Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले

Posted on October 14, 2021October 14, 2021 by Salokya

पछिल्लो पटक २०७६ सालमा निर्मल निवासमा लगाइएको टीकाको फोटो (माथि)। पोहोर पनि कोरोनाका कारण टीका लगाउने कार्यक्रम भएन।

राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवारले यसपालि आफ्ना समर्थकहरुलाई दशैँको टीका नलगाइदिने भएकोले निर्मल निवासमा यसपालि लाइन नलाग्ने भएको छ। असोज २२ गते नै सूचना निकालेर पूर्व राजा ज्ञानेन्द्रको सचिवालयले यस्तो घोषणा गरेको थियो। त्यति मात्र होइन, महाअष्टमिका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने कार्यक्रम पनि यसपालि नहुने घोषणा त्यतिबेलै भइसकेको थियो। कारण हो- कोरोना। पक्कै पनि कोरोना अहिले घटे जस्तो लागे पनि सतर्कता अपनाउने क्रम जारी राख्नुपर्छ। त्यसैले पूर्व राजाको यो सन्देशलाई सकारात्मक रुपले नै लिनुपर्छ।


तर, यस्तो सतर्कता अलि पहिले नै पनि हुनुपर्थ्यो। भारतमै कोरोनाको कहर भइरहेको बेला गएको अप्रिल महिनामा हरिद्वारस्थित कुम्भ मेलामा पुगेका थिए।

त्यहाँबाट फर्किएपछि ज्ञानेन्द्रमात्र होइन पूर्व रानी कोमललाई पनि कोभिड-१९ पोजिटिभ भेटिएको थियो। अस्पतालमा अक्सिजन दिनुपर्ने अवस्था आइलागेको थियो। धन्न, त्यस्तो नराम्रो केही भएन।

ठीकै छ, त्यतिबेला नगरेको सतर्कता अहिले कायम गरियो। राम्रै भयो। टीका लगाउन आउनेहरुको भिडभाडमा देश बचाउको नारा एकातिर, पहिले त आफू कोरोनाबाट बच्नुपर्‍यो।


पूर्व राजाले महाअष्टमिका दिन शक्तिपीठको दर्शन पनि नगर्ने घोषणा गरे। ठीकै हो, भिडभाड हुन्थ्यो, कोरोनाको डर हुन्छ।

तर, रोचक कुरा। उनी तीन हप्तामात्रै अघि भीडभाडलाई पन्छाउँदै इन्द्रजात्राको अन्तिम दिन कुमारीको दर्शन गर्न वसन्तपुर पुगेका थिए। राष्ट्रपतिको सवारीपछि पूर्व राजा ज्ञानेन्द्रको सवारी चलाइएको थियो त्यो दिन।

इन्द्रजात्रामा कुमारीको हातबाट टीका लगाउने पृथ्वीनारायण शाहदेखिको परम्परा बीचमा केही वर्ष टुटेको थियो। तर यसपालि उनले त्यो परम्परा कायम राखेका थिए।

यसपालि टीका नलगाई दिए पनि, शक्तिपिठहरुको दर्शन नगरे पनि दशैँका अवसरमा एउटा ‘खतरै’ सन्देश भने दिए। पहिले पहिले अप्रत्यक्ष रुपमा मात्र भन्ने गरे पनि यसपालि प्रत्यक्ष शब्दमै भिडियोसहितको सन्देशमा उनले भने, ‘प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौँ।’

ठीकै हो। प्रजातन्त्र बिनाको राजसंस्था चलाउन खोज्दा, माघ १९ को कूका कारण अहिलेको परिस्थिति निम्तिएको उनलाई पनि महसूस भएकै होला। अहिले गणतन्त्रमा गएको छ देश। यसलाई ढंगले चलाउन नेताहरुले नसक्दा चुप बसेको राजतन्त्रप्रति समर्थन बढ्दो छ। यो पनि उनले महसूस गरेकै होलान्। तर अब गणतन्त्रलाई प्रजातन्त्रसहितको राजतन्त्रमा ल्याउन वक्तव्य निकाले जस्तो सजिलो भने छैन।

तपाईँ सबैले सुरक्षित रुपमा दशैँ मनाउनु होला। विजया दशमीको मंगलमय शुभकामना !

4 thoughts on “यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले”

  1. Anil says:
    October 16, 2021 at 12:50 pm

    Does this ex-king not realize that he is irrelevant now?
    के यो पु्र्व राजालाई आफु अप्रासंगिक भइसकेको बुझ्दैनन् र?

    @Salokya ji, you need to please help Nepal continue with our republican and federal order by stopping non-news like these. Our future is republican, where every Nepali has a chance at being the top person of the country. Ex-royals need to no longer have the limelight anymore.

    Reply
    1. बरुण शर्मा says:
      October 17, 2021 at 11:51 am

      बकलोल कहिंका , सुगाले रटेकोको जस्तो गरि रटेको छ गणतन्त्रको कुरा । विस्लेषण गर्नु पर्यो नि ,राजतन्त्रको बिरोध गर्न पारसको फोटो अघि राख्नेहरुले थाहा पाउनु पर्यो भने ,पहिले नेपालीको टाउकोमा कति ऋण थियो? गणतन्त्र आए पछी कति वटा नयाँ एअरपोर्ट बन्यो ? कति वटा रंगशाला बन्यो?कति वटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्यो? कति वटा प्लेन किन्यो? कतिवटा उध्योग हरु खुल्यो ? ट्रली बस काँ गयो? रोप वे काँ गयो ? नेपाली कुन राष्ट्रपति वा प्रधान मन्त्रिले बिदेशी संसदमा भासण गर्यो? कतिजना बिदेशी उच्च नेताले नेपालमा भ्रमण गरे? कतिवटा एम्बेसी नेपालबाट उठेर गए? अनि पुर्व भारतीय राजदुत रंजित रे को आईजीपी नियुक्ति सम्बन्धि लेख पनि पढौं । यति प्रश्न को उत्तर नखोजी राज तन्त्र गणतन्त्र को कुरा गर्ने जो सुकै भए पनि त्यो कुनै पार्टीको घटिया भरौटे नै हो ल जा ।

      Reply
    2. Santos C says:
      October 19, 2021 at 12:40 am

      The modern state has to be welfare state so president is not the top person of the country, it is only an institution. The state of Nepal is still not a welfare state, though it is turned into republic. Your comment reflected the basic problem, Chance to be the top person. If someone has the target to get top position then is not a right person as welfare of the nation and fellow countrymen/women should have been the target. And if someone wants to serve the fellow countrymen/ women cannot be on top, rather beside of their fellow citizen.
      Republic is not the target rather welfare of citizens is. Politics is not going to change the basics, that Nepal is a poor country. Rather new inventions, economic activities is needed.
      P.S. This is a blog, not a news site, so Salokya can write what his views are.

      Reply
    3. nousernamefound says:
      October 29, 2021 at 8:42 pm

      @Anil, Who said this is a news. There is a disclaimer in the Homepage that says this is NOT A NEWS site, it’s Saloky’s personal Blog where he writes his personal thoughts. You are more than welcome not to read it.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme