पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी विभिन्न दावी गरे। ‘अन्तरिक्ष पनि हाम्रो हो। अन्तरिक्षबाट, स्याटेलाइटबाट हामी काम गर्नेछौँ’, ओलीले भने, ‘स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि हाम्रो मार्ग, अरुले लिएको मार्ग, अरुले… Continue reading
आदेशका अध्यक्ष, परमादेशका प्रधानमन्त्री
एमालेले नारायणी नदीको किनारमा आज १० औँ महाधिवेशनको उद्घाटन गर्यो। देशभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेको फोटो अहिले मिडियामा देख्न पाइन्छ। कार्यक्रममा एमालेले परमादेशका प्रधानमन्त्री भन्ने गरेका शेरबहादुर देउवा पनि उपस्थित थिए। लामो समयपछि पूर्व प्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्री देउवा एउटै मञ्चमा उभिएका थिए। सर्वोच्च अदालतले परमादेश नदिएको हुँदो हो त प्रधानमन्त्री ओली अनि… Continue reading
चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको?
प्लेन उड्दै थियो। उड्दाउड्दै पाइलटको ड्युटी आवर सकियो। त्यसपछि लानुपर्ने ठाउँमा नलगी पाइलटले प्लेनलाई डाइभर्ट गरेर अर्कै ठाउँमा झारे। यस्तै खालका समाचार भाइरल भएको थियो हिजो। तर साँझ पर्दा नपर्दै त्यस्ता समाचारमा केही गल्ती भएको खुल्यो। अधिकांश समाचारहरुमा लेखिए जस्तो जहाज रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको होइन रहेछ। त्यो एयरपोर्ट त धेरै भइसक्यो बन्द भएको।… Continue reading
चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया
आज एउटा समाचार एकदमै चर्चामा आयो- नेपाल वायुसेवा निगमको एक जना पाइलटले रुकुमको चौरजहारी पुर्याउनु पर्ने विमान ड्युटी सकियो भनेर नेपालगञ्जमै झारेछन् रे। अलि अनौठो खालको खबर भएकोले सबैको ध्यान तानियो। एउटाले लेखेपछि अर्कोले पनि लेख्यो। हुँदाहुँदा भएभरका मिडियामा एउटै कुरा देखियो। तर खासमा पाइलटले मात्र एक ठाउँमा पुर्याउनु पर्ने जहाज अर्को ठाउँमा लगेका होइन… Continue reading
२० मिनेटको कार्यक्रम देखाउन नमानेको आस्था टिभीलाई रामदेवले यसरी आफ्नो कब्जामा लिएका थिए
नेपालमा अनुमति नै नलिई प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र नेताहरुको लर्को लगाएर भारतीय योगगुरु रामदेवले दुई वटा टेलिभिजनको उद्घाटन गरेको बारे चर्चा चलेको छ। प्रधानमन्त्रीले नै गैरकानुनी टेलिभिजनको उद्घाटन गर्ने हो त भनेर प्रश्न पनि हाम्रा मिडियामा उठाइएका छन्। तर यहाँ मैले चाहिँ उद्घाटन भएको आस्था नेपाल टिभी र पतन्जली नेपाल टिभीको नभई रामदेवको हातमा भारतको… Continue reading
अब हाम्रो हरियो हैन, खैरो पासपोर्ट
हामीले अहिले बोक्दै आएको नेपालको पासपोर्ट हरियो रङको थियो। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर्ड हुने बेला आउँदैछ। किनभने आजदेखि जारी भएको नेपालको इ पासपोर्टको रङ परिवर्तन भएको छ। राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो।
मदिराको विषयमा मिडियाका अगाडि निरीह विज्ञापन बोर्ड
यसपालि दशैँतिहारको चाडवाडमा मिडिया साहुहरुलाई फाइदै भो। तपाईँहरुले पनि याद गर्नुभयो होला, चल्तीका कति पत्रिकाहरुले ज्याकेट ओढेका थिए। फ्रन्टपेजमा समाचारको साटो विज्ञापन देखिनुलाई ज्याकेट लगाएको भन्छन् प्राविधिक भाषामा। यस्तो ज्याकेट अधिकांश मदिरा कम्पनीहरुका थिए। अनलाइनहरुमा पनि क्लिक गर्ने बित्तिकै समाचार नदेखेर यस्तै मदिराका विज्ञापन देखेको पनि धेरैले याद गर्नुभयो होला। मिडियाले विज्ञापन पाउनु राम्रै कुरा… Continue reading
के किताब पढेर र भिडियो हेरेर पनि विपश्यना ध्यान साधना गर्न सकिन्छ?
विपश्यना ध्यान बारे ब्लगहरु लेखिरहने भएर होला, कहिलेकाहीँ व्यक्तिगत प्रश्नहरु मलाई आइरहेको हुन्छ। त्यसो त एक दशकदेखि यसको अभ्यास गर्दै आए पनि म यो विद्याको एक सामान्य साधक मात्रै हुँ, कसैलाई सिकाउने वा सल्लाह दिन म सक्षम छैन। तर पनि आफूले जानेका सामान्य विषय सुझाव दिई थप बुझ्नका लागि सम्पर्क गर्न सकिने स्थान बताउने गरेको… Continue reading
विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु
-गौतम ‘उदय’- कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैव कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे यतिबिघ्न विकसित हुनु पछाडिका २ वटा थप कारणहरु हुन्। सदैव एकै प्रकारका (Stereotype) कुराबाट मान्छे खुसी हुन पनि सक्दैन र… Continue reading
मिडिया दावी : अनि, निस्कियो त गुरुत्वबलबाट बिजुली?
मिडियाले गरेका अपत्यारिला दावीहरुको फलोअप हामी यो शृङ्खलामा गर्नेछौँ। आज प्रस्तुत छ- २०७१ सालमा नेपाली मिडियामा ‘संसारमा अहिलेसम्म नभएको काम’ भन्दै खुबै प्रचार भएको एउटा विषय। २०७१ सालमा सेतोपाटीमा एउटा फिचर छापिएको थियो जसको शीर्षक थियो- पृथ्वीको गुरूत्वाकर्षणले तानेको एउटा युवा। ‘राम्ररी काम गर्न पाए एक वर्षभित्र गुरुत्त्व बलबाट बिजुली बाल्न सकिन्छ’ भनेर त्यसमा उनकै… Continue reading
मेटा : फेसबुकको नयाँ नाम, थाहा पाउनु पर्ने चार तथ्य
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। त्यसो त केही मिडियाले यसअघि नै फेसबुकले नयाँ नाम राख्न लागेको रिपोर्टिङ गरिसकेका थिए। आउनुस्, यो न्वारन बारे जान्नै पर्ने चार तथ्य बुझौँ।
वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता
-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading
विज्ञापन छापेको पेज गायब बनाउन नपाइने : बोर्डले मिडियाका लागि बनाएको आचार संहिता
कुनै एउटा कार्यालयले ठेक्काको विज्ञापन छापेको रहेछ। तर त्यो विज्ञापन छापिएको पत्रिका बजारमै पुगेनछ। पत्रिका बीचैमा गायब ! यस्तो कुरा तपाईँले पनि सुन्नुभएको होला। यस्तै खाले समस्या भएर नै होला, विज्ञापन बोर्डले हालै तयार पारेको विज्ञापन आचार संहिता, २०७८ को मस्यौदामा सञ्चार माध्यमले पालना गर्नुपर्न आचार संहितामा त्यसो गर्न नपाइने भनिएको रहेछ। विज्ञापन (नियमन गर्ने)… Continue reading
नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?
केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading
कथा : सम्बन्ध विच्छेद
-शशांक लामा- जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म… Continue reading
रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश : हुँदै नभएको कुराको ‘समाचार’ बनाउनुको रहस्य
‘ऋषि धमला र रवि लामिछाने त माओवादीमा प्रवेश गरे रे नि !’ एक परिचितले फेसबुक मेसेन्जरमा मलाई सोधे। ‘कसरी थाहा पाउनु भो?’ मैले सोधेँ। ‘फेसबुकबाट,’ उनको जवाफ ! ‘फेसबुकमा जे लेखियो त्यही पत्याउँदै हिँड्ने हो त’ 🙂 इमोजीसहित मैले जवाफ फर्काएँ। ‘हैन, हैन- रवि लामिछानेको ग्यालेक्सी टिभीकै फेसबुक पेजमा पढेको मैले’, उसले भन्यो, ‘अनि बीबीसीमा… Continue reading
इन्स्टाग्रामको चिनजानले फोटो सेयर गर्दागर्दै अदालतसम्म पुगेको यो केस
अचेलको युवा पुस्ता सामाजिक सञ्जालमा अभ्यस्त छ। दुई तीन दिनअघि मात्र चिनजान भएकाहरुसित पनि निजी कुराहरु सेयर गर्न उनीहरु पछि हट्दैनन्। तर यसले कहिलेकाहीँ दुर्घटना पनि निम्त्याउन सक्छ। यस्तै एउटा प्रतिनिधिमूलक केस भेट्टाएको छु। अपरिचितलाई धेरै विश्वास गर्दा के हुन्छ, सहमतिमै हुने मेसेज आदानप्रदानले पनि कस्तो आपत आइपर्न सक्छ, प्रहरीको अनुसन्धान कति फितलो हुन्छ, आदि… Continue reading
यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले
पछिल्लो पटक २०७६ सालमा निर्मल निवासमा लगाइएको टीकाको फोटो (माथि)। पोहोर पनि कोरोनाका कारण टीका लगाउने कार्यक्रम भएन। राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवारले यसपालि आफ्ना समर्थकहरुलाई दशैँको टीका नलगाइदिने भएकोले निर्मल निवासमा यसपालि लाइन नलाग्ने भएको छ। असोज २२ गते नै सूचना निकालेर पूर्व राजा… Continue reading
न्युजपेपर होलिडे : कुन पत्रिका कति दिन बन्द हुँदैछ?
नेपालीहरु आफ्नो ठूलो चाड दशैँ मनाउँदै गर्दा ‘न्युजपेपर होलिडे’ पनि सुरु भएको छ। दशैँका यी दिनहरुमा पत्रिकाहरु पनि छापिँदैनन्। पहिले भए यस्तो बेलामा समाचार थाहा पाउन पनि गाह्रो हुने गर्थ्यो। तर अहिले त इलेक्ट्रोनिक मिडियाहरु छन्। रेडियो, टिभी, अनलाइनहरु बन्द हुँदैनन्। विदा पनि यी मिडियाहरुले पालो मिलाएर दिने गर्छन्। त्यसैले समाचारै ब्ल्याक आउट हुने स्थिति… Continue reading
साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा ल्याउनु पर्ने नतिजाका दुई विकल्प
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग १-० ले पराजित नभएको भए इतिहासमै पहिलो पल्ट फाइनलमा पुगिसक्थ्यो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा सुनील क्षेत्रीले गरेको एक गोलका कारण नेपालको फाइनल यात्रा रोकियो। नेपालले जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो भने नेपाल एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुग्न सफल हुन्थ्यो। पराजित भए पछि अब नेपाल फाइनलमा पुग्ने/नपुग्ने… Continue reading