Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टरदेखि पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?

Posted on February 28, 2019March 1, 2019 by राजेन्द्र मगर

आज फागुन १६ गते बिहीबार। मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर भूइँ छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटू ट्र्याकरको रेकर्डका अनुसार एक मिनेट पनि पूरा नउडी हेलिकप्टर दुर्घटनामा परेको थियो। पाथीभरामा दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको थियो।

उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा शिखरमा अवतरण गर्न सफल कसरी भयो क्र्यास? भनेर पहिलोपोस्टले लेखेको छ।

पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ? भन्दै अनलाइनखबरले लेखेको छ।

दुर्घटनाको खबर थाहा पाउनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ओभरलोड’ भनेर प्रतिक्रिया दिएको देशसञ्चारले लेखेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले मन्त्री रवीन्द्र अधिकारीको घर पुगेका छन्।  हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको परिवारलाई समवेदना प्रकट गर्न घर नै पुगेका हुन्।

मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्री रवीन्द्र अधिकारीको घरमा भन्दै नेपाललाइभले लेखेको छ।

मुटुमा समस्या आएर ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। बिहीबार एक्कासी अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

उर्जा मन्त्री वर्षमान पुन मुटुमा समस्या आएपछि नर्भिकमा भर्ना: प्रधानमन्त्री ओली पुगे भेट्न भन्दै पहिलोपोस्टले लेखेको छ।

दुर्घटनाग्रस्त हेलिकप्टरले सात जना बोक्नु गल्ती थियो? भन्दै सेतोपाटीले लेखेको छ।

दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टर एएस-३५० को जम्मा क्षमतानै ‌६‌‌‌‌‌‍‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ ‌+ ‌१ अर्थात् ६ जना यात्रु र एक जना पाइलट बोक्ने रहेको नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए।

‘यो हेलिकप्टरमा पाँच जना भन्दा बढी मानिस चढ्न मिल्दैन भन्ने साँचो होइन,’ उनले भनेका छन्। तर,सात जनाको ज्यान जाने गरी ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकप्टरले क्षमताभन्दा धेरै मानिस बोकेको भन्दै आलोचना भएको छ।

ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनका मृतकलाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। शुक्रबार बिहान ८ बजे शिक्षणअस्पतालबाट शव त्यहा लगेर श्रद्धान्जली दिने कार्यक्रम छ।

सरकारले दुर्घटनामा मृत्यु हुने सातै जनालाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय गरेसँगै टुँडिखेलमा त्यसको तयारी भइरहेको छ। सातै जानको शव राखिने स्थललाई फूलमालाले सजाइएको छ।

सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा यसरी हुँदैछ तयारी  भन्दै नेपालखबरले लेखेको छ।

2 thoughts on “आजको खबर : उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टरदेखि पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?”

  1. bijay says:
    March 2, 2019 at 11:31 pm

    केटाकेटि आए , गुलेली खेलाए , मत्यान्ग्रा सत्यानाश /
    मन्त्रि भए, हेलिकोप्टर सबारी गरे, भासन दिए, अबलोकन गर्न गएको भने, देशको पैसा सत्यानाश/
    कुनै इन्जिनियर भएको भए बिमान स्थल निर्माण अबलोकन गरेको केहि अर्थ लाग्थ्यो/

    Reply
  2. madan bajracharya says:
    March 1, 2019 at 5:28 pm

    जहाजले बोक्न सक्ने यात्रु छ्यमतालाई यात्रुको संख्या गनेरै मात्र हेर्नु ठिक छ जस्तो मलाई लाग्दैन/ किनभने जहाज बनाउने कम्पनीले त्यो जहाजले बोक्न सक्ने भार अनुसार त्यो जहाजमा चढ्ने यात्रुको अधिकतम तौल को हिसावले यति जना यात्रु चढ्न सक्छ भनियको हुन्छ/ अन्तरास्ट्रिय मान्यता अनुसार अनुमान गरिने यात्रुको अधिकतम तौल अहिले मलाई याद भयन, तर त्यो तौल नेपालिको तौल भन्दा धेरै बढी नै छ/ त्यो दुर्घटना मा परेको जहाजमा चढेको सात जना सबैको तौल पक्कै पनि त्यो जहाजले बोक्न सक्ने यात्रुको तौल भन्दा धेरै कम नै हुनु पर्छ/

    फेरी जहाजले यात्रु मात्रै बोक्दैन यात्रु सहित यात्रुको ब्यागेज र कार्गो पनि बोक्छ र ती सबैको छुट्टा छुट्टै हिसाव हुन्छ/ तेसैले त्यो दुर्घटनामा परेको जहाज ओभर लोड भयकोले भन्दा पाइलटले मौसम उडान योग्य भय नभयको कुरा ठम्याउन केहि चुकेकोले दुर्घटना भयको हो जस्तो लाग्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme