Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनास्थलमा पेस्तोल भेटियो, ३ राउण्ड गोली पड्किएको निष्कर्ष

Posted on March 6, 2019March 6, 2019 by राजेन्द्र मगर

सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ।

‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकोले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ।’ राजपाले विज्ञप्ती जारी गर्दै भनेको छ।

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पहिचानवादी पार्टीसँग सहकार्य गर्न आह्वान भन्दै पहिलोपोस्टले लेखेको छ।

चौधरीलाई जन्मकैदको फैसला सुनाए लगत्तै टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यस्तै कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी गरिएको छ।

टीकापुर आसपासका गाउँबाट थारुहरु टीकापुर प्रवेश गर्ने सम्भावना रहेकोले त्यस आसपासमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

तर, जिल्ला अदालत कैलालीको फैसलासँगै टीकापुर आसपासका थारु अगुवाहरु सक्रिय भएका छन्।

रेशम चौधरीको फैसलापछि टीकापुरमा हाइ अलर्ट: थारुहरु प्रदर्शनको तयारीमा, ‘हिजोबाटै सुरक्षा व्यवस्था कडा’ भन्दै पहिलोपोस्टले लेखेको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरुमा सत्य निरुपण तथा मेलमिलाप आयोगले ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए।

उनले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गर्दै भने, ‘साँच्चै साथीहरुमा अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुस्, म दण्ड व्यहोर्न तयार छु। यसलाई व्यवस्थापन गरौं।’

द्वन्द्वकालको रिस बाँकी छ भने दण्डित गर्नुस्, म तयार छु : बाबुराम भन्दै अनलाइनखबरले लेखेको छ।

उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ डिस्चार्ज भएका छन्। ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान अस्पताल भर्ना भएका थिए

प्रधानमन्त्री ओली डिस्चार्ज भन्दै रातोपाटीले लेखेको छ।

सभापति शेरबहादुर देउवा पक्षले आफूहरूको असहमति हुँदाहुँदै बहुमतका आधारमा केन्द्रीय समितिबाट विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूह सामूहिक छलफलमा जुटेका छन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष यादव, पूर्व महामन्त्री सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइराला, कमला पन्त, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका हुन्।

प्रकाशमानको घरमा पौडेल-सिटौला समूहको ‘मिटिङ’ भन्दै सेतोपाटीले लेखेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन्।

मंगलबारदेखि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्व मुमा बडामहारानीसँग भेट गर्न उनी अस्पताल पुगेका हुन्।  २४ माघदेखि झापाको दमकस्थित हिमालयन टि गार्डेनमा रहेका पूर्वराजा शाह आमा बिरामी परेपछि पूर्वी तराईको भ्रमण रद्द गरी काठमाडौं फर्किएका हुन्।

बिरामी आमाका लागि खाना बोकेर नर्भिक पुगे पूर्वराजा ज्ञानेन्द्र भन्दै नेपालखबरले लेखेको छ।

सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ। घटनास्थलमा १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको छ।

हेलिकोप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ। बरामद खोकाले पेस्तोल पड्किएको अनुमानलाइ आधार दिएको हो।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका जमदार घिमिरेसहित ७ जनाले ज्यान गुमाएका थिए।

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: पेस्तोलबाट ३ राउण्ड गोली पड्किए भन्दै नेपालखबरले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme