भोलि चैत ३ गते उपराष्ट्रपति छान्न मतदान हुँदैछ। यसका लागि निर्वाचन आयोगले प्रतिनिधि सभाका सदस्यहरुले प्रयोग गर्ने रातो रङको र प्रदेश सभाका सदस्यहरुले प्रयोग गर्ने हरियो रङको फोटोसहितको नमूना मतपत्रसमेत सार्वजनिक गरिसकेको छ। नमूना मतपत्रका अनुसार उपराष्ट्रपति पदका लागि तीन महिला र एक पुरुषबीच प्रतिस्पर्धा हुनेछ। हो, यो नसुल्झिएको रहस्य यही उम्मेदवारीमा छ।
के हो लक्ष्मी बैँकका देशभरका खाता बन्द गर्न अदालतले आदेश दिएको भनिएको समाचारको तथ्य?
के तपाईँले पनि लक्ष्मी बैंकका सबै खाता बन्द गर्न अदालतको आदेश, अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद, बचतकर्ताको पैसा के होला जस्ता सनसनीपूर्ण शीर्षक राखिएको पोस्ट सामाजिक सञ्जालमा देख्नुभएको छ? यस्ता पोस्ट केही दिनदेखि भाइरल भइरहेको छ। तर नझुक्किनुस्, यी खबर भ्रामक छन्। हजारौँ सर्वसाधारण र संस्थाको रकम रहेको बैँकका बारेमा यस्ता सूचना संवेदनशील हुन्छन्। त्यसैले नेपालफ्याक्टचेकमा… Continue reading
शपथमा ‘प्रतिज्ञा’ हैन ‘प्रतिक्षा’ गर्ने राष्ट्रपति
आजदेखि देशले नयाँ राष्ट्रपति पाएको छ। रामचन्द्र पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नुअघि उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए। शपथ लिने समारोहको टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकले भने रमाइलो दृश्य हेर्न पाए।
मुस्ताङको बौद्ध कलेजसम्बन्धी समाचारमा ‘कान्तिपुर’ले गरेको तथ्यगत त्रुटि
पछिल्लो समय मुस्ताङमा बौद्ध कलेज खोल्न लागेको विषय चर्चामा रहेको छ। २०७९ फागुन १८ गते ‘कान्तिपुर’ राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शीर्षकमा समाचार छापिएपछि त्यसबारे विवाद बढेको हो। समाचारमा त्यहाँको फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न लागिएको र सो ठाउँ निषेधित क्षेत्र रहेको दावी गरिएको छ। तर कान्तिपुरमा… Continue reading
रवि लामिछानेविरुद्धको मुद्दामा ३३ पेजको आदेशको पूर्णपाठ सजिलै बुझ्नुस् १२ बूँदामा
सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध परेको मुद्दामा माघ १३ गते गरेको आदेशको पूर्ण पाठ एक महिना नाघेपछि आज सार्वजनिक गरेको छ। यो त्यही आदेश थियो जसका कारण बहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद मात्रै हैन चितवनबाट सांसद निर्वाचित भएको हैसियत समेत गुमाउन परेको थियो। ३३ पेजको यो आदेशको पूर्णपाठलाई सजिलै बुझ्नका लागि १२ बूँदा यहाँ प्रस्तुत छ।
के मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मीलाई ३५ वटा गोल्डेन आइफोन उपहार दिएका हुन्?
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मी र स्टाफहरुलाई आफ्नो तर्फबाट ३५ वटा गोल्डेन आइफोन उपहार स्वरुप दिए। के तपाईँले पनि यस्तै खबर पढ्नु भएको छ। अहिले सामाजिक सञ्जालमा यो खबर भाइरल भएको छ। भाइरल खबरमा मेस्सीले विश्वकप २०२२ को उपाधि विजेता टिममा रहेका सहकर्मीहरुलाई उनीहरुको नाम र अर्जेन्टिनाको झण्डासमेत कुँदिएको करिब २… Continue reading
प्रदेशको नाम : कोशी कि कोसी ? वाग्मती कि बागमती ?
अन्ततः हिजो बल्ल नेपालका सातै प्रदेशको न्वारन सकिएको छ। पहिलो प्रदेश सभाले कार्यकाल पूरा गरेर नयाँ प्रदेश सभा बनेपछि मात्र प्रदेश १ को नाम कोशी राखियो। सात प्रदेशमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली पहिलेकै अञ्चलका नाम रहे भने सुदूरपश्चिम त्यतिबेलाको विकास क्षेत्रको नाम थियो। मधेश प्रदेशले मात्रै पहिचानका आधारमा नाम राख्यो। हिजो प्रदेश १… Continue reading
मन्त्रीको राजीनामा स्वीकृत कसले गर्यो? संविधानमा छैन, मिडिया आफैले !
आइतबार अनलाइन मिडिया चहार्नुभएको भए एउटा समाचार देख्नुभयो होला- राप्रपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ। पत्याउनु भो ? वास्तवमा यो सही होइन। नेपालको संविधानमा मन्त्रीहरुको राजीनामा स्वीकृत/अस्वीकृत गर्ने प्रावधानै छैन। समाचार लेख्नेले संविधान नपढ्नाले यस्तो हालत भएको हो। संविधान मै नभएको कुरा लेखेपछि राजीनामा स्वीकृत पनि मिडियाले नै गरेको मान्नु पर्यो !
मिडियाले लुकाएको सर्वोच्चको एउटा आदेश- कुनै पनि सञ्चार माध्यममा मादक पदार्थको प्रचारप्रसार नगर्नू, नगराउनू !
तपाईँहरुले आजका अनलाइन मिडियाहरु हेर्नुभयो भने थुप्रै समाचार पढ्न पाउनु हुन्छ। तर एउटा समाचार भने सबैजसोले लुकाएका छन्। किनभने त्यो समाचारले सीधै मिडिया साहुहरुको आम्दानीमा असर गर्छ। तर असर गर्छ भन्दैमा राज्यको एउटा अङ्ग (न्यायपालिका) को जनस्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण आदेशलाई चौथो अङ्गको रुपमा मान्यता दिइएको मिडिया जगतले लुकाउन त पाइएन नि। लुकाउँदैमा फेरि थाहा नहुने… Continue reading
भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा ‘एक्सपायरी डेट’ हुँदैन
के तपाईँले पनि ग्यास सिलिन्डरमा एक्सपायरी डेट कसरी हेर्ने भन्ने कुरा भर्खरै सामाजिक सञ्जालमा सिक्नुभयो ? नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको निवासमा ग्यास चुहिएर भएको भनिएको आगलागीपछि फेसबुकमा ग्यास सिलिन्डरमा एक्सपायरी डेट अर्थात् म्याद गुज्रने मिति लेखिएको हुने भन्दै त्यो हेर्न सिकाउने गरी विभिन्न पोस्टहरु भाइरल भएका छन्। तपाईँको फेसबुक फिडमा पनि पक्कै त्यो आइपुग्यो… Continue reading
सेनाको कीर्तिमानको समाचारमा राससले मिडियाकै मादल यसरी बजाइदिएछ
आज शिवरात्रि, सेना दिवस पनि। सेना दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा रमझम हुने गर्छ। यसपालि अलि फरक गरेछ सेनाले। ५५५ वटा मादल एकैचोटी बजाएर विश्व कीर्तिमानै राखेको भन्दै मिडियाहरुमा समाचार आयो। अधिकांश मिडियामा त्यो समाचार सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले पठाएको रहेछ। तर राससको समाचार आँखा चिम्लेर हाल्दा राससले मिडियाकै मादल बजाइदिएको जस्तो… Continue reading
के नेपालीहरु विश्वकै सबैभन्दा ‘ग्वाँजे’ हुन्? हाम्रो आइक्यू विश्वमा सबभन्दा कम हो?
नेपालीहरु विश्वकै सबैभन्दा ‘ग्वाँजे’ हुन्। नेपालीहरुको आइक्यु विश्वकै सबैभन्दा कम छ। सबै देश हामीभन्दा माथि छन्। १९९ देशमा सबैभन्दा लास्टमा हामी छौँ। के तपाईँहरुले पनि सामाजिक सञ्जालमा यस्तै दावीसहितका पोस्टहरु देख्नुभएको छ र पत्याउनु भएको छ ? हामी त खत्तमै रहेछौँ भनेर दुःखी हुनुभएको छ? पख्नुस्, यस्तो रे भनेर विचार बनाइहाल्नुअघि पहिला यो पढ्नुस्। सामाजिक… Continue reading
रवि प्रकरणको अर्को पाटो
–राजन अधिकारी @ADH_RAJAN – रवि लामिछाने नागरिकता प्रकरणले नेपाल राज्यलाई पूर्ण रुपमा नाङ्गो बनाइदिएको छ। नागरिकता जस्तो अति संवेदनशील विषयमा समेत नागरिक र स्वयं राज्यका सबै तहमा कुन स्तरको बुझाइको दरिद्रता थियो/छ भन्ने छर्लंग पारिदिएको छ। नेपाल देश नै होइन भन्ने कि जस्तो देखिन/ बुझिन थालेको छ। तीनतिर खुल्ला सीमानाको कारण को देशभित्र छ, को… Continue reading
अस्ट्रेलियामा नेपाली नर्स पक्राउको समाचारमा नेपाली मिडियाले फैलाएको भ्रम
अस्ट्रेलियामा नर्सिङ असिस्टेन्टको रुपमा काम गर्ने एक नेपाली युवती पक्राउ परेको हेडलाइनसहितका समाचार हिजो नेपाली अनलाइनहरुमा आयो। आज केही दैनिक पत्रिकाहरुले पनि यसलाई समाचार बनाएको भेटियो। समाचारहरु पढ्दा लाग्छ, यो भर्खरैको घटना हो। ती नेपाली युवती भर्खरै पक्राउ परेकी हुन्। यस्तो मानिरहनुभएको छ भने तपाईँ गलत हुनुहुन्छ। किन? आउनुस् म तपाईँलाई प्रमाणसहित देखाउँछु।
के हो नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको भाइरल फोटोको तथ्य?
के तपाईँले सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अरु व्यक्तिहरुसित लाइन लागेको फोटो देख्नुभएको थियो? पत्याउनु भएको थियो? पत्याउनु भएको भए नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्नुस्, जसमा यो फोटो पुरानो भएको र भ्रामक व्याख्यासहित फैलाइएको प्रष्ट पारिएको छ।
रवि लामिछाने सांसद नरहने गरी सर्वोच्चले गरेको आदेशका ५ प्रमुख बूँदा
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि रवि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री बनेका थिए। तर आज सर्वोच्च अदालतले उनी सांसद बन्न उम्मेदवार हुनै नपाउने आदेश गरेको छ। उम्मेदवारै हुन अयोग्य भनेपछि निर्वाचित भई काम गर्न पाउने कुरा भएन। त्यसैले उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र दिने लगायतका काम कारबाही उत्प्रेषणको आदेशले बदर गरेको… Continue reading
काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन
आजदेखि शहिद सप्ताह मनाइँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा काठमाडौँको टेकुस्थित एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई ‘शास्त्री’ भनिएको रे। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद… Continue reading
के हो यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजभित्रैबाट खिचेको भन्दै भाइरल भिडियोको तथ्य ?
१५ जनवरी २०२३ मा यति एयरलाइन्सको 9N-ANC कलसाइन भएको एटिआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु थिए। विदेशी यात्रुमध्ये पाँच जना भारतीय थिए। ती मध्ये एक सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दावी गरेको एउटा भिडियो… Continue reading
यति एयरलाइन्सको जहाज दुर्घटनाका दुई अविश्वसनीय भिडियो
माघ १, २०७९ नेपालको उड्डयन इतिहासमा एउटा कालो दिनका रुपमा रहनेछ। नेपाली आकाशमा पहिलो पटक एटिआर ७२ विमान दुर्घटना भयो। नेपाली उड्डयन इतिहासमा सबैभन्दा धेरैको ज्यान गएको आन्तरिक उडानको दुर्घटना पनि बन्यो। मौसम सफा रहँदा पनि पोखरा एयरपोर्टनजिकै यो विमान दुर्घटना भयो। कारण थाहा पाउन बाँकी नै छ। तर धन्न एयरपोर्ट नजिकैको बस्तीमा विमान दुर्घटना… Continue reading
यसकारण सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा भए, यस्तो छ अब उनले पालना गर्नुपर्ने पाँच शर्त
नाबालिगलाई जबर्जस्ती करणीको मुद्दा खेपिरहेका सन्दीप लामिछानेले अब थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्। यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा बसेरै मुद्दा लड्नु पर्ने भनी दिएको आदेशलाई आज उच्च अदालत पाटनले सशर्त खारेज गरेको हो। ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा छाड्ने कि नछाड्ने भन्ने विषयमा लामो व्याख्या गर्दै विभिन्न पाँच… Continue reading