Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: जिप दुर्घटनामा परेर ८ जनाको मृत्युदेखि वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष रहेको प्रम ओलीको दाबी

Posted on March 1, 2019March 1, 2019 by राजेन्द्र मगर

आज फागुन १७ गते शुक्रबार   हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्‍मानका साथ  पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिए।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा दाह संस्कार, श्रीमती र छोराले दिए दागबत्ती भन्दै पहिलोपोस्टले लेखेको छ।

हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका छन्।

ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताए।

अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’

वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए : प्रधानमन्त्री ओली भन्दै अनलाइनखबरले लेखेको छ।

रविन्द्र अधिकारीले जवाफ दिन नपाएका तीन सांसदका पाँच प्रश्न भन्दै सेतोपाटीले लेखेको छ।

अधिकारीलाई तीन सांसदले पाँच प्रश्न दर्ता गराएका थिए। फागुन १६ गतेको संसद बैठकमा उनले जवाफ दिने कार्यक्रम थियो।

उनलाई कांग्रेस सांसद बालकृष्ण खाँडले भारतले दिने भनिएको हवाई रुट के भयो भन्दै प्रश्न दर्ता गराएका थिए।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल कहिले पुरा हुन्छ भन्ने अर्को प्रश्नपनि खाँडकै नाममा दर्ता थियो।

सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको गोकुलेश्वर एयरपोर्ट पुन: सञ्चालनमा ल्याउने विषयमा प्रश्न दर्ता गराएका थिए।

त्यस्तै अर्का सांसद रामबहादुर बिष्टले खप्तड, बडिमालिका, रामारोशन र तितौडामा विदेशी पर्यटक आकर्षित गर्ने कार्ययोजना सोधेका थिए। बिष्टले नै अछामको कमलबजार एयरपोर्ट सञ्चालनमा ल्याउने विषयमा प्रगति विवरण मागेका थिए।

दार्चुलामा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएको छ।

सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जिप दुहु–३ राताकाठामा दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएकाे हाे। दुर्घटनामा परी जिपका चालक गम्भीर घाइते भएका छन्। मृतक ८ जनाकै सनाखत हुन सकेको छैन्।

दार्चुलामा जिप दुर्घटना, ८ जनाको मृत्यु भन्दै नेपालखबरले लेखेको छ।

हेलिकप्टर दुर्घटनामा परेर मृत्यु हुने ४ जना नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको छ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चार जनाको पशुपति आर्यघाटमा दाहसंस्कार भन्दै देशसञ्चारले लेखेको छ।

आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन्। ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महिना पारस ९०औँ स्थानमा थिए।

आइसिसीको टी–२० वरियतामा नेपालका तीन खेलाडी भन्दै काठमाण्डुप्रेसले लेखेको छ।

 

2 thoughts on “आजको खबर: जिप दुर्घटनामा परेर ८ जनाको मृत्युदेखि वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष रहेको प्रम ओलीको दाबी”

  1. madan bajracharya says:
    March 3, 2019 at 9:33 am

    नेपाल बायु सेवा निगम र निगम जस्तै नेपाललाई भारत आश्रित बन्नु नपर्ने र भारतले गर्ने गरेको नाकाबन्दीको असरलाई न्यूनकारण गर्ने जस्तो जस्तो महत्व पूर्ण कार्यमा सहायक हुने संस्थान कम्पनिहरु बन्द गर्न सकिने भय बन्द गर्ने बन्द गर्न सके तेस्तो संस्थान कम्पनीमा ग्रायण्ड डिजाईन अन्तर्गतको आर्थिक अनियमिता र भ्र्स्ताचारको बाढी मा डुवाउने कार्य हुँदै गरेको आभाष हुन्छ/

    सम्झनुस त् मित्र जावो अखावारी कागजको निमित भारत आश्रित भयको बेला भृकुटी कागज कारखानाले अब उप्रान्त नेपाल कागजको आबस्यकता पुरा गर्न उद्योग सछ्यम भयको भनेको लगतै आगो लाग्नु अनि बन्द हुनु, बास्बारी जुत्ता कारखानाले नेपाल अब जुत्तामा आत्मनिर्भर हुने भनेको लगतै बन्द हुनु; अन्त्ररास्त्रिय जुट बजारमा नेपालले भारत सिट टक्कर दिने अवस्थामा पुग्दै गरेको बेला जुट मिल कारखाना बन्द हुनु, भारतले जापानको सुजुकिको पार्ट जडान गरेर बनायको मारुति गाडीमा मात्र ३०% भन्सार नेपालमा गोल्छाले बिदेशी पार्ट जडान गरेर बनायको गाडीमा ६७% अन्तशुल्क लगायर नेपालि गाडी कारखाना बन्द गर्न बाध्य तुल्याउनु; नाम मात्रको नेपालीको बास्तवमा नेपालमा प्रतिबन्धित इन्डियन टोबाको कम्पनीकै सुर्य टोबाको कम्पनीको उत्पादनको बजारलाई प्रतिस्थापित गर्न सक्ने जनकपुर कारखाना बन्द हुनु आदि कुराहरु जति रहस्यमय र नियोजित पुर्वक नै भयको जस्तो देखिन्छ तेस्तै रहस्यमय र नियोजित पुर्वकनै नेपाल बायु सेवा निगमले ल्यायको ठुला जहाजहरुकोमा मच्चेको बा मच्चायाको काण्डहरु/

    मित्रहरु अहिले र पहिला युरोप लगायत मुलुकहरु बात नेपाल आउने दसौं लाख पर्यटक हरु भारत पुगेर घुमेर मात्रै नेपाल आउन सक्छन/ अब भारत पुगेर घुमेरै मात्र नेपाल आउने पर्यटकबात भारतले भारत पुग्न बस्न घुम्न र आफ्नो मुलुक फर्कन फेरी भारत नै जानु पर्ने भयको बनायर तेस्तो प्रति यात्रु बात भारतले कमसेकम दुई हजार डलर कमाउन्दै आयको छ/ यो हिसावले नेपाल आउने पर्यटकहरु बात भारतले बर्सेनि २० करोड डलर भन्दानै कमाई रहेकोछ/ यदि सरकारको पूर्ण स्वामित्व रहेको नेपाल बायु सेवा निगमले ठुला ठुला जहाज ल्यायर युरोप लगायत ,मुलुकहरु बात सिधै नेपालमा पर्यटकहरु ल्याउन थाले भारतले अहिले नेपाल आउने पर्यटकहरु बात कमाउन्दै आयको बिसौं करोड दलरको आम्दानि गुमाउने हुन्छ/ नेपालमा भारतको उत्पादन र स्वार्थको व्यापारलाई प्रतिस्थापित गर्ने उद्योगहरु बन्म्दा गर्दै आयको रहस्यमय शक्ति र गुटलाई नेपाल बायु सेवा निगमले ठुला जहाज ल्यायको कसै सह्य हुन् सक्छ?

    नेपाल बायु सेवा निगमले दिल्ली -काठमांडू उडान गरे देखि तेस्रो मुलुकको पर्यटकहरुलाई दिल्ली बात काठमान्डू ल्यायकोमा हुँदै नभयको गलत झुठो आमदानीको लेखा बनायर इन्डियन यरलाइन्सले भन्दा बढी कमायको देखाउने अनि तेसरी बढी आमदानी भयको देखायको रकम इन्डियन यर्लाइन्सलाई बाड्ने सम्झौता गरेको थियो/ त्यो सम्झौता अनुसार हरायक बर्ष नेपाल बायु सेवा निगमले अत्यन्त ठुलो रकम इन्डियन यरलाइन्सलाई दसौ बिसौं लाख बुझाउन्दै आयको थियो/ मैले निगममा जागिर खायको सन् १९७६ मा हो/त्यो हिसाव हेर्ने मौका मैले सन् १९८२/८३(साल ठ्याक्कै याद भयन) पाय/ तेतिबेला वितिय निर्देशक श्री गोपाल प्रसाद राजबाहकज्यु हुनु हुन्थ्यो/ मैले त्यो कुरा को प्रमाण सहित उहालाई जानकारी गराय/ उहाले त्यो सम्झौता खारेज गर्नु भयो/ सोच्नुस त् झुठो आम्दानि देखायर कति करोड …गर्ने को होला किन होला? मलाई त्यो साखा बात हटाउन भित्रको र बाहिरको धमिजाहरुले प्रयाश गरेको थियो/

    अब सोच्नुस यति सम्म गर्ने गराउनेले नेपाल बायु सेवाको बिरुद्ध के मात्रै गर्दैन भन्दैन होला? त्यो सम्झौताले नेपालको सार्व्भौम्स्ताको अपमान गरेको र नेपाली ठगेको होईन?

    Reply
  2. Shankar says:
    March 2, 2019 at 7:59 am

    कति थोत्रो गाला बजाइरहनछौ ? सुन कसरि पित्तल भयो ? निर्मलाई कसले बलात्कार गरेर मार्यो ? यो वाइड बडी काण्ड मा क कसको हात छ त् उसो भए ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme