Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा ल्याउनु पर्ने नतिजाका दुई विकल्प

Posted on October 11, 2021 by Salokya

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग १-० ले पराजित नभएको भए इतिहासमै पहिलो पल्ट फाइनलमा पुगिसक्थ्यो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा सुनील क्षेत्रीले गरेको एक गोलका कारण नेपालको फाइनल यात्रा रोकियो। नेपालले जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो भने नेपाल एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुग्न सफल हुन्थ्यो। पराजित भए पछि अब नेपाल फाइनलमा पुग्ने/नपुग्ने अन्तिम खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ।

तीन खेल सकिँदा माल्दिभ्स र नेपालको ६ अङ्क रहेको छ। गोल अन्तरका कारण माल्दिभ्स नेपालभन्दा माथि रहेको छ। भारतको २ बराबरी र १ जितका कारण ५ अङ्क रहेको छ भने बंगलादेशको १ जित १ बराबरी र १ हारका कारण ४ अङ्क रहेको छ। श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।

आगामी खेल माल्दिभ्स र भारत अनि नेपाल र बंगलादेश बीच हुनेछ।

नेपाल फाइनलमा पुग्नका लागि यस्तो नतिजा हुनुपर्छ-

१) नेपालको विजय

नेपालले बंगलादेशसँगको खेल जित्नुपर्छ। यसो भएमा अर्को खेलको नतिजा जे सुकै भए पनि तीन जितका साथ नेपालको अङ्क ९ हुनेछ। र, फाइनलमा अर्को खेलमा माल्दिभ्स जिते माल्दिभ्ससित र भारत जिते भारतसित खेल्नेछ। बराबरी भएमा माल्दिभ्ससित फाइनल खेल्नेछ।

२) बंगलादेशसँग बराबरी

बंगलादेशसँगको खेल बराबरीमा टुङ्ग्याए पनि नेपाल फाइनलमा पुग्नेछ। बराबरी भएमा नेपालको अङ्क ७ हुनेछ र फाइनलमा पुग्नेछ। अर्को खेलमा भारत जिते भारतसित र माल्दिभ्स जिते माल्दिभ्ससित फाइनल हुनेछ। भारत र माल्दिभ्सले बराबरी खेलेमा भने माल्दिभ्ससित फाइनल हुनेछ।

नेपाल फाइनलमा पुग्न नसक्ने अवस्था

बंगलादेशसँग पराजित भयो भने नेपाल फाइनलमा पुग्न सक्दैन। फाइनलमा बंगलादेश पुग्नेछ।

त्यसैले बुधबार महाअष्टमिका दिन हुने खेल नेपाल र बंगलादेश दुवैका लागि महत्त्वपूर्ण हुनेछ।

 

1 thought on “साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा ल्याउनु पर्ने नतिजाका दुई विकल्प”

  1. Kiran Rijal says:
    October 11, 2021 at 1:40 pm

    win win को कन्डिसन मा रहेको नेपालले यो खेलमा लिएको रणनीति एकदम गलत थियो | निर्धक्क संग हासी हासी enjoy गरेर Offensive खेल खेल्नु पर्थियो | सातो हराएर खेले जस्तो |
    Defensive नै खेले पनि counter attack पनि गरेको देखिएन | हाम्रा गुलामी र दलाली गर्ने नेता ले “इंडिया संग हार्नु नत्र इंडिया रिसाउछ ” भनेको थियो कि क्या हो ? येस्तो मौका खेलमा बिरलै आउने गर्छ, इतिहास रच्ने मौका थियो | Totally Disappointed .
    चान्स अझै जिवितै छ| बंगलादेस संग को खेल मा ४-३-३ को रणनीति लिएर राम्रो संग खेल्नु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme