Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजु आचार्य

स्मार्ट पोखराको झुर ‘वातावरण मैत्री चौतारो’

Posted on August 12, 2022August 12, 2022 by राजु आचार्य

– राजु आचार्य – हाम्रा पूर्खाहरूले सार्वजनिक क्षेत्रमा चौतारा बनाएर गफिने, सल्लाह गर्ने र थकाई बिसाउने ठाउँ बनाएका थिए। यस्ता ठाउँहरूमा सभा सम्मेलन हुन्थ्यो। गाउँका नीतिनियम बन्थे। यिनै चौतारामा रहेका वर, पिपल पुजिन्थे। चराहरूको आश्रय स्थल बनेको थियो। विक्रम संवत २०३४ सम्म पोखरा उपत्यकामा मात्र ६३२ वटा चौताराहरु रहेको अनुमान गरिन्छ। तर, अहिले चौतारा कहाँ… Continue reading

बाघको आनीबानी सुध्रिएको कि पत्रकारको समाचार लेख्‍ने शैली बिग्रिएको?

Posted on July 8, 2022 by राजु आचार्य

राजु आचार्य केही दिनअघि ‘नरभक्षी बाघको आनीबानी सुध्रिएको’ ले जंगलमा छाडिएको भन्ने आशयको समाचार नेपाली मिडियामा प्रकाशित भए पछि अनौठो लाग्नु स्वाभाविक थियो। घाइते र उद्दार गरिएका वन्यजन्तुहरूलाई प्राकृतिक वासस्थानमा छोड्नु सामान्य भए पनि, नेपाल जस्तो मुलुकमा मान्छे खाने वा घाइते बनाउने बाघलाई के को आधारमा चिनियो/छोडियो होला भनेर शङ्का गर्नु सामान्य हो। बाघ सुध्रिएको… Continue reading

*’बाघ’ भनेर *’बिरालो’को फोटो दिने सीआइबी, छाप्‍ने मिडिया : गल्ती हुन नदिन केही टिप्स

Posted on January 15, 2021January 15, 2021 by राजु आचार्य

-राजु आचार्य- यही पुस २० गते काठमाडौँमा प्रहरीले ‘चरीबाघको छालासहित धापासीबाट एक जनालाई पक्राउ गरेको समाचार विभिन्न प्रमुख अनलाइन मिडियाहरुमा आयो। ‘चरीबाघ’ नेपाल सरकारले प्राथमिकतामा राखेको संरक्षित स्तनधारी वन्यजन्तु हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका,धापासीबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका निवासी कमलप्रसाद सुनुवारलाई दुई वटा चरीबाघको छालासहित पक्राउ गरेको समाचार थियो त्यसमा। तर बरामद… Continue reading

स्याङ्ग्जाको सूर्य : राजनीतिक हैन, प्राकृतिक बयान

Posted on January 15, 2021 by राजु आचार्य

अहिले देशभर सूर्यकै चर्चा छ। यो पक्षले सूर्य चिह्न पाउने कि उ पक्षले भनेर घम्साघम्सी छ। तर यहाँ भने हामी राजनीतिक दलको सूर्य चिह्न भन्दा पनि प्राकृतिक सूर्यको कुरा गर्दैछौँ। सूर्यको कारणले हुने बिहान र बेलुकीको मनोरम दृश्य हेर्न स्याङ्जामा बिस्तारै पर्यटकहरू आउन थालेका छन्।

यस्तो छ लुकेको हिमाली उपत्यका : लिमी

Posted on November 22, 2020 by राजु आचार्य

– राजु आचार्य – लिमी, हुम्लामा रहेको लुकेको हिमाली उपत्यका हो। नेपालको सबैभन्दा दुर्गम ठाउँ मध्येमा एक। पहिला लिमी गाविस भनेर चिनिने १२ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र अहिले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। चीनको सिमासँग जोडिएको यो ठाउँ हिउँद भरि बाहिरी संसारसँग सम्पर्कमा हुँदैन। भर्खर चीनसँगको सीमा विवाद भएको भनिएको… Continue reading

पर्वतको अनौठो दृश्य : दाम्लोले बाँधेर बजार डुलाउँदा पनि चितुवा किन चुप बस्यो?

Posted on June 25, 2020 by राजु आचार्य

-राजु आचार्य-  दाम्लोले बाँधिएको एउटा चितुवा लमक लमक हिँड्दैछ। केही समय एक युवक र धेरै जसो समय दुई जना प्रहरी समेतले दाम्लो समातेर हिँडेको छ। मानिसहरु सेल्फी खिच्न लालायित देखिन्छन्। कोही कोही भिडियो पनि खिचिरहेका छन्। कोही चितुवाको टाउकोमा यस्सो छोएर हेर्छन्। घरपालुवा झैँ गरी चितुवा पनि मानिसहरुको भिडमा बिन्दास हिँड्दैछ। यतिखेर पर्वत जिल्लामा उद्दार… Continue reading

उल्लुको बोली, चमेरोको दुःख र बाघलाई ज्वरो : चिडियाखानामा कोरोना कल्पना

Posted on June 20, 2020 by राजु आचार्य

-राजु आचार्य-  आज मौसम अलि चिसो चिसो छ। घाम छैन। बादल धुम्म छ। त्यसैले दिउँसो पनि आँखा देखिरहेको छु। आजभोलि  मानिसहरू पनि आएका छैनन्। नत्र भने यतिखेर आइसक्थे। हैन, बिदा पनि होइन। आ… जे सुकै होस्। यी दुई खुट्टेहरू नआएकै जाति। हल्ला गरेर दिनभरि हैरान गर्छन्। हुनी नहुनी खान दिन्छन्। पेट दुखेर हैरान। आज भोलिका… Continue reading

इ-पास दिन्नँ भन्नलाई नौ दिन किन लगाउनु परेको होला?

Posted on May 9, 2020 by राजु आचार्य

-राजु आचार्य- केही समय अघि गृह मन्त्रालयले लकडाउनमा पास लिन जिल्ला प्रशासन कार्यालयमा जानु नपर्ने, अनलाइन प्रविधि विकास गरेको समाचार आयो। अर्थात् वेब पेजमा गएर निवेदन हाल्ने । मैले पनि एउटा निवेदन हालेँ। निवेदन हालेको केही सेकेन्ड भित्रै मेरो मोबाइल नम्बरमा धन्यवादको मेसेज आयो। आफैँ उत्तर दिने प्रविधिले छिट्टै पास बारे खबर गर्छु भन्दा खुसी… Continue reading

अमेरिकामा बाघलाई कोरोना भएपछि वन्यजन्तु जोगाउन नेपालमा के छ तयारी?

Posted on April 10, 2020 by राजु आचार्य

– राजु आचार्य – सन् २००८ मा ब्रन्ङस चिडियाखानामा खिचिएको बाघको फाइल तस्वीर। हाल यही चिडियाखानामा रहेको बाघमा कोरोना भाइरस देखिएको छ। गत मार्च १६ देखि सर्वसाधारणको लागि बन्द गरिएको ब्रन्ङस चिडियाखाना एकाएक चर्चामा आयो। अमेरिकाको न्यूयोर्कस्थित सो चिडियाखानामा रहेको ४ वर्षीय पोथी बाघ कोरोना भाइरस संक्रमित भयो भन्ने खबरले विश्वव्यापी स्थान पायो। सो बाघको… Continue reading

स्याङ्जामा लाटोकोसेरो र हुचिल हेर्न दुई दिनमा पाँच हजार, १६ फोटोमा हेरौँ उत्सव

Posted on February 24, 2020 by राजु आचार्य

राजु आचार्य/तस्विरहरू: रोहित गिरी संसारका ४ मुलुकमा मात्र हुने ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ यसपालि स्याङ्जा जिल्लामा सम्पन्न भयो । माघ २४ र २५ मा आयोजित सो कार्यक्रममा स्थानीयको सहभागिता धेरै थियो । उत्सव सुरु हुनु अगाडी नै वरपरका विद्यालयमा गएर १४०० विद्यार्थी र शिक्षकसँग लाटोकोसेरो संरक्षणका फाइदाबारे छलफल गरिएको थियो। यो सङ्ख्या समेत गरी दुई… Continue reading

पोखराका मान्छे ब्रोइलर कुखुरा हो, सुख पाएर के गर्छन् ? फू गरे ढल्छन् !

Posted on January 4, 2020January 3, 2020 by राजु आचार्य

केही दिनअघि पर्वत जिल्लाको चित्रे गाउँमा पुगियो। विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई वन्यजन्तु अनुसन्धान तालिमको सिलसिलामा हामी त्यहाँ पुगेका थियौँ। दुई दशक अघिसम्म गाउँ भरिभराउ थियो। आजभोलि बस्ती पातलिएको छ। सुनसान पनि छ। पछिल्लो समय शुरुवात गरिएको घरबास कार्यक्रमले यो सुन्दर गाउँमा सुनमा सुगन्ध थपेको छ। तैपनि वन बढ्दै छ। वन्यजन्तु सहजै देखिन थालेका छन्।

एउटा बिरालोको त्यस्तो फोटो जसले अनुसन्धानकर्मीहरु समेत अलमलमा परे

Posted on December 20, 2019 by राजु आचार्य

सन् २०१३ मा हुम्ला जिल्लाको लिमि उपत्यकामा राखिएका केही स्वचालित क्यामेरामध्ये एउटामा अनौठो बिरालो परेको थियो। अनुसन्धानकर्मीहरु निकै खुसी भए। करिब ४००० मिटरको उचाइ र गाउँदेखि निकै पर सो बिरालो परेको थियो। रातको समयमा परेको सो प्रजाति घर पालुवा होइन भन्नेमा ‘प्रकृतिका साथीहरू’का अनुसन्धानकर्मी ढुक्क थिए। उनीहरू यो प्रजाति यसअघि नेपालबाट अभिलेख नगरिएको ‘यूरेसिएन वाइल्ड… Continue reading

प्रधानमन्त्रीको एउटा त्यस्तो गल्ती जसलाई न विज्ञहरुले सच्याउन सके, न सल्लाहकारहरुले सम्झाउन सके

Posted on August 30, 2019August 31, 2019 by राजु आचार्य

-राजु आचार्य- अस्ति भदौ २ गते काठमाडौँको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी गैँडाको प्रसंग निकाले। वन्यजन्तुसम्बन्धी वा वातावरणसम्बन्धी कुनै कार्यक्रम थिएन त्यो। एसिया प्रशान्त क्षेत्रको हवाई नियामक क्षेत्रका महानिर्देशकहरूको सम्मेलन थियो। भने, ‘एक सिङ्गे गैँडा नेपालमा मात्र पाइन्छ। यो राइनो हैन, गैँडा हो गैँडा।’ प्रधानमन्त्री ओलीले थपे, ‘यसको मौलिक नाम नबिगारौं। यो राइनो… Continue reading

कालिकोटमा भेटिएको अनौठो रुख : स्थानीय भन्छन् रुखले गर्छ फूल्ने कि नफूल्ने आत्मनिर्णय

Posted on August 19, 2019August 19, 2019 by राजु आचार्य

-राजु आचार्य- कालिकोट जिल्ला भात्तडी गाउँ। जेठको चर्को घाम। हामी पसिनाले निथ्रुक्क थियौँ। साथमा रहेको एक बोतल पानी पनि सकिसकेको थियो। तिर्खा लागिरहेको थियो। धमिलो कर्णाली हेर्दै माथितिर लाग्दै थियौँ। कर्णाली हेर्नु बाहेक कुनै विकल्प पनि थिएन। म र सोम जिसी पानीको खोजीमा थियौँ। जताततै सुख्खा थियो। खोला छेउको वन सकिएपछि खेतको डिल भेटियो। डिलमा… Continue reading

आतंक : चरी बाघको कि पत्रकारको?

Posted on August 2, 2019August 2, 2019 by राजु आचार्य

-राजु आचार्य- बिरालो भन्ने बित्तिकै हामी बाघलाई रुख चढ्न सिकाउने गुरुको रूपमा हेर्छौँ । यी मामा भान्जाको कथा गाउँघर तिर निकै चल्तीमा छ । मामा (घरमा पालिने बिरालो) अहिले बस्तीमा मानिससँग बस्छ भने भान्जा (पाटे बाघ) अहिले पनि वनमै बस्छ। बाघ जस्तै वनमा बस्ने बिरालोहरू १२ प्रजातिका नेपालमा अभिलेख गरिएका छन् । यिनै मध्येको एक… Continue reading

भालेपोथी त छुट्टिन्न, भ्यागुतोको बिहे गरेर पानी पर्ने र डिभोर्स गरेर रोकिने हुन्छ कहीँ?

Posted on July 19, 2019July 19, 2019 by राजु आचार्य

यही साता त हो, फेसबुकमा एउटा फोटो निकै भाइरल भयो। फोटोमा पानी परेकोले रोक्न भ्यागुताको डिभोर्स गरिएको व्यहोरा लेखिएको नेपाली कागजसँगै दुई वटा भ्यागुता देखिन्छ। त्यसको केही अघि असार लागिसक्दा पनि पानी नपरेकोले मोरङमा भ्यागुताको बिहे गरिएको खबर भाइरल भएको थियो। प्राध्यापक करनबहादुर शाहलाई यस्तो समाचार देख्यो कि मरीमरी हाँसो उठ्छ। ‘विवाह चिप्ले भ्यागुताको गर्ने… Continue reading

चराको महत्त्व बुझाउन फेवातालमा उत्सव

Posted on July 7, 2019July 7, 2019 by राजु आचार्य

असार १९ देखि तीन दिनसम्म पोखराको फेवाताल नजिकै नेपाल चरा उत्सव मनाइयो। चराको महत्व बुझाउन यो उत्सव गरिएको थियो। हालसम्म नेपालमा ८८७ प्रजातिका चराहरू अभिलेख गरिएका छन्। ८ प्रजातिहरू लोप भइसकेको अनुमान गरिन्छ। सन् २०१५ को प्रतिवेदन अनुसार नेपालमा १६८ प्रजातिका चराहरू दुर्लभ छन्। २० वर्ष अघि त्यो सङ्ख्या मात्र १२९ थियोl वरिष्ठ चराविद् डा.… Continue reading

अनुसन्धानको लागि अनुदान : तीन भाग गोजीमा, एक भाग खोजीमा

Posted on July 5, 2019July 5, 2019 by राजु आचार्य

वन्यजन्तुको अनुसन्धानको पछि लाग्नेहरू एकाएक घट्न थालेका छन्। वन्यजन्तुको अनुसन्धान गरेर पनि नेपालमै बस्न सकिन्छ भन्नेहरू विदेश जाने योजना बुन्न थालेका छन्। किन ? मिडियाले चर्चा गरेन। सायद चाल पनि पायो कि पाएन कुन्नि। एक वर्ष अघिको त्यो घटनापछि विकसित परिस्थिति हुन् यी। यसको कारण थियो नेपाललाई रुफर्ड स्मल ग्रान्टले कालो सूचीमा राख्नु।

रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

Posted on June 17, 2019June 17, 2019 by राजु आचार्य

गत अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले… Continue reading

पोखराको काँहुडाँडाबाट देखिने सौन्दर्य मोबाइलमा

Posted on March 14, 2019March 14, 2019 by राजु आचार्य

पोखरा बजारबाट नजिकै रहेको काँहुडाँडाको सौन्दर्य प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ। वर्षमा गरिने एउटा महोत्सवपछि यो ठाउँको वास्तै गरिन्न। समुन्द्र सतहबाट करिब १४०० मिटरको उचाइमा रहेको यो क्षेत्रमा यतिखेर गुराँस फुलेको छ। कोटमा महादेवको मन्दिर छ। धरहरा चढेर पोखरा उपत्यका हेर्न सकिन्छ। अन्नपूर्ण हिमसृंखला आखैंमा ठोकिएला झैँ गर्छन्। सूर्यास्त र सूर्योदयको दृश्यले यो ठाउँलाई भुल्न… Continue reading

Posts navigation

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme