गएको हप्ता मिडिया जगतमा सबैभन्दा चर्चाको विषय बन्यो : नेपाल मिडिया अवार्ड २०७८। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारा राखिएको यो अवार्ड यति विवादास्पद भयो कि ‘अग्रजले माने,अनुजले हाने’ हुन पुग्यो। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि विवादमा पर्यो। तीन जना अग्रजलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गर्ने घोषणा गरिएको थियो। उनीहरुले केही भनेनन्। शनिबार भएको… Continue reading
निर्मला प्रकरणमा भारतीय नागरिकको फण्डा पनि फुस्सा, आधार नभेटिएपछि भए रिहा
निर्मला प्रकरणमा एक भारतीय नागरिक पक्रेर प्रहरीले फण्डा मच्चाएको तपाईँहरुले पनि थाहा पाउनु भएको होला। विभिन्न अनलाइन मिडियाहरुमा अपराधी नै पक्राउ परे जसरी समाचारहरु पढ्नुभयो होला। अझ युट्युबरहरुको त के कुरा गर्नु र, निर्मलाका अपराधी बल्ल पत्ता लागेदेखि प्रहरीलाई सलाम अनि कोहीकोहीले अपराधीलाई फाँसीसम्म दिन भ्याएका थिए। तर मैले यो फण्डा सुरु हुँदा नै लेखिसकेको… Continue reading
पत्रकार ‘कन्फ्युज’ हुँदा तथ्य मै चुकेको सेतोपाटीको एउटा समाचार
पुस १९ गते सेतोपाटीमा एउटा समाचार आएको छ- प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ? शीर्षकमा। यो समाचारको मूल आशय प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्का सदस्यहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो, गरेनन् भन्ने हो। पक्कै पनि पारदर्शिता, सुशासन आदि अनेकथरि नारामा भुलाउनेहरुले पदमा हुँदा आफ्नो सम्पत्ति यति छ भनेर घोषणा गर्नुपर्ने हो।… Continue reading
नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन
साढे तीन वर्षपछि एकचोटी फेरि निर्मला प्रकरण चर्चामा आएको छ मिडियामा। समाचारहरु यसरी आउँदैछन्, मानौँ यो प्रकरणका दोषी पक्राउ परिसके। अझ केही युट्युब च्यानलहरुको हेडलाइन हेर्ने हो भने त दोषी सार्वजनिकै गरिसके प्रहरीले। केहीले फाँसीसमेत दिन भ्याइसके। अनलाइन मिडियाहरुले शंकास्पद एक भारतीय पक्राउ परेको समाचार दिइरहेका छन्। त्यो पढ्नेहरुलाई लाग्न सक्छ, केही नयाँ प्रगति भएको… Continue reading
१० हो कि १२ : मान्छे गन्न नजान्ने पत्रकार कि अदालतका कर्मचारी?
कृषि सामाग्री कम्पनी लिमिटेडले मल खरिद गर्दा एक अर्बको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्यो। यो सम्बन्धी विभिन्न अनलाइन मिडियामा समाचार हेर्दा ट्वाँ पर्न बाध्य भइयो। अचम्म लाग्छ, न यो कुनै ब्रेकिङ न्युज थियो, न केही समय ढिला हुँदैमा उत्पात् बितिजाने केही कुरा थियो। धेरैले त अख्तियारले पठाएको… Continue reading
सन् २०२१ मा सबैभन्दा बढी पढिएका १० ब्लग, तपाईँले कुनै छुटाउनु त भएन?
आजदेखि इस्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ हामीबाट विदा भइसक्यो। २०२२ सुरु भएको छ। २०२१ ले पनि हामीलाई कोरोना भाइरसको त्रासमै बस्न बाध्य बनायो। तर हामीमध्ये धेरैले खोप पनि लगाए। वर्षान्तमा फेरि ओमिक्रोन भेरियन्टले त्रास फैलाएको छ। यद्यपि अहिलेसम्म नेपालमा त्यसको खासै प्रभाव देखिएको छैन। तर पनि सतर्क हुन पर्नेछ। गएको वर्ष माइसंसारमा… Continue reading
ल्होसार विदा : सक्कली विज्ञप्ति आउनुअघि नक्कली भाइरल, आइन्दा नझुक्किन यसो गर्नुस्
क्रिसमसको अवसरमा शनिबार परे पनि सार्वजनिक विदा घोषणा गरेको सरकारले गुरुङहरुको पर्व तमु ल्होसारमा विदा दिने अनुमान त पहिलेदेखि नै गरिरहेकै हो। तर गएरातिदेखि पानी परेर चिस्सिएको मौसममा विदा घोषणा भएको सक्कली विज्ञप्ति आउनुअघि नै नक्कली विज्ञप्ति भाइरल भइदियो। त्यो विज्ञप्ति नक्कली हो भनेर बनाइएका समाचार पाठकले पढ्न थाल्दासम्म सक्कली विज्ञप्ति आएर समाचारै पुरानो बनिसकेको… Continue reading
नेपालमा पनि छापिएको थियो शून्य रुपैयाँको नोट
केही दिनअघि अनलाइनखबरमा ‘किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?’ शीर्षकको समाचार छापिएको रहेछ। त्यो देखेर मलाई एउटा पुरानो ब्लग याद आयो। नेपालमा पनि यस्तै खालको शून्य रुपैयाँको नोट छापेर बबाल गरिएको थियो। त्यो सम्झिएर पुरानो ब्लग धूइँपत्ताल खोजेँ, भेट्न निकै गाह्रो पर्यो। सन् २०१२ को अप्रिल महिना उताका ब्लगहरु अर्काइभ गरेर छुट्टै सबडोमेनमा राखिएको… Continue reading
भाइरल भएको बाजुरा अस्पतालको अपरेसन थियटर : खास कुरो यस्तो पो रहेछ
केही दिनदेखि फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेको देखेको छु। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ। एउटा कुखुरा पनि नजिकै देखिन्छ। दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेर भाइरल बनाएका छन्। के यो… Continue reading
केपी बा भन्दै राष्ट्रपतिसँग नाच्दै ‘सम्झिने-पानी छम्किने’ टिकटक बनाउँदा आइलागेको आपत
तिम्लाई स्कूटर दिउँला- सपनामा तिम्लाई कारै दिउँला- सपनामा तिम्लाई पोइल लिएर जाउँला सम्झिने, पानी छम्कने ! रचना रिमालको यो चर्चित गीतमा कम्मर र हात हल्लाउँदै मान्छेहरु नाचिरहेको अनि ती नाच्नेहरुको टाउको फेरेर तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको राखिएको यो टिकटक भिडियो शायद् तपाईँले पनि टिकटक, फेसबुक वा ट्विटर अथवा युट्युबतिर देख्नुभएको होला।… Continue reading
बाइक चढ्ने दुवैले हेल्मेट लाउनु पर्ने नयाँ ऐन बन्न लागेको समाचार पढ्नुभाथ्यो? यसकारण त्यो गलत
बाइक वा स्कूटर चढ्ने दुवैले हेल्मेट लगाउनु पर्ने नयाँ नियम सरकारले अब ऐनमा नै व्यवस्था गरेर लागू गर्न लाग्यो। के तपाईँले पनि यस्तो समाचार कुनै अनलाइनमा वा कुनै टिभीमा वा सोसल मिडियामा देख्नुभएको थियो? देख्नुभएको थियो भने ती समाचार भ्रामक छन्। ऐनमा नभएर यो व्यवस्था लागू नभएको होइन। समाचार लेख्नेहरुले ऐन नै पढेनछन्। ऐन नै… Continue reading
लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने आदेश हट्यो
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण आज देखिएको छ। हिजो शुक्रबार बेलुका अध्यागमन विभागले एउटा सूचना जारी गर्दै ६७ वटा देशबाट नेपाल भित्रिनेले ७ दिन आफ्नै खर्चमा होटलमा र त्यसपछि पीसीआर परीक्षण नेगेटिभ आएमा थप ७ दिन घरमा क्वारेन्टिन… Continue reading
ओमिक्रोन सतर्कता : ६७ देशबाट नेपाल आउनेले सात दिन होटल क्वारेन्टिन बस्नुपर्ने
अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको… Continue reading
नेपाल बाहिरका ‘काठमान्डु’
काठमान्डु भन्ने बित्तिकै हामीले सम्झने भनेको नेपालको राजधानी हो। अहिले त राजधानी पनि धेरै भए। अब त संघीय राजधानी भन्नुपर्छ क्यारे। तर ‘काठमान्डु’को यो लोकप्रिय नाममा कपिराइट छैन। र त, विश्वका विभिन्न देशमा पनि ‘काठमान्डु’ पाइन्छन्। काठमान्डुको वासिन्दा भएकोले यसो चासो लागेर गुगलमा खोज्दा भेटिएका नेपाल बाहिरका केही काठमान्डुको एक एक गरी परिचय दिने कोशिश… Continue reading
इतर तितरबितर हुँदा कांग्रेसको नेतृत्व फेरि देउवाकै हातमा
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले फेरि शेरबहादुर देउवालाई नै सभापति चुन्ने लगभग निश्चित भइसकेको छ। यो ब्लग तयार पार्दासम्म मतगणना भइसकेको छैन। तर दोस्रो चरणको निर्वाचन हुनुअघि नै देउवाले माहौल आफ्नो पक्षमा पारिसकेका छन्। नेकपा नटुक्रिएको भए शायद् यस्तो अवस्था नआउन पनि सक्थ्यो। पार्टीको लज्जास्पद पराजयको कुरा उठ्थ्यो र नयाँ नेतृत्वका लागि आवाज झन् चर्को… Continue reading
के छापियो गोरखापत्रमा त्यस्तो अनलाइनबाट डिलिटै गर्नुपर्ने गरी?
गोरखापत्रको यो लिङ्कमा (क्लिक गर्नुस्) हेर्नुभयो भने तपाईँले देख्नुहुनेछ Sorry No Data Available !!! लेखिएको। यसको अर्थ हो, त्यहाँ पहिले केही थियो, पछि डिलिट गरियो। झट्ट हेर्दा त्यसो मात्र देखिने हो। तर खासमा यसको पछाडि रमाइलो कहानी रहेछ। देशसञ्चारमा यसबारे समाचारै आएको छ- बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’ शीर्षकमा।
के ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेका हुन्?
आइतबारदेखि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेको दावीसहितका केही पोस्टहरु एकदमै भाइरल भए। त्यसमा गरिएका दावी अनुसार सुन र हीराको धूलो अनि मह प्रयोग गरी बनाइएको यो साबुन एउटाकै १२ सय डलर पर्छ रे। यो कुरा फैलाउनमा पूर्व सचिव भीम उपाध्यायसमेत लागे। अनि केही अनलाइनले यस विषयमा लेखेका छन्। यसबारे… Continue reading
नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ
शुक्रबार एकथरि नेपालीहरु त्यसै त्यसै दङ्ग परिरहेका थिए। सामाजिक सञ्जालमा एकखाले उत्सव रहेछ- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर। कसले राखेको? अमेरिकी मिडिया सीएनएनले रे। त्यसै त मोमोप्रेमी नेपालीहरु। रेस्टुरेन्टमा तीन पानाको मेन्यु पल्टाएर लास्टमा मोमो माग्नेहरु भनेर व्यङ्ग्य नै गरिन्छ नि। शुक्रबार सिमसिम पानी परेर जाडो भएको बेलामा झोल मोमोको झल्को आइराबेलामा यस्तो… Continue reading
अचम्म ! हातैले प्लेन धकेलेको देखियो : अरु कुन ठाउँमा यस्तै घटना भएका रहेछन्?
हामीले नेपालीले चारपाङ्ग्रे गाडी हातैले धकेलेर गुडाएको त धेरै नै देखेका छौँ। खासमा काठमाडौँ खाल्डोमा त गाडी नै मान्छेहरुले बोकेर ल्याएका थिए। किनभने त्यतिबेला बाटो थिएन। तर आज अलि अचम्मैको दृश्य देखियो- एउटा प्लेनलाई मान्छेले धकेल्दै गरेको। खगेन्द्र खड्काले टिकटकमा आज अपलोड गरेको भिडियो एकैछिनमा भाइरल भयो। उनको भिडियो कपि गर्दै धेरैले ‘नेपाली हो नि’,… Continue reading
के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो
अहिले एउटा पोस्ट सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको देखिन्छ। विषय हो- नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज। बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्स आदिले महाधिवेशन र ओलीको प्रशंसामा विभिन्न कुराहरु लेखेको दावी गरिएको छ ती भाइरल पोस्टमा। सामान्य कार्यकर्ताहरु मात्रको के कुरा, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नै यो सेयर गरेका… Continue reading