Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, अनलाइनखबरको नाममा अर्को फिसिङ लिङ्क फेसबुकमा

Posted on April 12, 2023April 12, 2023 by Salokya

अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ।

माथिको स्क्रिनसट अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट आएको हो। तर यो स्क्रिनसट हेर्नुस्-

यो पनि अनलाइनखबरकै जस्तो देखिन्छ। तर यसलाई अनलाइनखबरकै ठानेर विश्वास गरेर यसमा राखिएको पासोमा पर्नुभो भने तपाईँको डिजिटल जीवन जोखिममा पर्‍यो। तपाईँको डेस्कटप वा ल्यापटप वा मोबाइलमा भएका गोप्य कुराहरु अरुको पहुँचमा पुग्न सक्छ।

सबभन्दा पहिला माथिका दुई स्क्रिनसटमा के फरक छ हेरौँ।

सुरुको स्क्रिनसटमा onlinekhabar.com कै लिङ्क देखिन्छ। तर दोस्रोमा ध्यान दिएर हेर्नुस्, त्यसमा onlinekhabar.com को लिङ्क छैन। त्यसमा sites.google.com लेखिएको छ।

गुगल साइट्स गुगलले उपलब्ध गराएको जोसुकैले खोल्न पाउने निःशुल्क वेबपेजको सुविधा हो। अब त्यो लिङ्कमा क्लिक गर्नुभयो भने पनि तपाईँलाई झुक्याउनका लागि दुरुस्तै अनलाइनखबरकै जस्तो देखिने बनाइएको छ। यो हेर्नुस्-

अनलाइनखबरकै साइटबाट उसको डिजाइन कपि गरेर राखिएको हुनाले झट्ट हेर्दा यो अनलाइनखबरकै वेबपेज जस्तो देखिन्छ। तर रातो घेरा लगाइएको एड्रेसबारमा हेर्नुस्, त्यसमा onlinekhabar.com हुनुपर्नेमा sites.google.com लेखिएको छ। त्यसैले यो अनलाइनखबर हैन, अनलाइनखबरको नाममा पासो हालिएको वेबपेज हो।

यो पेज मात्र क्लिक गरेर हेर्नुभो भने खास केही समस्या हुँदैन।  अझ मुनि हेर्नुभो भने वास्तविक पासो राखिएको लिङ्क प्रष्ट देखिन्छ।

तपाईँ यहाँ भिडियो हेर्न सक्नुहुन्छ भनेर एउटा लिङ्क जुन राखिएको छ, त्यसमा क्लिक गरेर फाइल डाउनलोड गरी क्लिक गर्नुभो भने चाहिँ तपाईँ फँस्नुभो।

त्यसमा क्लिक गर्दा एउटा .rar फाइल खुल्छ जुन ट्रोजन एजेन्ट फाइल हो।

ट्रोजन भनेको माल्वेयर हो। प्रयोगकर्ताहरुलाई विभिन्न पासोमा पारेर झुक्याई इन्स्टल गर्न लगाएपछि यसले त्यो प्रयोगकर्ताको कम्प्युटरको गोप्य कुरामा पहुँच जमाउँछ। अन्य कुरा पनि बिगार्न सक्छ।

डरलाग्दो कुरा के हो भने यो लिङ्क अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाटै स्पोन्सर्ड अर्थात् विज्ञापन गरिएको छ। यो मात्र हैन यो सहित तीन वटा यस्ता कन्टेन्ट स्पोन्सर्ड गरिएको मेटा एड प्ल्याटफर्ममा देखिएको छ।

हेर्नुस् भिडियो-


यसअघि पनि अनलाइनखबरको अफिसियल फेसबुक पेजमा अनधिकृत पहुँच जमाई स्पोन्सर्ड गरी स्वस्तिमा खड्काको हट भिडियो भन्दै फिसिङ लिङ्क फैलाइएको थियो। त्यसैगरी त्यसको केही समयपछि अनलाइनखबरको नक्कली अङ्ग्रेजी फेसबुक पेज बनाई निशा अधिकारीको नाममा फिसिङ लिङ्क फैलाइएको थियो।

सामाजिक सञ्जालमा वा इमेलमा आएका यस्ता नाम चलेका वेबसाइटहरुको नाममा हुनसक्ने फिसिङ लिङ्कबाट सावधान रहौँ। केमा क्लिक गर्दैछौँ भनेर लिङ्क हेर्ने बानी बसालौँ। जथाभावी जिप वा रार फाइलहरु खोलेर इन्स्टल नगरौँ। सुरक्षित बनौँ। सुरक्षित बन्न सघाउँ।

अनलाइनखबरले पनि आफ्नो फेसबुक पेज सुरक्षित गर्नका लागि र पेजका एडमिनहरुलाई जथाभावी लिङ्कमा क्लिक गरी आफ्नो पेजको एक्सेस अरुलाई दिन नहुने बारे विशेष प्रशिक्षण दिन जरुरी छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme