Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होली : नियम मिच्ने सरकारी सहित ७०९ सवारी साधनलाई कारबाहीदेखि जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा

Posted on March 20, 2019March 20, 2019 by राजेन्द्र मगर

आज चैत ६ गते बुधबार काठमाडौं उपत्यकामा होली मनाइयो। आज अधिकाशं मिडियाहरुले होलीको समाचार तथा फोटो फिचरहरु हालेका छन्। पोखरामा फागुको उल्लास (फोटो फिचर) भन्दै अनलाइन खबरले पोखराको होली रौनकको फोटो फिचर हालेको छ। पहिलोपोस्टले काठमाडौँ र धनगढीका फोटो हालेको छ। देशसञ्चारले वसन्तपुरका फोटो हालेको छ। नेपालखबरले कलाकारका होलीको फोटो हालेको छ।

महिला साफ च्याम्पियनसिपको फाइनल खेल नेपाल र भारत भिड्ने भएका  छन्।  सेमिफाइनलमा भारतले बंगलादेशलाई र नेपालले श्रीलंकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्।

साप च्याम्पियनसिप उपाधिको लागी नेपाल र भारत  चौथो पटक भिड्न लागेका हुन्। सुरुवाती तीन संस्करणमा उपाधिका लागि नेपाल र भारत नै भिडेका थिए। तीनवटै संस्करणमा भारतले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो। यो साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण हो। चौथो संस्करणमा भने नेपाल भारतसँग हार्दै सेमिफाइनलबाटै बाहिरिएको थियो।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भन्दै नेपालखबरले लेखेको छ।

होली मनाउने क्रममा जबर्जस्ती लोला हान्ने तथा मादक पदार्थ सेवनगरि होहल्ला गर्ने १९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दिनभरमा १९४ जनालाई नियन्त्रणमा लिएको हो।

जबर्जस्ती रंग दल्ने र मापसे गरी होहल्ला गर्ने पाँच युवतीसहित १९४ जना प्रहरी नियन्त्रणमा भन्दै पहिलोपोस्टले लेखेको छ।

पहिलोपोस्टले के रेडबुल खाँदा मापसेमा परिन्छ भन्दै ट्राफिकको ब्रेथलाइजरमा भिडियो खिचेर फ्याक्टचेक गरेको छ।

त्यस्तै नियम मिच्ने र लापरबाही रूपमा सवारी चलाउने २२ वटा सरकारीसहित ७०९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा मापसे गरेर चलाइएका ६७ र लापरबाही गरी चलाइएका ३४ सवारी साधन रहेका  छन्।

२२ वटा सरकारीसहित ७०९ सवारी साधन कारबाहीमा भन्दै सेतोपाटीले लेखेको छ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् ।

दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्। उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो। उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए।

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनालगत्तै उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत भन्दै रातोपाटीले लेखेको छ।

त्यस्तै बाह्रखरी डटकमले नयाँ शक्तीको संयोजक डा बाबुराम भट्टराइको अन्तर्वाता लिएको छ। अन्तर्वातामा भट्टराइले भनेका छन्, ‘प्रचण्ड क्रूर र केन्द्रिकृत शासक बन्‍न चाहन्थे’।

त्यस्तै भट्टराइले टिकापुर घटनाको बारेमा सर्वोच्च अदालतले गरेको फैसला, पुर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियता र सरकार र सिके राउतको बारेमा समेत कुरा गरेका छन्।

नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले नेपालका लागि दोस्रो बढी अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबरी गरेकी छिन्। साम्बाले बढी गोल गर्ने सूचीको दोस्रो स्थानमा रहेकी जमुना गुरुङको रेकर्डसँग बराबरी गरेकी हुन्। साम्बाले बुधबार पाँचौ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध गोल गरेकी हुन्।

साम्बाले गरिन् जमुना गुरुङको रेकर्डसँग बराबरी भन्दै नेपाललाईभले लेखेको छ।

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले  गणतन्त्र र संघीयताको विषयमा जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन पनि सबैलाई आह्वान गरेका छन्।

जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ-महामन्त्री कोइराला भन्दै देेशसञ्चारले लेखेको छ।

1 thought on “होली : नियम मिच्ने सरकारी सहित ७०९ सवारी साधनलाई कारबाहीदेखि जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा”

  1. Samana says:
    March 21, 2019 at 7:20 am

    “जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा”
    भाषाको बारेमा ‘कमेन्ट’: माथिको वाक्य अलि स्पष्ट छैन- लोला हान्ने प्रहरीलाई नियन्त्रणमा लिएको हो या लोला हान्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो? अन्य पत्रिकामा पनि मैले यस्तै भाषा प्रयोग गरेको देखेकी छु.
    “जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरीको नियन्त्रणमा” लेख्दा प्रष्ट हुन्थ्यो कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme