२०७२ सालतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एउटा इमेल आयो। त्यसको व्यहोरा अलि अनौठो खालको थियो। कमला (नाम परिवर्तन) लाई तीन वर्षअगाडि फेसबुकमा एउटा अन्जान व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। केटीको नाम रहेछ जेनी गुरुङ। केटी नै होला भनेर उनले एसेप्ट गरिन्। बिस्तारै उनले अपलोड गरेका फोटो र स्टायटसहरु त्यसबाट लाइक र कमेन्ट… Continue reading
कति तलब खान्छन् अनिल शाहले नबिल बैँकमा?
छोरी मान्छेको उमेर नसोध्नू, छोरा मान्छेको तलब नसोध्नू भन्ने उखान नेपालमा छ। उहिलेको कुरा हो यो। अहिले आएर हेर्दा छोराहरु पनि उमेर बताउन मान्दैनन्, अचेल छोरीहरु पनि यो उखान चल्या बेलामा जस्तो घरै बसिरहँदैनन्। बाहिर तलब खाने गरी काम पनि गर्छन्। उनीहरु पनि तलब सार्वजनिक गर्न चाहन्नन्। तर पब्लिक कम्पनीमा जागिर खाएपछि त उखान… Continue reading
कुलमानका नाममा मिडियालाई फेरि रिङ्ग्याइयो, यस पटक प्रम देउवाको सचिवालयले गरेछ
विद्युत प्राधिकरणको एमडीमा चार वर्षको अवधि सकिएपछि सरकारले फेरि उनैलाई नियुक्त गरेको खबर एक वर्षअघि निकै भाइरल भएको थियो। तपाईँले पनि पक्कै पढ्नु भएको होला। लास्टमा त्यो त फेकन्युज पो रहेछ भन्ने पनि थाहा भयो नै होला तपाईँहरुलाई। किनभने सरकारले कुलमानलाई होइन हितेन्द्रेव शाक्यलाई नियुक्त गर्यो। फेकन्युजहरुको चक्रव्यूहले कसरी फुस्सा बनाइयो भन्ने बारे मैले पोहोरै… Continue reading
भाइबर र स्काइपबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गरे कारबाही रे, प्रविधिलाई कतिञ्जेल रोक्ने?
नेपाल दूरसञ्चार प्राधिकरणको एउटा सूचना आज कान्तिपुरमा पढ्न पाइयो। ‘एपबाट मोबाइल/फिक्स्ड टेलिफोनमा हुने फोनकल सम्बन्धमा जारी गरिएको सूचना’ शीर्षक रहेछ। योमार्फत् खासमा प्राधिकरणले प्रयोगकर्ताहरुलाई चेतावनी दिन खोज्या हो। भाइबर, स्काइप जस्ता एपहरुबाट नेपालको मोबाइल वा ल्यान्डलाइनमा कुराकानी भइराछ भन्ने बुझियो, खबरदार है यस्तो काम गर्न पाइन्न, कारबाही गर्छौँ भनिएको छ यसमा।
गयो, गयो… आयो, आयो, गयो… सांसद पद पनि के हो यस्तो !
२०७२ सालको भूकम्पपछि लामो समयसम्म हामी गयो, गयो, आयो, आयो…आयो गयो, आयो गयोमा अल्झिएका थियौँ। अहिले त्यसरी जमिन नहल्लिए पनि राजनीति हल्लने काम जारी छ। एमाले र माओवादी नामको दुई वटा पार्टी मिलेर नेकपा बनेको थियो। त्यही नेकपा भित्र झगडा हुँदा ठूलै भूकम्प गयो। सर्वोच्च अदालतले पार्टी नै छुट्याइदियो। त्यसपछि अझसम्म परकम्पनहरु आउने क्रम जारी… Continue reading
१० कित्तेलाई तीन-तीन दिनमा १० रुपैयाँ ठटाउने एनसेलको आइडिया
‘१० कित्ते’ भनेको के हो भनेर नबुझेको भए बुझ्नुस्- यो मूलधारे मिडियाका पत्रकारहरुले युट्युबरलाई हेपेर ‘युट्युबे’ भने जस्तै शब्द हो। धितोपत्रको दोस्रो बजारमा सयौँ, हजारौँ कित्ताको कारोबार गर्नेहरु आइपिओ भर्नेहरु र थोरै संख्यामा दोस्रो बजारमा कारोबार गर्नेहरुलाई हेपेर ‘१० कित्ते’ भन्ने गर्छन्। किन त्यसो भन्या त? कुरो यसो हो के, कुनै कम्पनीको प्राथमिक शेयर निश्कासन… Continue reading
युट्युबे हेडलाइन र भिडियो : अपलोड गर्ने अदालतसम्म तानिएको यो केस
युट्युबको बारेमा त के कुरा गर्नपर्ला र। तपाईँहरु सबै जानकार नै हुनुहुन्छ। राम्रा कुरालाई नराम्राले उछिन्ने प्रवृत्ति अनुसार अचेल सनसनीपूर्ण, भ्रम फैलाउने र तथ्यभन्दा बाहिर गई गरिने एकोहोरो प्रस्तुतिलाई ‘युट्युबकारिता’का रुपमा बुझ्ने गरिएको छ जसलाई अलि हेप्ने भाषामा ‘युट्युबे’भनिन्छ। यसका हेडलाइनहरु गज्जब गज्जबका हुन्छन्, साँचो होस् या गलत मतलब छैन, क्लिक गर्ने हुनुपर्छ। कतिपय सोध्ने… Continue reading
जान्नँ-जान्नँ.. भन्दै गरेका पूर्व युवराज पारस र तान्दै प्रहरी : के देख्न पर्यो यस्तो !
शुक्रबार राति एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गणेश बूढाले फेसबुकमा अपलोड गरेको यो भिडियो अजिबको छ। यसमा पूर्व युवराज पारस शाह ‘जान्नँ, जान्नँ..’ भन्दै गरेका सुनिन्छन्। आमाबाबुले कतै जाउँ भन्दा सानो बच्चाले जिद्दी गरेको जस्तो सुनिन्छ आवाज, ‘जान्नँ..जान्नँ..जान्नँ भनेको !’ प्रहरी भने तान्दै गरेका देखिन्छन्।
मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम… Continue reading
के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?
कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Continue reading
कसले फैलायो विजय शाहीको मृत्युको ‘फेक न्युज’ ?
मंगलबार एकाएक सामाजिक सञ्जालमा एउटा विषय निकै चर्चामा आयो – विजय शाहीको मृत्यु। उनको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भयो। सबैभन्दा पहिला युट्युबर भाग्य न्यौपानेले अद्भूत स्मरण शक्ति रहेको दावी गरेर चर्चामा ल्याएका उनी पछि राष्ट्रिय टेलिभिजनमा ऋषि धमलाको शोमा सम्म छाए। कर्णाली सरकारले पुरस्कारको घोषणा गर्यो। उनका दावीहरुको परीक्षणसम्म पनि नगरी उनलाई… Continue reading
‘विद्या जिस्काउँछस्’ ओलीको नक्कली आवाजको ट्रोल भिडियो : बनाउने पत्ता लागेन, नाबालकलाई मुद्दा
फेसबुक वा टिकटक चलाउनु हुन्छ भने तपाईँले एउटा भिडियो पक्कै हेर्नुभएको होला। संसदको त्यो भिडियोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवासँग केही कुरा गर्दै गरेको र बिस्तारै हलबाट निस्कँदै गरेको देखिन्छ। त्यो भिडियोमा नक्कली आवाजहरु राखेर डबिङ गरिएको छ। ओलीको जस्तो आवाज बनाएर भनिन्छ- विद्या जिस्काउँदै हिँड्छस् रे, तेरो हड्डी भाँचौँ।… Continue reading
निर्मला प्रकरण : अब दोषी पक्रन किन ढिलाइ? ‘ड्याडी, मारेँ’ भन्दै फोन गरेको सुन्ने, रुम नम्बर नै थाहा पाउने प्रत्यक्षदर्शीहरु रहेछन्
आज साउन १० गते। कञ्चनपुरकी बालिका निर्मला पन्तलाई सम्झने दिन। मिडियामा औपचारिक समाचारहरु प्रशस्त आएका छन्। यो विषयमा पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala शृङ्खलामा मा ३० वटा र पहिलोपोस्ट छाडेपछि माइसंसारमा अनेक ब्लगहरु लेखियो। अझ विस्तृत पुस्तकमा लेख्ने तयारीमा छु। त्यसैले आजको दिन यो विषयमा खासै केही लेख्ने जाँगर चलेको थिएन। तर समाचार र सोसल मिडिया हेर्दा… Continue reading
सुजिता भण्डारी प्रकरण : युट्युबरको ठहर ‘रेप एन्ड मर्डर’, अनुसन्धानमा देखियो ‘सुसाइड’
युट्युबसहितको सामाजिक सञ्जालमा एकदमै चर्चाको विषय बनेको थियो सुजिता भण्डारी प्रकरण। हराएपछि किडन्याप भएकोदेखि शव भेटिएपछिसम्म पनि युट्युबरहरुले अनेक कहानी बुने। रेप एन्ड मर्डर भएको ठहर सामाजिक सञ्जालबाटै गरियो। त्यही भन्दै चर्का नाराबाजी गरेर प्रदर्शन गरियो। शव पोस्टमार्टम गर्न लानसमेत अवरोध गरियो। हुँदाहुँदा कर्फ्युसम्म लगाउनु पर्ने स्थिति आयो। तर प्रहरीले आज सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानको… Continue reading
कान्तिपुर पब्लिकेशन्ससँगै कान्तिपुर टेलिभिजन नेटवर्क पनि ‘प्राइभेट’बाट ‘पब्लिक’ कम्पनी
कान्तिपुर पब्लिकेशन्ससँगै कान्तिपुर टेलिभिजन नेटवर्क पनि ‘प्राइभेट’ बाट ‘पब्लिक’ कम्पनीमा परिणत भएको छ। कान्तिपुर पब्लिकेशन्सले दुई वटा ब्रोडसिट दैनिक नेपालीमा कान्तिपुर र अङ्ग्रेजीमा काठमान्डु पोस्ट र मासिक नारी म्यागेजिन प्रकाशन गर्दै आएको छ। यसले ट्याब्ल्वाइड ‘साप्ताहिक’ र ‘नेपाल’ म्यागेजिनको प्रकाशन गर्थ्यो तर कोरोना कहरपछि ती बन्द छन्। कान्तिपुर टेलिभिजन नेटवर्कले भने इन्फोटेनमेन्ट च्यानल ‘कान्तिपुर टिभी’… Continue reading
‘हत्या’मा कारबाही सिफारिश भएकालाई ‘प्रमोसन’ पुरस्कार
२०७५ साउन २१ : भक्तपुरको सूर्यविनायकस्थित जंगलमा २२ वर्षका गोपाल तामाङ र २३ वर्षका अजय तामाङको गोली लागेर मृत्यु भयो। प्रहरीले दोहोरो झडपमा उनीहरु मारिएको बतायो। तर घटनास्थल हेर्दा नै त्यो दोहोरो झडप जस्तो नदेखिएको, फेक इन्काउन्टर रहेको चर्चा उतिबेलै व्यापक थियो। (दुई वर्षपछि) २०७७ असोज ३० : राष्ट्रिय मानवअधिकार आयोगले विशेषज्ञहरु सम्मिलित छानबिन समिति… Continue reading
नेपालको मिडियामा नौलो अभ्यास : ‘कान्तिपुर’ अब ‘प्राइभेट’बाट ‘पब्लिक लिमिटेड’ कम्पनी
नेपाली मिडिया क्षेत्रमा एउटा नौलो अभ्यास सुरु हुने भएको छ। अहिलेसम्म नेपालका कुनै पनि मिडिया प्राइभेटबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएकाे जानकारी छैन।* तर ‘कान्तिपुर’ले त्यसलाई तोडेको छ। कान्तिपुर मिडिया ग्रुपभित्रको कान्तिपुर पब्लिकेसन्स यसअघि प्राइभेट लिमिटेड कम्पनी थियो। अब भने यो पब्लिक लिमिटेड कम्पनी बनेको छ। औपचारिक रुपमा कान्तिपुरले यसबारे जानकारी सार्वजनिक गरिनसकेको भए पनि… Continue reading
प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण… Continue reading
किन ‘बुमर्याङ’ भयो ‘बा’ समर्थकको बाँदरे जुलुस ?
मंगलबार काठमाडौँमा अजिबको दृश्य देखियो- बाँदर देखिए सडकमा। बाँदरको मुकुन्डो लगाएका, पछाडि कागजको पूच्छर पनि झुण्ड्याएका। भर्खरै कुर्सी छाडेका केपी ‘बा’को पक्षमा नारा लाउँदै। सत्ताबाट हट्न बाध्य बनाउने प्रचण्ड र माधव नेपाललाई धारे हात लाउँदै। चार हातखुट्टा टेकेर, पूच्छर देखाएर नाच्दै नाराबाजी गरेका उनीहरुको हाउभाउ क्यामेरामा कैद भयो र देशविदेश सबतिर फैलियो। खासमा ओली ‘बा’… Continue reading
‘नागरिक’मा अब पैसा तिरेर फ्रन्टपेज अन्तर्वार्ता छाप्न पाइने भएछ
‘पेड इन्टरभ्यु’ अर्थात् पैसा तिरेर आफूले मन लागेको कुरा राखेर अन्तर्वार्ता मिडियामा छाप्नु वा प्रसारण गर्नुलाई पत्रकारितामा नैतिकताबाट गम्भीर विचलन भएको मानिन्छ। तर यस्तो काम नेपालमा भइरहेकै हुन्छ, खुल्लमखुल्ला नभए पनि। तर राष्ट्रिय मिडियाको फ्रन्टपेजमै पैसा तिरेर अन्तर्वार्ताको ठाउँ पाउनु भनेको चाहिँ अलि अनौठो नै जस्तो लाग्थ्यो। अब त्यो पनि नहुने भो। यदि तपाईँसँग पैसा… Continue reading