Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब हाम्रो हरियो हैन, खैरो पासपोर्ट

Posted on November 17, 2021 by Salokya

हामीले अहिले बोक्दै आएको नेपालको पासपोर्ट हरियो रङको थियो। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर्ड हुने बेला आउँदैछ। किनभने आजदेखि जारी भएको नेपालको इ पासपोर्टको रङ परिवर्तन भएको छ। राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो। 

कुन देशको पासपोर्टको रङ कस्तो? साभार : brightside.me

विश्वमा चार रङको पासपोर्ट प्रचलनमा छ- हरियो, नीलो, कालो र रातो। हरियो रङको पासपोर्ट अधिकांश मुस्लिम देशहरुले प्रयोग गर्छन्। तर नेपालको अहिले चलिरहेको साधारण मानिसले बोक्ने पासपोर्ट पनि हरियो रङको थियो।

सन् २०१५ मा हामीले एउटा ब्लग लेखेका थियौँ- होला त हामीले बोक्ने हरियो पासपोर्टको रङ्ग परिवर्तन? त्यसमा परराष्ट्र, अर्थ र गृहमन्त्रालय बीच पासपोर्टको रंग फेर्ने बहस अघि बढेको उल्लेख थियो। नभन्दै अब जारी हुने नेपालको साधारण अर्थात् तपाईँ हामीले बोक्ने इ पासपोर्टको रङ चकलेटी खैरो हुनेछ।

अहिलेको कुटनीतिक राहदानीको रातो रङलाई कायमै राखिएको छ। विशेष राहदानीको आकाशे नीलो रङ पनि कायमै छ। सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ। विदेशस्थित नियोगमा खटिजाने कर्मचारीका लागि यस्तो राहदानी दिन लागिएको हो।

चकलेटी खैरो रङ अब तपाईँ हामी जस्ता सर्वसाधारणले पाउने राहदानीको रङ हुनेछ।

त्यसो भए हामीसँग अहिले भएको हरियो रङको पासपोर्ट चाहिँ के हुन्छ त? नियमावली अनुसार नयाँ पासपोर्ट छपाई प्रयोगमा नल्याएसम्म पुरानै रङको पासपोर्ट जारी गर्न र प्रयोग गर्न बाधा पर्ने छैन।

कुन देशको पासपोर्टको रङ कस्तो छ? हेर्नलाई यहाँ क्लिक गर्नुस्। 

इ-पासपोर्टलाई बायोमेट्रिक पासपोर्ट पनि भनिन्छ। यसमा एउटा चिप्स हुन्छ जसमा व्यक्तिका सूचनाहरु, फोटो, औँठा छाप लगायतका जानकारी हुनेछ। यो पासपोर्ट लिनलाई राष्ट्रिय परिचय पत्र पनि अनिवार्य लिएको हुनुपर्ने भनिएको छ।

हाललाई भने म्याद भएको एमआरपी पनि चल्नेछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme