Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : बम विस्फोटको जिम्मा लियो विप्लवको पार्टीलेदेखि शोभराजलाई कैद छुट दिने वा नदिनेबारे सर्वोच्च अदालतको सरकारलाई परमादेश

Posted on February 24, 2019February 24, 2019 by राजेन्द्र मगर

आज फागुन १२ गते आइतबार विप्लव समूहले नख्खुसहित २१ ठाउँमा बम पड्काएको सूचना छ : गृहमन्त्री भन्दै सेतोपाटीले लेखेको छ। गत शुक्रबार नख्खुमा बम विस्फोट भएपछि लगातारअन्य ठाउँमा पनि बम बिस्फोट भएको थियो। गृहमन्त्री थापाले  संसदमा बोल्दै यस्तो बताएका हुन्। विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ। सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले यसको पुष्टी गरेका छन्। उक्त  विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ ‘निशाना नबनाएको’ उनको भनाइ छ।

नख्खुमा विस्फोट हामीले नै गराएका हौँ: हेमन्तप्रकाश ओली भन्दै बिबिसीले लेखेको छ।

बम विस्फोटका घटना बढ्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लबका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा अघि बढाउने तयारी गरेको छ। प्रकाण्डले करिब ८ करोड चन्दा उठाएको भेटिएपछि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सुरु भएको हो। विभागले अनुसन्धान अधिकृत तोकेर प्रकाण्डको सम्पत्ति केलाउन थालेको हो।

बम हमलापछि प्रकाण्डबिरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भन्दै नेपालखबरले लेखेको छ।

नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअनुसन्धान शुरु गरेको छ ।

शंकास्पद र आरोप लागेका केही व्यक्तिसँग वयान लिने काम भइरहेको छ।

वाइडबडी खरिद प्रकरण : अख्तियारले लिन थाल्यो वयान भन्दै अनलाइनखबरले लेखेको छ।

सर्वोच्च अदालतले चार्ल्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महिनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आइतवार गरेको फैसलामा तीन महिनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो।

शोभराजको कैद छुटबारे सर्वोच्चको परमादेश भन्दै नागरिकले लेखेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकताको लागि गठित चौथो कार्यदलका बहुमत सदस्यले फरक मतसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएका छन्।

कार्यदलका सदस्यहरुबीचमै निरन्तर संवाद नहुने र बैठक नै नबस्ने परिस्थितिका बीच कार्यदलले प्रतिवेदन तयार हुन सकेको थिएन। कार्यदलका चार जना सदस्यले यसअघि नै अपुरो प्रतिवेदन बुझाएका थिए।

शुक्रबार पार्टी अध्यक्ष ओलीले कार्य दल भङ्ग गरेका थिए। कार्य दललाई असक्षम बनाइएको भन्दै असन्तुष्ट पांच जनाले छुट्टै प्रतिवेदन तयार गरी आईतबार बुझाएका हुन्।

नेकपामा बढ्यो विवाद, कार्यदलका बहुमत सदस्यको ७ पाने छुट्टै प्रतिवेदन भन्दै नेपाललाइभले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme