Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै कमल थापाको पार्टीले जनसंघर्ष गर्नेदेखि टुटल/पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने

Posted on February 25, 2019 by राजेन्द्र मगर

आज फागुन १३ गते सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको बताएका छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनको भनाई छ।

सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा भन्दै पहिलोपोस्टले लेखेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन् ।

एक साताअघि  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने उनको चेतावनी छ।  हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका माग राप्रपाले अघि सारेको छ।

चैत १ बाट जनसंघर्ष सुरु गर्छौं : कमल थापा भन्दै अनलाइनखबरले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार कलाकारहरूको भएको बताएका छन्। उनी आफुपनि कलाप्रेमी भएको बताए। उनले अंग्रेजीमै भने, ‘प्राइममिनिस्टर इज आर्ट लभर।’ उनले नाटक फाल्तु समयमा गरिने काम नभएको विचार व्यक्त गरे।

‘नेपाल नाट्य महोत्सव २०७५’ को उद्घाटन समारोहमा बोल्दै प्रम ओलीले यस्तो बताएका हुन्।

यो सरकार कलाकारहरूको हो: प्रधानमन्त्री ओली भन्दै सेतोपाटीले लेखेको छ।

नेकपाले आफ्ना सांसदलाई सुनुवाई समितीको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। गणपुरक संख्या नपुगेर आइतबार सुनुवाइ समितिको बैठक स्थगित भएपछि नेकपाले ह्विप जारी गरेको हो।

सुनुवाइ समितिमा उपस्थिति हुन नेकपाको ह्विप भन्दै देशसञ्चारले लेखेको छ।

आन्तरिक राजश्व विभागले टुटल र पठाओ कम्पनीहरूबाट भ्याट र आयकर निर्धारण गर्न  अनुसन्धान सुरू गरेको छ।

दुवै कम्पनीले तिर्नुपर्ने कर उनीरुले गर्ने कारोबारको आधारमा निर्धाण गर्न लागिएको आन्तरिक राजशव विभागले जनाएको छ। प्रवक्ता  टुटल र पठाओको अहिले भइरहेको कारोबार र योभन्दा पहिले भएको कारोवारमा समेत कर लगाउने तयारी विभागले गरेको छ।

उनीहरूकाे करको दर निर्धारण  १० दिन भित्र  गर्ने आयोगको तयारी छ।

टुटल र पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने भन्दै नेपालखबरले लेखेको छ।

‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बाट सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था नै हटाउन सांसदहरुले संशोधन दर्ता गराएका छन्।नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन कुमार थापालगायत १४ जना सांसदले संयुक्त रुपमा सोमबार संसद सचिवालयमा संशोधन दर्ता गराएका हुन्।

सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था हटाउन कांग्रेसका १४ सांसदको संशोधन भन्दै नेपाललाइभले लेखेको छ।

एनसेल कर प्रकरणको मुद्दा किनारा लगाएर चर्चा कमाएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकै चासोमा कर्पोरेट हाउसहरूको कर विवादका मुद्दाको सुनुवाइ शुरु भएको छ ।

सोमबार सूर्य नेपालसहित वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनिर वायर्स, सोल्टी होटल्स लिमिटेड, राजेश मेटल क्राफ्ट, सिद्धि गणेश इन्टरप्राइजेज र नेपाल कमर्सियल इन्टरप्राइजेजको कर छलिको मुद्दाको सुनुवाइ शुरु गरिएको हो।

सर्वोच्चमा सातवटा कर्पोरेट हाउसका मुद्दाको सुनुवाइ भन्दै काठमाण्डूप्रेसले लेखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्रको ठेक्का चाइना नेशनललाई भन्दै बाह्रखरीले लेखेको छ।

गृहमन्त्रीले सार्वजनिक गरे एकवर्षे कार्यप्रगति : सुनकाण्डबारे मुख खोले, निर्मला घटनाबारे किन मौन ? भन्दै रातोपाटीले लेखेको छ।

1 thought on “आजको खबर: हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै कमल थापाको पार्टीले जनसंघर्ष गर्नेदेखि टुटल/पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने”

  1. madan bajracharya says:
    February 27, 2019 at 3:19 am

    बहुदलिय लोकतान्त्रिक ब्यबस्थामा नागरिकहरुको बहुमत पाउनु भनेको देसको नीति र बिकाश कसरि होस् र कसको नेतृत्वमा सरकार बनोस भनि नागरिकहरुले दियको बाध्यात्मक निर्देशन पनि हो/ जुन दलले र जुन नेताले यो कुरा मान्दैनन ती दलहरु र नेताहरुलाई हामीले तानासाहीको हिमायती मात्रै भन्न सक्छौं/ अब यहि संदर्वमा नेपाललाई हिन्दु रास्ट्र घोसना गरौ नभय आन्दोलन क्रान्ति गर्छौं भन्ने कुरामा बिचार गरौँ /

    राप्रपा मात्रै नेपाललाई हिन्दु रास्ट्र घोसना गर्नु पर्छ भनेर चुनावमा भाग लियको दल हो/ उसको यो मागमा ३ करोड नेपालि नागरिकहरुको के मत रह्यो त्यो स्पस्ट भैनै सके/ नेपाल मात्र हिन्दुको देस होईन/ भन्ने बेलामा नेपालमा जवरजस्ति कसैको धर्म परिबर्तन गर्न नपाउने भन्ने अनि बुद्धिस्ट मुस्लिम क्रिस्चियन नेपालीको पनि उत्तिकै हक लाग्ने नेपाललाई हिन्दु रास्ट्र नबनाय क्रान्ति गर्ने धम्कि दिने राप्रपा कसरि लोकतान्त्रिक हुन् सक्छ?

    राप्रपाले नेपालमा हिन्दुहरु ९०% भयको भन्छ/ नेपालमा ९०% हिन्दु छन् भन्नुको अर्थ अरु बिभिन्न धर्म मान्ने नेपालीहरु र कुनै पनि धर्म नमान्ने नेपालीहरुको संख्या मात्र १०% भयको भन्नु पनि हो/ यो कुरा राप्रपाले कुन आधारमा भन्दै आयको हो त्यो नै स्पस्ट छैन/

    नेपाल बुद्ध जन्मेको देस पनि हो त् यहा बौद्ध धर्म मान्ने नेपालीहरु संख्या सहि तरिकाले संकलन गर्ने हो भने नेपालमा बुद्धिस्ताको संख्या हिन्दुको भन्दा बढी नभय कम पनि हुँदैन/ यदि नेपालमा हिन्दुहरु भन्दा कम मात्रै बुद्धिस्टहरु भयको भय हिन्दुहरुको सबै भन्दा ठुलो धर्म गुरु पुजारी आदि शंकराचार्यले नेपाल सम्मै आयर बुद्धिस्ट मास्ने बौद्ध बिहार तोड्ने कुकार्य गर्नेनै थियन/ मुस्लिमहरु ४०० बर्ष भन्दा पहिला देखि नेपालमा बसोबास गरेको समुदाय हो/ त् मुस्लिमहरुको संख्या पनि नेपालमा कम छैनन्/ अहिले धेरै हिन्दुहरु पनि क्रिस्चियन बनिनै सकेको छ/ त् नेपाल हिन्दुहरुको भन्दा फरक संस्कार फरक जीवन पद्धति अपनाउने अनेकौं धर्म मान्ने नेपालीको देसलाई कसरि “हिन्दु रास्ट्र” हुनु पर्छ?

    राप्रपाकाहरु उहिले सबै नेपालि पन्चहुन् भने नेपालमा अरु राजनैतिक दल मान्ने कोहि नभयको भनि खेति गर्ने पन्चेहरुको पार्टी हो/पंचायती कालमा इनिहरु शासक हुँदा इनिहरुले बोल्ने मात्रै नेपालि भाषा अरुले बोल्ने चाही ….., अनि इनिहरुले लगाउने मात्रै रास्ट्रिय भेष अरुले लगाउने त्……अनि इनिहरुले मान्ने धर्म मात्रै रास्ट्रिय धर्म अरुले मान्ने चाहि….हुने, इनिहरुले नखाने अरुले खाय …नै गर्दै आयको थियो/ इनिहरुको यहि नियत र प्रवितीको कारण इनिहरुले बिस्नुको अवतार भनेकाको गद्दी समेत गुम्यो/त् तेही नियत र प्रविति नत्यागे अहिले त् मात्र चुथ्ठो पार्टी बने भोलि…….नै बन्न बेर लाग्दैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme