Continue reading

आजको खबर : आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोषदेखि सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने

Posted on April 7, 2019April 7, 2019 by राजेन्द्र मगर

आज चैत २४ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-  नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। उनले भने, ‘हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु (शासक)ले बन्दुक राख्न पाउने जनताले राख्न… Continue reading

आजको खबर : देउवा र पौडैलको भागबण्डा मिल्यो, ओली र नेपालको झगडा मिलेन

Posted on April 5, 2019 by राजेन्द्र मगर

आज चैत २२ गते शुक्रबार सरकारी चिकित्सकहरुले देशभरका सरकारी अस्पताल ठप्प पारेका छन्। उनीहरुले एउटै मागको लागि आन्दोलन गरेको गएको चार महिनामा यो तेस्रो पटक हो। नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने माग सहित  आन्दोलन गरेपनि सरकारले माग पुरा गरेको छैन्। कागजमा माग पुरा गर्ने… Continue reading

आजको खबर : प्रचण्डले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला नि !’

Posted on March 31, 2019 by राजेन्द्र मगर

प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सञ्चारमन्त्री गोकुल बास्कोटाले सचेत गराएका छन्। सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने बताउँदै बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन। ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’ सञ्चारमन्त्रीको चेतावनी : यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नू भन्दै अनलाइनखबरले लेखेको छ। यसअघि नै… Continue reading

आजको खबर :डाक्टर श्रीमानबाट पिटिएकी सुनिताको मृत्युदेखि प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

Posted on March 30, 2019March 30, 2019 by राजेन्द्र मगर

आज चैत १५ गते शुक्रवार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। यो संगसंगै संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ। अन्यत्र भने परीक्षा जारी रहनेछ । बिहीबार रद्द भएर २२… Continue reading

अमेरिकाले प्रचण्ड पत्नी सीतालाई कस्तो बनाएर पठायो ? देखि पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैद !

Posted on March 28, 2019March 28, 2019 by राजेन्द्र मगर

आज चैत १४ गते बिहिबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्। मन्रीपरिषदकाे निर्णय सुनाउने क्रममा उनले भने, ‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’ विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा भन्दै पहिलाेपाेस्टले लेखेकाे छ। जनकपुरमा पाँच जनाको… Continue reading

रन्जु दर्शनालाई खानेपानी मन्त्री बिना मगरको प्रश्न : ‘मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ?’

Posted on March 27, 2019March 27, 2019 by राजेन्द्र मगर

आज चैत १३ गते बुधबार पहिलोपोस्ट डटकमले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको लेखेको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका थिए। आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन्। विकेकशील नेपाली… Continue reading

आजको खबर : विप्लवलाई नियन्त्रण लिने प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लवले गरे आन्दोलनको घोषणा

Posted on March 26, 2019 by राजेन्द्र मगर

आज चैत ११ गते आइतबार नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ। उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ। नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए। सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य… Continue reading

आजको खबर : जीवनभर निको नहुने कस्तो रोग लाग्यो प्रचण्डपत्नी सीतालाईदेखि एसइईको तयारी पुरा

Posted on March 23, 2019 by राजेन्द्र मगर

आज चैत ९गते शनिबार पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई? भन्दै पहिलोपोस्टले लेखेको छ। पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड यतिबेला श्रीमतीको उपचारको लागि अमेरिकामा छन्। गत आइतबार अमेरिका उड्नुअघि दाहालको आधिकारिक फेसबुक र ट्वीटर अकाउन्टमा पत्नी सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने लेखियो। के हो… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme