Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिजोको ‘नाइट सो’ मा के-के भयो देशमा ? १० बूँदामा

Posted on September 12, 2025September 12, 2025 by Salokya

देश हिजो हल्लैहल्लाले हल्लाएको थियो। तर हिजो रातभर केही महत्त्वपूर्ण कुरा पनि भएको छ जसलाई ‘नाइट सो’ छुटाउनु भएकाहरुका लागि छोटकरीमा १० बूँदामा १. सुशीला कार्की कार्डअन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरा त हुने निश्चित जस्तै भएछ।  जेनजीले उनैलाई बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रपति पनि सहमत भएछन्। परम्परागत दलहरु पनि सहमत भएछन्। अब… Continue reading

हल्लै हल्लाले हल्लायो देश

Posted on September 11, 2025 by Salokya

सोमबारको जेन जी प्रदर्शनपछि तीव्र गतिमा परिवर्तन हुँदै गरेको देशको राजनीतिक परिस्थिति आज चौथो दिनमा आइपुग्दा हल्लै हल्लाले हल्लाएको छ। पुष्टि कसैले गर्न सकेका छैनन् तर हल्ला त यस्तो छ मानौँ आजै मध्यरातसम्म केही भइसक्छ। कतिले राजा फर्काइसके, कतिले राष्ट्रपतिलाई थुतिसके। कतिले कू नै गराइसके। कतिले श्री एयरलाइन्सको उडान दिल्लीमा अवतरण गराइसके भने कतिले इन्डिगो… Continue reading

संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि…

Posted on September 11, 2025September 11, 2025 by Salokya

यहाँहरुमध्ये धेरैले ध्रुव राठीको भिडियो युट्युबमा हेर्नुहुन्छ होला। २९ मिलियनभन्दा बढी सब्सक्राइबर्स भएका उनले हिजो नेपालको बारेमा एउटा भिडियो राखे- जसमा सुरु मै भनिएको छ कि पूर्व प्रधानमन्त्रीको घरमा आगो लगाउँदा उनकी पत्नीको निधन भयो। प्रमाणका रुपमा उनले भारतीय मिडिया मिन्टको अनलाइनमा प्रकाशित समाचार राखेका थिए। ध्रुव राठीमात्रै होइन, अन्य थुप्रै भारतीय मिडियाले पनि यो… Continue reading

देशमा के भइरहेको छ ?

Posted on September 10, 2025September 10, 2025 by Salokya

हेडलाइनको जवाफ खोज्न ब्लग पढ्दै हुनुहुन्छ भने निराश हुनुपर्ने अवस्था छ। देशमा के भइरहेको छ, कसैलाई थाहा छैन। यति छिटो छिटो चेन्ज भयो कि भेउ पाउनै गाह्रो भइरहेको छ। सोमबार जेन जीको शान्तिपूर्ण भनिएको आन्दोलन भड्काइएपछि १, २ गर्दागर्दै १९ जनाको मृत्युको समाचार सुन्नु पर्‍यो। आज बुधबार रातिसम्म आइपुग्दा ज्यान गुमाउनेको संख्या ३० पुगेको पुष्टि… Continue reading

१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश

Posted on September 9, 2025September 9, 2025 by Salokya

अहिले मैले ब्लगमा यी शब्दहरु लेखिरहँदा राजधानी काठमाडौँ एउटा नेतातन्त्रविरुद्ध आक्रोशको ज्वालामुखी फुटेको ठाउँका रुपमा परिणत भइरहेको छ। यी शब्द लेख्नुभन्दा अगाडि म काठमाडौँका केही ठाउँहरु घुमेको थिएँ। यति आक्रोश थियो, यति पीडा थियो कि के भनौँ। भन्नलाई त सरकारले बिहानैदेखि कर्फ्यु लगाएको घोषणा गरेको थियो। तर कर्फ्युको घोषणा गर्नु र त्यसलाई लागू गराउनुमा फरक… Continue reading

बिना जानकारी खाता रोक्काको गुनासोमा राष्ट्र बैँकले भन्यो- ‘Your complaint is invalid’

Posted on August 31, 2025August 31, 2025 by Salokya

यसअघिको ब्लगमा मैले भदौ ४ गते ग्लोबल आइएमईको मोबाइल एपबाट भुक्तानी गर्न खोज्दा नभएको र पछि ब्याङ्कलाई इमेल गर्दा मात्र अदालतको आदेशमा खाता रोक्का भएको जानकारी पाएको लेखेको थिएँ। (छुटाएको भएको भए पढ्न यहाँ क्लिक गर्नुस्) अदालतले मलाई अहिलेसम्म मेरो ब्याङ्क खाता किन रोक्का भयो भन्ने जानकारी दिएको छैन। अंशचलनको मुद्दामा मैले अंश पाउने फैसला… Continue reading

ओरालो लागेको सालोक्यलाई ब्याङ्कले पनि खेद्छ !

Posted on August 28, 2025August 28, 2025 by Salokya

कल्पना गर्नुहोस्—तपाईँसँग नगद पैसा छैन। एक साँझ तपाईँ रकम भुक्तान गर्न मोबाइल ब्याङ्किङको क्युआर कोड स्क्यान गर्नुहुन्छ, तर असफल हुन्छ। एटिएम कार्ड चलाएर भुक्तान गर्न खोज्नु हुन्छ, तर मिल्दै मिल्दैन। पैसा तिर्नु पर्ने ठाउँमा रातो मुख लगाउनु बाहेक अरु के गर्न सकिन्छ ? यही अवस्था मेरो जीवनमा आयो अस्ति भदौ ४ गते।

आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा

Posted on August 25, 2025August 26, 2025 by Salokya

८२ दिनको मौनता ! जुन ४ मा माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा शीर्षकमा ब्लग लेखिसकेपछि झण्डै तीन महिना मौन रहेँ। मौनता पनि कहिलेकाहीँ चिच्याउँदो रहेछ। म भित्रैभित्र चिच्याइरहेको थिएँ, तर बाहिर लेख्ने हात चलेन। अहँ चल्दै चलेन। ८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्‍न कसैको कान थिएन। पछिल्लो… Continue reading

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

Posted on June 4, 2025June 4, 2025 by Salokya

“म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तर म पीडित भएकै कारण न्याय खोज्न यहाँ आएको हुँ। मेरो पीडाका डकुमेन्टहरु पेश गरिएका छन्। सिसिटिभी फुटेजहरु प्रमाण राखिएका छन्। मलाई न्याय दिनुस्। योभन्दा बढी म केही भन्न चाहन्नँ।” जिल्ला अदालतको इजलासको कठघरामा उभिएर यति भन्दै गर्दा म भक्कानिएँ।… Continue reading

राजपरिवार एकाएक ढलेको त्यो रात : उपचारमा संलग्न एक डाक्टरको अनुभव

Posted on June 2, 2025 by Salokya

१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको… Continue reading

एआईको सामग्री जस्तातस्तै छाप्दा मिडियालाई लाज छोप्‍न गाह्रो

Posted on May 27, 2025May 27, 2025 by Salokya

अचेल पत्रकारहरुले पनि एआईको प्रयोग बढाउन थालेका छन्। कतैकतै त सम्पादकीय समेत एआईलाई लेख्न लगाइएको भन्ने सुन्नमा आएको छ। तर होस नपुर्‍याई एआई प्रयोग गर्दा कस्तो लाजमर्दो अवस्था समेत आउन सक्छ भन्ने चाहिँ भर्खरै अमेरिकाको शिकागो सन टाइम्स पत्रिकाको घटनाले देखाउँछ।

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता

Posted on May 22, 2025May 22, 2025 by Salokya

फेसबुकमा अहिले एउटा प्रोफाइलको चर्चा छ- डाक्टर निकिता परियार। उनले आफ्नो नाम चाहिँ डाँ निकिता परियार भनेर लेखेको देखिन्छ। ‘डा’को मुन्तिर थोप्लो हुनुपर्नेमा उनले चाहिँ माथि चन्द्रबिन्दू जोडेका छन्। प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत भएको भन्दै धेरैले आफ्नो र उनको वालमा उनलाई ट्याग गरेर बधाई दिइरहेको पनि देख्न सकिन्छ। हल्का खोजी हेर्दा थाहा भयो, भारतीय सोसल… Continue reading

मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै

Posted on May 20, 2025May 21, 2025 by Salokya

घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ। त्यसमध्ये एउटा कम्पनी हो- कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड। प्राइभेट कम्पनीका रुपमा रहेको… Continue reading

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

Posted on May 15, 2025May 17, 2025 by Salokya

. केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।

कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए

Posted on May 2, 2025May 2, 2025 by Salokya

नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका… Continue reading

रेशम पक्राउ प्रकरण : एक अधिकृतको मात्र सनक हो कि राज्यले नै प्रवृत्त धारणा बोकेको?

Posted on May 1, 2025May 1, 2025 by mysansar

वैशाख १७ गते रेशम चौधरीलाई गरिएको गिरफ्तारी एक अनधिकृत पत्रको आधारमा, बिना स्पष्ट अदालती आदेश भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा विचाराधीन मुद्दाका व्यक्तिलाई समेत पक्राउ गर्ने सनकपूर्ण प्रवृत्तिले राज्यका संयन्त्रमा देखिएको स्वेच्छाचारीता र ल्याङफ्याङ्गे कार्यशैली उजागर भएको छ। कानुनका विद्यार्थी प्रवीण भट्टले घटनाका स्रोत, दस्तावेज र मिडिया रिपोर्टहरूको आधारमा यो… Continue reading

रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?

Posted on May 1, 2025May 1, 2025 by Salokya

आज फिल्ममा पनि हत्तपत्त नदेखिने एउटा अनौठो काण्ड हाम्रो नेपालमा भयो। एक जना नेता करिब चार घण्टा पक्राउ परेर जेल चलानसमेत गरिए। सर्वोच्चको जुन पत्रका कारण उनलाई जेल पठाइएको थियो, त्यो पत्र नै अनधिकृत भएको खुलेपछि पत्र लेख्ने सर्वोच्चकै कर्मचारी अधिकृत उल्टो पक्राउ परे। एक जना ‘सनकमान’को सनकले प्रहरी र सर्वोच्च प्रशासनमात्र हैन, देशै हल्लाइदियो।… Continue reading

अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्ड

Posted on April 16, 2025April 16, 2025 by Salokya

देशलाई ‘अंकड स्पिड’ चाहिएकोमा सरकार ट्रयाक्टरको स्पिडमा भयो रे। केही बुझ्नुभो ? अहँ, बुझिएन। तर धेरै वटा अनलाइन मिडियाहरुले यसैगरी समाचार लेखे हिजो गगन थापाको भाषणमा। गगन थापाले जे बोले पनि समाचार बन्छ। तर के बोलेको भन्ने पत्रकारहरुले थाहा नपाई पनि समाचार बन्दो रहेछ भन्ने चाहिँ हिजो प्रमाणित भयो। आउनुस्, नपढे आधा हैन एक चौथाइ… Continue reading

दुर्गा प्रसाइँ पक्राउ : पुलिस र मिडियाले हामीलाई ‘उल्लु’ बनाए

Posted on April 11, 2025April 11, 2025 by Salokya

दुर्गा प्रसाइँ भारतमा पक्राउ परेको खबर हिजै फैलिसकेको थियो। मिडियामा मात्र होइन, दुर्गा प्रसाइँ लुकेकै अवस्थामा भिडियो र स्टायटसहरु पोस्ट भइरहने फेसबुक पेजबाट समेत ‘आत्मसमर्पण’ गरेको दावी गरियो। तर नेपाल प्रहरीले भने हिजै राति प्रेस विज्ञप्ति जारी गर्दै ‘दुर्गा प्रसाइँ हालसम्म पक्राउ नपरेको’ दावी गरियो। सर्वसाधारण ट्वाँ परे। यसमा मिडिया गलत होइन, प्रहरीले झुक्याएको रहेछ… Continue reading

माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई !

Posted on April 6, 2025April 7, 2025 by Salokya

सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। यो त्यही दिन थियो, जुन दिन मैले जानी नजानी माइसंसारको पहिलो ब्लग लेख्दै यो यात्राको सुरुवात गरेको थिएँ। मेरो संसार नामबाट माइसंसार सुरु हुँदा, मैले सोचेको थिइनँ—एकदिन यो मेरो संसार नै बन्न पुग्छ। आज इस्वी संवत् र विक्रम संवत् दुवै मिलेको छ। २० वर्ष… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme