Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो :)

Posted on February 21, 2025February 21, 2025 by Salokya

आइपिओ निकालेर सर्वसाधारणलाई समेत मालिक बनाइसकेको कम्पनी नेपाल रिपब्लिक मिडियाको अनलाइन न्युजपोर्टल ‘नागरिकन्युज’ले  गरेको गैरजिम्मेवार पत्रकारिताको एउटा उदाहरण हिजो देखियो। पत्रकारिताका विद्यार्थीहरुले कालान्तरमा यसलाई नागरिकको ‘ज्ञवाली-ट्रम्प काण्ड’का रुपमा याद गर्नेछन्। नागरिकन्युजले एउटा गलत समाचार गलत शीर्षकसहित लेखेर भाइरल बनायो, त्यसपछि गल्ती नस्वीकारिकन, सुटुक्क सच्याएर पाठकलाई उल्लु बनायो। भएको के थियो, आउनुस् विस्तारमा बुझौँ।

सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१ – नेताहरुलाई बचाउने विधेयक

Posted on January 30, 2025 by mysansar

प्रस्तावना: नेपालको महान लोकतान्त्रिक इतिहासमा अर्को स्वर्णीम अध्याय थप्दै, हाम्रो सम्माननीय नेताहरूको पवित्रता, इज्जत, र असल चरित्रलाई बचाउन अपरिहार्य “सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१” पारित गर्नुपरेको छ। यो ऐनको मुख्य उद्देश्य भनेको जनताका मुख सिल गर्नु, आलोचना बन्द गराउनु, अनि “नेता भनेको नै सत्यको अवतार हो” भन्ने सिद्धान्तलाई कानूनी मान्यता दिनु हो।

समाचार आयो- राजस्व विभागको सफ्टवेयर ह्याक, साँच्चै हो र? आखिर भएको के हो ?

Posted on January 25, 2025January 25, 2025 by Salokya

“राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेको आरोपमा दुई जना पक्राउ” हिजो यो शीर्षक र व्यहोराका समाचार धेरै वटा न्युजपोर्टलहरुमा आयो। ठ्याक्कै यही हेडलाइन नेपाल समाचारपत्रको न्युजपोर्टल न्युजअफनेपालमा थियो भने यस्तै खालको समाचार प्रशासन र अर्थसरोकार लगायत अन्य न्युजपोर्टलहरुमा पनि थिए। टेकपानाले भने भाटभटेनीको कर प्रणाली ह्याक गरेको शीर्षक बनाएको थियो। आज कान्तिपुरको… Continue reading

‘रासस’को समाचारले उब्जाएको अन्यौल, राससले लेख्यो भन्दैमा जे पनि छाप्दिने? क्रसचेक गर्न नपर्ने ?

Posted on January 24, 2025January 24, 2025 by Salokya

यो तलको स्क्रिनसट कान्तिपुरमा छापिएको तर कान्तिपुरका रिपोर्टरले नभई रासस अर्थात् राष्ट्रिय समाचार समितिका रिपोर्टरले लेखेको समाचार हो। राससमा अदालत हेर्ने छुट्टै रिपोर्टर छ । त्यति मात्रै होइन, राससका रिपोर्टर कालिका खड्का संवैधानिक तथा कानूनी पत्रकार मञ्चको बहालवाला अध्यक्ष समेत हो । बाइलाइन नरहेकोले यो समाचार उनले लेखिन् वा लेखिनन् त्यो त थाहा हुने कुरा… Continue reading

एउटा भुस्याहा कुकुरको आँखाबाट: मायाकुमारीको कथा

Posted on January 13, 2025January 13, 2025 by mysansar

त्यो बिहान अलि चिसो थियो। बिहानको पहिलो सूर्यको झुल्कोलाई पछ्याउँदै म सडकतिर दौडिरहेको थिएँ। पेटमा भोक थियो, मनमा अभाव थियो। अचानक, ठूलो हल्ला भयो। मान्छेहरूको चिच्याहट, गाडीहरूको हर्न, र एकथरी डरभित्र लुकेको आक्रोश। मेरो कान ठाडा भए। केही पर, मैले देखेँ—एक ठूलो कालो भैँसी। उसका आँखा टिलपिल गर्दै थिए। त्यही आँखाबाट डर, पीडा, र अन्तिम… Continue reading

के हो समानुपातिक मतको ‘थ्रेसहोल्ड’भनेको? बढाउँदा के हुन्छ? अहिलेकै अवस्थामा कसको कति सिट हुन्थ्यो?

Posted on January 9, 2025 by Salokya

आजको पत्रिकामा तपाईँले ‘निर्वाचन कानुन संशोधनको तयारी भइरहेको र ५ प्रतिशत ‘थ्रेसहोल्ड’ प्रस्ताव’ गरिएको समाचार पढ्नुभयो होला। यो भनेको के हो? यो कानुन संशोधन गर्दा कसलाई के असर गर्छ? अहिलेकै जति मत ल्याएको भए अहिलेको प्रतिनिधि सभामा कसले कति सिट पाउँथे, कुन दललाई कति फाइदा र कुन दललाई कति घाटा हुन्थ्यो, आउनुस् यो बारेमा सरल… Continue reading

‘नागरिक’को अडिट रिपोर्ट : बक्यौताको समस्याले कम्पनीको भविष्य जोखिममा

Posted on January 5, 2025January 5, 2025 by Salokya

नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हुँदैन थियो। तर अब झण्डै ४५ प्रतिशत सेयरधनी पब्लिक भएपछि सबै सार्वजनिक गर्न कानुनले पनि बाध्य बनाउँछ। घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न नपाइने… Continue reading

कान्तिपुरको वाइडबडी मेनन्युज काण्डको थप शल्यक्रिया : यी हुन् ब्लन्डर तथा सिल्ली मिस्टेकहरु

Posted on January 3, 2025January 3, 2025 by Salokya

‘कान्तिपुर’ले इस्वी संवतको नयाँ वर्ष २०२५ को पहिलो दिन छापेको न्युजमा सर्सर्ती हेर्दा देखिएका दुई गल्तीबारे हिजै ब्लग लेखिसकेको थिएँ। आजको अङ्कमा गल्ती सच्याउनुको साटो त्यही गलत तथ्यमा टेकेर सम्पादकीय लेखेको देखेपछि त्यो न्युजलाई फेरि मिहीन रुपमा पढी हेरेको त अहो…अझै यति धेरै ब्लन्डर अनि सिल्ली मिस्टेकहरु रहेछन् कि फेरि अर्को ब्लग लेख्न बाध्य भइयो।… Continue reading

‘कान्तिपुर’को मेन न्युजमै गल्ती : अमेरिकी अदालतले नगरेको फैसला ‘मिडिया’ले नै गरिदिएको?

Posted on January 1, 2025January 1, 2025 by Salokya

कान्तिपुरले इस्वी संवतको नयाँ वर्षको पहिलो दिन छापिएको मेन न्युजमै केही गम्भीर गल्ती गरेको छ। वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन शीर्षकको मातृका दाहालको बाइलाइनको समाचारमा नेपाल एयरलाइन्सले सन् २०१६/१७ तिर दुई थान वाइडबडी जहाज खरीद गर्ने क्रममा भएको घोटालाबारे विवरण छ। जहाजका लागि भुक्तानी गरेको रकम आयरल्यान्ड पुगेपछि घूस सिंगापुर र दुबईसमेत… Continue reading

सुजिता काण्ड : कान्तिपुरका प्रधान सम्पादकको ५ बूँदे स्पष्टीकरणले स्पष्ट पार्न नसकेका ५ विषय

Posted on December 13, 2024December 14, 2024 by Salokya

अस्ति मंगलबार मैले नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…ब्लग लेखेको थिएँ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुहोला। आज त्यही समाचारको बारेमा कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले ५ बूँदे स्पष्टीकरण लेखेका छन्। छापिएको छ चौथो पेजको ‘सम्पादकलाई चिठी’ स्तम्भमा। पत्रकारितामा रुचि छ अझ पत्रकारिताकै विद्यार्थी हुनुहुन्छ भने यो पढ्नुभएन… Continue reading

नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…

Posted on December 10, 2024December 10, 2024 by Salokya

हिजो सोमबार तपाईँले ‘कान्तिपुर’को छैटौँ पेजमा छापिएको एउटा समाचार पढ्नुभो ? अचेल कसले पत्रिका किनेर पढ्छ र भन्नुहोला। ल भैगो नि त, अनलाइनमा भए पनि पढ्नुभो ? पढ्नुभएको छैन भने तपाईँको आधा जिन्दगी खेर जाने खतरा हुन्छ है। यति रमाइलो समाचार पनि नपढ्ने? पढ्ने बित्तिकै यो ब्लग लेख्न हात चिलाइसकेको थियो तर हिजो लेख्नै भ्याइएन।… Continue reading

एनपिएलको चर्चासँगै प्रेस प्रिमियर लिग : नेपालमा पत्रकारहरूको अक्सन भयो भने ? :)

Posted on November 28, 2024November 28, 2024 by Salokya

क्रिकेटको नेपाल प्रिमियर लिग (एनपिएल) चर्चा अहिले चुलीमा पुगेको छ। यसले खेलकुदमा उत्साह र मनोरञ्जनको नयाँ आयाम थप्दैछन्। तर, के यी लिगका शैलीहरू पत्रकारिता क्षेत्रमा पनि लागू गर्न सकिन्छ? सोचौं त, यदि नेपालमा पत्रकारहरूको पनि अक्सन गरेर “प्रेस प्रिमियर लिग” (पीपीएल) को आयोजना गरियो भने कस्तो रमाइलो होला?

एआईले समेत पत्याएन शतप्रतिशत नाफा गरेँ भन्ने ‘नागरिक’को डिभिडेन्ड दिने ‘गफ’

Posted on November 27, 2024November 27, 2024 by Salokya

आइपिओ जारी गरी नेपालको एक मात्र पब्लिक मिडिया कम्पनी बन्न सफल नेपाल रिपब्लिक मिडियाले हिजो मंसिर १३ १० गते काठमाडौँमा साधारण सभा गर्‍यो। यसबारेमा सोही कम्पनीले छाप्ने पत्रिका नागरिक दैनिकमा आज मंगलबार पहिलो पेजमा मुख्य समाचार थियो भने आर्थिक पेजमा पूरै पेज नै यसैका लागि खर्चेको छ। तर त्यसले भ्रम पनि छरेको छ। कसरी ?… Continue reading

मुस्ताङको त्यो रहस्यमय गुम्बा

Posted on November 23, 2024 by Salokya

एक वर्षअघिको कुरा हो। म आफ्नो जीवनको एउटा अजीब मोडमा उभिएको थिएँ। समय थियो सन् २०२३। महिना किन लेखिरहनु? म त आफ्नो यात्रा संस्मरण लेख्दैछु। मेरो जीवनमा एउटा ठूलो आँधी आयो। विश्वास गरेकी व्यक्तिले विश्वासघात गरिन्। पिताले अंशमा दिएको घर उनकै नाममा राखेको थिएँ। तर एक दिन उनले भनिन्, “तिमीलाई कुनै हिस्सा दिइन्न। यो सबै… Continue reading

चिना बिग्रिएको मान्छे !

Posted on November 21, 2024November 23, 2024 by Salokya

जे छ, त्यसैलाई स्वीकार। वर्तमानमा बाँच। समतामा बस। भगवान बुद्धले हजारौँ वर्षअघि दिएको यति सामान्य कुरा पनि म जस्ता बुद्धुहरुको दिमागमा किन घुस्दैन? दिमागमा घुसे पनि व्यवहारमा किन उत्रँदैन? १०० अङ्कको लेख्ने परीक्षा भए शतप्रतिशत अङ्क ल्याइन्थ्यो होला, तर जीवनको व्यवहारिक परीक्षामा किन ‘फेल’ होला कि जस्तो पारा आउँछ? विगत बितिसक्यो, भविष्य आउनै बाँकी छ।… Continue reading

कहाँ हराएँ म ?

Posted on November 14, 2024November 14, 2024 by Salokya

सेप्टेम्बर २२ पछि ब्लग अपडेट नभएको रहेछ। दिन गन्दा ५३ पुगिसकेको रहेछ। यत्रो दिन गयल त माइसंसारको इतिहासमा कहिले पनि भएको थिएन। तर, अहिले परिस्थिति नै त्यस्तै छ। यसअघि कहाँ हराएँ म शीर्षकमा नै मे ११ मा ब्लग लेखिसकेको छु। अवस्था त्यही हो। छिट्टै नियमित ब्लग लेख्ने गरी फर्कन सकूँ, यही आशीर्वाद दिनुहोला। अहिलेलाई यति… Continue reading

डिजिटल नेपाल: जहाँ QR कोड हेर्न चश्मा चाहिन्छ, तर पैसा तिर्न नगद!

Posted on September 22, 2024September 22, 2024 by mysansar

पुष्पेन्द्र खड्का – भदौ ३१ गते बिहानको चिसो हावामा म हतारिएर कार्यालयतिर अघि बढ्दै थिएँ। सवारी साधनको तेलमापन पट्टीले रातो संकेत देखाउँदा, म नजिकैको पेट्रोल पम्पमा रोकिएँ। तर त्यहाँ ठूलो अक्षरमा लेखिएको थियो, “पेट्रोल छैन ।” दोस्रो पम्पमा पनि उस्तै हाल। अरे बाबा! यो मूल्य बढ्ने अघिल्लो दिन र घटेको भोलिपल्ट पेट्रोल नहुने चक्करको नयाँ… Continue reading

लौ न नि, के देख्नुपर्‍यो यस्तो !

Posted on September 18, 2024September 19, 2024 by Salokya

गरिमा विकास बैँकले आफ्नो सोसल मिडियामा गएको सेप्टेम्बर १ तारिखमा एउटा पोस्ट गरेको रहेछ। त्यसमा आफ्ना सिइओलाई बधाई दिइएको रहेछ। कुरा के रहेछ भने, त्यो पोस्टका अनुसार, सिइओले मानार्थ डक्टरेट उपाधि पाएछन्। लौ राम्रो ! कुन युनिभर्सिटी रहेछ भन्ने लाग्यो र नियालेर हेरेँ- ग्लोबल इन्टिग्रेटेड युनिभर्सिटी रे। होला कुनै युनिभर्सिटी भनेर त्यति वास्ता गरिनँ। तर… Continue reading

बेल्जियममा ढुकुटी प्रकरण: हाम्रो समुदायलाई हल्लाउने आर्थिक भूकम्प

Posted on September 16, 2024September 16, 2024 by mysansar

नमस्कार साथीहरू! म नमिता, बेल्जियममा बस्ने एक नेपाली आप्रवासी। आज म तपाईंहरूसँग एक यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले हाम्रो समुदायलाई हल्लाएको छ – ढुकुटी प्रकरण। यो ब्लगमा हामी यस प्रकरणको विस्तृत विश्लेषण गर्नेछौं, यसको प्रभाव बुझ्नेछौं, र यसबाट सिक्न सकिने पाठहरू बारे छलफल गर्नेछौं।

हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो

Posted on September 8, 2024September 8, 2024 by Salokya

नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउडको वाक अफ फेममा समावेश भएको समाचार पढ्नुभो ? केही अनलाइन मिडियाले यसबारे समाचार लेखेका छन्। समाचारको स्रोत के रहेछ भन्दा त पोखरेलकै पत्नी निशा शर्माको फेसबुक स्टायटस रहेछ। उनी निशाको चाहिँ स्रोत के रहेछ भन्दा एक जना अर्कै व्यक्तिको नाम रहेछ। खास भरपर्दो स्रोत नलागेपछि के रहेछ भनेर खोज्न… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme