Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : जलविद्युतको सेयर जनताले कति र कसरी पाउनेदेखि पानीजहाज कसरी आउँछ नेपाल?

Posted on February 14, 2019February 14, 2019 by राजेन्द्र मगर

आज फागुन २ गते बिहिवार अधिकाशं मिडिया प्रधानमन्त्री केपी ओलीमा केन्द्रित भएका छन्। पानी जहाज कार्यक्रममको उद्घाटन,  र सरकारको १ वर्ष पुगेको उपलक्ष्यमा उनको विशेष सम्बोधन मिडियाका हेडलइन बनेका छन्।

देशबासीलाई प्रधानमन्त्रीको प्रश्न– म पनि ठट्टा गरौं ? भन्दै अनलाइनखबरले लेखेको छ।

प्रधानमन्त्रीले सुनाएका १७  बुँदे उपलब्धीको पुर्णपाठ अनलाइन खबरले जस्ताको तस्तै हालेको छ।

वार्षिक  प्रगती विवरण थप्नको लागि यो साता प्रधानमन्त्री ओली धेरै व्यस्त रहेको पहिलोपोस्टले लेखेको छ।

आज बिहिवार मात्रै २ वटा उद्घाटन गरे प्रधानमन्त्री ओलीले। एउटा पानी जहाजको कार्यालय समुद्‍घाटन र अर्को नेपालको पानी जनताको लगानी। हिजो युवाका लागि बेरोजगार भत्ताको शुभारम्भ गरेका थिए उनले। यी सबै विषय आज उनले सार्वजनिक गरेको सरकारको सफलताका सूचीमा समेटिएका छन्। 

प्रगतिको सूची थप्न प्रधानमन्त्री ओलीको हतारहतार ‘शुभारम्भ’ भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यस्तै आज नै प्रम ओलीले ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ आयोजना सुरु गर्न उद्घाटन गरेका छन्। उक्त आयोजना अन्तर्गत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ।

सो आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था मिलाईएको छ। आयोजना अन्तर्गत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ।

कम्पनी मोडेलमा अघि बढाइने आयोजनामा सर्वसाधारणले एक सयदेखि १० हजार कित्तासम्मका लागि सेयरमा आवेदन गर्न पाइने उल्लेख छ।

जनताको जलविद्युत आयोजनाको घोषणा कति सेयर कसरी प्राप्त हुन्छ ? भन्दै नेपालखबरले लेखेको छ।

प्रधानमन्त्री ओलीले पानी जहाज कार्यलयको उद्घाटन गरेसँगै सेतोपाटीले लेखेको छ, ‘भारतले बगाहासम्म ल्याउने पानीजहाज कसरी आउँछ नेपाल?

बगाहा आउने पानीजहाज नेपाल ल्याउन गण्डक ब्यारेजसम्म जहाज ल्याउन पानीको बहाव पुग्छ कि पुग्दैन? ब्यारेज छिचोलेर जहाज कसरी आउँछ? नारायणघाटसम्म मात्र आउँछ कि दासढुंगा नै पुग्छ? यो काम गर्न कति समय लाग्छ? जस्ता पश्नको उत्तर नेपाली अधिकारीसँग नभएको सेतोपाटीले लेखेको छ।

सैद्धान्तिक रूपमा बगाहा आएको पानीजहाज गण्डक ब्यारेज हुँदै दासढुंगासम्म ल्याउन सकिन्छ भन्ने छ तर यसका लागि गर्नुपर्ने धेरै काम बाँकी नै छ। पानी जहाज कसरी आउँछ भन्ने अहिले नै अस्पष्ट छ।

दुई तिहाईमा पनि नसुध्रिएका आर्थिक सूचक भन्दै काठमाण्डु प्रेसले आर्थिक अवस्थाको विश्लेषण गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघ मसान्तसम्म करिब २२.१८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । अबका ५ महिनाका लागि झन्डै ८० प्रतिशत बजेट बाँकी रहेको छ । उक्त बजेट पूरै सक्न मासिक १६ प्रतिशतका दरले खर्च गर्नुपर्ने हुन्छ, जुन असम्भव छ ।

बुढीगण्डकी : कसले र कहिले बनाउने अन्यौलमै अल्झिएको आयोजना भन्दै नेपाललाइभले लेखेको छ।

बुढी गण्डकी आयोजना बनाउन चिनीयाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) लाई दिइएपनि चाईना गेजुवाले भने आयोजना निर्माणका लागि कुनै चासो देखाएको छैन। प्राविधिक रुपमा देखिनेगरी कुनै पनि काम भएको छैन।

प्रधानमन्त्री ओलीले बौद्धिकसँग हैरान भएको बताएका छन्। बौद्धिकहरुले तास फिटेझै कुरा फिटेर जनतालाई भ्रम फैलाएको उनको आरोप छ।

‘बौद्धिकसँग हैरान’ प्रधानमन्त्री ओली, भन्छन् : तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्  भन्दै पहिलोपोस्टले लेखेको छ।

पार्टीको एकता फुटाउन खोज्नेहरु सक्रिय रहेर अनेक भ्रम फैलाएपनि यस्तो कुरा दुई अध्यक्षले बुझेको उनले बताए। भने,’बालाई गएर बा आमा त बोक्सी हुन ख्याल गर्नु है नत्र राती विचार गर्नु मुख सुघ्न आउँछिन् भन्ने अनि आमालाई गएर बा त खत्तम भए जड्याहा भए नत्र राति मुख सुँघ्नु भन्ने। यस्ता कुरा हामीले बुझेका छौँ।’

त्यस्तै प्रधानमन्त्री ओलीले सुनाएको वार्षिक प्रगती विवरण प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सन्देशमुलक नभएको टिप्पणी गरेको छ । प्रधानमन्त्रीको शब्द मिठो भएपनि कन्टेन्ट मिठो नभएको  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रधानमन्त्रीले जनतालाई भुल्याउन मिठो शब्दमा कांग्रेसको आलोचनामा समय खर्चेको कांग्रेसको निष्कर्ष छ।

‘प्रधानमन्त्रीका शब्द मिठो छ, तर कन्टेन मिठो भएन’ भन्दै रातोपाटीले लेखेको छ।

राजपा नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। सरकार पूर्णत असफल रहेको भन्दै उनले राजपाले समर्थन लिने बताएका हुन।

सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ : मनिष सुमन भन्दै शिलापत्रले लेखेको छ।

सरकारले क्रिकेट खेलाडीलाई १० करोड दिने भन्दै देशसञ्चारले लेखेको छ।

सादा पोशाकका प्रहरीले नै ससुरालीमा लुकाएका थिए १८ किलो सुन ! भन्दै बाह्रखरीले लेखेको छ।

फस्टाउँदो अवैध हुण्डी : २ अर्बको नालीबेली भन्दै खबरहबले लेखेको छ।

 

1 thought on “आजको खबर : जलविद्युतको सेयर जनताले कति र कसरी पाउनेदेखि पानीजहाज कसरी आउँछ नेपाल?”

  1. madan bajracharya says:
    February 16, 2019 at 12:14 am

    नेपालमा बग्ने ब्यबस्था गरेमा पानि जहाज चलाउन सकिने कुन चाहि ठुला नदीहरुमा नेपालले भारतको स्वीकृति बिना नेपालले पानि जहाज चलाउने त् के कुलो बाँध बनायर खेति गर्ने पानि लिन सकिन्छ?
    भारतले बाँध थुनेको कारणले गाउँ नै डुब्ने गरि बाढी आयको बेला रेड्क्रसको झण्डा राखेर डुंगा पानि जहाज चलाउने भय कुरा अर्कै तर नेपालको ठुलो ठुलो नदीहरु बग्ने भुमि पानि सबै भारतको उपनिवेश जस्तै हुने सन्धिहरु खारेज बा संसोधन नगरी के नेपालले आफ्नै नदीहरुको पानि उपयोग गर्न पनि सक्छ?

    कोशी सम्झौता अनुसार यसियाकै दोश्रो ठुलो र नेपालको सबै भन्दा ठुलो कोशी नदि पनि भारतको इछ्या बिपरित बग्न समेत पाउंदैन/ गण्डकी नदीमा बग्ने पानि मात्रै होईन गण्डकी नदीमा बग्ने पानीको श्रोतमा पनि नेपालले कुलो बाँध बनायर पानीको उपयोग गर्न पाउंदैन/

    महाकाली नदीको पानीमा त् भारत नेपाललाई मात्र ३% पानि मात्रै दिने भन्दै आयको छ/ कोशी गण्डकी महाकाली सन्धि गलत भयको कुरा छाडौं त्यो सन्धि अनुसार भारतले पालना गर्नु पर्ने शर्त मानेको छैन र ती सन्धि अनुसार नेपालले पाउनु पर्ने लाभ र छ्यति पूर्ति मुआवजा पनि दियको छैन भारतले/ यो कुरामा त् यक सब्द बोल्न नसक्ने ले नेपालमा ती नदीहरुमा पानि जहाज चलाउने?

    भारत सिट भयको सन् १९५०को सन्धि कोशी गण्डकी सन्धि नेपालमा विधानको शासन होईन भारत वाट आयातित व्यक्तिहरुले भारत वाट आयातित स्वार्थकै निमित गरेका सन्धिहरु हुन्/ महाकाली सन्धि त् सदन संबिधान र आफ्नै पार्तिकालाई समेत छलेर गरे गरायको सन्धि हो भने त्यो सन्धि पनि सन्धि अनुसार कार्यान्वयन गर्न पनि भारत मानि रहेको छैन/ नेपालले त्यो सन्धि अनुसार महाकाली नदीको पानीमा ५०/५० को आधारमा लाभ र हक पाउनु पर्ने हो तर भारत नेपाललाई मात्र ३% दिने भन्छ/ यदि २०४८को संबिधान खारेज नगरेको भय त्यो महाकाली सन्धि उहिलेनै खारेज भैसक्ने थियो/

    नेपालको पानि जहाज चलायर कलकत्ताको बन्दरगाह सम्म लाग्न सकिने योजना भारतले आयात गरेको सपनाहो र यो मात्र नेपालको सप्त कोशी नदि समुहको सबै पानि कब्जाउने भारतको कुयोजना लुकाउने पर्दा मात्रै हो/ नेपालकोशी गण्डकी महाकाली नदीमा नेपालकै भूमिमा बाँध बनाउने अनि ती नदीमा बाढी आय बाँध थुनेर नेपाल र नेपालीलाई डुवाउने सन्धि गर्ने गराउने नेता र दलले नै भविस्यमा समेत भारतको पानीको आबस्यकता पूर्ति सुनिस्चित बनाउन नेपालको समस्त सप्त कोशी नदि भारतलाई कोशी गण्डकी जस्तै सुम्पेर ती नदीहरुको पानीलाई नेपालकै भूमिमा बिस्वकै ठुलो २६८ मिटर अग्लो बाँध बनाउन दियर पोखरी बनाउने अनि त्यो पोखरी बात नहर बनायर भारत भरि पानीको वितरण मा संकलन गरेकोसप्त कोशी नदीको पानि भारत भरि वितरण बनाउन नेपाल देखि नहार बनाउने र त्यो नदीमा नेपालको पानि जहाज पनि चलाउन दिने गरि गरेको त्यो सम्झौता नेपाल बनाउने सपना होईन भारतलाई नेपालको सप्त कोशी कबजाउन दिने योजना हो/ यस्तो सम्झौताको बिरोधिनै थिय ओली जमायाको हुर्कायको यमाले पार्टी/ ओलीले सायद यहि भुलेको हो कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme