Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि

Posted on January 19, 2013 by mysansar


नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ।
फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।

फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी हुन्। रुचि भक्तपुर निवासी हुन्।

थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्

15 thoughts on “नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि”

  1. Yam Chand says:
    January 24, 2013 at 3:53 am

    बधाई छ विजेता रुचि भुजु लाइ.

    सानो ठुलो जस्तो भए पनि पुरस्कार विजेता बधाई को हकदार हुनुपर्छ, तर मेरो विचारमा यो कुनै ठुलो पुरस्कार भने होइन. ५० भन्दा धेरै युनिवर्सिटी भएको मुलुक फिलिपीन्स को एउटा मात्र युनिवर्सिटी भित्र भएको प्रतियोगिता बाट उहाँ पुरस्कृत हुनु भएको हो. यस कारण त्यति ठुलो प्रतियोगिता भने यो होइन जस्तो मलाई लाग्छ.

    Reply
  2. yam pun says:
    January 20, 2013 at 5:50 pm

    मैले देखे सम्म नेपालमा दुइ ओटा कुरा सुन्दर छ!
    १. नेपाल स्वयम् देश
    २. नेपाली नारीहरु
    रुचि भुजु लाइ बधाई तथा धन्यवाद!

    Reply
  3. Hari Gautam says:
    January 20, 2013 at 2:35 pm

    हाम्रो नेपाली सोच… यसो जे भए पनि प्रतियोगिता मा बिजयी हुनु चानचुने कुरा त हैन नि… खाली नकारात्मक टिप्पणी मात्र गर्ने. | बधाई छ रुचु कमसे कम नेपाल मा पनि सुन्दर मान्छे हरु हुदा रहेछन भनेर चिनाउन त सकेउ | नक्कल झक्कल भन्ने हरु चाही कस्ट छन् हौ तिनीहरुले आफ्नो फोटो यो माई संसार मा अपलोड गरे हुन्थ्यो कि ?

    Reply
  4. काउचा मगर, बाग्लुंग says:
    January 19, 2013 at 9:26 pm

    हो त , सौन्दर्य दिमागको मात्र नभएर तनको पनि रहेछ हाम्री चेली रुचि भुजु को…बधाई छ रुचि लाई…..रुचि भुजू लाई यति राम्री बनाउने,भक्तपुरे जुजु ध:उ लाई धन्यवाद….

    Reply
  5. सुभाष सिद्धि उदास says:
    January 19, 2013 at 3:00 pm

    ~~~नेपा:या म्ह्याय्मचा रुचि भुजु~~~
    फिलिपिन्सय ‘बानला: मयजु’ ल्यल अले हन

    हेर्दै तिपुं लाग्ने कमल फुल्छ हिलोमा /
    सुन्दै फोहोर लाग्ने हाम्रो राजधानीमा //
    जन्माएको सार भयो बाबु – आमाले /
    रुचि, तिम्ले यो सौन्दर्य खेर नफाले //

    Reply
  6. pradeep says:
    January 19, 2013 at 1:34 pm

    नेपाली राष्ट्रपतिको सहमति-आव्हान प्रति दलहरुको बेवास्ता , प्रधानमन्त्रीको पद-लोलुपता र गैरकानूनी अभिव्यक्ति , मुलुकमा व्याप्त चरम घुस-खोरी र भ्रष्टाचार, महिला हिँसा, अपराध-अनुसन्धान अवरोध, महंगी, लोडशेडिंग, संविधान-विहिन अवस्था … आदि इत्यादी समस्याहरुले देश आक्रान्त दुखिरहेको बेला फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी सुखद समाचारले एक छिन भए पनि हाम्रो “मुड -अन” बनाएको छ , भुजु बहिनीलाई बधाई र शुभकामना !

    Reply
  7. Kumar says:
    January 19, 2013 at 1:11 pm

    बिधार्थी तान्नु छ , जे पनि गर्छा. तेहा अहिले कोहि बिधार्थी आउदैन नेपाली मात्रै हो.

    Reply
  8. Milan Thapa says:
    January 19, 2013 at 12:27 pm

    कसै को पनि कमेन्ट नाइँ आएन अहिले सम्म | जे भए पनि भुजु जी ले सुन्दरी को प्रमाणपत्र चाही लिएर आउनु होला | अब डाक्टर को प्रमाणपत्र ल्याए पनि NMC को परिक्षा पास गर्न तेस्तै होला क्या रे ||
    बधाई छ तपाई लाइ || अब आउने Miss Nepal प्रतियोगिता मा प्रथम तपाइँ नै हो ||

    Reply
  9. SURENDRA SUBEDI hongkong says:
    January 19, 2013 at 9:01 am

    नक्कल,झक्कल मा नै चलेका हामी नेपाली हरु यस्तो काम मा त अगाडी हुनु कुनै युद्द जितेको जस्तो तामझाम गर्नु साएद राम्रो न होला /

    Reply
    1. shailendra bhattarai says:
      January 20, 2013 at 5:41 am

      जंगल मै बस्नेले कम्मेन्ट हान्यो कि क्या हो? कति जंगली सोच

      Reply
  10. subba kaka says:
    January 19, 2013 at 8:44 am

    इ नानीले त पारदेशमा आफ्नु देशको नाम र इज्जत राखेछ … साबाश बाबु !!!

    के गर्ने गाठे … यता नेता भनौंदा बज्याहरुले देश बेचेर खान लागे ….

    साखापै पार्ने भो बज्याहरुले …

    Reply
  11. योगेश आदी says:
    January 19, 2013 at 8:21 am

    बिश्वबिध्यालय स्तरिय सुन्दरी प्रतियोगिता भनेपछि पक्कै पनि बिशेष महत्व बौद्धिकतालाइ दिएको हुनुपर्छ / यस्तो किसिमको प्रतियोगिताको बिजेताको नामसंग आफ्नो देशको नाम जोडिदा गौरवान्दित भएको छु /
    बधाई रुची !!

    Reply
  12. shailendra dhakal says:
    January 19, 2013 at 5:51 am

    ल बधाई छ ! नानी राम्री रहिछिन !

    Reply
  13. Barun says:
    January 19, 2013 at 3:58 am

    बधाई छ

    Reply
  14. raj says:
    January 19, 2013 at 3:30 am

    ल अब यहाँ मकाउ मा फिलिपिएन्स केटीहरु दाहा ले खत्तम हुन्छ/ राम्रो हा हा हा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme