Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको दुर्घटनाको नालीबेली

Posted on February 27, 2019February 28, 2019 by राजेन्द्र मगर

आज फागुन १५ गते बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन भन्दै अनलाइनखबरले लेखेको छ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बुधबार भएको उक्त दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिनुका साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

दुर्घटनाको शोक मनाउन बिहीबार सार्वजनिक विदा भन्दै सेतोपाटीले लेखेको छ।

दुर्घटनामा पर्यटन मन्त्री अधिकारी लगायत सात जनाको मृत्यु भएको खबर थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठक डाके। तर, निर्धारित समयमा समयमा क्याबिनेट बैठक सुरु भएन्। क्याबिनेट बैठक सुरु गर्नुअघि बालुवाटारमा प्रम ओलीको निजी चिकित्सक दिव्या सिंह शाह प्रवेश गरिन।

क्याबिनेट सुरु हुने समयमा एकाएक प्रधानमन्त्री निवासमा निजी चिकित्सकको प्रवेश अनपेक्षित हुनु स्वभाविक थियो। कतै दुखद् घटनाले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या त आएन?

शंका सामान्य भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराब भने भएको होइन। दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केयर’ गर्न दुई डाक्टर बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह शाह र क्याबिनेटका चिकित्सक डा. दिलिप शर्मा बालुवाटार पुगेका हुन्।

उनीहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन भएर त्यहाँ पुगेका थिएनन्। तर, देश नै ‘सक’ हुने गरी भएको हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट निहालिरहेका उनीहरु बालुवाटार उपस्थित हुनु अनिवार्य थियो।

हेलिकप्टर दुर्घटनासँगै बालुवाटार पुगे प्रम ओलीका चिकित्सक, किन हतारिँदै छिरे बालुवाटार? भन्दै पहिलोपोस्टले लेखेको छ।

प्नधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवारलाई भेटेका छन्।

मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र मन्त्रीहरु पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीकी पत्नी, छोराछोरी र आमाबुबालाई भेटेर समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले भेटे मन्त्री अधिकारीका परिवार भन्दै नेपाल लाइभले लेखेको छ।

विद्यार्थीलाई सहुलियतदेखि पारसको शाहज्यादा पद खोस्नुपर्ने आवाज उठाउने नेता थिए रविन्द्र भन्दै बाह्रखरीलेअधिकारीको राजनीतीक जिवनयात्राको बारेमा लेखेको छ।

पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा बुधबार छोटो भाषण गरे। यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो ।

मन्त्री अधिकारीले चुहान डाँडाको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री आफू केपी ओलीकै सल्लाह र निर्देशनमा विमानस्थलको अवलोकन गर्न आएको बताएका थिए।

प्रधानमन्त्रीको जन्मस्थलमा रविन्द्र अधिकारीको अन्तिम भाषण : उहाँकै सल्लाहमा आएको हुँ ! भन्दै अनलाइनखबरले लेखेको छ।

सांसद विजय सुब्बापनि आज मन्त्री अधिकारीसँग ताप्लेजुङ जाने कार्यक्रम थियो। तर हेेलिकप्टरको सिट नपुग्दा उनी जान पाएका थिएनन्।

हेलिकप्टरमा सिट नपाउँदा जो भाग्यले बाँचे… भन्दै पहिलोपोस्टले लेखेको छ।

नेकपाका स्थायी कमिटीका सदस्य तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले पाथिभरा मन्दिरमा हेलिकोप्टर भिआइपी उडानमा सात जना यात्रु किन बोकेको भनेर प्रश्न गरेका छन्।

आफ्नो फेसबुक पेजमा भट्टराईले यसअघि पाथिभरा जाँदा पाँच जना मात्रै यात्रु बोक्ने गरेको भन्दै सात जना किन बोकेको भनेर प्रश्न गरेका छन्।

ताप्लेजुङ दुर्घटनामा योगेशको प्रश्नः पाँचजना बोक्नु पर्ने हेलिकोप्टरमा किन ७ जना चढाइयो? भन्दै नेपालखबरले लेखेको छ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जनाको शव नेपाली सेनाको नाइटभिजनबाट सुकेटार विमानस्थलमा ल्याइएको छ। मन्त्री अधिकारसहितका चार वटा शव विमानस्थलमा ल्याइएको छ । तर मौसम खराब भएपछि बाँकी तीन वटा शव भने दुर्घटनास्थलमै छन्, ल्याउन सकिएको छैन।

चार वटा शव प्यारासुटमा झुण्ड्याएर हेलिकोप्टरमा विमानस्थल ल्याइएको हो। तर साँझ वर्षा र भिजिविलिटि कम भएपछि हेलिकोप्टर उड्न सकेन । बाँकी शव भोलि बिहान मात्रै संकलन गरिने भएको छ।

दुर्घटनास्थलबाट सेनाको नाइटभिजनमा यसरी ल्याइयो चार शव (फोटोफिचर) भन्दै देशसञ्चारले लेखेको छ।

3 thoughts on “आजको खबर : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको दुर्घटनाको नालीबेली”

  1. Shankar says:
    February 28, 2019 at 9:23 pm

    RIP

    Reply
  2. madan bajrachary says:
    February 28, 2019 at 12:37 pm

    परिबार साथिले मात्रै होईन रास्त्रले नै देसको लागि केहि गर्न सक्ने प्रतिभा गुम्यो/ तेसैले यो दुख मात्र परिबारको होईन सबैको हो/ हवाई दुर्घटना हेर्दा खेरि तेतिकै हुने घटना जस्तो कसैलाई लाग्न सक्छ/ तर बास्तवमा यसो होईन सडक दुर्घटनाको तुलनामा हवाई दुर्घटना अत्यन्त न्यून नै हुन्छ/ हवाईजहाज होस् बा हेलिकप्टर सबैमा भै परि आयको अवस्थामा दुर्घटना तार्ने अनेकौं ब्यबस्थाहरु गरियको हुन्छ/ प्रायस दुर्घटनाको मूल कारण मौसम र पाइलतको अति आत्मबिस्वास बा उडानको निमित निर्धारित अबस्थालाई वास्ता नगर्ने कारण नै हुन्छ/ उडान अघि मौसम खराव हुँदै गयको कुरा पाइलट आफैले “मौसम खराव हुँदै छ छिटो ….भने बाटै यो दुर्घटना को कारण मौसम खराव भयको साथै पाइलतलाई मौसम खराव हुँदै गयको थाह भयको देखियो/ फेरी यो दुर्घटना उडान गरेको यक मिनेट भित्रै भयको भनिययाको र दुर्घटना हुनु अघि पाइलतले हिउँ परेकोले उड्न नसकिने भयको समेत भने वाट पाइलतले उडान गर्ने नहुने मौसममा उडान गरेको जस्तो देखिन्छ/ यसो हो भने त्यो भुल हो/ उहाले उडान अघि त्यो मौसममा उडान गर्न हुने नहुने सम्भंदित विभागलाई सोधेको भय सायद यो दुर्घटना हुँदैनथ्यो कि/

    ‘यो कुरा सिट सम्भंदित होला नहोला, ट्रिपर चालकहरु महिना महिना मा तलव पाउने होईन ट्रिप गनेर ज्याला पाउने भयकोले ट्राफिक नियम मिचेर ट्रिपर चलाउने गरेकोले ट्रिपर दुर्घटना हुने गरेको छ तेसरी नै निजि बिमान सेवाको पाइलटहरुलाई पनि उडान गनेर …भयकोले पाइलटहरु पनि जसरि भय पनि उडान गर्न खोजे ……./यो दुर्घटनाको जांच बुझ गर्ने समितिले यो कुरा पनि मा पनि छानविन गर्नु पर्छ जस्तो लाग्छ/

    Reply
  3. Kishor says:
    February 28, 2019 at 2:41 am

    कोइ मर्यो कि बिदा, क्या गज्जब छ हाम्रो देश मा , काम नगर्ने हजारौ तरीका | सोक मनाउने अरु तरिका पनि त हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme