Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: प्रधानमन्त्रीका लागि ललिपप निकाल्ने सांसददेखि मन परेको चिज कहिल्लै गर्न नपाएको प्रचण्डको गुनाशो

Posted on February 12, 2019 by राजेन्द्र मगर

आज माघ २९ गते मंगलवार नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका हुन।

अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

साढे दुई करोड धरौटी बुझाएर छुटे गोपाल खड्का भन्दै अनलाइनखबरले लेखेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नो जीवन राजनीतिक चटारोमै बितेको बताएका छन।आफुले मन परेको चिज कहिल्लै गर्न नपाएको भन्दै गुनाशो गरेका छन्। उनले भनेका छन्, ‘हाई स्कुल पढ्दा पाइलट बन्ने सपना देखेको थिएँ। कलेज पढ्दा इञ्जिनियर पछि सैनिक कमाण्डर बन्छु भन्ने लागेको थियो। तर राजनीतिमा लागियो। त्यही पनि यस्तो चटारोको राजनीतिकी सँधै तनावमा बित्छ। चटारोमा बित्छ।’

प्रचण्डको दुखेसो: चाहेको केही गर्न पाइएन, चटारो र तनावमै बित्ने भयो जीवन भन्दै पहिलोपोस्टले लेखेको छ।

पूर्वगृहमन्त्री जनार्दन शर्माले संसदमा दर्ता भई छलफलमा रहेको नेपाल प्रहरी, प्रदेश प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको भावनाविपरीत भएको बताएका छन्। उक्त विधेयकलाई निरन्तरता दिए संघीयता कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने भएकोले संशोधन गर्न सरकारलाई उनले आग्रह गरेका छन्।

शर्माले भनेका छन्, ‘प्रदेश सरकारलाई निकम्मा बनाउने गरी प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखेर अधिकार दिइएको छ। सिडिओ कसरी प्रदेश सरकारभन्दा माथि हुनसक्छ? यो विधेयक संविधानविपरीत भएकोले कार्यान्वयन गर्न गाह्रो छ। संघीयताको रक्षा हुने गरी संशोधन गर्न सरकारले प्रतिवद्धता गरोस्।’

विधेयक स्वीकार्न सकिन्न, म बोल्न बाध्य छु : जनार्दन शर्मा भन्दै सेतोपाटीले लेखेको छ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमा भएको छलफलमा आज अधिकाशंले सांसदले विरोध जनाएका छन्। अझ रोचक कुरो त  रह्यो भने संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्टममा बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ निकालेको दृश्य।

संघीयता कार्यान्वयन नगर्नका लागि उक्त विधेयक ल्याएको भन्दै उनले भने– ‘मलाई अचम्म लाग्छ, आफुले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ। यो देशमा संघीयता आयो के को लागि आयो ? के संघीयतालाई खत्तम गर्न आयो ? यो जुन खेल भइरहेको छ, यो खेललाई समाप्त गर्नुपर्छ ।’

उनी त्यतिमै रोकिएनन्। प्रधानमन्त्रीको ललिपप खाने हामी बच्चा हैनौ भन्दै प्रधानमन्त्रीले दिएको ललिपप फिर्ता गर्न पठाएको बताउँदै ललिपप निकालेर देखाए ।

उनले मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएको ललिपप सभामुखमार्फत दिने र त्यो ललिपप आफै खान आग्रह समेत गरे।

जब सांसद यादवले रोष्टममा बोल्दै प्रधानमन्त्रीका लागि ललिपप निकाले…भन्दै रातोपाटीले लेखेको छ।

सरकारले ल्याएको विधेयकमा सत्ता पक्षकै सांसदको चर्को विरोध भन्दै देशसञ्चारले लेखेको छ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमा जनार्दन शर्मा, नवराव सिलवाल लगायतका अन्य सांसदहरुले विरोध गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तत्काल नढल्ने दाबी गरेका छन्।मंगलवार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ ‌औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन्। उनले भनेका थिए, ‘बहुमतको सरकार हो ९ महिनामा ढल्दैन्।’

बुधबार ‘जनयुद्ध’ दिवस मनाउँदै गरेको नेकपाको कार्यक्रममा प्रधानमन्त्री  ओली नजाने भएका छन।

श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले उनी त्यहाँ उपस्थित हुने छैनन्।

यस्तो छ नेकपाको ‘जनयुद्ध दिवस’ कार्यक्रम, प्रधानमन्त्री नजाने ! भन्दै बाह्रखरीले लेखेको छ।

 

1 thought on “आजको खबर: प्रधानमन्त्रीका लागि ललिपप निकाल्ने सांसददेखि मन परेको चिज कहिल्लै गर्न नपाएको प्रचण्डको गुनाशो”

  1. Kamala says:
    February 13, 2019 at 9:36 pm

    कामरेडको पाइलोट बन्ने सपना पुरा भएको भए २०-२५ मानिसले ज्यान गुमाउनु पर्थ्यो होला हवाई दुर्घटना बाट तर १५००० को ज्यान जोगिन्थ्यो, देश जोगिन्थ्यो ! हे प्रभु, किन पुरा गरेनौ प्रचण्ड को सपना ……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme