Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

Posted on October 25, 2021October 25, 2021 by Salokya

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै भाउ परोस्, के खाँचो भन्ने पनि लागेको थियो मलाई। तर पनि यसो चासो लागेर खोजिहेर्दा यस्तो रमाइलो भेटियो।

आइफोन सबभन्दा सस्तो भनेको चाहिँ एप्पलको घर अमेरिकामा नै रहेछ। आइफोन १३ को सबभन्दा सस्तो मोडल मिनी (१२८ जीबी) त्यहाँ ६९९ डलरमा पाइन्छ। त्यो भनेको आजको डलरको भाउमा झण्डै ८३ हजार ९ सय पर्छ। नेपालमा भने यसको मूल्य १ लाख २० हजार ९९० तोकिएको छ। अर्थात् अमेरिकामा भन्दा नेपालमा ३७ हजार रुपैयाँ भन्दा बढी महँगो पर्छ यो मोडल।

तर यसमा अमेरिकामा तिर्नुपर्ने कर जोडिएको छैन है। राज्य अनुसार त्यहाँ फरक फरक कर तिर्नुपर्ने हुनसक्छ।

त्यही मोडल तपाईँ भारतमा लिनुहुन्छ भने नेपालमा भन्दा केही सस्तो १ लाख ११ हजार ६६७ रुपैयाँमा नै पाउनु हुन्छ।

अमेरिकापछि सस्तो चाहिँ क्यानडामा हो। त्यहाँ यो मोडल तपाईँ नेपाली ९२ हजार रुपैयाँ चानचुनमै पाउनु हुनेछ। अस्ट्रेलियामा भने झण्डै एक लाख ८ हजार नेपाली रुपैयाँ पर्छ।

अस्ट्रेलियाभन्दा सस्तो चाहिँ दुबईमा पाइन्छ। युएईमा नेपाली रुपैयाँ झण्डै ९८ हजारमा तपाईँ यो मोडलको आइफोन पाउनु हुन्छ। अर्थात् नेपालमा भन्दा २३ हजार रुपैयाँ सस्तो।

भारत र नेपालको मूल्यमा अलि अनौठो छ। आइफोन १३ प्रो र म्याक्स भारतीय बजारमा भन्दा नेपालमा सस्तो पाइने रहेछ। आइफोन १३ र मिनी भने नेपालमा महँगो पर्ने रहेछ।

अरु मोडलहरुको तुलना पनि माथिको तालिकामा हेर्न सक्नुहुन्छ।

यहाँ भएका विभिन्न देशका मूल्यहरु एप्पलको आधिकारिक वेबसाइटबाट लिइएका हुन् भने नेपाली रुपैयाँमा परिवर्तन भने गुगलबाट गरिएको हो। नेपालको मूल्य भने कान्तिपुरको यो समाचारबाट लिइएको हो। 

5 thoughts on “नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?”

  1. Anil says:
    November 16, 2021 at 5:46 am

    Wrong price for US phones. iPhone 13 with tax will around 913 dollars.

    Reply
    1. Salokya says:
      November 17, 2021 at 8:30 pm

      ध्यान दिएर पढ्न छुटाउनु भयो। त्यसमा स्पष्ट लेखिएको छ – तर यसमा अमेरिकामा तिर्नुपर्ने कर जोडिएको छैन है। राज्य अनुसार त्यहाँ फरक फरक कर तिर्नुपर्ने हुनसक्छ।

      Reply
  2. binod says:
    October 27, 2021 at 5:14 am

    table1
    wrong info
    outright price plus tax all together in US$786.41(13 mini)

    Reply
    1. Salokya says:
      October 27, 2021 at 12:13 pm

      ध्यान दिएर पढ्न छुटाउनु भयो। त्यसमा स्पष्ट लेखिएको छ – तर यसमा अमेरिकामा तिर्नुपर्ने कर जोडिएको छैन है। राज्य अनुसार त्यहाँ फरक फरक कर तिर्नुपर्ने हुनसक्छ।

      Reply
    2. manjil says:
      November 1, 2021 at 11:59 am

      salokya dai ko lekh padhi aayeko yetro bhayo mistake hudaina ho.
      forget outright price etc ramrari padhnus

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme