-मधु लम्साल- अहम्, दम्भ, अहङ्कार, बेलगाम बोली र हेपाहा प्रवृत्तिले ओली अस्ताए। यसैमा देउवालाई चिट्टा पर्यो। अनायासै प्राप्त विरासत कसरी सम्हाल्ने देउवाले बुझ्न जरुरी छ। खुस्केका ओली अहिले धेरै नबरबराए मात्र हुन्छ, देउवाले भने धेरै गर्नुपर्छ। देउवा फुकी फुकी पाइला चाल्नुपर्ने अवस्थामा छन्। पाँचौँ पटक देशको बागडोर समातेका देउवा ‘सुधारिएको’ देख्ने अपेक्षा हो फरक दृश्य… Continue reading
निर्मलाको नाममा अझै पनि भ्रम फैलाउन मै व्यस्त अनलाइनहरु
३ वर्ष बितिसक्दा पनि निर्मला पन्तका हत्याराले सजाय पाउन सकेको छैन। यो केसमा के नेता, के राजनीतिक दल, के मिडिया, के पत्रकार- सबले आफ्नो स्वार्थको रोटीमात्र सेके। दोषीले सजाय नपाउने गरी हल्लाको पछि लागेर वातावरण बिगार्नमा क-कसको हात रह्यो भन्ने बारे #WhoKilledNirmala शृङ्खलाका ३० भागमा धेरै कुरा खुलाइसकेको छु। छुटाउनु भएको भए यहाँ क्लिक गरी… Continue reading
सेतोपाटीको आर्टिकलमा कानुनी प्रावधानसम्बन्धी गलत तथ्य
– अतित अधिकारी – सेतोपाटीमा भदौ १३ गते अमित ढकालको एउटा आर्टिकल छापिएको छ- आरक्षणमा आक्रोश शीर्षकमा। यो आर्टिकलमा एउटा तथ्यगत गल्ती छ। आर्टिकलमा एमबिबिएस पढ्न छात्रवृत्तिका लागि कसैले निवेदन दिएको छ भने उसले तीनवटा शर्त पूरा गर्नुपर्छ भन्दै तीन वटा शर्त यसरी लेखिएको छ – पहिलो, ऊ आरक्षण पाउन योग्य समूहबाट हुनुपर्छ। दोस्रो, ऊ… Continue reading
अनलाइन पेमेन्ट रोज्दा झन् बढी पो झण्झट
आफू अनलाइनमा धेरै बस्ने र काम पनि अनलाइनको धेरै गर्ने हुनाले अनलाइनलाई प्राथमिकता दिउँ भन्ने सोच हुन्छ। तर कहिलेकाहीँ अनलाइन रोज्दा झन् झण्झट आइलाग्ने हुन्छ। आज मलाई त्यस्तै भएको एउटा अनुभव सुनाउँछु। पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने बाध्यता आइलाग्यो। एक चोटी कोरोना लागेर दुई डोज खोप लगाइसक्दा पनि नाकमा सुइरो घोच्नुपर्ने बाध्यता अझै आइलाग्छ क्यार्नु। सरकारले… Continue reading
नेप्सेको समाचारले हँसायो : गल्ती गर्दा पनि लेख्नेलाई थाहै छैन जस्तो पो छ त
बुधबार नेपालका अनलाइन मिडियाहरुमा एउटा गजबको समाचार आयो। लगभग एकै व्यहोराको त्यो समाचारमा कुनै न्युज एजेन्सीलाई कोट गरिएको थिएन। यसको अर्थ त्यो समाचार न्युज एजेन्सीले लेखेको होइन भनेर नै बुझ्नु पर्यो। न्युज एजेन्सीको समाचार धेरै वटा मिडियामा आउनु सामान्य हो। तर यो असामान्य खालको थियो किनभने सबै समाचारको बाइलाइनमा त्यही मिडियाको नाम थियो। समाचार थियो… Continue reading
आइएसपीहरुको संगठनले निकालेको हाँसउठ्दो विज्ञप्ति !
विराटनगरको एउटा अनलाइन ‘आवरविराटनर’ लाई आइएसपी क्लासिक टेकले आफ्नो नेटवर्कमा नचल्ने गरी ‘ब्लक’ गरेको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ति निकालेर विरोध गरेको बारे माइसंसारमा यसअघि नै ब्लग आइसकेको छ। छुटाउनु भएको भए पढ्नुस्- क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस। अब पालो इन्टरनेट सेवा… Continue reading
माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर
माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडियाबारे लेखेको ब्लगले पार्नु पर्ने ठाउँमा ठूलै असर पारे जस्तो छ। ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। त्यसको फलोअप ब्लग पनि थियो- माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’ दुई वर्षअगाडि अर्कै कार्यक्रममा माधव नेपाल रोएको भिडियोको स्क्रिनसट राखेर एमालेका दोस्रो… Continue reading
माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’
केही दिनदेखि सामाजिक सञ्जालमा दुई वटा आँसु कथा भाइरल छन्। एउटा आँसु हो- कमेडी च्याम्पियनका बिक्की अग्रवालको। कमेडी सोमा समेत आँसु आवश्यक भएको बेला समाचारमा आँसु किन नचाहिने त? त्यसैले माधव नेपाल रोएको विवरणसहित फोटो भाइरल भएको थियो। यो फोटोको बारेमा नेपालफ्याक्टचेकमा हिजो एउटा फ्याक्ट चेक आएको छ- के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल… Continue reading
माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया
के तपाईँले दोस्रो पुस्ताका नेताहरुले धोका दिएको भन्दै एमाले फुटाएकोमा पछुतो मानेर नेता माधवकुमार नेपाल रोएको फोटो कुनै मिडियामा वा सामाजिक सञ्जालमा देख्नुभएको छ? त्यो सही होइन है। माधव नेपाल रोएका पक्कै हुन्, तर त्यो दुई वर्षअगाडिको भिडियोको कुरा हो। दुई वर्ष पुरानो आँसु बेचेर मिडियाले उल्लु बनाउन खोजेको मात्रै हो। यो बारेमा नेपालफ्याक्टचेकमा प्रकाशित… Continue reading
क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस
विराटनगरमा एउटा अनौठो घटना भएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आफूलाई मन नपरेको एउटा समाचार पोर्टललाई नै आफ्नो नेटवर्कमा ब्लक गरिदिएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) को काम ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र हो। ग्राहकले जस्तोसुकै सामग्री इन्टरनेटमा हेरुन्, त्योसित उसलाई मतलब हुँदैन। नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको अवस्थामा भने कुनै… Continue reading
नेपाली मिडियाले गर्यो मलाला युसुफजाईको ‘हत्या’
मलाला युसुफजाई चिन्नुहुन्छ होइन? नोबल पुरस्कार जित्ने हालसम्मकै सबैभन्दा कम उमेरकी विजेता। पाकिस्तानमा जन्मिएर विश्वभर नाम कमाएकी मलाला अहिले २४ वर्षकी भइन् र महिला र बालिका शिक्षाकी अभियन्ता छिन्। के तपाईँ पत्याउनु हुन्छ- उनको मृत्यु भइसक्यो? नपत्याएर के गर्नु। नेपाली मिडियाले उनको मृत्यु भएको घोषणा गरिसकैको देखियो।
‘कान्तिपुर’को भिडियोमा राँगो : खास कुरा चैँ काँ गो ?
फेसबुक स्क्रोल गर्दै थिएँ। कान्तिपुरको अनलाइन इकान्तिपुरको आधिकारिक फेसबुक पेजको एउटा पोस्ट देखियो। ‘जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्यो’ लेखिएको रहेछ। के रहेछ भन्ने जिज्ञासा जाग्यो। क्लिक गरी भिडियो हेरेँ। राँगोको पोस्ट हेरेपछि लाग्यो- खास कुरा चैँ काँ गो- काँ गो !
अनलाइनबाट क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट कसरी लिने?
केही समयअघि हामीले मिडियाहरुमा विदेश जानका लागि भ्याक्सिन सर्टिफिकेट चाहिने भएकोले त्यसका लागि लाम लाग्नेहरुको थेगी नसक्नुको भिडका फोटोहरु देखेका थियौँ। अहिले अनलाइनबाटै क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट दिन थालिएको छ। म आफैले पनि फर्म भरेर सर्टिफिकेट लिइसकेँ। कसरी सर्टिफिकेट लिन सकिन्छ भन्ने बारे छोटो जानकारी राख्न चाहेँ।
#ChhoriMaiyaKhai भिडियो ब्रिफिङ : छोरीमैयाँ हराएको दिन के भएको थियो, निकीले किन ढाँटिन्
१० वर्षदेखि हराइरहेकी काठमाडौँकी ५१ वर्षीया महिला छोरीमैयाँ महर्जनको रहस्यमय घटनाबारे सिरिज उकेरामा जारी छ। यहाँ मैले त्यो घटनाबारे भिडियो ब्रिफिङ बनाएको छु। हेर्नुस् यो सिरिजको दोस्रो भाग।
अफगानिस्तानको घटनाले हामीलाई पर्ने असर
अफगानिस्तानबाट विगत केही दिनदेखि नाटकीय दृश्यहरु सार्वजनिक भएका छन्। अमेरिकाले आफ्नो सेना फिर्ता लाने घोषणा गरेदेखि अप्रत्याशित रुपमा तालिबानी लडाकुहरुले प्रमुख शहर कब्जा गर्दै हिजो राजधानी काबुल प्रवेश गरे। त्यहाँको राष्ट्रपति भवनमा लडाइँ नै नगरी प्रवेश गरे। राष्ट्रपति असरफ घानी देश छाडेर भागे। अनि आज आएका भिडियोहरु स्तब्ध पार्ने खालका थिए।
#ChhoriMaiyaKhai भिडियो ब्रिफिङ : १० वर्षअघिको रहस्यमय घटना
#ChhoriMaiyaKhai सिरिज सुरु गरेको एक हप्ता भएको छ। गएको हप्ता सिरिजका ६ वटा भाग लेखियो। अहिलेसम्मको अनुभव रोचक नै रह्यो। धेरैले पढेर सुझाव र प्रतिक्रियाहरु दिनुभएको छ। रिपोर्टिङ सकाएर लेख्न थालेको नभएर रिपोर्टिङ र लेखाइ सँगसँगै भएकोले नयाँ नयाँ कुराहरु थाहा पाउँदै, लेख्दै गरिरहेको हुँ।
सर्वोच्चको समाचारमा ‘सेतोपाटी’ र ‘अनलाइनखबर’ले के नचाहिँदो गर्यो : कुरा बुझ्न पर्च !
२०७८ साउन २४ गते नेपालका दुई वटा चलेका अनलाइनले राखेको समाचारको स्क्रिनसट हो यो। अनलाइनखबरको समाचार शीर्षक छ- ‘ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत’। अनि सेतोपाटीको समाचार शीर्षक छ- ‘संवैधानिक आयोगका नियुक्ति विरूद्धको रिटमा ८ महिनापछि प्रधानन्यायाधीशको लिखित जवाफ’। यो समाचारमा यी दुवै अनलाइनले के नचाहिँदो गर्यो र सुटुक्क त्यसलाई हटायो- कुरा बुझ्न पर्च हेर्नुस्… Continue reading
थाहाखबरले हँसायो : अरुको साहु देखाऊ, आफ्नो साहु लुकाऊ !
थाहाखबर अनलाइनमा एउटा समाचार पढेर निकै हाँसो उठ्यो। जोक लेखिएको थिएन त्यसमा। तर पनि हँसाउने खालको कन्टेन्ट छ त्यसमा। अहिलेको कर्पोरेट मिडियामा काम गर्नेहरुको हैसियत पनि देखाउँछ त्यसले। साउन २४, २०७८ आइतबार प्रकाशित यो समाचारको शीर्षक छ- विद्युत प्रधिकरणसमेत महानगरको कर नतिर्ने सूचीमा समाचार खासमा लामो समयदेखि कर बुझाउन गरेको ताकेतालाई अटेर गरेपछि काठमाडौँ महानगरपालिका… Continue reading
मेस्सीको स्वागतमा उर्लिएको भिड भन्दै अमेरिकाको फेस्टिभलको फोटो भाइरल
सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- ‘This isn’t political rally or a concert but a crowd to welcome Leo Messi in Paris! THIS MAN IS BIGGER THAN ANY SPORT!’ फुटबल स्टार मेस्सीलाई पेरिसमा स्वागत गर्न यो भिड आएको ती भाइरल पोस्टहरुमा दावी छ। यी दावीको… Continue reading
#ChhoriMaiyaKhai : १० वर्ष पुरानो केसको फाइल खोतल्दै
आजदेखि साथी केपी ढुंगाना सम्पादक रहेको उकेरामा #ChhoriMaiyaKhai सिरिज सुरु गरेको छु। केहीले मलाई सोधे पनि आफ्नै माइसंसारमा नगरेर किन अर्कैमा। प्रश्न ठीकै हो। तर यस्तो किसिमको इन्डेप्थ रिपोर्टिङ गर्दा टीम वर्क आवश्यक हुन्छ। पहिला पहिलोपोस्टमा आफै सम्पादक हुँदा सुरु गरेको #WhoKilledNirmala सिरिज पनि धेरै साथीहरुको टीम वर्कका कारण सम्भव भएको थियो। यो त्योभन्दा बिल्कुल… Continue reading