Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्युजपेपर होलिडे : कुन पत्रिका कति दिन बन्द हुँदैछ?

Posted on October 13, 2021 by Salokya

नेपालीहरु आफ्नो ठूलो चाड दशैँ मनाउँदै गर्दा ‘न्युजपेपर होलिडे’ पनि सुरु भएको छ। दशैँका यी दिनहरुमा पत्रिकाहरु पनि छापिँदैनन्। पहिले भए यस्तो बेलामा समाचार थाहा पाउन पनि गाह्रो हुने गर्थ्यो। तर अहिले त इलेक्ट्रोनिक मिडियाहरु छन्। रेडियो, टिभी, अनलाइनहरु बन्द हुँदैनन्। विदा पनि यी मिडियाहरुले पालो मिलाएर दिने गर्छन्। त्यसैले समाचारै ब्ल्याक आउट हुने स्थिति भने अहिले हुन्न। तर छापा पत्रिका भने यो बेलामा पढ्न पाइन्न।

सबै पत्रिका एकै दिन बन्द भएका भने छैनन्। केही पत्रिकाले हिजो नै दशैँअघिको अन्तिम अङ्क छापे। ती पत्रिकाहरुमा मुगुको त्यो ह्रदयविदारक दुर्घटनाको समाचार छापिएन। केही पत्रिकाले भने आज अन्तिम अङ्क छापेका छन्। त्यसैगरी पत्रिका फेरि छापिने दिन पनि फरक फरक छन्।

कुन पत्रिका कति दिन बन्द?

सरकारी गोरखापत्रले असोज २८ गतेदेखि असोज ३१ गतेसम्म चार दिन बन्द हुने सूचना राखेको छ। गोरखापत्र अब कात्तिक १ गते सोमबार प्रकाशित हुनेछ।

त्यसैगरी कान्तिपुरले पनि असोज २८ गतेदेखि ३१ गतेसम्म पत्रिका छाप्ने छैन। कान्तिपुरको अर्को अङ्क कात्तिक १ गते मात्रै प्रकाशित हुनेछ।

नागरिकले भने यीभन्दा एक दिन अघि अर्थात् असोज २७ गतेदेखि प्रकाशन बन्द गरेको छ भने अर्को अङ्क पनि कात्तिक १ गते नभएर कात्तिक २ गते मात्रै प्रकाशित हुने बताएको छ। अर्थात् नागरिक ६ दिन बन्द हुनेछ।

त्यसैगरी अन्नपूर्ण पोस्टले भने असोज २७ गतेदेखि नै प्रकाशन बन्द गरेको छ। अर्को प्रकाशन भने कात्तिक १ गते हुनेछ। अन्नपूर्ण कूल ५ दिन बन्द हुनेछ।

सबभन्दा बढी विदा भने राजधानी दैनिकले दिएको छ। यसको प्रकाशन असोज २७ गतेदेखि नै बन्द रहेको छ भने कात्तिक ५ गते बल्ल अर्को प्रकाशन हुनेछ। अर्थात् कूल ९ दिन राजधानी बन्द हुनेछ।

अर्को राष्ट्रिय दैनिक नेपाल समाचारपत्रले भने असोज २७ गतेदेखि प्रकाशन बन्द गरेको छ। तर कहिलेदेखि प्रकाशन सुरु हुने भन्ने बारे उसले कुनै सूचना राखेको देखिन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme