साफ च्याम्पियनसिपमा नेपाल भारतसँग १-० ले पराजित नभएको भए इतिहासमै पहिलो पल्ट फाइनलमा पुगिसक्थ्यो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा सुनील क्षेत्रीले गरेको एक गोलका कारण नेपालको फाइनल यात्रा रोकियो। नेपालले जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो भने नेपाल एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुग्न सफल हुन्थ्यो। पराजित भए पछि अब नेपाल फाइनलमा पुग्ने/नपुग्ने… Continue reading
मन्त्रीको राजीनामा स्वीकृत गर्ने व्यवस्थै छैन, मिडियामा २०४७ सालकै संविधानको ‘ह्याङओभर’
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री नियुक्त भएको भनेर चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज राजीनामा दिएका छन्। मन्त्री बनेको तीन दिनमै उनले प्रधानमन्त्री देउवा समक्ष लिखित राजीनामा बुझाएको भनिएको छ। उनले दिएको ‘राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेको’ समाचार पनि आएका छन्। त्यो भने अलि मिलेन। किनभने नेपालको अहिलेको संविधानमा… Continue reading
नेताहरुको ‘स्क्विड गेम’ जहाँ हारे पनि सजायँ पाउनु पर्दैन
‘स्क्विड गेम’ अर्थात् विद्रुप खेल अहिले एकदमै चर्चामा आएको सिरिज हो। यो कोरियन सिरिज नेटफ्लिक्सका रेकर्डहरु तोड्दै ग्लोबल सेन्सेन बनिरहेको छ। वर्ग असमानतालाई दर्शाउँदै ऋणमा डुबेका सयौँ खेलाडीहरु बच्चाहरुले खेल्ने ६ वटा खेल खेल्छन्। सबै खेल जितेमा ४५.६ बिलियन कोरियन वन जित्ने मौका हुन्छ। तर हारेमा… हारेमा सजायँ। खेलबाट बाहिरिने मात्र होइन, जीवनै सकिन्छ। हजुर,… Continue reading
आइजी छान्न भारतीय राजदूतलाई सोध्ने गृहमन्त्री को हुन्? यसरी चिप्लियो ‘कान्तिपुर’
विगत केही दिनदेखि एक भारतीयको पुस्तक चर्चामा छ। नेपालमा राजदूत भइसकेका रणजित रायले आफ्नो नेपाल बसाईको अनुभव समेटेर एउटा किताब लेखेका रहेछन्- ‘काठमान्डु डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’ नेपाल-भारत सम्बन्धमा एक भारतीयको दृष्टिकोण बारे लेखिएको यो किताबको मिडियामा समीक्षा आउनु पर्नेमा समाचार पो आउन थाल्यो। त्यस्तै एउटा समाचारमा लेखिएको थियो- ‘तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले राजदूत… Continue reading
को हुन् ‘मिस्टर एक्सवाई’ जसले नेपालमा टेलिकम लाइसेन्स लिन घुस खुवाएको आरोप छ
पान्डोरा पेपर्सका खुलासाहरु रोचक भइरहेका छन्। बेलायतको गार्डियन र बीबीसी पानोरामाले गरेको एउटा संयुक्त अनुसन्धानमा त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीलाई नै फन्डिङ गर्ने एक धनाढ्यको कुकृत्य खुलेका छन्। उज्बेकिस्तानका तत्कालीन राष्ट्रपतिकी छोरीलाई टेलिकमको लाइसेन्स लिन २२ करोड अमेरिकी डलर घुस खुवाउने कामको सल्लाह दिने यिनै रहेछन्। टेलिया नामको त्यो टेलिकम कम्पनीसित केही अघिसम्म नेपालको एनसेलको… Continue reading
कान्तिपुरले सोमबार गरेको एउटा गम्भीर गल्ती जुन धेरैले पत्तै पाएनन्
तपाईँले असोज १८ गते सोमबारको कान्तिपुर हेर्नुभो? हेर्नुभएको भए एउटा गम्भीर गल्ती थियो त्यसमा पत्ता लाउनु भो? धेरैले यो गल्तीबारे पत्तै पाएनन्। अझ पत्रिका नपढी इपेपर मात्र हेर्नेले त झन् थाहा पाउने कुरै भएन। किनभने इपेपरमा त्यो गल्ती सच्याइएको थियो। तपाईँलाई अचम्म लाग्यो होला, कस्तो गल्ती थियो भनेर। पख्नुस्, म भन्छु नि !
पान्डोरा पेपर्स के हो ? यस्तो छ बच्चाले समेत बुझ्ने व्याख्या
अहिले विश्वभर हङ्गामा भइरहेको ‘पान्डोरा पेपर्स’ लिक के हो? रेड्डिटका एक प्रयोगकर्ता DanGliesack ले यसअघि पानामा पेपर्स सार्वजनिक हुँदा पाँच वर्षको बच्चाले पनि बुझ्ने गरी यो जटिल विषयको एउटा व्याख्या गरेका थिए, जसलाई मूलधारे मिडियाले समेत साभार गरे। उनकै व्याख्यालाई नेपाली परिवेशमा ढालेर भावानुवाद गरेको छु, शायद् यसले सजिलोसँग बुझाउन मद्दत गर्छ कि- रामबहादुरसँग एउटा… Continue reading
पान्डोरा पेपर्समा धेरैको चासो : हाम्रा नेता परेनन् नेता?
खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसीआइजेले ११७ वटा देशका १५० वटा मिडियाका ६ सयभन्दा बढी पत्रकारहरुको संयुक्त सहकार्यमा गरेको अनुसन्धानबाट भएका खुलासा आइतबार रातिदेखि पान्डोरा पेपर्स नाममा सार्वजनिक भएको छ। १४ वटा अफसोर सेवा प्रदायकका लिक भएका गोप्य रेकर्डहरुका आधारमा यो खोजमूलक रिपोर्टिङ गरिएको हो। विभिन्न देशका मिडियाले यो बारे रिपोर्टिङ प्रकाशन गरेका छन्। नेपालीहरुका बारेमा… Continue reading
सावधान, दराजमा डिस्काउन्टका नाममा झन् बढी पैसा तिर्नुपर्ला है !
अनलाइन सपिङको सामान्य र सर्वमान्य मान्यता के हो भने यो सस्तो हुन्छ। सस्तो हुनुपर्छ। यस्तो अनलाइन पसलमा अरु पसलहरुमा हुने खालका धेरै खर्च जोगिन्छन् भन्ने पनि तर्क एउटा हुनसक्छ। तर नेपालमा भने किन हो उल्टो हुन्छ अधिकांश समयमा। अहिले दराज अनलाइन सपिङमा दशैँ धमाका अफर चलिरहेको छ। भव्य विज्ञापन भइरहेको छ पत्रिका, अनलाइन, सामाजिक सञ्जाल… Continue reading
सबै आत्महत्या गलतै हुन्छ प्रचण्ड ज्यु, ‘ग्लोरिफाइ’ गर्नु ठीक भएन
“सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथीहरु,” अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्षले बिहीबार यसो भनेको समाचार पढ्दा अचम्म लाग्यो। आजभोलिको त समाचार पनि विश्वास गर्न लायक हुन्नन्। साँच्चै यसो भनेका हुन् कि भनाई बङ्ग्याएर समाचार आएको हो भन्ने पनि शंका लाग्यो। भिडियोमा प्रचण्डकै आवाज सुनेको त यसै भनेका… Continue reading
समाचार आयो- सगरमाथाको फेदीमा इटालीका राजकुमार, इटालीमा राजा नै छैन कसरी राजकुमार?
तपाईँले पनि केही दिनअघि नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेका समाचारहरुमा इटालीका राजकुमार पनि सहभागी भएको पढ्नुभएको होला। अझ कुनै समाचारमा त नेदरल्यान्डसकी राजकुमारी पनि सहभागी भएको लेखिएको छ। एउटा मात्र हैन धेरै वटा मिडियामा अनि ससाना कपिपेस्ट मिडियामा होइन, नाम चलेकै मिडियाहरुमा त्यस्ता समाचार पढ्दा हो कि भन्ने पनि लाग्न सक्छ। तर नेपालफ्याक्टचेकको… Continue reading
एकै पटक चार जना युट्युबर पक्राउ, पीडित महिलाको चरित्र हत्या गरेको आरोप
फेसबुक हेर्दै गर्दा साइबर ब्युरोको एउटा विज्ञप्तिमा आँखा गयो। एकै पटक चार जना युट्युबरलाई प्रहरीले अदालतको अनुमतिबाट पक्राउ गरी अनुसन्धान गरिरहेको त्यसमा उल्लेख छ। ठ्याक्कै कुन घटनाको भिडियोका कारण हो भन्ने नखुले पनि विज्ञप्तिमा ‘पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरेको’ आरोप… Continue reading
खिच्ने एक जनाले, नाम छापिने अर्कैको : कान्तिपुरको अर्को ‘काण्ड’
कान्तिपुर राष्ट्रिय दैनिकमा फेरि कपिराइटको अर्को ‘काण्ड’ भएको छ। २०७८ असोज ६ गते इकान्तिपुरमा प्रकाशित एउटा समाचारसँगै राखिएको फोटो आफूले खिचेको भन्दै प्रमाणसहितको दावी पेश गरेका हुन् फोटोग्राफर किशोर शर्माले। इकान्तिपुरमा त्यो दिन ‘द्वन्द्वपीडितलाई उपचार न राहत’ शीर्षकको एउटा समाचार प्रकाशन भएको थियो। समाचारसँगै एउटा फोटो पनि राखिएको थियो जसको क्याप्सनमा लेखिएको थियो- ‘सशस्त्र द्वन्द्वका… Continue reading
कस्तो उल्टो काम : चोर बाटोबाट अध्यादेश ल्याउने, काम चलाउने, अनि खारेज गर्ने
एउटा सरकारले झण्डै दुई तिहाई बहुमत भएर पनि संसद छलेर अध्यादेशले शासन चलायो भनेर भएको विरोध बिर्सेकै छैन, त्यो सरकारलाई प्रतिस्थापन हुने गरी बनेको अर्को गठबन्धन सरकार पनि उस्तै अध्यादेशको उल्टो बाटोमा लागेको छ। चलिरहेको संसद हठात् अन्त्य गरी २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई अध्यादेशबाट संशोधन गरी एमाले र जसपा… Continue reading
कसको आँट ‘कान्तिपुर’लाई १० हजार रुपैयाँ जरिवाना तिराउने?
आजको कान्तिपुर दैनिक हेर्नुभो ? अगाडिको दुई वटा पेजमा समाचार छैन, विज्ञापन छ। त्यसरी समाचारै नराखी अगाडिको पेजमा राख्ने विज्ञापनलाई प्राविधिक भाषामा ‘ज्याकेट एड’ भनिन्छ। सोझो अर्थमा पत्रिकालाई ज्याकेट लाइदिएको। तर यो ज्याकेट एडका कारण कान्तिपुरलाई मुद्दा लाग्न सक्छ र १० हजार रुपैयाँ जरिवाना लाग्न सक्छ। किन? किनभने यो गैरकानुनी विज्ञापन हो। कान्तिपुरले गैरकानुनी काम… Continue reading
मिडिया आफैले बढुवा गरीवरी पदकसमेत दिन भ्याएछ, हैट !
आज संविधान दिवसमा सरकारले बाँडेको पदकको समाचार खुब छाएको छ। पाँच जना पत्रकारले त पदक बहिस्कार पनि गरे। अरु क्षेत्रका क-कसले पदक पाए भन्ने समाचार पनि देखिएको छ- जस्तै कलाकारिता क्षेत्रका, खेलकूद क्षेत्रका, व्यापारव्यवसाय क्षेत्रका। त्यस्तै एउटा समाचार आज देशसञ्चारमा आएको रहेछ- प्रहरी क्षेत्रका पदक पाउनेहरुलाई समेटेर। शीर्षक छ- ‘आइजिपीलाई नै जिल्याउँदै पदक कुम्ल्याउने यी… Continue reading
‘कागले कान लग्यो’ भन्दा भूषण दाहालसहितका मान्छे कागका पछिपछि दौडेका?
आज एउटा रमाइलो दृश्य देखियो सामाजिक सञ्जालमा- कान्तिपुर टेलिभिजनमा वर्षौँ नेतृत्व तहमा रहेका भूषण दाहाल जस्ता सञ्चारकर्मी एउटा फेक स्क्रिनसटलाई विश्वास गरेर कान्तिपुरका प्रधान सम्पादकलाई मेन्सँदै गरेको। कत्रा ठूलाठूला नेताहरुको अन्तर्वार्ता लिइसकेका व्यक्ति त त्यसरी ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागका पछि पछि दौड्दै गरेको देखियो भने अरु सामान्य मान्छेको के होला हालत ?… Continue reading
‘नासा’ भनेपछि नेपालीहरु किन हुरुक्कै हो के, अपराधी पक्रन पनि ‘नासा’ !
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (National Aeronautics and Space Administration) लाई नेपालीहरुले खुबै मान्छन् कि के हो। जेमा पनि नासा कै नाम झुण्डिरहेको हुन्छ। केही अघि मात्र स्वघोषित मेमोरी किङ विजय शाहीले आफू नासामा गएको कुरा बताएका थिए। मेमोरी र नासाको के सम्बन्ध छ, यो थाहा पाएर थाहा पाइनसक्नुको कुरो हो। तर नासाको कुरा ल्याएर मज्जैले… Continue reading
सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव
३ सेप्टेम्बरदेखि १२ सेप्टेम्बरसम्म म फेरि शहरबाट ‘गायब’ भएँ। बूढानीलकण्ठमाथिको विपश्यना केन्द्रमा यसरी पुगेको यो वर्षमा तेस्रो पटक थियो। तर तीनै पटक फरक-फरक अभ्यासका लागि। मार्चमा पहिलो पटक १० दिने विपश्यना ध्यानका लागि पुगेको थिएँ भने अप्रिलमा दोस्रो पटक ‘धम्मसेवक’का रुपमा स्वयंसेवाका लागि। यो पटक एउटा फरक अभ्यासका लागि जसको नाम हो- सतिपट्ठान। गुरुका रुपमा… Continue reading
यी ‘आइए’ वेबसाइटहरु जसले पत्रकार र पत्रकारितालाई बदनाम गर्दैछन्
शनिबारदेखि फेसबुकमा एउटा फोटोसहितको पोस्ट भाइरल भएको छ जसमा दावी गरिएको छ- पोखरामा विमान दुर्घटना भएछ अनि त्यसमा ११७ जनाको मृत्यु पनि भयो। मनगढन्ते कहानी कतिसम्म रचिएको छ भने काठमाडौँबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना भयो रे। अनि बढीमा १६ जना यात्रु अट्ने टर्बोलेट विमानको फोटो राखेर ११७ जनाको मृत्यु रे। पख्नुस्, पत्रुकार भनेर… Continue reading