Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : संसदमा गाँजाको कुरादेखि देउवाको जिल्लामा गएर प्रम ओलीले भने, ‘विकासको जिम्मा मेरो हो’

Posted on February 20, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ८ गते मंगलबार खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई ठेकेदार कम्पनीसँग कमिशन मागेकाले सरुवा गरिदिएको बताएकी छिन्। हिजो सरुवा गरिदिएपछि सचिव ठाकुरले मन्त्री विनाले देश डुबाउन खोजेको आरोप लगाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै सचिव ठाकुरको सरुवा गरिएको समेत मन्त्री मगरले बताएकी छिन्।

खानेपानी मन्त्रीको जवाफ : सचिव ठाकुरले सीएमसीसँग कमिसन मागेछन् भन्दै अनलाइनखबरले लेखेको छ।

कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ती दिएका छन्।देउवाले कोइराला परिवारलालाई प्रत्यक्ष रूपमै महाधिवेशनबाट सभापति बन्न चुनौती समेत दिए। कांग्रेसका केन्द्रीय नेताको ठूलो दलबलका साथ वीरगन्ज आएका सभापति  देउवाले पार्टी कसैको बपौती (बाबुको) सम्पति नभएको भन्दै कोइराला थर हुँदैमा सभापति बन्न नपाइने तर्क गरे।

पार्टी कसैको ‘बपौती’ होइन, कोइराला थर हुँदैमा सभापति बन्न पाइँदैनः सभापति देउवा भन्दै सेतोपाटीले लेखेको छ।

युट्युवबाट सिकेर नक्कली नोट : यसरी फन्दामा परे प्रेमी-प्रेमिका भन्दै पहिलोपोस्टले लेखेको छ।

मकवापुरकोका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले माघ २२ गते १ सय रुपैयाँको रिचार्ज कार्डका लागि एक हजारको नोट दिएका थिए। पसलेले उनीहरुलाई ९ सय रुपैयाँ फिर्ता दिएका थिए। हजारको नोट चाहिँ नक्कली थियो र फिर्ता लिएको रकम सक्कली।

पसलेले नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि नक्कली धन्दाको पर्दाफास भएको थियो। प्रहरीलाई दिएको बयानमा उनीहरुले भनेका छन्, ‘ यूट्युब हेरेर नक्कली नोट बनाउन सिकेको हौँ।’

युट्युवबाट सिकेर नक्कली नोट : यसरी फन्दामा परे प्रेमी-प्रेमिका भन्दैै पहिलोपोस्टले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवाको जिल्ला पुगेर विकाशको जिम्मा आफुलाई दिन आग्रह गरेका छन्।

ओलीले भने, ‘अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन,विकासको जिम्मा मेरो भयो। आवश्यकता के के छन् माननीयहरुमार्फत् पठाउनुहोस । पूरा गर्ने जिम्मा मेरो भयो।’

देउवाको जिल्ला पुगेर प्रधानमन्त्री ओलीले भने– विकासको जिम्मा मलाई दिनुहोस् भन्दै बाह्रखरीले लेखेको छ।

संवैधानिक परिषद्‌ले मुस्लिम आयोगको अध्यक्षमा समिम मियाँ अन्सारीलाई सिफारिस गर्दा  कानुनविपरीत गरेको पाइएको छ।नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि संसदीय सुनुवाइ समितिले छानबिन गर्ने निर्णय गरेका अन्सारीको सिफारिस नै कानुन विपरीत भएको पाइएको हो।

मुस्लिम आयोगमा अन्सारीको सिफारिस नै कानुन विपरीत भन्दै देशसञ्चारले लेखेको छ।

नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउन माग गरेका छन्।विश्वका विकसित देशहरुले गाँजा खेती र कारोबारलाई वैधानिक बनाएर ठूलो रकम आर्जन गरिरहेका बेला नेपालको पहाडी क्षेत्रमा सजिलै पाइने गाँजामा लगाइएको प्रतिबन्ध उचित नभएको उनको तर्क छ। आज उनले संसदमा बोल्दै गाजा खेती खुला गरिनु पर्ने माग राखेका छन्।

गाँजा खुला गर्नुपर्ने विषय पहिलोपटक संसदमा, सांसद खतिवडाले भने- अमेरिकाले खोल्यो, हामी पनि खोलौं भन्दै सेतोपाटीले लेखेको छ।

कानुन विपरीत ग्यास व्यवसायीले दिए सरकारलाई चेतावनी भन्दै नेपाललाइभले लेखेको छ।

नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धिलगायतका माग राखी  आन्दोलन गर्ने भन्दै सरकारलाई चेतावनी दिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रका सहायक डिन बबालाल साहलाई ट्रानसकिप्ट बनाउन आएकी एक विद्यार्थीलाई यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका छन्।

सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ।

त्रिविका सहायक डिन शाहलाई कालोमोसो दलेर प्रहरीको जिम्मा भन्दै नेपालखबरले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme