Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : नेकपा सचिवालयमा प्रचण्डसँग फरक मत भएपछि एक्लिँदैछन् ओलीदेखि एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द

Posted on February 21, 2019 by राजेन्द्र मगर

आज फागुन ९ गते बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई अन्तिम रुप दिन थप छलफल गरी सहमतिमा ल्याउन आइतबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्।

गत मंसिर २९ बाट शुरु भएर पुस ८ गते आइतबार सम्पन्न महासमितिले केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी संघीय विधान पारित गरेको थियो। सोही विधान परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकिएको हो।

कांग्रेसको संघीय विधानलाई अन्तिम रुप दिन देउवाले डाके केन्द्रीय समिति भन्दै पहिलोपोस्टले लेखेको छ।

सरकारले मेडिकल कलेज स्थापनाको लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ सरकारले ३ वटा मेडिकल कलेज स्थापनाका लागि सो निर्णय गरेको हो । त्यस्तै पाँच वटा अस्पताललाई स्तरन्नोती गर्ने निर्णय समेत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय: तीन मेडिकल कलेजको पूर्वाधार तयार गर्न अस्थायी दरबन्दी सिर्जना, थप पाँच अस्पताल संघमा भन्दै पहिलोपोस्टले लेखेको छ।

संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले वाइड बडी घोटाला सम्बन्धी छानबिन निष्कर्षमा नपुग्दा समितिको छवि धुमिल भएको बताएका छन्। प्रभाविकारी रुपमा अघि बढ्नुपर्ने उनीहरुको तर्क छ।

दुईवटा वाइड बडी खरिद गर्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेर समितिले छानबिनका लागि अख्तियारलाई निर्देशन दिए पनि प्रक्रिया अघि नबढेको र सांसदहरुको मिलोमतोमा भ्रष्टाचार सामसुम पार्न खोजिएको सन्देश आम रुपमा गएको भन्दै  उनीहरुले गुनासो पोखेका हुन्।

लेखा समितिमा सांसदको गुनासो ‘वाइड बडी छानबिनले हाम्रो छवि धमिलियो’ भन्दै देशसञ्चारले लेखेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा लेखा समितिले गरेको सिफारिसले अप्ठेरो परेको बताएको छ ।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समिति सभापति भरत साहलाई नाम र रकम नै किटेर गरिएको कारवाही र निगमको सिफारिसले अख्तियार अप्ठेरोमा परेको बताए।

लेखाले नाम र रकम तोक्दा वाइडबडी छानविन गर्न गाह्रो भोः अख्तियार भन्दै अनलाइनखबरले लेखेको छ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदलको म्याद थप्नेबारे सचिवालयमा विवाद उत्पन्न भएको छ ।कार्यदलको समयावधि थप्ने विषयमा अध्यक्षद्वयकै मत मिलेको छैन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली कार्यदलको समय नथप्ने मनशायमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदललाई ७ दिनको समय दिएर सबै काम कार्यदलबाटै टुंग्याउनुपर्ने मनशायमा छन् ।

बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्ला तहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो ।

कार्यदलको म्याद थप्नेबारे नेकपामा विवाद भन्दै बाह्रखरीले लेखेको छ।

एकता सम्बन्धी कार्यदलले माग गरे अनुसार एक हप्ताको समय दिने–नदिने भन्ने सम्बन्धमा प्रधानमन्त्री समेत रहेका ओली एक्लो परेका छन्। ओलीको धारणासँग सचिवालयका बाँकी ८ जनाको धारणा मिलेन्।

नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली भन्दै नेपालखबरले लेखेको छ।

एमबिबिएस पढ्न ५५ लाखभन्दा बढी तिर्नुपरेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेको लामो समय भएको छ। आन्दोलनले कलेजको पठनपाठन समेत अवरुद्ध छ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम छ। तर, गण्डकी मेडिकलल कलेजले प्रत्येक विद्यार्थीबाट ८ लाख भन्दा बढी तिर्नुपरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

गण्डकी मेडिकल कलेजमा एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द भन्दै पहिलोपोस्टले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme