Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: सेनाको हतियार विप्लवसँगदेखि बोक्सीको आरोपमा काठमाडौंमै पन्यु तताएर डामियो

Posted on March 4, 2019March 5, 2019 by राजेन्द्र मगर

आज फागुन २० गते सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले आफूले चन्दा भन्दा पनि जनसत्ता सञ्चालन गरेवापत कर मागेको दाबी गर्दै आएको छ। जनसत्ता सञ्चालन गरेको  कर नदिनेलाई कारबाही गरेको रआगामी दिनमा पनि कारबाही गर्ने विप्लबको दाबी छ। विप्लवले लामो समयदेखि एनसेलले लुट मच्चाएको र जनताको माग बमोजिम कारवाही गरेको दाबी गरेका छन्।

नख्खुमा एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए। विप्लवले यो घटनालाई ‘नितान्त परिस्थितिजन्य भवितव्य, कारबाही दललाई समेत अनुमान नभएको दुर्घटना’ को नाम दिएका छन्।

विप्लवको चन्दा, ‘चन्दा होइन जनसत्तालाई कर’! के लडाकु तयार पारेकै हुन् विप्लवले? भन्दै पहिलोपोस्टले लेखेको छ।

सेनाको हतियार विप्लव माओवादीको हातमा पुगेको छ। गत बुधबार प्रहरीले धरान उपहानगरपालिका–६ पानमाराबाट एम-१६ र एलएमजी राइफलसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो।

लिम्बूबाट बरामद दुबै हतियार सशस्त्र युद्धताका प्रचण्ड नेतृत्वको माओवादीले सेनाको ब्यारेकबाट लुटेका हतियार हुन्।

एम-१६ अमेरिकी सेनाले चलाउने अत्याधुनिक राइफल हो भने एलएमजी भारतमा निर्मित राइफल हो। एलएमजी सेनाबाहेक सशस्त्र प्रहरीले पनि बोक्ने गर्छ। तर एम-१६ राइफल नेपालमा सेनाले मात्र चलाउँछ।

यी हतियार बरामद पछि मोरङका उत्तरी क्षेत्रमा माओवादी गतिविधि बुझ्न र हतियारबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको ‘इन्टेलिजेन्स’ ब्युरोबाट टोली खटाएको छ।

सेनाबाट माओवादीले लुटेका केही अत्याधुनिक हतियार विप्लव माओवादीका हातमा भन्दै सेतोपाटीले लेखेको छ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोचेको समेत बताएका छन्। विप्लव सहमतीमा नआए सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी दिएका छन्।

केहीदिन अघि धरानमा नेपाली सेनाबाट लुटिएको हतियार विप्लव समूहको कार्यकर्ताबाट बरामद भएको थियो। विप्लव समूहबाट हतियार बरामद हुनु सामान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए।

विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोज्छौं : प्रचण्ड भन्दै अनलाइनखबरले लेखेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले भिमसेनस्थानमा डेरा लिएर ‘माता हुँ’ भन्दै झारफुक गर्ने कविता श्रेष्ठलाई पक्राउ गरेको छ। माताको आवरणमा झारफुक गर्दा बोक्सी भन्दै कुटपिट र तातो पन्युले डामेको रिपोर्ट परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कविताले अहिले पनि पीडित महिला बोक्सी नै हो भनेर जिकीर गर्दै आएकी छिन। उनलाई बोक्सीको आरोप सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।

फागुन १२ गते राती १० बजे माताकोमा लगिएकी पिडित महिलालाई राती १ बजेसम्म राखेर कविताले दिशा–पिशाव खुवाउनुपर्छ र सिस्नो लगाउनुपर्छ भन्दै यातना दिएको बताइएको छ । माताको कुटपिटका कारण उनले  आफ्नो पाठेघर र टाउकोमा समेत गम्भिर चोट लागेको दाबी गरेकी छिन्।

पिडीत महिलाको बच्चाले दुख खान नमानेपछि उनलाई उनकै बहिनी ज्वाइले माताकोमा लगेका थिए।

काठमाडौंको मुटु भिमसेनस्थानमै बोक्सीको आरोपमा महिलालाई पन्यु तताएर डामियो ! भन्दै रातोपाटीले लेखेको छ।

सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताएका छन्।

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भन्दै नेपालखबरले लेखेको छ।

पूर्वमन्त्री अजुर्ननरसिंह केसीले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भएपनि त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन्। केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् आफ्नो अभिष्ट उदांगो पारेको आरोप लगाएका छन्।

केसीले भनेका छन्, ‘अर्बौ रुपैयाँ घोटाला भएको यो काण्डमा को को संलग्न छन् भनेर अनुहार हेर्ने जनतलाई इच्छा छ।तर, सरकार भने यो विषयलाई मोड्ने प्रयासमा छ।’

वाइडबडीमा विपक्षी मुछिएको भए नाम सार्वजनिक गरः केसी भन्दै बाह्रखरीले लेखेको छ।

शिवरात्रीमा पशुपतिमा बाबाहरुले चिलिम तान्दै धुवा फाल्दै गरेको दृश्य देशसञ्चारले हालेको छ। फोटोमा बाबाहरु गाँजाको तालमा मस्तसँग धुवा उडाइरहेका छन्।

राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ।

आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दवाव दिँदै  नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

राहत शिक्षकमाथि प्रहरीको बल प्रयोग भन्दै नेपाललाइभले लेखेको छ।

1 thought on “आजको खबर: सेनाको हतियार विप्लवसँगदेखि बोक्सीको आरोपमा काठमाडौंमै पन्यु तताएर डामियो”

  1. madan bajracharya says:
    March 5, 2019 at 11:32 pm

    समुह बनायर, मसल हतियार देखायर आफुले मागेको खुरुक्क नदिनेलाई लुटमार गर्नुलाई चलनचल्तिको भाषामा “डकैति” गर्नुनै भनिन्छ/ डाकाहरु आफ्नो परिचय लुकाउन्दैनन तर आफुलाई बाधा गर्ने र आफुले भनेको नमान्नेलाई छोड्दैनन/ समाजमा यहि “डर” जमायर इनिहरु देसमा समान्तर सरकार चलाउञ्छन/ उनीहरुको यस्तो साम्राज्यमा कानुनलाई “डर” ले प्रतिस्थापन गर्छ र नागरिकहरु तेही डर ले दोहर्यायको बाटो हिड्न र बोल्ने मात्रै होईन देसमा कानुनि राज स्थापित नगर्नेलाई भोट पनि दिनु पर्छ/ यस्तो अवस्थामा पुर्यायको कुनै पनि देसको नागरिकले डाकाको डकैति ले दियको पिडामा “आया आया भनेर रुँदै मर्न मात्रै सक्छ तर न्याय माग्न सक्दैन; किनभने न्याय दिलाउने पनि त्त् यस्तैको “चोर चोर मौसेरा भाई” जस्तै हुन्छ/

    आफुलाई डाका हौँ भनेमा मात्रै कोहि डाका हुँदैन र आफुलाई डाका होईनौ हामि ..हौँ भन्दैमा डाका कै शैली अपनाउने डाका नहुने हुँदैन/ धन लुट्नु मात्रै डकैति होईन कसैको नागरिक अधिकार लुट्नु पनि डकैति हो/ नागरिकको बोल्ने, बाच्ने, हिमाल पहाड हेर्ने मात्रै नागरिक अधिकार होईन “न्याय पाउनु” र आफु माथि अन्याय गर्नेलाई सजाय दियको हेर्न पाउनु पनि नगरिक अधिकार हो/ जुन देसमा नागरिकहरुले यस्तो अधिकार पाउंदैन त्यहा कसको राज चलेको मान्नु पर्छ; मित्रहरुले नै सोच्नुस/

    अब माथिको कुरा सिट अस्म्भंदित अर्को केहि भन्न चाहन्छु/ अहिले भर्खरै नेकपाको समानान्तर अध्यछ्य प्रचंद्रले “बिप्लव सहमतिमा नआय प्रसासनिक कार्यवाही हुने” भनेको समाचारमा पढे/मलाई लाग्छ यो कुरा बिप्लवको नाम लियर “देसमा राजनैतिक दलहरु कुनैले कस्तै गरे पनि सत्ता सिट सहमतिमा आयमा कार्यवाही हुनु नहुने होईन हुँदै नहुने संदेश स्मरण गरायको जस्तो लाग्यो/ यस्तो कुराले भविस्यमा बहुदलीय ब्यबस्था र दलिय र कानुनि राज्यको बारेमा जनमत कसो हुन्छ होला भविस्य कस्तो हुन्छ होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme