Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : विप्लवको लालकिल्ला तोड्न कर्णालीमा यस्तो सुरक्षा रणनीतिदेखि प्रहरीको हिट लिस्टमा हेमन्त ओली

Posted on March 22, 2019March 23, 2019 by राजेन्द्र मगर

आज माघ ८ गते शुक्रबार प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको ‘लालकिल्ला’ तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति भन्दै पहिलोपोस्टले लेखेको छ।  अहिले देशभर विप्वव समुहले चन्दा आतंक मच्चाएको खबरहरु बाहिरिएको छ। सरकारलेपनि विप्लव समुहलाई कडा निगरानीमा राखेको छ।

विप्लव समुह यतिबेला सरकारको लागि प्रमुख सुरक्षा चुनौती बनेको छ।

कर्णालीलाई विप्लव समुहको लाल किल्ला मानिन्छ। त्यहाँ चन्दा र धम्कीका घटना बाहिरीरहेका छन्। यद्यपि अन्य कुनै अपराधिक गतिविधि भने भएका छैनन्।

विप्लव समूहका प्रवक्ता एवं प्रभावशाली नेता प्रकाण्डको गृह प्रदेश भएकाले पनि कर्णालीको शान्ति सुरक्षामा थप चुनौति बनेको छ। यता, कर्णालीको सुरक्षा निकाय विप्लवको लालकिल्ला तोड्ने दाउमा देखिन्छन्।

पछिल्लो समय विप्लव समूहले शान्ति सुरक्षामा चुनौति थपेको प्रदेश प्रहरी कार्यालयका प्रमुख महेशविक्रम शाह बताउँछन्।  उनले भने, ‘ अपराधिक गतिविधिहरु अहिले सम्म कर्णालीमा भए गरेका छैनन्। कर्णालीका सबै ठाउँमा सुरक्षाकर्मीहरु परिचालित छन्। कुनै पनि अपराधिक कार्यहरु हुन र गर्न दिएका छैनौँ।’

त्यस्तै प्रहरीले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई ‘हिट लिस्ट’मा राखेको छ। खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ। विप्लव भने प्रहरीको फरार सूचीमै छन्। जाजरकोट, उदयपुर लगायतका जिल्लामा विप्लवमाथि बम विस्फोट लगायतका मुद्दा छन्।

ओली मंगलबार साँझ प्रहरी टोलीबाट उम्किए। प्रहरीका अनुसार काफलडाँडाबाट एक किलोमिटरको दूरीमा रहेका हेमन्त ओली भाग्न सफल भएका थिए।

प्रहरीको हिट लिस्टमा विप्लव समूहका नेता ओली भन्दै बाह्रखरीले लेखेको छ।

ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने  कक्षा १० मा अध्ययरत् १५ वर्षीया मेरिका रानाको  मृत्यु भएको छ।

तर, परिवारले रानाको मृत्यु नभई हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएका छन्

जोहरीपछि  एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई प्रकाउ गरेर प्रहरीले अनुसन्धान थालेको छ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

कक्षा १० मा पढ्ने किशोरीको शंकास्पद मृत्यु, प्रिन्सिपल र होस्टल वार्डेन पक्राउ भन्दै अनलाइनखबरले लेखेको छ।

बुटवल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन्। कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोतसाधन र जनशक्तिको सदुपयोग गरेर समृद्ध मुलुक बनाइने दाबी गरे।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणघाट सडक खण्डको स्तरउन्नतीको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल उर्वरभूमि भएको देश हो, यहांको धर्तीमा वन, जंगल, फलाम, तामाखानी, खोलानाला, खनिज, पेट्रोल, सुन जस्ता धातुका खानी प्रशस्तै छन् कसैसँग मागेर खानुपर्दैन।’

हामी मगन्ते होईनौं आफैं मिलेर देश बनाउँछौं–प्रधानमन्त्री ओली भन्दै सेतोपाटीले लेखेको छ।

जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि खरिद सम्झौतामा हस्ताक्षर गर्न केही दिनभित्रै भारतीय अधिकारी काठमाडौं आउँन लागेका छन्। मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न रेल विभागलाई स्वीकृति दिएको छ।

भारतीय रेल मन्त्रालयले सम्झौताको ३ महिनाभित्र नेपाललाई ‘डेमाे’ रेल दिनसक्ने बताइएको छ।

जनकपुर-जयनगर रूटमा चल्ने उक्त रेलमा दुबैतर्फ इन्जिन हुन्छन्। जुन डिजेलबाट निकालिएको बिजुलीबाट चल्छन्। यो रेल सोलारबाट पनि चल्न सक्ने बताइएकाे छ। प्रतिघन्टा १ सय किलोमिटरको गतिमा कुद्ने उक्त रेलमा एकै पटकमा १२ सय यात्रु यात्रा गर्न सक्छन्। रेलमा पाँच वटा डिब्बा (केच) हुन्छन्।

‘डेमाे’ रेल खरिद सम्झौतामा हस्ताक्षर गर्न भारतीय अधिकारी केही दिनभित्रै काठमाडौं आउने भन्दै नेपाल लाइभले लेखेको छ।

संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टीलाई बिनासर्त एकीकरण प्रक्रियामा आउन आग्रह गरेको छ।

दुवै पार्टीबीच एकीकरण विषय अघि बढिरहँदा पार्टी अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजपलाई जवाफी पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन्।

यसअघि राजपाले एकीकरण प्रक्रियामा अघि बढ्न सरकार छोड्न आग्रह गर्दै पत्र पठाएको थियो। फोरमले त्यसको जवाफ दिएको हो।

पार्टी एकीकरणका लागि राजपाले संघीय समाजवादी फोरमले ओली सरकार छोड्नुपर्ने सर्त राख्दै आएको छ। सरकारमा रहेको अवस्थामा पार्टी एकीकरण वार्ता हुन नसक्ने उसको अडान छ।

फोरमद्वारा बिनासर्त एकीकरणमा आउन राजपालाई प्रस्ताव भन्दै नेपालखबरले लेखेको छ।

भारतले लगातार पाँचौ पटक साप महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

पाँचौं संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै भारत पाँचौं पटक साफ च्याम्पियन बनेको हो।

यसअघिका चारै संस्करणको उपाधि समेत भारतले जितेको थियो। नेपाल भने चौथोपटक महिला साफको फाइनलमा भारतसँग पराजित भएको हो। सुरुवाती तीन संस्करणमा पनि नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो।

नेपाललाई हराउँदै भारत पाँचौं पटक साफ च्याम्पियन भन्दै देशसञ्चारले लेखेको छ।

1 thought on “आजको खबर : विप्लवको लालकिल्ला तोड्न कर्णालीमा यस्तो सुरक्षा रणनीतिदेखि प्रहरीको हिट लिस्टमा हेमन्त ओली”

  1. madan bajracharya says:
    March 24, 2019 at 10:28 am

    ओलीले स्विकारे कि नेपाल श्रोत सम्पन्न देस हो र यसको उपयोग गरेर…सकिन्छ भनेर/ अरे यो कुरा त् उहिलेनै प्रमाणित भैसकेको कुरा हो/

    उहिले नेपालमा भयको खानि बात निकालेको फलाम, तामा बात नेपालीलाई चाहिने कुरा बनाइन्थ्यो/ खाद्यान्नमा त् नेपाल मरिचमानको पाला सम्म पनि आत्म निर्भर मात्रै होईन निर्यात गर्न सक्ने समेत भैसकेको थियो/ शाही औषधि र सिंहदरवार बैद्य खानाले उत्पादन गरेको औषधि हरु उत्कृस्ट भयकोले भारत बात आयात गरेको तेस्तै औषधिहरु नेपालमा नबिक्ने अवस्थामा पुगेको थियो/ जुत्ता कागज लगायत कुरामा नेपाल आत्म निर्भर बहिनी सकेको थियो/ चामल बिदेशमा निर्यात गर्न सक्ने भैसकेको थियो/ भारतले सुजुकी सिट मिलेर गाडी जडान गर्ने कार्य सुरु गर्नु अघिनै नेपालमा गाडी जडान गर्ने उद्योग बनि सकेको थियो/ मेलम्ची बात पानि ल्याउने आयोजनाले आफ्नो कार्य सुरु गरि सकेको थियो/ पेट्रोलियम निकाल्ने कार्य लगभग पुरा भैसकेको थियो/ ई सबै कुराहरु “नेपाललाई आत्मनिर्भर बनाउनमा बाधक बनेको आरोप लगायको श्री ५को सरकारको पालामा भयको थियो/

    २०४५मा नेपालाई आत्म निर्भर बनाउन बाधक भयको सरकार चलाउने श्री ५ लाई कुना जाकियो/ त्यो खुसियाली मनाउन तुन्दिखेलामा भासन दिंदै गिरिजाले भनेको थियो “यो राजाले नेपाललाई यसियाली माप दण्डमा पुर्याउनुछु भनेको रैछ/ हाम्रो सरकार बने पछि हाम्ले नेपाली युरोपेली मापदण्डमा पुर्याउनु भने/ अनि तेही भासनमा कृष्ण प्रशाद भट्टराईले
    अब नेपालीले बिदेशमा काम खोज्न जानु पर्दैन अमेरिकनहरु समेत नेपालमा काम खोज्न आउनेछ ….खाने पानीले सडक धुनुस आदि भने/

    यस्तो भन्नेको दलको नेताले २०४५ देखि अहिले ओलीको दलको सरकार बनुन्जेल सम्म सबै भन्दा बढी समय सम्म पटक पटक नेपालमा सरकार चलायको थियो र उनीहरुको नेपाललाई योरोपेली मापदण्डमा पुर्याउञ्छु भन्ने दलको सरकारले नेपाली स्वाश फेर्ने हावा बाहेक बाकि सबै कुरामा मात्रै होईन नेपालमा को प्रधान मन्त्रि बन्ने कस्तो ब्यबस्था अपनाउने भन्ने कुरामा समेत भारत आश्रित पो बनायो/

    तेसैले मित्रहरु कुनै दल बा नेताको सरकारले नेपालको बिकाश गर्छु आत्म निर्भर बनाउँछु भने मात्रैमा लौ अव फेरी इनिहरुले अर्को के बित्याश गर्न लाग्यो भनेर झस्किन्छु/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme