Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जहाज सकुशल, पत्रकारिता दुर्घटनामा !

Posted on April 25, 2023April 25, 2023 by Salokya

फ्लाइदुबईको एउटा जहाज सोमबार काठमाडौँबाट उडेको केही समयमा प्राविधिक खराबी आयो। केही समयमा नै जहाजले समस्या समाधान भएको जनाउ दिँदै गन्तव्यतर्फ लाग्यो। जहाज सकुशल थियो तर पत्रकारिता भने दुर्घटनामा पर्‍यो। मनगढन्ते समाचारको बाढी आयो। हेरौँ केही उदाहरण

जहाज काठमाडौँबाट आफ्नो गन्तव्य दुबईतर्फ नै गएको थियो। तर शिलापत्रले फेसबुकमा लाइभ गर्दै लेख्यो- फ्लाइ दुबईको विमान दिल्लीमा सफल अवतरण भएको छ (लाइभ) 

जहाज दिल्लीमा अवतरण भएन, दिल्लीको आकाश हुँदै दुबईतिर लाग्यो। तर यस्तो समाचार राख्ने पत्रकारिता दुर्घटनामा पर्‍यो। कहाँबाट हचुवा जानकारी पाएर फेसबुकमा लाइभ गरेछन् ? अचम्म।

उडिरहेको प्लेन रोकेर निरीक्षण गरेको रे

अर्को अनौठो समाचार सेतोपाटीमा पढ्न पाइयो। समाचार अनुसार फ्लाइदुबईको त्यो उडिरहेको जहाज केही बेर रोकिएछ। रोकेर पाइलटले जहाजको निरीक्षण गरेछ। अनि सबै नर्मल छ भनेपछि उडेछ।

हे  राम ! उडिरहेको प्लेनै केही बेर रोकिदिएको ! अनि चियासिया पनि खाए कि, त्यो पनि खुलाए हुने।

सेतोपाटीको समाचार अर्काइभ लिङ्क यता क्लिक गरी पढ्नुस्। 

बीचैमा फर्काएर काठमाडौँमा ल्यान्ड गराउन पनि भ्याए

जहाज दुबईतिर उडिरहँदा नेपालका मिडियाले भने आगलागी भएकोमात्र लेखेनन्, इन्जिन पड्केको पनि ठोकुवा गरी भ्याए। अनि बीचैबाट फर्काएर काठमाडौँमा ल्यान्डसमेत गराउन भ्याए।

हुँदै नभएको समाचार पनि पढ्नु पर्ने बाध्यता आइलाग्छ। हेर्नुस् जनआस्थाको समाचार-

 

थप अपडेट

हिजो राति निद्राले झ्याप भएकोले लेखेर सोसल मिडियामा सेयर पनि नगरी सुतेँ। एकसरो पढ्न पनि भ्याएको थिएन। कतै आफैले पनि गल्ती लेखियो कि भन्ने नि लागिराथ्यो। बिहान सेयर गर्दा थप केही स्क्रिनसट पनि पाइयो।

यो ट्विटरमा रोशनले सेयर गर्नुभएको-

ए, भनेपछि कान्तिपुर टिभीले समेत जहाजलाई आफै पाइलट बनी वरी दिल्लीमा सुरक्षित अवतरण गर्न भ्याएको रैछ ? अनि अहिले कान्तिपुर टिभीको ट्विटर ह्यान्डल हेर्दा त देखिनँ यो ट्विट। गल्ती गरेपछि माफी माग्न लजाउनु नेपाली पत्रकारिताको पुरानो विशेषता हो। अनि प्रश्न गर्दा त अस्ति देख्नुभएन भनेको- नागरिकको सूचनाको हक  र पत्रकारितामाथि धावा बोल्ने निम्छरो प्रयास रे। 

आफै पाइलट, आफ्नै अनुमान

अनि यो हेर्नुस् नेपालप्रेसको समाचार-

उडिरहेको प्लेनका पाइलटसँग सम्पर्क गरेर सोधेको हो कि आफै पाइलट बनी अनुमान गरेको हो- इन्धन सकाउन आकाशमा घुमेको रे जहाज।

भएको के थियो ?

गभर्मेन्ट अफ दुबई मिडिया अफिसको आधिकारिक ट्विटरर ह्यान्डलका अनुसार काठमाडौँबाट टेकअफ गर्ने बित्तिकै जहाजमा चरा ठोक्किएको थियो। तर स्ट्यान्डर्ड प्रोसेड्योर फलो गर्दै नर्मल रुपमा जहाज दुबई तिर प्रस्थान गरेको थियो।

A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…

— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023

फ्लाइटरेडार २४ हेर्ने हो भने प्लेन काठमाडौँबाट उडेर सीधै दुबईमा मात्र ल्यान्ड गरेको देखिन्छ।

स्थानीय समय अनुसार राति १२ बजेर ११ मिनेटमा जहाज सकुशल ल्यान्ड गरेछ तर यो क्रममा बिचरा पत्रकारिता भने दुर्घटनामा पर्‍यो। हार्दिक समवेदना भन्न हतार नगरौँ, घाइते मात्र भएको हो, मन गरे सुधार्ने ठाउँ प्रशस्त छन्। शुभ-कामना दिउँ बरु।

3 thoughts on “जहाज सकुशल, पत्रकारिता दुर्घटनामा !”

  1. Narayan Manandhar says:
    April 27, 2023 at 8:23 am

    It is even not sure whether they had “experienced a bird strike”. You also failed to miss this fact.

    Reply
  2. Raj Bajagain says:
    April 25, 2023 at 12:25 pm

    Dherai ramro anusandhan dai hats off your journalism.

    Reply
  3. Bidur Adhikari says:
    April 25, 2023 at 9:14 am

    Good fact check. Keep it up!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme