Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : प्रचण्डले भने द्वन्द्धका प्रतिनिधिमूलक घटनामा मात्र कारबाही हुन्छदेखि भोलीदेखी सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द

Posted on February 26, 2019February 26, 2019 by राजेन्द्र मगर

आज माघ २४ गते मंगलबार, सरकारी चिकित्सक  संघले भोली बुधबारदेखि सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्। कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरुले विगत २ महिनादेखि आन्दोलन गरिरहेका छन्।उनीहरुको मुख्य माग छ— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्‍यो।

यही माग पुरा गर्न सरकारलाई दबाब दिन उनीहरुले सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेका हुन्।

भोलिदेखि सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द, डाक्टर भन्छन् : क्षमाप्रार्थी छौं भन्दै पहिलोपोस्टले लेखेको छ।

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ भन्दै अनलाइनखबरले लेखेको छ।

मंगलबार झिसमिसे नहुँदै पाकिस्तान भूमिमा भारतीय वायु सेनाले बम खसालेपछि भारत-पाकिस्तान सम्बन्धको तनाव चुलिएको छ।

भारतले पाकिस्तानको आतंकवादी समूह जैस-ए-मोहम्मदविरूद्धको यो अहिलेसम्मकै ठूलो हमला भएको बताएको छ। वायु सेनाका जहाजले बम खसल्दा जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका सैंयौं लडाकु मारिएको भारतको दाबी छ।

पाकिस्तानले भने भारतको दाबीअनुसार बालाकोटमा कुनै आतंकवादी अखडा ध्वस्त नभएको बताएको छ। ‘लाइन अफ कन्ट्रोल’ पार गरेर आएका भारतीय जहाजलाई पाकिस्तानी हवाइ सेनाले कारबाही गर्न खोजेपछि भागेको र त्यहीबेला बम फालेको पाकिस्तानको दाबी छ।

देशलाई मेटिन दिन्नँ: मोदी, जस्तोसुकै अवस्थाका लागि तयार हुनुस् : इमरान भन्दै सेतोपाटीले लेखेको छ।

सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा नरोक्न आदेश दिएको छ। निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेका थिए।

‘पठाओ’को सेवा नरोक्नू : सर्वोच्च भन्दै अन्नपुर्णपोस्टले लेखेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवीय द्वन्द्वका प्रतिनिधिमूलक घटनामा कारबाही गरिने बताएका छन्।

गोरखामा आयोजित जनयुद्धका प्रथम सहिदको स्मृति कार्यक्रममा प्रचण्डले भने, ‘साह्रै ठूला मानवीय अपराध भएका प्रतिनिधिमूलक घटनाहरूलाई कारबाही गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं। म सहिद, बेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ।’

द्वन्द्वका प्रतिनिधिमूलक घटनामा मात्र कारबाही हुन्छ : प्रचण्ड भन्दै नेपाललाइभले लेखेको छ।

गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट नेपाल सरकारले तोकेको भन्दा बढि शुल्क लिएको विषयमा उत्पन्न विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयले एक छानबिन समिति गठन गरेको छ ।

त्रिविले गठन गर्यो छानबिन समिति, सांसद खगराजद्वारा कारबाही माग भन्दै देशसञ्चारले लेखेको छ।

गणपुरक संख्या नपुगेपछि संसदीय सुनुवाई विशेष समितिको बैठक लगातार दोस्रो दिन स्थगित भएको छ।

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षमाथिको सुनुवाईका लागि समितीको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाईएको थियो।

बैठकका लागि समितिका कम्तिमा ८ सदस्य उपस्थित हुनुपर्छ। तर मंगलबारका लागि बोलाईएको बैठकमा सात जनाको मात्र उपस्थिति थियो।

संसदीय सुनुवाइमा आज पनि कोरम पुगेन भन्दै बाह्रखरीले लेखेको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका छन्  पौडेल र सिटौला पक्षको बहिष्कारका कारण मंगलबारका लागि बोलाइएको बैठक बस्न सकेन ।

पार्टीको निर्णय प्रक्रियामा सभापति देउवाले एकलौटी गरेको भन्दै पौडेल र सिटौला पक्ष विरोधमा छ।

अनि स्थगित भयो कांग्रेस बैठक भन्दै शिलापत्रले लेखेको छ।

1 thought on “आजको खबर : प्रचण्डले भने द्वन्द्धका प्रतिनिधिमूलक घटनामा मात्र कारबाही हुन्छदेखि भोलीदेखी सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द”

  1. madan bajracharya says:
    February 27, 2019 at 9:08 am

    प्रतिनिधि मुलक ……..भनेको असम्बन्धित व्यक्तिको नाममा कुनै अर्कैले गरेको …मात्रै हो/ जनयुद्धकालमा जे जति ….भयकोछ ती सबै…. पार्टीकै नीति र निर्देशन बमोजिम भयको भनि सके पछि प्रचंद्रले द्वन्दकालमा प्रतिनिधि मुलक घटनामा मात्रै कार्यवाही हुने कुरा त् भनि रहनु पर्ने कुरै होईन; तर उसले भने/ यसको कारण कतै पार्टीको नीति र निर्देशन बिपरित भयको …मा आफ्ना सम्भंदित कार्यकर्तालाई उन्मुक्ति दिलाउन उनीहरुले गरेको …..अर्कै ले गरेको भनेर प्रहरीलाई नियोजित रुपमा काल्पनिक प्रतिनिधि मुलक अपराधिको खोजीमा अल्झाउन त् होईन? यदि यसो हो भने उ सफल हुँदैन/ किनभने मावोबादिले आफ्नो बिद्रोहलाई जनयुद्ध भन्दै आयको छ र आफुलाई त्यो युद्धको सुप्रिम कमान्डर/ अंतरारास्त्रिय कानुन अनुसार युद्धमा पनि कमाण्डरको आदेश अनुसार भनि आम नागरिक आहत हुने कार्य गर्नुलाई युद्ध अपराध मानेको छ र तेस्तो युद्ध अपराधि भयको आरोप लागेको व्यक्तिलाई सजाय दिंदै बा दिलाउन्दै आयकोछ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme