Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : मन्त्रीसँग मुखमुखै लागेपछि सचिव सरुवादेखि प्रम ओलीले थाहा पाइसकेको घुसकाण्ड कसरी आयो मिडियामा ?

Posted on February 19, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ७ गते मंगलबार आज खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरिदिएकी छिन्। मन्त्री  मगर र  सचिव  ठाकुरबीच मेलम्चीको मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाको विषयमा सोमबार चर्काचर्की परेपछि उनी सरुवा भएका हुन्। सिएमसीलाई अढाई अर्ब रुपैयाँ दिएर भए पनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमा सचिव ठाकुरले असहमति जनाएपछि बिनाले उनलाई सरुवा गरिदिएकी थिइन्।

मेलम्चीको विषयमा मन्त्री मगरसँग मुखमुखै लागेपछि सचिवको सरुवा! भन्दै पहिलोस्टले लेखेको छ।

सरुवापछि मन्त्री बिना मगरले देश डुबाउने आरोप सचिब ठाकुरले लाएका छन।

उनले भनेका छन्, ‘सुरुमा सीएमसीको धरौटी रकम बैंकबाट झिक्न पनि रोक्नुभयो, झिकेको रकम खातामा राख्न पनि असहयोग गर्नुभयो। मन्त्रीज्यू, मुलुक डुबाउने काम गर्न खोजिरहनु भएको छ, यसमा मैले सहयोग गर्न सकिनँ ।’

सरुवापछि सचिवको आरोप : खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजिन् भन्दै अनलाइनखबरले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले  घुस लिएको डाबोस जानुअघि थाहा पाएको चर्चा चलेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग ७६ लाख घूस लिएको प्रकरणकै कारण गत शुक्रबार उनले राजिनमा दिइसकेका छन्।

प्रधानमन्त्रीलाई थाहा भएपछि यो विषय नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महान्यायाधीवक्ता अग्नी खरेललगायत केही व्यक्तिलाई मात्र थाहा भयो। उनीहरूले भिडियो लिने व्यक्तिलाई सम्पर्क गरे।

सेतोपाटीले लेखेको छ,  ‘पाठकले लिएको घूस प्रकरणको भिडियो कारबाही हुने सुनिश्चित नभएसम्म नदिने अडान ती व्यक्तिले दिए। उनले आफूलाई पाठकले धम्की दिइरहेको भन्दै भिडियो देखाउन मानेनन्। भिडियो  प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाहेक अरूलाई नदेखाउने उनको अडान थियो। प्रधानमन्त्री डाबोसबाट फर्कीसकेपछि पनि उनीसँग भेटघाटको चाँजो मिलेन। त्यसैबीच मिडियामा पाठकको घूस प्रकरण सार्वजनिक भयो।’

तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ। आयोगले एकजना सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर अनुसन्धान सुरु गरेको हो।

 अख्तियारको विशेष टोलीले पाठकबिरूद्ध थाल्यो अनुसन्धान भन्दै नेपालखबरले लेखेको छ।

1 thought on “आजको खबर : मन्त्रीसँग मुखमुखै लागेपछि सचिव सरुवादेखि प्रम ओलीले थाहा पाइसकेको घुसकाण्ड कसरी आयो मिडियामा ?”

  1. बलराम says:
    February 20, 2019 at 11:02 am

    यु ट्युबमा जताततै ट्याउँ ट्याउँ गरिरहने इतिहासका पुर्ब प्राध्यापक डा. सुरेन्द्र केसीका अनुसार रबिन्द्र अधिकारी र बिना मगरबाट अपेक्षा अनुरुप काम नभएको कारण अनुभवहीनता र अपरिपक्कता हुन| कुरो सही हो भन्ने प्रमाणित भएको छ|
    रविन्द्र अधिकारीले वाइड बडीको किस्ता पेमेन्ट सिफारिश गर्दा पैले कुरो बुझ्नु पर्ने थियो| देउबा सरकारले जेपीटी र खल्ती भराउ गरेको काम नै नहेरी अघि बढाउनु थियो भने नया सरकारको के काम? पर्यटन मन्त्रीको काम के त?
    बिना मगरको अपरिपक्कताको हद कैले दशैं अधि पानी आउने र कैले के बक्तब्य हो| त्यस्तो तालले समृद्धि आउदैन, न स्थायित्व आउछ| विश्वसनीयता त घट्याघट्यै छ|
    तर पानी हद विलम्ब काण्डमा सचिवलाई पनि सरुवा हुदैमा जिम्मेवारी बाट उन्मुक्ति दिन हुँदैन| बिना मगर एक बर्ष देखि मात्र मन्त्रि छिन, त्यो भन्दा अघि निजामतिका सचिवहरुको उपलब्धि के हुन? मन्त्रिलाई दोष दियो पुगो?
    अब कुरो आयो अख्तियारका पाठकको|
    चार महिना अघि देखि नै जसले भिडिओ हेरेका थिए, फोन वार्ता सुनेका थिए, उनीहरुले आफ्नो जिम्मेवारी बिर्सेर कारवाही अघाडि नबढाएको प्रष्टै देखियो| अब उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउन मिल्ला कि नमिल्ला?
    अन्तिम पोइण्ट, किन पशुपति शर्माले कट्टुमै छुलुलु गरेर लुट गीत हटाए? एसो हप्तादिन प्रतिक्रिया बुझेको भए र कुरेको भए के कुन पर्खाल ढलीहाल्ने थियो र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme