Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के भेटियो सय वर्ष पुरानो ढुकुटी खोल्दा ?

Posted on April 5, 2013April 5, 2013 by Salokya

8620259061_1f5bc03ec6
हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ?
DSC_8910

DSC_8994

करोडौं रुपैयाँ पर्ने सामान भेटियो

  • १५ वटा धातुका बाकस,
  • ७ वटा सेफ,
  • ८८ वटा विभिन्न धातुका इँटा
  • २४ सेमि लम्बाइ, १४ सेमि चौडाइ र १२ सेमि उचाइका ४८ वटा चाँदीका इँटा
  • बुद्धको शिरको शालिक, करुवालगायत सामग्री
  • अनि अरु पनि धेरै पुरातात्विक सामग्री

DSC_8909
विभिन्न सरकारी निकायका २१ प्रतिनिधिको रोहवरमा १५ भन्दा बढी ताल्चा फोरेर सामान हेर्दै लगत राखिएको थियो। टोलीले सबै सामग्रीलाई सिलबन्दी गरेर नेपाली सेनाको शार्दूलजंग गुल्मको सुरक्षामा भेटिएकै स्थानमा थन्क्याएको छ।

DSC_8898

DSC_8975

DSC_9164

DSC_9178

DSC_8995

DSC_9050

DSC_9060

DSC_9092

DSC_9225

DSC_9216

DSC_9214

DSC_9215

DSC_9203

DSC_9181

DSC_9180

DSC_9179

DSC_9163

DSC_9153

DSC_9157

DSC_9150

DSC_9151

DSC_9149

DSC_9144

DSC_9158

67 thoughts on “के भेटियो सय वर्ष पुरानो ढुकुटी खोल्दा ?”

  1. सार्थक says:
    April 24, 2013 at 9:10 pm

    यी २१ सरकारी कर्मचारीहरुले काइते चाल र छल गरेर सबै सम्पति गायब गर्ने हुने कि भन्ने डर भयो नत्र सेफ र बाकस भित्र के छ भनेर किन नहेरिएको ? अब कहिले हेरेर सार्वजानिक गरिन्छ ?

    Reply
  2. aviyan says:
    April 13, 2013 at 6:27 am

    सय वर्ष पुरानो ढुकुटीमा यति धेरै धन त्यो पनि सात ओटा सफे मा त पुरै सुन मत्रिहोला सफे खुलेको छैन I ति ससकहरु कति राष्ट्रबादी ! अहिलॆका नेताले भेटे विदेसलान्छ ! अमेरिकामा ग्यास स्टेशन खोल्छन !भारतमा लान्छन लुक्षम्बुर्ग मा थन्क्याछन् अरे बाफरी बाफ

    Reply
  3. Ganesh Gole Tamang says:
    April 7, 2013 at 9:58 am

    करोडौं रुपैयाँ पर्ने सामान भेटियो
    १५ वटा धातुका बाकस,
    ७ वटा सेफ,
    ८८ वटा विभिन्न धातुका इँटा
    २४ सेमि लम्बाइ, १४ सेमि चौडाइ र १२ सेमि उचाइका ४८ वटा चाँदीका इँटा
    बुद्धको शिरको शालिक, करुवालगायत सामग्री
    अनि अरु पनि धेरै पुरातात्विक सामग्री
    प्रश्न १- १५ वटा धातुका बाकसमा के के छ ?
    २- ७ वटा सेफमा के छ ?
    ३- विभिन्न धातु भनेको कुन कुन धातु ?
    ४- लम्बाई र चौडाईले चाँदीको तौल र मुल्य याकिन हुन्छ र ?
    अनि माथि जनक जिले गर्नु प्रश्न पनि सही छ –
    खासमा ढुकुटी खोलेको चाही किन रहेछ? ढुकुटी खोलेर, सर्दामको मुल्यांकन गरेर फेरी ताल्चा लगाउन ? खोलिसकेपछि केहि सामाजिक हित को काम प्रयोग गरेको थियो वा संग्रहालयमा जतन गरेर राखे पनि हुन्थ्यो नि . ढुकुटी खोलेर सामान सुम्सुम्याउदै, डायरीमा मूल्य टिप्दै, अनि लास्टमा धुलो पनि नटक्टक्याइ दैलोमा लाहा ठोक्नुको अर्थ बुझ्न सकिएन.

    Reply
    1. Yukta says:
      April 8, 2013 at 6:42 am

      सुन लाई पनि सेतो धुलो ले छोपेछ होला सफा नगर्नु को कारण भोलि सुन जति भए पनि सुन जति गायब अनि तस्बिर मा देखाए जस्तो सबै फलाम र चांदी थियो भनेर जनता को आँखा मा छारो हाल्न को लागि हो !

      Reply
  4. Yukta says:
    April 7, 2013 at 9:39 am

    चन्द्र सम्सेर ,पृथ्वी नारायण शाह ,जंग बहादुर राणा वा जुनसुकै एक सय बर्ष पुराना होस् या एक हजार , पहिले पहिले का नेपाल का राजा महराजा हरु को ढुकुटी खोल्दा १ करोड को सम्पति निस्किएला तर २०४६ को बहुदल पछि का जल्दा बल्दा नेता हरुको ढुकुटी खोल्ने नै हो भने त्यो भन्दा १० गुना सम्पति भेटिएला ! कसो त साथी हो !

    Reply
  5. binata says:
    April 7, 2013 at 7:12 am

    हाम्रो ढुकुटी अनि हामी , हाम्रो त पुन्पुरै तेस्तै लौ त नि लौ
    खै के हो के हो

    Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    April 7, 2013 at 3:27 am

    काम पईनस बुहारी पाडा के कनैस भन्या जस्तो ! रस्त्रकै ढुकुटी हातमा लियर रजाई गरेका यी फटाहा नेताहरुले २०४६ देखि २०७० भै सक्यो ! त्येतिले नि नपुगेर परम्परागत ढुकुटीमा सय बर्स अगाडिको हिसाबले त्यो कतिनै हुन्छ र ? प्रचण्डको, हिसिलाको, सुजाताको, गछेदर्को, प्रकाशमानको, देउबाको, बर्समंको, अधिकारीको र यिनका हजौरौं पाल्तुहरुको ढुकुटी कहिले फोर्ने हो ???????????????????????

    Reply
  7. मन says:
    April 6, 2013 at 8:22 pm

    मित्रहरु हो,
    जति कुरो बुझ्यो उति यो खालि नाटक र नौटंकी जस्तो मात्र लाग्छ|
    उबेला देशको अर्थ व्यवस्थामा उच्च (कि तुच्छ हो?) तहमा रहेका हिमालय शम्सेरले
    बि. स. २०१५ मा ढुकुटी खोलेर ७५ लाख भारु निकाली सकेको उल्लेख गरेका छन् | अब त्यो लिखितममा छैन भनेर त्यसको मान्यता छैन भन्नु जस्तो मुर्खता के होला?
    राजाको आदेश सहित सुटुक्क ढुकुटी खोलेपछि त्यंहा लिखितम गरिरहनुको औचित्य देखिदैन| उबेला नारायणहिटीको ठाडो आदेश र प्रत्यक्ष सलग्नता बिना हनुमान ढोकामा हावा चल्न र जोडले श्वास फेर्न पनि निषेध थियो, ढुकुटी फोड्ने कामको कल्पनै नगरे पनि हुन्छ|

    कुरोको चुरो के भने ढुकुटीमा चंद्र्शम्सेरले ब्रिटिशलाई गोर्खा सैनिक भाडामा दिए बापत
    रोयल्टी नाउँले बर्षेनी भाडा पाउँथे| त्यही धनका केही अंश त्यंहा राखिन्थ्यो शासकलाई चाहिदा जगेडाका रुपमा|
    यहा के प्रमाणित हुन्छ भने:
    १. राणाशासनले पहाडी नेपाली युवालाई भाडाका सैनिक बनाएर अंग्रेजका सेनामा पठाएका थिए जसको निम्ति बार्षिक रुपमा भाडा पाउँथे|
    २. हिमालय शम्सेरका अनुसार बि. स. २०१५ मा सो ढुकुटी खोलिएको हो भने त्यस बारे खोजि अनुसन्धान गरिन पर्छ| सुन र नगदी सबै लगेर अरु मात्र बाँकी राख्नेमा निश्चय पनि धेरै जनाको सलग्नता भएको हुनपर्छ|

    हाम्रा इतिहासकारहरु र प्रशासनमा दायित्व लिएका कतिपय व्यक्तिहरु अहिले पनि जीवितै छन् तर मुख खोल्न भयभित छन| राजदरबारको र राणा शासनको चाकडी बजाएर धेरैका परिवार अहिले निकै मौलाएका छन् र आफ्नै सलग्नता समेत भएकोले साँचो कुरा बोल्न र खोल्न हिच्किच गर्छन |
    नेपाली जनताको पसिनाले आर्जेको त्यो सम्पति कसले लुटे यो प्रकाशमा ल्याईनु पर्छ| हाम्रा ईतिहासकार र पत्रकार बन्धुहरुले पूर्वाग्रह, लोभ र भय देखि टाडा रहेर सत्य प्रकाशमा ल्याउने प्रयास गरेको देखिदैन|
    नेपाली जनताले सत्य र तथ्य के हो त्यो बुझ्ने अधिकार छ|

    Reply
  8. Bishwaraj says:
    April 6, 2013 at 2:26 pm

    येसबाट के सीके होला- यी नेपाली बुद्दुहरुले- अबको सय बर्ष पछी के पाउलान हाम्रा सन्ततीहरुले ? अहीलेकाहरुले त भएको खत्तम पार्ने खाने सीद्दाउने त हो-

    Reply
  9. Narayan Sapkota says:
    April 6, 2013 at 2:17 pm

    All those silver but no gold? This is not possible. All those 21 officials should have entered in plain cloth with no pockets.

    Reply
  10. janak says:
    April 6, 2013 at 11:21 am

    खासमा ढुकुटी खोलेको चाही किन रहेछ? ढुकुटी खोलेर, सर्दामको मुल्यांकन गरेर फेरी ताल्चा लगाउन ? खोलिसकेपछि केहि सामाजिक हित को काम प्रयोग गरेको थियो वा संग्रहालयमा जतन गरेर राखे पनि हुन्थ्यो नि . ढुकुटी खोलेर सामान सुम्सुम्याउदै, डायरीमा मूल्य टिप्दै, अनि लास्टमा धुलो पनि नटक्टक्याइ दैलोमा लाहा ठोक्नुको अर्थ बुझ्न सकिएन.

    Reply
  11. योगेश आदी says:
    April 6, 2013 at 9:59 am

    बरु म गलत साबित होस् तर ति खाजनाका सामानहरु कहिल्यै पनि अमेरिकाको म्युजियममा देख्न नपरोस !!

    Reply
  12. मणि says:
    April 6, 2013 at 7:54 am

    नजिकिदै गरेको चुनाबलाइ मध्य नजर गरेर बेलै मा खोलेछन ढुकुटी, राजतन्त्र हटाए पनि तिनको पुर्खौली सम्पत्ति मा अझै आँखा दह्रो गढेको छ!
    पुरातात्विक सम्पत्तिहरुको खोजखबर गर्नु राम्रो हो तर त्यति पर पुग्नु अघि, बर्तमान नेतात्विकको मुटुलाई ढ्यांग्रो फुट्ने गरि खोजे सायद नेपाल चाडै बिकसित होला|

    Reply
  13. madan bajracharya says:
    April 6, 2013 at 7:51 am

    यो त् भयो फेला पारीयको पुरानो ढुकुटी को कुरा/ तर हनुमान ढोका दरवारमा भन्दा बढी महत्वो पूर्ण ढुकुटी; धनको होईन नेपालको ईतिहासमै महत्वो भयको अभिलेखहरुको; नारायणहिटी दरवारमा भयको र ती अभिलेखहरु नारायण हिटी दरवार खालि गराउने क्रममा हरायको बा बेपत्ता पारीयको आशंका गरियको छ; इन्टरनेटमा उपलब्ध निम्न लेख पढ्नुस; तेस्को बारेमा पनि केहि खोज मुलकलेख पढ्न पाईन्छ कि/

    इन्टरनेटमा उपलब्ध अरु लेखहरुमा नारायणहिटी दरवारमा भयको ईस्ट इंडिया र भारत सिट भयको बिभिन्न सन्धिहरुको मूल प्रतिहरु समेत भयको तर ती कागजातहरु नारायण हिटी दरवार खालि गर्दा कता गयो त्यो बारेमा कुनै विवरण प्राप्त नभयको कुरा समेत उल्लेख गरियकोछ/

    Madan Puraskar Pustakalaya archives wishes to express its concern about the security of the historical materials and papers contained in the Narayanhiti Palace in the process of transfer of ownership of the premises as the country is declared a republic by the first sitting of the Constituent Assembly.

    he Pustakalaya appeals to the Government of Nepal and related government agencies to actively seek the protection of those papers and materials. These rare documents are the common property of the citizens of Nepal, and should be a matter of grave interest to the government, the intelligentsia as well as researchers.

    In this connection, the historian Dr. Ramesh Kumar Dhungel, affiliated to the Centre for Nepal and Asian Studies (CNAS) and Advisor to the Madan Puraskar Pustakalaya, says: “We know from the reports of Brian Houghton Hodson, the British Resident from 150 years ago, that the material of national and international cultural importance contained in the palace predates the unification of Nepal, and goes back to the Malla period. These are included in containers known as ‘bada dhadda’, ‘lal dhadda’, ‘lal bakas’, ‘choto dhadda’ and in a room known as the ‘bhitri khopi’. The material has not been made available to Nepali researchers till now, other than partially to historian-laureate Baburam Acharya. These papers are of the kind which will help in the understanding the course of national history going as far back as back 2000 years, and they must be catalogued and preserved.”

    Member-Secretary of the Pustakalaya Kanak Mani Dixit, says: “There is a
    ————————————————————————————————-danger of the papers in Narayanhiti being transferred or lost during the
    —————————————————————————————————-process of transition, and we ask the present government, the forthcoming government, the Constituent Assembly members, political leaders and the alert citizenry be aware of the dangers. We believe that the historical documentation contained in Narayanhiti must be accessioned, catalogued, preserved and protected before being made available to the public in all transparency. For this, the responsible agencies of the state must be active, while the Madan Puraskar Pustakalaya stands ready to assist in the managerial and technical aspects as required.”

    Madan Puraskar Pustakalaya is an archive of five decades’ standing, based in Patan Dhoka, Lalitpur, which seeks to catalogue and preserve historical and contemporary materials for the sake of current use and for posterity.

    Reply
  14. Dil Rai says:
    April 6, 2013 at 7:30 am

    स्मरण रहोस सबै टाउकेहरु यो समान (गायब) हुन नपावोस चोरी नहोस ?????? खबदार …..

    Reply
  15. शैलेन्द्र ढकाल (म्याउ) says:
    April 6, 2013 at 5:43 am

    प्राचिन समयमा ढुकुटी चलन थियो अब रहेन, ढुकुटीमै तेसै गरि राख्नु पनि बुद्दिमानी नहोला,तेही हालतमा छोड्नु भन्दा तेस्लाई सफा ,मर्मत गरेर संग्रहालयमा राखियो भने हामी लगाएत हाम्रो भाबी पुस्ताले समेत हेर्न पाउने छन् ,करौडौ मूल्य पर्ने समान फेरी तेहिनै बन्द छोड्ने निर्णय हो भने त्यो समान तेही बाट ५/७ वर्ष भित्रमा गाएब हुनेछ अनि आजको १०० वर्ष पछि समेत कसैले पत्तो पाउने छैनन्. पारदर्शी तरिकाले सम्पूर्ण सामानको गन्ती/मुल्यांकन गरि सबैको रोहबरमा चाडै नै संग्रहलायेमा पुनर्स्तापित गरियोस!

    Reply
  16. Raj says:
    April 6, 2013 at 5:02 am

    अरुको घर फोर्ने, धनहम्पति लुट्ने, १०० वर्ष पुराना दरबार हरुमा फोर्ने, भयको चोर्ने नभयको आगो लागे जलाई दिने,यो माओबादी लाई त बानी नै परेछ नी, ती पुरातात्विक महत्वका सामगृहरुको सुरक्षा गर्नु को साटो,ढुकुटी खोल्न कति हत्तार,पुरातत्वको क्षेत्रमा सय बर्षले केहि माने राख्दैन, अब हेर्दै जाम यिनी हरुले अब प्रतेक मठ र मन्दीर मा भयको चंदा बाकस पनी फोर्दै जान्छन…

    Reply
  17. samrat~ says:
    April 6, 2013 at 3:58 am

    खालि चादी र तामा अनि माटो को भाडो रे ..हा हा हा. अनि बहुमुल्य सुन , हिरा मोति जुहारात् हरु चाइ खोइ त ? कुन बेला कुन चाइ जर् साप र ज्ञाने धीरे को जग जागी हुने बेला टप्कि सक्यो..यो नाथे ढुकुटी फोड्नु भन्दा प्रचंडे र हिस्सी न भाको हिसिला को ढुकुटी फोडे भने हजारौ गुणा बढी सम्पति निस्किन्छ. जनता को आगन मा भाको भक्तपुर को मुर्ति उठाउने दुस्साहास गर्ने मोरा हरु ले आफ्नै हाता भएको भोटे ताल्चा को साचो को ढुकुटी छोड्यो होला त ? जोक गर्ने ?

    Reply
  18. jiven says:
    April 6, 2013 at 3:20 am

    अब क कसको दिन खुलो है पैसा कमाउने

    Reply
  19. Kul Birk says:
    April 6, 2013 at 2:57 am

    I see some possible gold bricks covered in dust. Why are people knocking the findings down? Wait till they dust it off.

    Reply
  20. दिनबन्धु says:
    April 6, 2013 at 1:44 am

    लेखिएका कुरा केहि थिए भने त्यो महत्वो पूर्ण हुने छ, त्यो बारेमा पनि ब्लग ले जानकारी गराउन सकेको भए सुनमा सुगन्ध हुने थियो| अर्को ब्लग मा के कस्ता पुर्स्तक अथवा लिखित इतिहास फेला परे, जानकारी गराउने प्रयास गर्नु होला कृपया|

    Reply
  21. Jeevan says:
    April 6, 2013 at 1:04 am

    Thanks to MySansar for posting this vital and interesting information including photos in this blog.

    Reply
  22. Lakshman says:
    April 5, 2013 at 11:46 pm

    यी माओबादी डाकाहरुलाई देशको आर्थिक ढुकुटी सकायर पुगेन अब यिनीहरुलाई देशको पुरातात्विक र ऐतिहाशिक ढुकुटी समेत फोर्नु पर्यो / अब यिनीहरुले पुर्खा को चिनो पनि बेचेर खाने भए/ अब ति मुल्यवान सामान कुनै प्रचण्ड दरबार , कुनै पेरिस डांडाको बैठक कोठा, कुनै भट्टराई निवास , कुनै बल्खु दरबार , कुनै सानेपा दरबार पुग्ने भय / देश लुट्ने लाइसेन्स पायका यी नेताहरुले अब बेच्न बाकि कुरा नै के छ र ?

    Reply
  23. nisha says:
    April 5, 2013 at 11:37 pm

    फोर फोर फटाहा नेता हरु हो मठ मन्दिर जे जता ढुकुटी छन् सबै फोर देश को ढुकुटी त रित्तायौ बाकी केहि नराख के नै बाकी राखेका छौ र …………..

    Reply
    1. sunil magar says:
      April 7, 2013 at 12:31 am

      जनताको नाम बेचेर ,जनतालाई नै लुट्ने, शान्तिको नाम बेचेर असान्ती फैलाई लेन्डुप दोर्जेको विचार बोक्ने, कम्युनिस्तको खोल ओढेर सामन्तबादको दलाल गर्ने, रास्त्रबाद र जनबादको नारा दियर साम्राज्यबाद र बिस्तारबादको पूजा गर्ने , सर्बहारा ,गरीब ,किसान , र मजदुरको आवाज बोकेर जनयुद्ध, आन्दोलन ,र विद्रोहको नाममा कमर्थ ,इमान्दार ,देसभक्त
      र बहादुर नेपाली आमाको सपूतहरूको रगतमा होलि खेल्ने , एकताको नाममा बिभाजन गराउने अनि गौतम बुद्धको नाम जपेर हिटलर बन्ने ,जनताको नजरमा नायक बनेर खलनायकको रोल खेल्ने ,बिकासको नाममा चरम बिनास र भर्स्ताचार गर्ने ,दुखी ,गरिब ,किसान ,मजदुर र भोका नाङ्गा जनताको पसीना लुटेर आफ्नो भूदी भर्ने पार्टी स्वतन्त्र र अभिभाज्ज्य देसको जिम्मेबार राजनैतिक पार्टी भनेर चिन्यौ र त्यसैको पछाडी लाग्यौ भने म मेरी जन्म दिने आमाको कसम खायर भन्दछु हामीले ठूलो दुर्भाग्य बेहोर्नु पर्नेछ

      Reply
  24. Prem says:
    April 5, 2013 at 11:06 pm

    अबदेखि ढुकुटी तोड्ने परम्परा पनि बस्यो भन्ने मलाई लाइराछ

    Reply
  25. Chiranjibi Bhusal says:
    April 5, 2013 at 10:05 pm

    ओहो अब के पी ओली, माकुने, इश्वोर पोख्रेल, शंकर पोख्रेल, झाले, महेसे बस्नेत, बोका को टाउको जस्तो भाको नेता राम शरण महत, अनि अरु को को रे…….yes …….बाल कृष्ण खाँड, खुमे खड्का आदि को मुख बाट रयाल निस्किने भयो || खुब आखा लगाउदै होलान……..
    साथी हो नेता हरु लाइ गालि गरेको छु ……फेरि चित्त दुख्ला है……..के गर्ने नेपाल मा येस्तै महान नेता हरु छन्……!!

    Reply
  26. romeo says:
    April 5, 2013 at 9:33 pm

    यो नाम मात्रको ढुकुटी खोलेर के गर्नु ? यो भन्दा हजार गुना धेरै त भ्रष्ट नेताहरुको घरमा नै होला,त्यतातिर खोज्ने हो कि ?

    Reply
  27. prashanti623 says:
    April 5, 2013 at 9:05 pm

    नारायणहिटी दरबार को रास्ट्रीयकरण जस्तो हाल नहोश ! महत्तोपुर्ण चिज गाएब खाली
    जनताले दिएको token of love (मायाको चिनो ) मात्रै दरबारमा !!!

    Reply
  28. RANJAN says:
    April 5, 2013 at 9:02 pm

    सबै सामान संघ्रालयमा राख्ने होइन ! एतिहासिक महत्वका सामानहरु मात्र राख्ने हो ! सुन, चादी, तामा लगायत बहुमुल्य बस्तुहरु राष्ट्र हितमा लगाउनु पर्छ ! ति सम्पूर्ण सम्पतिहारु हाम्रै पुर्खाहरुको रगत र पसिना को उपज हो!

    Reply
  29. sushi says:
    April 5, 2013 at 8:39 pm

    पहिले का प्रधानमन्त्रिहरु ढुकुटी भर्थे भने आज भोलि का प्रधानमन्त्रिहरु चै ढुकुटी रित्याउछन/ अनि खोल्छन उहीले को प्रधानमन्त्रिहरुले थुपारिदिएको ढुकुटी भण्डार/ त्यो पनि ताल्चा फोडी फोडी /

    Reply
  30. Pradumna says:
    April 5, 2013 at 8:38 pm

    हैन के सारो फोहोर हो , धुलोको डुंगुर नै रैछ

    Reply
  31. punya hawaii says:
    April 5, 2013 at 7:34 pm

    ती पुरातात्विक महत्वका सामगृहरुको राम्रो शुरक्षा हुनु पर्छ।कहि ठूलाबडा भनाउदाहरुको दराजमा नपुगोस।

    Reply
  32. देवेन्द्र शर्मा BPKIHS, Dharan says:
    April 5, 2013 at 7:32 pm

    जब दाजु भाई छुट्टिने बेलामा आफ्नो बाबु को सम्पति खानतलाशी गर्छन तेस्तै दिन आए नेपाल मा पनि …… इतिहास बोकेका समान हरु खेलौना बन्दै छन् ……………
    अब्ब केहि समय wait गरौ यी सबै समान हरु विदेश को कुन ठाउँ या सहर मा लिलाम हुने हुन्………….

    Reply
  33. [email protected] says:
    April 5, 2013 at 6:40 pm

    ई घ्यम्पा र करुवा भित्र पनि केही मुल्यवान सामाग्री हरु थिएकी?

    धन्यवाद,
    किरण

    Reply
  34. bimala says:
    April 5, 2013 at 6:03 pm

    अरुहरुको देशमा सुन petrol gas धातुको खानी भेटिनछ अब हाम्रो देशमा यस्तै टुटे फुटेका !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! नेपालीको त पुर्पुरै !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  35. Abhinav says:
    April 5, 2013 at 5:35 pm

    भेटियो ढुकुटी
    खोलियो ढुकुटी
    +
    +
    तेस पछि
    यत्र- तत्र सर्वत्र
    केहि जर् साहेब -कर साहेबका घरमा
    केहि बिदेशमा
    येहिनै हो नियति तिम्रो ढुकुटी

    Reply
  36. shristi shah says:
    April 5, 2013 at 5:20 pm

    बाबुरामले निकै सुन चादी होला भनेर खोल्ने हुकुम देको होला विचरा तेस्ता थोत्रा थात्री देख्दा त बेहोस नै भयो होला/ जनताको रगत पसिना चुसेर प्रचंडे को बाउ को नाउमा बनेको बानेसोरको कृष्ण टावर तेस्ता त ७ पुस्तालाई पुग्ने जोडेका छन् यी चोर हरुले/ नेपाल ३३ कोटी देब देवताले रक्च्या गरेको देश हो/येहा हरेक ठाउमा एउटा न एउटा पुरातात्वो को महत्वो छ/येसरी सयेउ वर्ष देखि बन्द ढुकुटी खोल्दा देशलाई अनिस्ट लाग्न सक्छ/ साथै तेस्को राम्रक्च्येक राम्रो हुन नसकेर नासिन सक्छ/ राजदरबार लाई संग्रालाये बनियो भनेर हरेक नेपालीले १०० रुपिया को टिकेट किनेर हेर्न जानु पर्ने रे कस्तो रैछ त विचरा हाम्रा बिरेन्द्र को मृत्यु थलो भनेर १०० रुपिया तिरेर हेर्न गाको त ५३ वोटा कोठामा जम्मा १९ वोटा मात्त्र कोठा सर्ब साधारण को लागि खुला गरिएको रैछ/३३ वोटा कोठा अझै बन्द./ति बन्ध कोठामा कति इतिहास लुकेको होला भनेर झन् मेरो मन मा मात्त्र नभई हरेक नेपालीको मन मा लाग्ने कुरा हो/ अझै हासो लाग्ने कुरा त साथी हरु राजा बिरेन्द्रको पाहुना र आफन्त सुत्ने कोठा बरु अलिक विश्वास लाग्दो छ /जुन कोठा रानी येसोर्ये र राजा बिरेन्द्र को सयेन कच्ये वा भानु सुत्ने कोठा त हामी सर्बसाधारण को भन्दा पनि साधारण राखिएको छ/हजुर हरु कोइ राजदरबार संग्रालाये जानु भएको छ भने प्रतक्च्ये देख्नु भएकै कुरा हो मैले भन्नु भन्दा पनि/ राजा बिरेन्द्र र रानी येसोर्ये को सर-सम्पति ज्ञाने चोर ले बेचे कि यी नेता ले त्यो ज्ञाने र चोर नेतालाई नै थाहा होला तर हरेक ठाउमा हामी नेपाली जनता लाई नै गोरु बनाउदै आएका छन यी चोर नेता हरु ले र हामी पनि गोरु बन्दै आएका छौ त्यो नै हामी नेपालीको बिडम्बना हो/

    Reply
    1. Chiranjibi Bhusal says:
      April 5, 2013 at 10:12 pm

      एस्तो कमेन्ट लेख्ने नेपाली जनता हुने सक्दैन……..न म नेपाली जनता हो न तिमि नै हो || येस्ता कमेन्ट लेख्ने हामि देश द्रोही हौ || पार्टी को खोल ओढेर जनता को नाम जप्ने हामि काएर हौ || अझै नेपाली जनता रे यो सृष्टि हो कि के हो ले || लाज लग्न पर्छ || होइन माओबादी लाइ मन पर्दैन भने नेपाली जनता भनेर के नाटक गर्न पर्यो || बरु खुलेर मा यो पार्टी को तलुवा हो, भनेर support गरे भैहाल्यो नि || बाबुराम जत्ति को नेता त नेपाली ले त अहिले सम्म पाएको छैन || माओबादी ठिक नहोला तर बाबुराम जी ठिक छन् ||
      तर तिमि जस्ता चाहि नेपाली जनता होइनौ, किनकि तिमि जति तलुवा हरु ले हो देश लाइ बिगारेको || नेता मात्रै होइन, नेता संगसंगै यो पार्टी को कार्येकर्ता हरुलाइ त सब जनता मिलेर खेदौना पर्छ || भ्रस्ट नेता अनि तेस्ता चोर नेता को कर्येकर्ता लाइ खेदौना पर्छ || बिगारेकै यिनीहरु ले हो

      Reply
      1. Vijay says:
        April 6, 2013 at 11:53 am

        अरु पार्टी मन पराउने देशद्रोही रे, माओबादी को चाटुकार चाही देशभक्त रे ? आ…आ…आ, कति हाँस्नु….मो ट हाँसेरै मोर्ने भयॊऒऒऒ…..

        Reply
        1. Chiranjibi Bhusal says:
          April 7, 2013 at 9:12 am

          ओहो यो बिजय सोल्टी,
          मैले का म माओबादी भनेको छु र, एकचोटी हेरु न फेरि commnet | मैले त बाबुराम जी ठिक छन् भनेको छु | यसै त मा कम्युनिष्ट भनेपछि टाउको दुखेर आउछ || तेही पनि ठिकै छ || म माओबादी हो भने अथवा म माओबादी को चाटुकार नै हो भने || म देश भंदुवा हो, म देश द्रोही नै हो || म जस्ता कर्येकर्ता भने को देश द्रोही नै हो || तेसै गरि मैले पहिला भने जस्तै तिमि हरु जस्ता पनि देश द्रोही नै हौ किन भने तिमि हरु जस्ता मा जस्ता कर्येकर्ता ले नै हो देश बिगारेको |

          Reply
      2. shristi shah says:
        April 6, 2013 at 2:03 pm

        चिरिन्जीवी तपाई जस्तो बाबुरामको भरौटेले गर्दा नै देश उबो नलागेको हो/ हुन त मेरो घर गोर्खा जिल्ला पालुम्टार गा बि स वो डा no ६ बददादा को शाह ठकुरी गाउमा पर्छ/मेरो इस्टमित्र ले अहिले पनि महेन्द्र सरकारले शाह खलक को दाजु भाई भनेर दिएको रु ५०० भत्ता अझै खान्छन र बाबुरामको गाउ का हो भन्ने पनि तपाइलाई राम्रो संग थाहा होला नि हैन??अनि सुन्नुस म ७ कच्या म़ा लुइँटेल स्कुल जहाँ बाबुरामले पढेका थिए तेहा पढेको मान्छे हो र मैले नेपाल बाट उच्च शिक्या हासिल गरेको छु महेन्द्र रत्न क्याम्पस बाट/ तर म न राजा बादी हु न तपाई जस्तो कुनै पार्टी को भरौटे/१८ बर्समा खाएको सरकारी नोकरी जहाँ मैले ३० वर्ष सम्म सेवा गर्दा मेरो १० कच्या को पढेको मात्त्र सदुपयोग हुने हुदा ८ वर्ष सम्म खाएर अहिले बिदेशी भुमि (अमेरिकामा) आफ्नो र परिवारको भबिस्य साथै देश लाई रेमिटान्स भित्यौदै गरेको मान्छे हु बुज्नु भो????हो तपाई जस्तै मैले पनि डाक्टर भट्टराइले केहि गर्ने भए भनेर विदेश बाटै भएपनि हरेक दिन नेपाली समाचार हेर्थ्ये तर के गरे तपाइको भट्टराइले ह?????५० जनाको जम्म्बो मन्त्रीलाई भत्ता खुवाए/ संबिधान सभाको बिगथन गरे/हिसिला एमी को सात्पुस्तेलाई जागिर दिलाए/कमसे कम हिसिला येमिले आफ्नो माइती को टोल जुन सोह्र खुट्टे देखि कालिमाटी सम्म को बिस्नुमति को छेउ छाउको बाटो त बनाई बाबुरामले गोर्खा जिल्लाको लागि के गरे??हो सबै नेपाली ले सपना देखे मावोबादिले केहि गर्ला भनेर तर बिडम्बना देश लाई जातिय बिभाजन,नेपाली पैसा बाट राजाको फोटो हटाउने काम,झन्डा फेर्ने काम,रस्तिये गान फेर्ने काम राजाको नाउ हताउन्ने काम,शालिक फेर्ने काम आदि इत्यादी हैन???देश को मुहार फेर्ने काम न राजाले गरे न नेता चोर हरुले/पहिले एउटा राजा पाले हुन्थ्यो नेपाली जनताले अहिले ५० जना राजा र ६००१ जना राजकुमार कुमारीलाई पाले जनताले/म जस्ता उच्च शिक्च्या अझै मास्टर डिग्री हातमा लिएर दुबई कतार मा गार्ड मा कम गर्न जना लाइन मा बस्ने नेपाली लाखौ छन त्यो सब चोर गुण्डा नेताले देश लाइ दुबायेकै कारण हो बुज्नु भो तपाइले???????????

        Reply
  37. Prakash Sharma says:
    April 5, 2013 at 4:49 pm

    It was already too late to open this material goods fortune, though this step is appreciable, at least now Nepalese citizen can see the actual fortune of our so called ‘Maharaj’. At least this material can certainly increase Nepal Rastriya Bank property. One/ Two specimen should be kept in Museum for public display.

    Reply
  38. शशांक लामा says:
    April 5, 2013 at 4:23 pm

    पुरातत्वको क्षेत्रमा सय बर्षले केहि माने राख्दैन| चांदी बाहेक अरु गतिलो सामान केहि पो देखिन त! राम्रा जति त उहिल्यै झ्याप पारे होलान! दरभंगामा बनेको गह्रुङ्गो काम नलाग्ने सेफ मात्र छोडेछ!

    Reply
  39. laxmi says:
    April 5, 2013 at 4:16 pm

    माछो ,माछो, माछो – भ्यागुत्तो !

    Reply
  40. Suman says:
    April 5, 2013 at 2:50 pm

    के खाएर १०० वर्ष पछि खोल्नु नि????
    राष्ट्र बैंकका तत्कालीन गभर्नर हिमालयशमशेर जबराले विसं २०१५ सालमा ढुकुटी फोरेर त्यहाँ रहेको ७५ लाख भारतीय कम्पनी (तत्कालीन मुद्रा) भारत लगेर साटेको मौखिक सूचना विभागमा आएको छ रे नागरिक निउसले…
    ‘तीन दिनअघि मात्र राष्ट्र बैंकका तत्कालीन प्रशासक शम्भुप्रसाद अर्यालले २०१५ सालमा हिमालयशमशेरले ढुकुटी खोलेर पैसा साटेको सूचना दिएका थिए,’ विभागस्रोतले भन्यो रे..

    Reply
  41. uttam magar says:
    April 5, 2013 at 2:26 pm

    भेटिएका सामाग्रीको उचित ब्यवस्थापन होस् ।

    Reply
  42. sushi says:
    April 5, 2013 at 2:20 pm

    लौ नेता हरु ले अर्को राम्रो मौका पाए ऐतिहाशिक अमुल्य बस्तु हरु हात पार्ने/

    Reply
  43. द्रोण says:
    April 5, 2013 at 2:16 pm

    हेर्दै जाउ ,केहि समय पछि ढुकुटी गायब भएको समाचार आउनेछ |

    Reply
  44. Ramesh Neupane says:
    April 5, 2013 at 1:47 pm

    अब एक दुइ वर्ष मा यो सब समान अमेरिका को कुनै सग्रलायेमा बेतिन्च.

    Reply
  45. Rabi, London says:
    April 5, 2013 at 1:41 pm

    सरकार ले अब पुरानो वस्तु हरु खोजेर बेच्ने अनि आफ्नै भुडी भर्ने विचार गर्दै छ / नेपाली दुतावस पनि बेच्ने कुरा छ/ यी नालायक हरु ले अब पुरानो ऐतहासिक वस्तुहरु बेचेर भागबन्डा गर्छन /

    Reply
  46. xyz says:
    April 5, 2013 at 1:28 pm

    Very very interesting. Sounds like one of those worn out old lamps, like in Aladin’s Lamp, can produce a gene who can, within a minute transform every poor and sad Nepali to be rich and happy.
    These items need to be publicly displayed, historians should be given free access to do their study and research. Glad that Murti Chor is not in the country, however, we do have chota mota chors arounds. Please have extreme security. These days no one can be trusted.

    Reply
  47. lok nath sigdel elmhurst newyork usa. says:
    April 5, 2013 at 1:06 pm

    खोलियो ढुकुटी भेटियो करोडौको समान ! १०० वर्ष सम्म नि नखोल्नु को कारण के ? तेशो भए येति बेला बाबुरामको पालामा त्यो खोल्ने निर्णय किन भयो ? आर्मी को सुरुछ्या मा राख्दा झन् खतरा हुन्छ याद गरि राख्नुस जसले त्यो समान देख्नु भएको छ अबको १,२ वर्ष मा लण्डन र अमेरिकाको संग्रहालय मा भेटिन बेर छैन है !!!

    Reply
  48. resham says:
    April 5, 2013 at 12:35 pm

    ओहो ढुकुटीको सामानहरु त पुरानो भएर सारै डढेको सुकुटी जस्तो पो भएछन कालै परेर . / निश्चय पनि यी पुरानो सामानहरुले नेपाली इतिहास र समयकाल बोकेको छन्. अद्ध्यन र अनुसन्धनको लागि राम्रो स्रोत हुन सक्दछन . /

    Reply
    1. balaram says:
      April 5, 2013 at 3:56 pm

      फरक – सोच, फरक – विचार
      **************************
      पहिलाका ले जम्मा गर्ने
      अहिले का ले बेची खाने !
      पहिले का ले भूभाग जोड्ने
      अहिलेकाले बेची खाने !

      ज्यान को प्रबाह नगरी
      भूभाग जोडे थे –
      सानो सानो राज्य लाइ
      साम्राज्य बनाथे

      राज्य धन जोड्ने हरु
      निरङ्कुश भए रे
      भूभाग जोडी देश बनाउने
      तानासाह भए रे
      नदि, भूभाग बेची खाने
      महामानव भए रे
      देश बेच्ने ल्याप्चे ठोक्ने
      जननेता भए रे !

      जनता को खून हात बाट-
      तप्तपी चुहाउदै अझै भन्छन रे
      देश जोड्ने तिनी त सामन्ती हुन् रे
      २० ओउ हजार को रगत को आहाल मा डुब्दै –
      मुड्की उठाउदै भन्छन रे –
      ६ प्रधान को नाक कान काट्ने
      तिनी त – तानासाह हुन् रे !

      Reply
      1. Bibek Dhakal says:
        April 7, 2013 at 1:28 pm

        फरक बिचार , तर सायद उपयुक्त समयमा !!
        ७ वर्ष अघि श्रवण मुकारुङ्गको कविता ” बिसे नगर्ची को बयान” ( यो कविताको उल्टो अर्थ लाग्ने) पढ्दा ” वह, क्या बात! ” भन्या जस्तो लाग्थ्यो- युवा रगत उम्लेर आउथ्यो ! तर अहिले ठिक उल्टो छ . समयको खेल भनम, स्वभाविक परिवर्तन भनम, अवसरवादी सोच भनम जे सुकै भनेपनि यस्तो अनुभव गर्ने म मात्र पक्कै हैन होला!

        Reply
  49. कुसुम ज्ञवाली says:
    April 5, 2013 at 12:32 pm

    कुनै न कुनै समयमा
    ताल्चा खुलिहाल्छ
    कुनै पनि ढोकाको
    इतिहासका तानाशाहहरूका भन्दा
    नयाँ भनिएका नेताहरूका
    धुकुटीमा भयावह रूपमा भेटीनेछन्
    जनताका पसिना,
    ठगीएका कार्यकर्ताकाहरूको
    काटिएको शिर,
    अनि नयाँ फरमान जारी हुनेछ,
    दलहरूको निर्दलीय कुनाबाट
    साबधान,
    अब कसैले इतिहास लेख्न पाउने छैन ।

    Reply
  50. Vijay says:
    April 5, 2013 at 12:22 pm

    अबको चुनौती भनेको यी पुरातात्विक बस्तुहरुको सुरक्षा हो !

    Reply
  51. dipankar says:
    April 5, 2013 at 12:14 pm

    भेटिएका सामाग्रीको उचित ब्यवस्थापन होस् ।

    Reply
    1. Bibek Dhakal says:
      April 7, 2013 at 8:59 am

      त्यै त , बरु ति सामाग्री हरु को राम्रो ” आर्काइभल” होस् – डिजिटल अभिलेख तयार परियोस र विदेशको संग्रालयमा पुग्न बाट जोगाइयोस. तेती भए पुग्छ

      Reply
  52. मदनमणि says:
    April 5, 2013 at 12:06 pm

    देश यति धेरै गरिब भएछ कि अब सय दुईसय वर्षपहिलेका ढुकुटी खोल्न थाले। अब पशुपतिको पनि खोलने होला?

    Reply
  53. मनीष says:
    April 5, 2013 at 12:01 pm

    यो सफा गरेर संग्रहालयमा मिलाएर राख्ने जाँगर चलाउन फेरी एक पल्ट बाबुरामकै सरकार चाहिने हो कि ?

    Reply
  54. प्रतिक says:
    April 5, 2013 at 11:37 am

    त्यो १०० वर्ष पुरानो तालाको पनि त पुरातात्विक महत्व होलानि काट्नु को सटा केहि उपाय लगाएर खोलेको भए हुन्थ्यो नि !!!!!!!!!!

    Reply
    1. प्रकाश थापा says:
      April 5, 2013 at 6:46 pm

      प्रतिक जी नेपाली संग तेस्तो सोच्ने शक्ति भैदिएको भए एस्तो हुन्थ्यो होला र ? एउटा उदाहरण मात्र म तपाइलाई दिउ यहाँ जति पनि उद्धोगी को नाम छ सबै खासा बाट समान ल्याएर बेच्ने मात्र छन् येदि कुनै उद्पदन गरेका छन् भने खाली नक्कल मात्र गर्ने छन्
      हामी नया कुरा सोच्दैनौ प्रतिक जी हामीमा सोच्ने सक्ति नै छैन
      एउटा मान्छे ले पसल गरेर अलि कमाएको देखेउ भने लहरै १०-१२ पसल खुल्छन एउटा ले काउली खेति गर्यो भने अर्को वर्षा काउलीको मूल्य ५ गुना कम हुन्छ अनि भन्न थाल्छन मूल्य नै पाइदैन
      यो खाली दिमाख वाला हरुको देश हो जहाँ हरेक पल्ट केवल भेडा हरु मात्र जन्मिन्छन

      Reply
      1. samrat~ says:
        April 6, 2013 at 4:10 am

        एकदम ठिक ! आफ्नो बिचार ले नया कुरा अविस्कार गर्नु भन्दा अर्का को नक्कल गर्नु हामि स्वाभिमानी नेपालि को स्वाभिमान भै सक्यो.

        Reply
      2. Dhirendra says:
        April 6, 2013 at 6:35 pm

        प्रकाश जी, म तपाई संग सहमतछु कि हामी नेपाली हरु धेरै नक्कल गरछौ, नया काम कम गर्छौ. तर तपाई आफै लाई सोध्नु न तपाईले के नया गर्नु भयो? नेपाली लाई के सिकाउनु भो? अरु नेपालीले नक्कल गरे, नेपालमा भेडा मात्त्र जन्मिन्छां भन्नु भन्दा नि तपाई आफै नयाकम गरेर देखाउनु न. परिवर्तन को सुरुवात अरुको कुराकाटेर होइन आफैले गरेर देखाउनु.

        Reply
        1. प्रकाश थापा says:
          April 7, 2013 at 1:42 am

          धिरेन्द्र जी तपाइंले अलि राम्रो संग मेरो कमेन्ट पढे जस्तो लाग्दैन मैले आफुले मात्र राम्रो काम नया काम गर्छु भनेको छैन म पनि तेही नेपाली हुन् मैले समग्र नेपाली लाइ भनेको नाकी म चाही राम्रो अरु सबै खत्तम |
          यो हाम्रो बास्तबिकता हो तपाईं आफैं भन्नुस न त्यो गोरु र हलो जोत्न थालेको कति भयो कम्तिमा पनि १००० बर्ष त भयो होला अझ चिनिया को कुरा गर्ने हो भने त २००० वर्ष भन्दा पहिले नै त्यो सुरु गरेको हुनु पर्छ | खै हामीले अलिकति पनि नया कुरा दिएको त्यो हलो जोत्ने सैलिलाई ? जस्तो थियो १००० वर्ष पहिले अहिले पनि तेस्तै छ येदि हामी संग सोच्ने सक्ति हुन्थ्यो भने अलि कति परिबर्तन हुनु पर्छ कि पर्दैन ?
          अर्को कुरा हामी कुनै पनि कुरा को रिजल्ट तुरुन्त खोज्छौं अनि जहिलेइ जस्ता को तेस्तै | पैसा हुनेले के गर्छु थुप्रो बनाएर राख्छौं ताकी छोरा नाति लाइ पुगोस नहुने ले के गर्छु त्यो थुप्रो सोहर्न खोज्छौं |

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme