नेपालीहरु विश्वकै सबैभन्दा ‘ग्वाँजे’ हुन्। नेपालीहरुको आइक्यु विश्वकै सबैभन्दा कम छ। सबै देश हामीभन्दा माथि छन्। १९९ देशमा सबैभन्दा लास्टमा हामी छौँ। के तपाईँहरुले पनि सामाजिक सञ्जालमा यस्तै दावीसहितका पोस्टहरु देख्नुभएको छ र पत्याउनु भएको छ ? हामी त खत्तमै रहेछौँ भनेर दुःखी हुनुभएको छ? पख्नुस्, यस्तो रे भनेर विचार बनाइहाल्नुअघि पहिला यो पढ्नुस्। सामाजिक… Continue reading
रवि प्रकरणको अर्को पाटो
–राजन अधिकारी @ADH_RAJAN – रवि लामिछाने नागरिकता प्रकरणले नेपाल राज्यलाई पूर्ण रुपमा नाङ्गो बनाइदिएको छ। नागरिकता जस्तो अति संवेदनशील विषयमा समेत नागरिक र स्वयं राज्यका सबै तहमा कुन स्तरको बुझाइको दरिद्रता थियो/छ भन्ने छर्लंग पारिदिएको छ। नेपाल देश नै होइन भन्ने कि जस्तो देखिन/ बुझिन थालेको छ। तीनतिर खुल्ला सीमानाको कारण को देशभित्र छ, को… Continue reading
अस्ट्रेलियामा नेपाली नर्स पक्राउको समाचारमा नेपाली मिडियाले फैलाएको भ्रम
अस्ट्रेलियामा नर्सिङ असिस्टेन्टको रुपमा काम गर्ने एक नेपाली युवती पक्राउ परेको हेडलाइनसहितका समाचार हिजो नेपाली अनलाइनहरुमा आयो। आज केही दैनिक पत्रिकाहरुले पनि यसलाई समाचार बनाएको भेटियो। समाचारहरु पढ्दा लाग्छ, यो भर्खरैको घटना हो। ती नेपाली युवती भर्खरै पक्राउ परेकी हुन्। यस्तो मानिरहनुभएको छ भने तपाईँ गलत हुनुहुन्छ। किन? आउनुस् म तपाईँलाई प्रमाणसहित देखाउँछु।
के हो नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको भाइरल फोटोको तथ्य?
के तपाईँले सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अरु व्यक्तिहरुसित लाइन लागेको फोटो देख्नुभएको थियो? पत्याउनु भएको थियो? पत्याउनु भएको भए नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्नुस्, जसमा यो फोटो पुरानो भएको र भ्रामक व्याख्यासहित फैलाइएको प्रष्ट पारिएको छ।
रवि लामिछाने सांसद नरहने गरी सर्वोच्चले गरेको आदेशका ५ प्रमुख बूँदा
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि रवि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री बनेका थिए। तर आज सर्वोच्च अदालतले उनी सांसद बन्न उम्मेदवार हुनै नपाउने आदेश गरेको छ। उम्मेदवारै हुन अयोग्य भनेपछि निर्वाचित भई काम गर्न पाउने कुरा भएन। त्यसैले उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र दिने लगायतका काम कारबाही उत्प्रेषणको आदेशले बदर गरेको… Continue reading
काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन
आजदेखि शहिद सप्ताह मनाइँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा काठमाडौँको टेकुस्थित एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई ‘शास्त्री’ भनिएको रे। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद… Continue reading
के हो यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजभित्रैबाट खिचेको भन्दै भाइरल भिडियोको तथ्य ?
१५ जनवरी २०२३ मा यति एयरलाइन्सको 9N-ANC कलसाइन भएको एटिआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु थिए। विदेशी यात्रुमध्ये पाँच जना भारतीय थिए। ती मध्ये एक सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दावी गरेको एउटा भिडियो… Continue reading
यति एयरलाइन्सको जहाज दुर्घटनाका दुई अविश्वसनीय भिडियो
माघ १, २०७९ नेपालको उड्डयन इतिहासमा एउटा कालो दिनका रुपमा रहनेछ। नेपाली आकाशमा पहिलो पटक एटिआर ७२ विमान दुर्घटना भयो। नेपाली उड्डयन इतिहासमा सबैभन्दा धेरैको ज्यान गएको आन्तरिक उडानको दुर्घटना पनि बन्यो। मौसम सफा रहँदा पनि पोखरा एयरपोर्टनजिकै यो विमान दुर्घटना भयो। कारण थाहा पाउन बाँकी नै छ। तर धन्न एयरपोर्ट नजिकैको बस्तीमा विमान दुर्घटना… Continue reading
यसकारण सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा भए, यस्तो छ अब उनले पालना गर्नुपर्ने पाँच शर्त
नाबालिगलाई जबर्जस्ती करणीको मुद्दा खेपिरहेका सन्दीप लामिछानेले अब थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्। यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा बसेरै मुद्दा लड्नु पर्ने भनी दिएको आदेशलाई आज उच्च अदालत पाटनले सशर्त खारेज गरेको हो। ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा छाड्ने कि नछाड्ने भन्ने विषयमा लामो व्याख्या गर्दै विभिन्न पाँच… Continue reading
बिहे गरेर हिस्टेरिया ठीक हुन्छ त ?
-डा. अनुपम पोखरेल- ‘एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन्। उनको दात टम्म कसिएको हुन्छ। आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ। साथीहरू दौडेर आउछन्। कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन्। मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा… Continue reading
‘गुगल गर्न बिर्सँदा’ अन्नपूर्ण पोस्टको सम्पादकीयमै गल्ती
अन्नपूर्ण पोस्टले १७ पुस २०७९ को अङ्कमा एउटा सम्पादकीय लेखेको छ। जसको शीर्षक छ- शासनमै छ फजुल खर्च। सम्पादकीयको अन्तिम अनुच्छेदमा लेखिएको छ- ‘डिल्लीराज खनाल संयोजकत्वको आयोगको सुझाव थियो— मन्त्रालयको संख्या १६ बनाऊ। थुप्रै मन्त्रालयहरू यस्ता छन्, जसलाई गाभ्न सकिन्छ। विभाग ३५ वटामात्रै बनाउने र महाशाखाहरू पनि ३ देखि ५ वटा बनाउने र एउटा मन्त्रालयमा… Continue reading
माओवादी सशस्त्र युद्धसित गाँजाको के साइनो ?
२०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको… Continue reading
विज्ञान ब्लग : जाडोमा छाला कसरी जोगाउने? हिटर र एसी चलाउँदा सावधान !
विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading
के हो पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको भाइरल पोस्टको तथ्य ?
के तपाईँले पनि फुटबल लिजेन्ड पेलेको निधनपछि सामाजिक सञ्जालमा उनको खुट्टा फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले म्युजियममा राख्न लागेको खबर सामाजिक सञ्जालमा कतै देख्नुभएको छ ? पत्याउनु भएको ? तर त्यो गलत हो। तर त्यसमा ब्राजिलको एउटा मिडियाले यसबारे समाचार राखेको दावी पनि गरिएको छ नि त। त्यो पनि गलत हो। यसबारे नेपालफ्याक्टचेकमा हामीले तथ्य जाँच… Continue reading
हरि अधिकारीले शोभराजको संस्मरण लेख्दा बिर्सिएको तथ्य
खरो समीक्षाका लागि चर्चित हरि अधिकारीको एउटा संस्मरण छापिएको छ आजको कान्तिपुरको शनिबार साप्ताहिक परिशिष्टाङ्क कोसेलीमा। विषय हो चार्ल्स शोभराज। केही दिन अघि यिनी फेरि चर्चामा आए। सर्वोच्च अदालतले १९ वर्षको जेल सजायपछि उनलाई फ्रान्स डिपोर्ट गरिदिएको थियो। उनै शोभराजको लागि दोभाषेका रुपमा काम गरेका रहेछन् अधिकारीले। तर संस्मरण लेख्दा उनले एउटा तथ्य भने भुलेछन्।
के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ।
तीन उपप्रधानमन्त्रीसहितको शपथ ग्रहणका तीन रोचक दृश्य
पुरानो ५ दलीय गठबन्धन भत्किएर नयाँ ७ दलीय गठबन्धन बनेपछि देशले नयाँ प्रधानमन्त्री हिजै पाइसकेको थियो। तर सोमबारको साइत जुर्यो नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जना उपप्रधानमन्त्रीसहित आठ जनाको मन्त्रिपरिषद् बनाए। सबैको शपथ राष्ट्रपति भवन शितल निवासमा भयो। यो कार्यक्रमका तीन रोचक दृश्य यस्ता थिए।
के सूर्य थापा र गोकुल बाँस्कोटालाई अदालतले जरिवानासहितको सजाय दिएको थियो?
पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले एक हजार जरिवाना तोकेको दावी गरेका छन्। तर हाम्रो तथ्य जाँचमा उपाध्यायको यो दावी मिथ्या देखिएको छ।
अर्को गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री, यस्तो बन्यो नयाँ सत्ता गठबन्धन
राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। सत्ता गठबन्धनबाट आलोपालोमा पहिलो पटक प्रधानमन्त्री दिन देउवाले आनाकानी गरेपछि बालकोट पुगेर एमालेसित नयाँ गठबन्धन बनाएका हुन्। नयाँ सत्ता गठबन्धनमा सात पार्टी रहेको छ। सबैभन्दा ठूलो पार्टी एमाले रहेको छ। तेस्रो पार्टी माओवादीले नेतृत्व पाएको छ। यस्तो हुनेछ अबको सत्ता… Continue reading
चार्ल्स शोभराज जसले नेपालमा दुई जनाको हत्या यसरी गरेका थिए
१९ वर्ष जेलमा रहेका चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दियो। सिरियल किलरका रुपमा उनी त्यसै कुख्यात भएका हैनन्। उनले कम्तिमा १२ जनाको हत्या गरेको भनिएको छ। अझ त्यो संख्या ३० जना पुगेको पनि भनिन्छ। तर हत्यासँगै उनी यति चलाख पनि थिए कि कानुनको पञ्जाबाट सधैँ उम्किने। किन हो बुद्धि बिग्रिएर उनी सन्… Continue reading